गुरुङको संस्कृतिमा मौलाएको निङम मतः
![]() |
choga DB Gurung. |
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाई ‘गुरुङ स्कुल’को ब्लगमा स्वागत गर्दछु । संवत २०६९ सालमा प्रकाशित ‘तमू क्योए दे प्यक्ष्या’ नामक पुस्तकको सामग्रीहरुलाई आवश्यक संशोधन र परिमार्जन गरी, ‘गुरुङको संस्कृतिमा मौलाएको निङम मत’ शिर्षकमा ब्लग मार्फत पाठकहरु समक्ष पुनः पस्कने प्रयास गरेको छु । गुरुङको संस्कृति, धर्म र जीवन पद्धतिलाई नियालेर हेर्दा, बिभिन्न गाउँ र ठाउँ अनुसार स्थानीय अभ्यासमा धेरथोर फरक हुनु स्वभाविकै हो । तर, मूल भावमा खासै अन्तर छैन । बिद्धान पाठकहरुलाई प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको भन्ने कुरा मनमा लागेमा आफन्तहरुलाई पनि शेगर गर्नु होला ।
प्रत्येक देश, प्रदेश, समाज र समुदायमा वैचारिक नेतृत्वका लागि एउटा मियो हुन्छ । मियो भनेको स्रोतको केन्द हो । त्यही मियोको वरिपरी अग्रजहरुको आकर्षण रहन्छन् । अग्रजहरुको वरिपरी समाज र मुदायको आकर्षण हन्छन् । यो प्रणाली कुनै सिद्धान्त र वाद नभएर प्राकृतिको प्रकृति हो । अर्थात सामाजिक व्यवस्थापनको सुत्र हो ।
वर्तमान अवस्थामा गुरुङ संस्कृतिको मियो भनेको वरिस्ट संस्कृतिविद एवं नेपाल प्रज्ञा प्रतिष्ठनको उपकुलपति प्राज्ञ डा. जगमान गुरुङ हुन् । उनकै प्राज्ञिकताबाट तरंगित हुने तरंगको उत्राव चढावको आधारमा समुदायका विद्धानहरुले आ–आफ्नो कोणबाट व्याख्या र विश्लेषण गर्दै मन्तव्यहरु प्रवाह गर्दछन् ।
अहिले गुरुङ समुदायमा विभिन्न समसामयिक विषयहरुमा तर्क वितर्कहरु भैरहेका छन् । जसमा मूलतः ल्होछार वा ल्होसार, प्लिगीँ वा कुगीँ, बोन वा बुद्ध, तिब्बतबाट आएको वा अन्नपूर्ण हिमालमै उत्पन्न भएको, भूमिपुत्र वा जनजाति, घले राजाको अस्तित्व र घाँटु पर्वको नायक परसुराम, घले राजा वा शाही राजा आदिको विषय चर्चाको शिखरमा रहेका छन् ।
1. बेलायत निवासी गीतकार एकेन्द्र गुरुङको भनाइ अनुसार मानिस सामाजिक प्राणी भएकाले सामाजिक आवश्यकता र परिपूर्तिका लागि निरन्तर प्रयास गर्दछन् । तर, परिवर्तनले मौलिकतामा विभिन्न रंगहरु देखाउने गर्दछन् । उदाहरणका लागि अवसरको खोजिमा आफ्नो किलो थलो छाडेर बसाइ सराइँ गर्दै भुमण्डलीकरणको प्रभावमा रहेका गुरुङ समुदायका सदस्यहरु मौलिक संस्कृतिको प्रभावबाट टाढा हुन पुगेका छन् । जसमा भाषिक समस्या, परम्परागत संस्कारमा ह्रास, मौलिक कर्मकाण्डको सवालमा असुबिधा आदि कारणबाट अधिकांश मानिसहरु निङम मतको तरंगले प्रभावित गरेको अनुभव गर्नुहुन्छ ।
2. साहित्यकार सुमल कुमार गुरुङ भन्नु हुन्छ, जातीय पहिचान भनेको परम्परागत संस्कार हो । धर्म भनेको व्यक्तिको स्वतन्त्र चिन्तनले धारणा गर्ने विचार हो । आर्को कुरो, बुद्ध धर्म भनेको विश्व शान्ति र सामाजिक समृद्धिका लागि प्रतिपादण गरिएको मानव धर्म हो । त्यसैले, गुरुङ समुदायले बुद्ध धर्म अवलम्बण गर्दैमा, गुरुङको पहिचान नै समाप्त हुन्छ भन्ने मुल्य र मान्यतालाई स्विकार गर्नु हुँदैन ।
