Gurung Basic Grammar, part: II.

गुरुङ आधारभूत व्याकरण, भागः २        

नमस्कार, 

म स्वतन्त्र लेखक चोग डीबी गुरुङ हो । संवत २०६९ सालमा प्रकाशित ‘तमू क्योए दे प्यक्ष्या’ नामक पुस्तकको सामग्रीहरुलाइ केही संशोधन र परिमार्जन गरी, ‘गुरुङ आधारभूत व्याकरण, भागः २’ शिर्षकमा ब्लक मार्फत पाठकहरु समक्ष पुनः पस्कने प्रयास गरेको छु । गुरुङ भाषाको वर्तमान अवस्थालाइ नियालेर हेर्दा, बिभिन्न गाउँ र ठाउँ अनुसार स्थानीय भाषा, भाषी, भाषीका, लय, रानी, बानी र थेगोमा धेरथोर फरक हुनु स्वभाविकै हो । तर, मूल भावमा खासै अन्तर छैन । बिद्धान पाठकहरुलाइ प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको भन्ने कुरा मनमा लागेमा आफन्तहरुलाइ पनि शेगर गर्नु होला ।  

१. नाम (मिँ) Noun:
कुनै व्यक्ति, स्थान, वस्तुुु, वस्तुको गुुुण, नाम वा अवस्थालाइ जाहेर गर्ने लवजलाइ नाम भन्दछ । तमू भाषामा नामलाइ ‘मिँ’ भन्दछ । जस्तैः कर्म, कलम, सिक्किम, माया, चिनी, बथान आदि । यहाँ कर्मले व्यक्तिको, कलमले वस्तुको, सिक्किमले स्थानको, मायाले प्रेमको, चिनीले वस्तुको गुण र बथानले धेरै भन्ने अवस्था जाहेर गरेकाले कर्म, कलम, सिक्किम, माया, चिनी, बथान आदि नाम ‘मिँ’ हुन् ।

१. नामको वर्गीकरण (मिँये प्रेँज):
(क) व्यक्ति वाचक नाम (धुरी तेब मिँ)        
(ख) जाति वाचक नाम (सादा मिँ) 
(ग) समुह वाचक नाम (हुल तेब मिँ) 
(घ) द्रव्य वाचक नाम (स्युसै तेब मिँ) 
(ङ) गुण वाचक नाम (सारा तेब मिँ) 
(च) अवस्था वाचक नाम (त्हे तेब मिँ)  
(छ) भाव वाचक नाम (मैँएब तेब मिँ) 
   
गुरुङ भाषामा झट्ट सुन्दा (आगो, आँखा र नाम) तीनै थरिलाइ ‘मि’ भने जस्तै सुनिन्छ तर हिज्जेमा फरक छन् । जस्तैः आगोलाइ ‘मि’ आँखालाइ ‘मिइ’ र नामलाइ ‘मिँ’ भन्दछ ।  
   
गुरुङ जातिको आफ्नै किसिमको संस्कृति र परम्पराहरु भएकाले यिनीहरु नाम काटेर बोलाएको मन पराउँदैनन् । परस्परमा एकले अर्कालाइ सम्बोधन गर्दा आपूmभन्दा उमेरले सानो वा ठूलो जे भए पनि साइनो अनुुसारको काका, काकी, मामा, माइजु,  पुसै, फुपू, भेना, दिदी आदि साइनो जोडेर सम्वाद गर्न रुचाउँदछन् । यो साइनो परम्परागत गुरुङ संस्कृतिको मौलिक विशेषता हो ।



(क) व्यक्ति वाचक नाम (धुरी तेब मिँ):         
कुनै खास व्यक्ति वा ठाउँ बुझाउने लवजलाइ व्यक्ति वाचक नाम वा संज्ञा ‘धुरी तेब मिँ’ भन्दछ । जस्तैः कर्म, निङम, लमजुङ, पोखरा, नेपाल आदि । 

(ख) जाति वाचक नाम (सादा मिँ):
एकै जाति वा सबै किसिमका व्यक्ति वा वस्तु बुझाउने लवजलाइ जाति वाचक नाम ‘सादा मिँ’ भन्दछ । जस्तैः मानिस, कुखुरा, भेडा, बाख्रा, गाई, भैसी, चराचुरुङ्गी, टोपि, बक्खु, क्रमू (म्हि, नक, क्यू, र, म्य, मई, नकनिमी, मल्खु वा कुले, बक्खु, क्रमू) आदि ।  

(ग) समूह वाचक नाम (हुलतेब मिँ): 
कुनै व्यक्ति वा वस्तुको समूह जनाउनेलाइ समूह वाचक नाम ‘हुल तेब मिँ’ भन्दछ । जस्तैः मानिसहरु, बजार, चराको बथान, भेडीगोठ, गाईगोठ, भैसीगोठ (म्हिमै, बजार, निमिये हुल, क्यूफ्ह्रोँ, म्य फ्ह्रोँ, मईफ्ह्रोँ आदि । 

(घ) द्रव्य वाचक नाम (स्युसै तेब मिँ):
कुनै तरल पदार्थ वा परिमार्जन हुन सक्ने वा गन्न नमिल्ने कोरा पदार्थहरुको नाम बुझाउनेलाइ द्रव्य वाचक नाम ‘स्युसै तेब मिँ’ भन्दछ । जस्तैः पानी, दूध, ध्यू, माटो, घुवा, प्रकाश, हावा, बादल (क्यु, ङ्यह, छ्युगु, स, मिखु, मिइम्रोँ, नमोरो, बादल) आदि ।

