A profile of Kehar Sing Gurung.

केहरसिंह गुरुङस् मेरो चिनारी, क्यनाडा 

Writer Kehar Sing Gurung.
तात्कालिक नेपाली जवानहरुको लागि संचालित गोर्खा बृटिश भर्ति केन्द्र लेहडा, गोरखपुर, भारतमा कार्यरत तारुकडाँडा, चराङ, कलिककोट गा।वि।स।, स्याङ्जा निवासी लाहुरे टीकाराम  गुरुङ र लेहेड़ामै जन्मिएकी र हुर्किएकी बुद्धिकुमारी गुरुङको जेष्ट पुत्रको रुपमा नभेम्बर २८, १९५४ मा मेरो जन्म भएको थियो । पल्टने बाबा भएकोले पल्टने लैनछोकड़ाको हैसियतले दुई र तीन वर्षमा अनिवार्य हुने बसाइ सराइबाट सिर्जित स्थिर पाठशालाको अभाव मलाई पनि खट्कियो सँधै । 

पैतृक थलो तारुकडाँडामा बिताइएका एकाध शैशवकालिक पलहरुमा तमु संस्कृति र संस्कार जस्तो गहन विषय आदि सिक्ने चासो नै रहेन । पैतृक थलोका बूढापाकाहरुले मेरो अहिलेको नाम केहरसिंहु भन्दा पनि बाटोमा भेट्दा, ुहारि भादुरा आङ्गी वाु हरिबहादुर होइन र रु  भनेर ठाडै प्रश्न गर्दा भने मैले मुन्टो माथितल हल्लाउँदै मुसुक्क हाँसेर सकारात्मक उत्तर दिन्थें । त्यसमा फेरि पछि शहरिया जीवनमा सदैव अभ्यास्त हुनुपरेकोले तमु संस्कृतिमा फुट्या कौडी जानकारी नहुनुको हिनताबोध वा पश्चातापबोधले मेरो शिर आज पनि निहुरिन्छ १  विशेष गरेर तमु भाषा संस्कृतिविज्ञहरुको धुवाँढाड वार्तालाप सुन्दा ुलाटोले केरा हेरेु जस्तो हुनुपर्ने स्थिति सिर्जना भएको छ मेरो ।

मलेसिया (मलाया) र हङकङको चिल्ड्रेन स्कुल कक्षा ५ सम्म पढेर बाबाको सेवानिबृत पश्चात तात्कालिन बृटिश रिक्रुटिङ सेन्टर, पक्लिहवा, भैरहवा (रुपन्देही० नजीक रहेको पह्क्लिहवा हाईस्कुलमा मेरो पठनपाठन यथावत भयो । तीन तीन विषयमा आलु खाएरै अनुतीर्ण भएरै पनि निर्वाध कक्षा उक्लिएका अन्य सामान्य हरिलम्फु बिन्दास विद्यार्थीहरु मध्ये पर्थें म । नियतिलाई मेरो बिन्दासी जीवन फुट्या आँखाले हेरेर खप्नु सकेनछ, क्यार १  कक्षा ५ को अर्ध वार्षिक परीक्षामा मलाई अनायासै कक्षामा ुतेस्रोु स्थानमा उभ्याइदियो । बिते मेरा बिन्दासी अल्लारे जीवन १ परिवेशको जाँतोमा पिसिएर निकै गुरुगम्भीर, परिश्रमी, अनुशासित र पढन्ते हुनुपुगेछु, म । मेरो यो अनपेक्षित रुपान्तरणले पहिले फुट्या आँखाले हेर्नु नरुचाउने गुरुहरुको व्यवहारमा माया, मृदुता र आदर भाव मात्र उदाउनु थालेन, कक्षाका सहपाठीहरुले ुपढन्तेु उपाधि दिँदै विशेषत परीक्षाको घडीमा मेरो सान्निध्य ता मात्र रुचाउनु थालेन, समाजमै परिश्रमी, मेहेनती, इमान्दार, विद्वान, सुसंस्कृत सुबाशिलो, ज्ञानी आदि आदि, अनगिनत अतिशयोक्तिपूर्ण अलङ्कारहरुले ब्यर्थै विभूषित भएँ, जोसँग मेरो कुनै गोरु बेचेको साइनो समेत थिएन । अहिले सोच्दा पश्चिमा भौतिकवादी देशहरुमा 'Buy one get five free' भने जस्तो राम्ररी पढिदिएको मात्र के थिएँ मैले, अन्य असल विशेषणहरु बिनिसित्तैमा थमाइदिए जस्तो भो मलाई त्यसवेला १ भालुको कम्पटसरह भएको प्राप्त प्रतिष्ठा अक्षुण्ण राख्ने कसरतमा मेरो पसिना आवश्यक्त भन्दा अधिक नै बगेछ कि क्या हो कक्षामा, अब भने प्रथम पो आउनु थालें, सेन्ट अप परीक्षासम्म । साथि भाइहरुसँग मिलेर बिठ्याइँ गर्नु पनि कि त दोस्रोचोटि सोच्नुपर्ने भयो कि भने अति गोप्य तवरले मात्र अन्जाम दिनुपर्ने भयो । क्या फसाद १  ूसाउनमा आँखा फुटेको गोरुले चैतमा पनि हरियो देख्छू भनेजस्तो म गलत पनि हुन सक्छु । तर त्यो ुतेस्रोु ले मेरो जीवनमा ठूलो उथल पुथल ल्याइदिएकोले ूप्रोत्साहनले विद्यार्थीको जीवनमा अहम भूमिका निर्वाह गर्दोरहेछ, यदि ठाउँमा लाग्यो भनेू भन्ने मेरो मान्यता जीवनपर्यन्त रहनेछ ।