3. यसै गरी, भूतपूर्व माननिय एवं पैडी नन्दजङ गुरुङ भन्नुहुन्छ, गुरुङको मूल पहिचान भनेको बोन संस्कृतिमा बिकास भएको उत्कृष्ट मुल्य र मान्यतालाई समावेस गरिएको गुरुङकरण हो । यसबाट गुरुङ संस्कृतिले पृथक पहिचान लिएको छ भन्नुहुन्छ । वहाँ अमेरिका भ्रमणमा आउने बखत मैले एउटा जिज्ञास राखेको थिए, कि तपाइँ त गुरुङ संस्कृतिको ज्ञाता हुनुहुन्छ । तर, जिवनको उत्तराद्र्धमा बुद्ध धर्ममा दीक्षा लिनु भयो नि ? भनेर सोध्दा, मैले गुरुङ संस्कृतिलाई छाडेको होइन तर, आँधेरोदेखि उज्यालोतिर मात्र जान खोजेको हो । उज्यालोमा गए पछि के राम्रो ? के नराम्रो भन्ने कुराको बोध हुन्छ । बोध भए पछि सही मार्ग अवलम्बन गर्न सकिन्छ । यसबाट जिवनमा सार्थकता प्राप्त गर्न सकिन्छ । सबैमा यही प्रयास हुन आवश्यक छ, भन्नु भयो ।
तितो सत्यमा भन्नु पर्दा, वर्तमान अवस्थामा गुरुङहरु आफ्नो मौलिक संस्कृतिको सवालमा ‘यु’ टर्न हुन थालेका छन् । यो अत्यन्तै शुभ लक्षण हो । तर, समुदायमा मौलाइ सकेको निङम मतको प्रभावले गुरुङको मौलिक संस्कृतिलाई संरक्षण गर्न संभाव छ त ? यस बारेमा छोटो समिक्षा गर्न चहान्छु ।
4. राजा त्रिसोन (ठिशेङ) देचेनले तिब्बतमा बौद्ध धर्मको प्रचार प्रसार गर्न नालन्द विश्वविद्यालयको आचार्य पद्मसम्भवलाई राजकीय निमन्त्रणा गरे । ७४३ इसाको गृष्म ऋतुमा आचार्य पद्मसम्भव, शान्तरक्षित, कमलशील, दिपंकर र महानन्द नेपालको भूमिहुदै तिब्बत पुगे । राजा त्रिसोन देचेनको परामर्श अनुसार बौद्ध दर्शनको प्रचार प्रसार भयो ।
बौद्ध दर्शनलाई विधिवत रुपमा पठनपाठन गर्न सर्व प्रथम ‘सामलिङ’ गुम्बा स्थापना गरियो । यसबाट बौद्ध दर्शनको जग बस्यो । यो गुम्ब तिब्बतको सबभन्दा पुरानो स्कूल हो । यसलाई निङम मत भन्दछ । निङम मतको स्थापना गर्ने समयमा प्राज्ञिक स्तरमा बृहत छलफल गरी सामाजिक जनजीवनको मुल्य र मान्यतालाई मध्यनजर राख्दै बौद्ध दर्शनको वाचन गरी, बोन संस्कारमा आधारित जातीय संस्कारको अभ्यास गर्ने निङम मतले मुख्य आधार लियो । त्यसो भएकाले यो मतले तिब्बतमा सफलता प्राप्त गर्याे ।
राजा ठिशेङ देचेनको शासनकालमा संस्कृत भाषामा रहेको बौद्ध दर्शन ‘त्रिपिटक’लाई १०८ जनाको प्राज्ञिक समूहले तीन वर्षको समय लगाएर तिब्बतीयन भाषामा अनुवाद ग¥यो । यस समूहमा भारत, चीन, काश्मीर र स्थानीय लामाहरुको पनि सहभागीता थियो । यही अनुवादबाट तिब्बतीयन साहित्यको विकासमा बलियो जग बस्यो ।
तिब्बतमा बुद्ध धर्मको बिकासको लागि गुम्बाहरुको स्थापना हुन थाल्यो । प्रत्येक गुम्बाले नयाँ मतको स्थापना ग¥यो । यसरी स्थापन भएका मतहरुमा कग्यु, साक्य र गेलुक हुन् । मार्पा चोकी लोदरो (१०१२—१०९९) कग्यु मत्, खोन खोन्चोक ग्येल्पो (१०३४—११४०) साक्य मत् र जे. श्रोङ खापा (१३५७—१४१९) गेलुक मतका संस्थापक हुन् । तिब्बतमा बिकास भएका मतहरुलाई लामावाद भन्दछन् ।
निङम भनेको गुरुङ भाषाको माउ भाषा हो । अर्थात निङम भन्नाले जेठो, प्रमुख, प्रधान, विशेष, उत्कृष्ट, मौलिक वा स्थानीय भन्ने भावार्थलाई बुझाउदँछ । मत भनेको बज्रमहागुरु ह्रिम्र्पोछे पद्ममसम्भवले तिब्बतमा स्थापना गरेको सबैभन्दा जेठो स्कूल हो । यो मत बोन संस्कृतिमा आधारित मौलिक परम्परा र बौद्ध दर्शनको संगमबाट बिकास गरिएको स्थानीय संस्कार हो ।
यो मतमा प्रवर्जित हुने गुरुहरुले भिक्षु वाहेक साधारण अवस्थामै पनि ‘पञ्चशील’ ग्रहण गरेर पारिवारिक जीवनबाटै बिद्धता प्राप्त गरी कर्मकाण्ड गर्दछन् । ज्ञानकाण्ड भन्दा, कर्मकाण्डलाई प्राथमिकता दिने यो मतको विशेषता हो । यस मतमा बौद्ध दर्शन वाचन गरी स्थानीय जात जातिको संस्कार र संस्कृति अनुसार कर्मकाण्डा गर्ने गरिन्छ । त्यसैले, यो मत अन्य मतहरु भन्दा, सजिलो र लोकप्रिय भएको पाइन्छ ।
संवत २०२७ सालसम्म गण्डकी प्रदेशमा बोनवादका लामा गुरुहरुको परम्परागत संस्कार मौलाउँदै थियो । पुरानो संस्कारको मार्ग अनुसार अन्त्येष्टि कार्य र पितृ कार्य ‘पए’ गर्दा काटमार गर्ने चलन पनि थियो । बोन लामा गुरुहरुले चार आर्यसत्य, पंचशील, अष्टमार्ग र प्रतित्यसमुत्पादको चुरी बुझिसके पछि हिजो काटमार गरेर पितृ कार्य गर्ने बोन लामा गुरुहरु पनि निङम मतमा प्रवर्जित हुन थाले ।
निङम मतको प्रचार प्रसार गरे तापनि गुरुङहरुले यसको वास्तविक चुरी बुझ्न सकेनन् । त्यसैले, बोनवाद र निङम मतका लामाहरुबीच सैद्धान्तिक शितयुद्ध चल्यो तर, निङमा मत सामाजिक मुल्य र मान्यता अनुसार रहेकोले गुरुङहरु शहरीयकरण हुने बखतमा अनुकरणीय भयो ।
२०३६ सालको जनमत संग्रह पछि गुरुङहरुमा बसाइ सराइँको लहर चल्यो । समय अनुसार अवसरको खोजीमा शहरीकरण हुन थाल्यो । समय र परिस्थिति अनुसार गुरुङहरु शहर बजारमा बसोबास गरे तापनि आफ्नो संस्कृति र संस्कारहरु यथावतै राख्न खोजे । तर, बजारको साँगुरो ठाउँमा कतिपय संस्कारहरु अनुकूल हुन सकेनन् । उदाहरणकाः लागि बजारको साँगुरो ठाउँमा बसेका परिवारले अन्त्येष्टि कार्य र पितृ कार्य गर्दा, लामा कहाँ राख्ने ? अलँ कहाँ गाड्ने ? स्यर्ग कहाँ नाच्ने ? प्ल कहाँ नचाउने ? पाहुँनाहरु कहाँ राख्ने ? यी यावत कुराहरुको समस्याहरुले गर्दा मावली, भाइभतह र घरका चेलीवेटीहरु गुम्बामा गएर पए गर्ने परम्परा हुन थाले । समय र परिस्थिति अनुसार अन्त्येष्टि कार्य र पितृ कार्य गर्दा, गुरुङहरुले चाहेर वा नचाहेर पनि यो संस्कारको अवलम्बन गर्नु पर्ने बाध्यात्मक अवस्था श्रृजन हुन आयो । यो अवस्थाले गर्दा, प्रचलित मतले गुरुङ समाजमा सामाजिक मान्यता प्राप्त ग¥यो ।