सन् १९७३ मा एसएलसी सकेर सन् १९७३ मा पृथ्वीनारायण क्याम्पस पोखरामा विज्ञानको आइएस्सी विद्यार्थीको हैसियतले अन्य महत्वाकांक्षी विद्यार्थीसरह म पनि भविष्य निर्माणको साधनामा लागियो । सन् १९७५ मा नेपाल सरकारको छात्रवृतिमा तात्कालिन सोभियत रुसको मस्को सहरमा अवस्थित जनमैत्री विश्वविद्यालयमा माइनिङ इन्जिनियरिङ विषय पढ्नु पुगें । छ वर्षपश्चात भलै मेरा नेपाली सँगै पढ्नु गएका सहपाठीहरु केही बन्द व्यापार गर्नु उतै बसे पनि राष्ट्रसेवाको उत्कण्ठा बोकेर १९८१ मा नेपाल फर्किएर खानी विभागमा ुग्याजेटेड थर्ड क्लासु जस्तो गरिमामय सरकारी अधिकृतको जागिरको थालनी गरियो । ६ ६ वर्ष माथापच्ची गरेर सिकेर आएका सीपहरु ख्याउटे ुहाटाु हाजिरी टापमा मात्र सीमित हुने अनि, द्रव्यको मुहार हेर्नु नेरु १४३० महिनाको सुरुमा एकचोटि हात पारे पछि, त्यो महिनाको शिघ्रतातिशिघ्र अन्तको कामना गर्दै सुत्नु पर्ने आदि इत्यादि र ुखाउँला लाउँलाु भनेर रुमानी सपनाको पुन्तुरो बोकेर लाहुरेलाई हापेर च्याउरेसँग विहे बन्धनमा बाँधिएकी विचरी मेरी श्रीमतीको दर्दनाक र खस्ता हालतले आततायी र वितृष्णाकारी सरकारी जागिरको ४ वर्षे शौखमा पूर्ण बिराम लगाएर परिश्रम मूलक, सीपमूलक तर आम्दामीमूलक प्राइभेट कम्पनीतिर पो लागियो । सिसा जस्ता खानी गणेश हिमाल हुँदै जीवनको अधिकांश उत्पादनशील पलहरु जलविद्युतको हेतु सुरुङ् निर्माण गर्ने ुहिमाल हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनुमा खर्चियो । 

यस्तो लाग्छ, मानवमात्र यस्तो प्राणी होला, जसले आफ्नो ठूलो सानो सपनाको क्षितिजमा पुगेर क्षणिक सुखभोग गर्दै दूरदराजमा देखिने महत्वाकांक्षी क्षितिजमा पुग्ने तानाबाना बुन्नु सुरु गरिहाल्छ । अनि गन्तव्यमा पुग्न प्रयासरत हुँदा लाग्ने अथक परिश्रम, अनमोल समय र असह्य कष्टको सामना गर्छ, एकाध सफलताबाट प्राप्त क्षणिक सुखको अनुभूति गर्छ, वा असफलताको तुँवालोमा दिग्भ्रमित र दुखी हुन्छ र अन्तमा आफ्नो इहलीला समाप्त गर्छ । म पनि अपवाद रहिनँ । सन् २००२ मा आफ्नो मातृ भूमिबाट क्षमा र विदा माग्दै दूर दराज क्यानाडा आप्रवासमा आएँ भने मेरा श्रीमती राधा गुरुङ, छोरी रश्मी गुरुङ र छोरा रबिन गुरुङले एक वर्षपश्चात अर्थात् सन् २००३ मा मलाई क्यानाडामा साथ दिए । सकारण वा अकारण जागिरे जीवनमा अर्थोपार्जन मनग्गे गर्न अक्षम व्यक्तिको लागि आफ्ना सन्ततिको उज्वल भविष्यको प्रत्याभूति दिनु आप्रवासको अन्य सुलभ विकल्प सायदै होला जस्तो लागेन, मलाई त्यस क्षम । राष्ट्रप्रेम, मातृ भूमि, माता पिता, नातापाता र साथि संगति भन्ने कुरा नेपथ्यमा हराउने रहेछ, भने मानव यति निरिह हुँदो रहेछ कि सर्व प्रथम जो कोहीको सरोकारको विषय उसको फुको आफ्नै संकीर्ण परिवार नै हुँदो रहेछ । मेरो व्यक्तिगत कटु अनुभवले यसो भन्छ ।
Kehar Singh with families.

जतिसुकै उत्कृष्ट बैदेशिक प्रमाण(पत्र र गहन अनुभवले रौँबराबर पनि मान्यता नपाउने यो पश्चिमा मुलुकमा हामीजस्ता नेपाली लालफितासाहीमा दीक्षित आरामखोर, ढीला सुस्ती, भ्रष्ट्राचारी, व्यक्तिवादी, आलसी कर्मचारीहरुलाई या त नविन शिराबाट यहाँ छुट्टै तालिम लिनुपर्यो या झाडु र डण्डा समानु पर्यो । यसै बाध्यतालाई मध्ये नजर राख्दै किङ्स्टन ओट्टावा नजीकको क्विन्स युनिभर्सिटीमा पुन मास्टर्समा भर्ना लिएँ । कामको खतरायुक्त प्रकृति भूमिगत खानी, उमेरको हदबन्दी बुढेसकालमा के को प्रगति र पारिवारिक बिछोड दूरदराजमा कार्यस्थल र परिवार ओट्टावामाको कारणले गर्दा क्यानेडियाली खानीमा ३, ४ वर्षे अनुभव बटुलेर यसबाट हात धोइयो ।

प्राय हरेकले एकाध कविता वा निबन्ध लेखेकै हुन्छ । स्कुले जीवनमा र पछि निरन्तरता दिने र नदिने भन्ने मात्रै हो । एसएलसी दिएपछि बचेको समयमा केहि हस्तलिखतमै सीमित एकाध ख्याउटे उपन्यासहरु सिर्जना गरेको याद छ, जसले दिनको सूर्य देख्नु नपाए पनि सिर्जनशीलतामा एउटा इँटा भने थपिदिएको थियो । तत्पश्चात मेरो साहित्यिक आकांक्षाको जिन ३ दशकपछि एक बिहान बन्द बोतलबाट एकास्सि निस्किएकोले सन् २०१२ मा एकाएक गुरुङ संस्कृतिमा आधारित मेरो साहित्यिक डेब्यु एउटा उपन्यास ूङ्ला ङ्योल्सोमेंू मेरा सोल्टिनीहरु, नेपाली भाषामा अविरल लेखन कार्यमा समाहित भएँ । सो पुस्तकको प्रकाशन मात्रै के भएको थियो, मेरो सिर्जनशीलताको बाढी थामि नसक्नु भयो, मलाई । फलस्वरूप आफ्नै अध्ययनको लागि तयार पारेको फ्रान्सेली भाषाको व्याकारण "Français Pour Les Débutants" (French for the beginners) नेपाली माध्यम सन् २०१४ मा, ुपथिक म जीवनकोु जीवनी सन् २०१६ मा, ूविकृतिका अग्ला पर्खालहरुू सन् २०१७, छोटा मिठा कथाहरु (लघु कथा संग्रह) २०७६ "My Word Power" २०७४ अङ्ग्रेजी शब्दहरुको भण्डार अङ्ग्रेजी र नेपालीमा अर्थ र अङ्ग्रेजीमा वाक्य भएको प्रकाशित भए । अहिले पूर्णतयारि भएका प्रकाशोन्मुख पुस्तकहरुमा आफ्नै लागि अध्ययनार्थ तयार पारेको फ्रान्सेली पाठ्य पुस्तकको अभ्यास पुस्तिका "Exercices Pour Les Débutants (Français)" (Excercises for the beginners-French) र गलत पाइला कथा सङ्ग्रह रहेका छन् ।


विडम्बना नै मान्नुपर्छ कि नेपाली भाषा हाम्रो मातृ भाषा नभएको हामीलाई यस भाषामा लेख्नु बोल्नु फलामको च्युरा साबित हुन्छ नै भने आम सम्पर्क भाषाको रुपमा विकशित यस भाषामै आफ्ना अभिव्यक्तिहरु व्यक्त गर्नु नसके हाम्रा कसरतहरु असशक्त, अर्थहीन, निष्फल र उपलब्धिहीन हुन्छ । सोकोलागि नेपाली भाषाको ज्ञान हुनु अपरिहार्य देखिन्छ । वाक्य संरचना, शब्द ज्ञान, व्याकरण आदिको सामान्य ज्ञान हासिल नगरी गरिएका अभिव्यक्तिहरु डेट स्पायर्ड ओखतिझैँ प्रभावकारी नहुने पक्कै छ । फेरि एकचोटिको अथक परिश्रमले यो झ्याउलो पनि सदाको निम्ति निमिट्यान्न पार्नुसकिने मेरो आफ्नै घरेलु दृष्टान्त पेश गर्ने अनुमति माग्छु । 