गुरुङहरुको पितृ कार्य गर्दा, लामा गुरुहरुले बौद्ध दर्शनमा आधारित मंगल, सुखवति र निर्वाण सुत्रको पाठबाट स्वस्ति शान्ति गरी मृतकको जीवात्मलाई सुखवति भुवनको कामना गर्दछन् । तर, संस्कारको हकमा भने तमू संस्कार अनुसार गर्ने गर्दछन् । त्यसैले, बुद्ध दर्शन भित्र गुरुङ संस्कार होइन, गुरुङ संस्कारलाई आवश्यक पर्ने सुत्र वाचन गरी कर्मकाण्ड गर्न उत्तम हुने देखिन्छ । जस्मा ‘मावली, मबु चिरेर सगुन हेर्नु पर्ने, स्यार्ग, क्रसा, क्रमु, क्रेगी गर्ने, प्लको ठाउँमा फोटो राख्ने र सुद्धि गर्ने’ आदि गरिन्छ । यसरी स्थानीय संस्कारहरुको आधारमा कर्मकाण्डा गर्दा, गुरुङकरण भएको देखिए तापनि मूल सार निङम मत नै हो ।
गुरुङहरुको मूल धर्म बोन र पहिचान धर्म बुद्ध भनि ‘तमू छोँज धीँ’ले पनि उदघोष गरेका थिए । त्यसै अनुरुप आज २०७७ सालको वरिपरी हेर्दा, गुरुङको आधा भन्दा बढि जनसंख्या निङम मतमा आस्था राख्दछन् । हुन त, गुरुङहरुले बुद्ध धर्मको वास्तविकतालाई कसरी बुझेका छन् ? यो तितो सत्यको सही उत्तर पाउन कठिन छ । किनभने, लामा गुरुहरुले तिब्बतीयन भाषामा वाचन गर्दछन् । तिब्बतीयन भाषा कति प्रतिशतले बुझेका छन् त ? यो आफैमा पेचिलो प्रश्न बनेका छन् । बुद्ध वचनको मूल भाव महाप्रज्ञपारमिता हो । यसको मेरुदण्ड भनेको ह्रदय सुत्र हो । ह्रदय सुत्रको मूल सार प्रतित्यसमुत्पाद हो । प्रतित्यसमुत्पाद भनेको कार्यकारण सिद्धान्त हो । त्यसैले, कार्यकारण सिद्धान्तलाई मातृ भाषामा अनुवाद हुन सकेमा दीर्घकालिन लाभ हुन सक्दछ ।
गुरुङ समुदायले बुद्ध धर्ममा आस्था राख्नु श्रेष्ठतम् हो । किनभने, बुद्ध धर्म भनेको विज्ञानको आधारमा प्रतिपादन गरिएको श्रेष्ठतम् धर्म हो । तर, स्मरण गर्नु पर्ने कुरा के छ भने, कर्ताले कुनै पनि कर्म काण्ड गर्दा, त्यसको मूल भावना बुझेर त्यसबाट प्राप्त हुने फलको बारेमा स्पष्ट जानकारी राख्न आवश्यक हुन्छ । किनभने, बुद्ध धर्मको मूल चुरी भनेको ‘प्रतित्यसमुत्पाद’ अर्थात ‘कार्यकारण सिद्धान्त’ हो । कार्यकारण सिद्धान्त भनेको ‘कारण र परिणाम’ हो । के कारणबाट यो पूजा गरिएको छ ? भन्ने कुरा कर्तालाई स्पष्ट जानकारी हुन पर्दछ । आस्थाको भरमा गरिएको कर्मको परिणाम प्रष्ट भन्न सकिदैन । ‘प्रतित्यसमुत्पाद’ले पनि यही कुराको पुष्टि गर्दछ । गुरुङको मौलिक संस्कृतिमा मौलाएको निङम मतको प्रभावले गुरुङको सांस्कृतिक गन्तव्यले कस्तो अवस्था सृजन गर्ने हो ? यो त, भविष्यले नै, निर्धारण गर्ने छन् ।
यो लेखबाट तपाइँलाई के अनुभूति हुन्छ ? प्रस्तुत गरिएको सामाग्रीहरु तपाइँलाई कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? यसलाई केही परिमार्जन गर्न आवश्यक छ कि ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेका कमिकमजोरीहरुलाई बिद्धानहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । लेखक ।
चोग डीबी गुरुङ ‘तमू क्योए दे प्यक्ष्या’को लेखक हुन् ।
4/19/2020
![]() |
Gurung language & culture. |
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें
If you have any doubt, please let me know your message to help.