माथि भनिहालें ३ दशकको अन्तराल पछि नेपाली ुसाहित्यु प्रतिको तिर्सना जागेर आए पनि यो भाषामा लेखन कार्य पटक्कै नगरेको हुँदा, भाषाको व्याकरण, शब्द आदिहरु मेरो लागि नौलो चुनौती बन्नुगयो । जसोतसो ूङ्ला ङ्योल्स्योमेंू मेरा सोल्टिनीहरु लेखन कार्य अनगिनत त्रुटीसहित सकें। त्रि।वि। किर्तिपुरमा नेपाली भाषा अध्यापन गर्ने विद्वान व्यक्तिलाई शुद्धाशुद्धि परख्नु अनुरोध गर्दा, तिनले जाँचेर पठाइदियो । हरे, मैले आफैले देखेका सामान्य त्रुटीहरु एकै पानामा बग्रेल्ती भेटिए पछि विद्वानको ूव्यस्तता वा निस्प्रिहता के हो रु माथि मेरो शङ्का जागेर आयो भने यस्ता खाले कसैको काँधमा बन्दुक चलाउने कसरत प्रति मेरो विश्वास उठेर गयो । ूपहिलो गासमै ढुङ्गाू भने जस्तो मेरो पहिलो प्रकाशित कृति ूङ्ला ङ्योल्सोमेंू आदरणीय पाठकहरुको हातमा होइन विधिवत बागमतीमा अर्पण गरियो, बग्रेल्ती त्रुटीहरु भएकोले । तत्पश्चात यसै कृतिको लागि भनेर ओट्टावाको मित्रबाट शब्दकोष पैंचो मागें र अन्य मूर्धन्य साहित्यकारहरुको लेखहरु शुद्ध व्यकारणीय दृष्टिकोणले अध्ययन गर्नु पलेटी कसें । यसबाट आफ्नो लागि एउटा छुट्टै घरेलु व्याकरणको नीति तयार मात्र भएन ति मूर्धन्य साहित्यकारहरुका उत्कृष्ट शब्दावलीहरु, शैली र वाक्यविन्यासको एउटा अर्को किताब पो तयार भयो । अरुको मुलाहिजा गर्नु भन्दा ूआफ्नै काम हो, हजारचोटि जाँचे, आफ्नै लागि राम्रो हुने हो वा कृति कम त्रुटियुक्त हुने होू भनेर अहोरात्र लागियो । ुमर्ता क्या नाही कर्ताु अप्रत्यासित रुपमा उपलब्धिमूलक सफलताको सूर्य आखिर मेरो नेपाली लेखनको क्षितिजमा उदाउने नै भयो यति धामा जो मैले गरेको थिएँ । त्यस दिनदेखि आफ्नो कृति वा लेख आफैले धार्जे भएर हजारचोटि परिमार्जन गर्छु । तर, कसैको ुशरणम गच्छामीु गर्दिनँ । 

म आफै पनि नेपाली साहित्यको फाँटमा नवप्रवेशी भए पनि यसरी अनधिकृत रुपमा नेपाली साहित्यैमा छिर्नुपर्ने तात्पर्य के पर्यो त प्रश्न उठ्नुसक्छ । आफ्ना सुखद दुखद अभिव्यक्तिहरु पोख्नु, आफ्ना अडानहरु जाहेर गर्नु, अन्यायको विरोधमा आवाज बुलन्द गर्नु, न्यायको पक्षमा होस्टेमा हैंसे गर्नु, चेतनाको खाँडो जगाउनु आदि नै हुन् । यहि गर्नु सदैव चिन्तनशील, विचारशील हुनुपर्छ अनि कलम चलाउनुपर्छ । व्यक्तिका लिखित शब्द र वाक्यहरु अनगिनत अदृश्य पाठकहरुसँग व्यक्तिको उत्तराधिकारिको रुपमा भलाकुसारी गर्छन् । पाठकले कहिँ स्याबास दिन्छ, कहिँ तिरष्कार गर्छ, कसैले किताबै मिल्क्याइदेला । तर, तपाइँ हाम्रो संदेश त पुग्यो नि १ यसरी एकैचोटि असङ्ख्य पाठकहरुसँगको भेटघाट प्रत्यक्ष रुपमा सम्भव छैन । तसर्थ, हामी कलम चलावौँ, निरन्तर ।

केहर सिँह गुरुङ, क्यनाडा
4/30/2020  
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.