(ङ) गुण वाचक नाम (सारा तेब मिँ):
कुनै वस्तुको गुण वा विशेषता बुझाउनेलाइ गुण वाचक नाम ‘सारा तेब मिँ’ भन्दछ । जस्तैः राम्रो, नराम्रो, मिठो, नमिठो, सानो, ठुलो, पिरो, अमिलो, सेतो, कालो, रातो, हरियो, निलो, पहेलो (छ्याँब, अछ्याँब, सब, असब, छ्हज, थेब, सोब, क्युँब, ताग्र्य, म्लोँग्य, ओलग्य, पिङग्य, पिपिङग्य, उग्र्य आदि ।

(च) अवस्था वाचक नाम (त्हे तेब मिँ):  
कुनै व्यक्तिको अवस्था वुझाउनेलाइ अवस्था वाचक नाम ‘त्हे तेब मिँ’ भन्दछ । जस्तैः युव, युवती, तन्नेरी, समृद्ध, धनी, गरिब, बृद्ध, रोगी, निरोगी (फ्रैँसि, छमी, फेराफिरी, म्योँब, प्लब, ङ्हाँब, खयाखुयु, रोगी, निरोगी) आदि ।

(छ) भाव वाचक नाम (मैँएब तेब मिँ):
कुनै व्यक्ति वा वस्तुको गुण वा दोष, काम वा अवस्था बुझाउनेलाइ भाव वाचक नाम ‘मैँएब तेब मिँ’ भन्दछ । जस्तैः रिसाउने, नरिसाउने, हाँस्ने, नहाँस्ने, धनी, गरिब, माया आउने, नआउने (सुखब, सुअखब, नेटोब, अटोब, प्लब, ङ्हाँब, माया खब, अखब) आदि । 

१०. सर्वनाम (चेँमिँ) Pronoun:
कुनै पनि नामको सट्टमा प्रयोग हुने शब्दलाइ सर्वनाम ‘चेमिँ’ भन्दछ । यसको प्रयोगबाट भाषा छिटो र सजिलो हुन्छ । जस्तैः उ, त्यो, यो, उनी (च, चु, थि) आदि । उदाहरणको लागि, कर्म पोखरा गयो । (उ पोखरा गयो) यहाँ, कर्मको सट्टमा सर्वनाम ‘उ’ प्रयोग गरेर ‘उ’ पोखरा गयो भनिएको छ । त्यसैले कर्मको सट्टमा प्रयोग गरिएको ‘उ’ सर्वनाम हो । जस्तैः
उ पोखरा गयो (च पोखरा याइ) । 
त्यो राम्रो छ (चु छ्याँब मु) । 
यो पनि राम्रो छ (चु ये छ्याँब मु) । 
उनी नेपाल गइन (थि नेपाल याइ) आदि ।  

११. लिङ्ग (ख्हो) Gender:
तमू भाषामा लिङ्गलाइ ‘ख्हो’ भन्दछ । लिङ्ग भन्नाले स्त्री वा पुरुष, भाले वा पोथीे के कस्ता अवस्थाका हुन्, सो अवस्थालाइ प्रष्ट रुपमा बुझाउने लवज हो । तमू भाषामा भालेलाइ ‘फ्हैख्हो’ पोथीलाइ ‘म्हैख्हो’ भाले पोथी नछुटिने अवस्थाका नपुसक जातिलाइ ‘सख्हो’ र भाले पोथी दुबै थरी जनाउनेलाइ ‘सिँख्हो’ भन्दछ । तमू भाषामा व्याकरणीय लिङ्ग भेद भन्दा, तत्कालिन अवस्थामा के भैरहेको छ, सो अवस्थालाइ सिधै संकेत गरिएको हुन्छ  । यस बाहेक परम्परागत पेसा र जातीय आधारमा बोलाइने नामपछि प्रत्यय ‘स्यो’ थपेर पनि पुलिङ्गबाट स्त्रीलिङ्ग बनाइन्छ । जस्तैः कर्म तमूबाट कर्मा तमुस्यो । सुबेदारबाट सुबेदारस्यो । जिमुवालबाट जिमुवालस्यो । लमबाट लमस्यो । पच्युबाट पच्युस्यो । ख्लेप्रेँबाट ख्लेप्रेँस्यो आदि ।

१. पुलिङ्ग (प्हैख्हो) Male:
जस्तैः बाजे, बाबा, दाजु, भाइ, छोरा, साँड, राँगो, गोरु (बाजे, बाबा, आगै, अलि, च्ह, साँड, राँगो, क्ला) आदि ।

२. स्त्रीलिङ्ग (म्हैख्हो) Female: 
जस्तैः बजे, आमा, दिदी, बहिनी, छोरी, छतौरी, गाई, भैसी (बजे, मम, अना, च्येँना, चमी, म्होदो, म्य, मइ) आदि ।  

३. नपुसक (सख्हो) Neuter: 
भाले पोथी प्रष्टरुपमा नछुटिने अवस्थाको । जस्तैः चल्ला, माछा आदि । 

४. अभयलिङ्ग (सिँख्हो) Common:
भालेपोथी दुबैलाइ जनाउने । जस्तैः मानिस, साथी, चराचुरुङ्गी, डिँग, जंगली जनावर (म्हि, थु, नकनिमी, खेदो, छ्युज्यु) आदि ।

१२. वचन (सुँ) Number:
तमू भाषामा वचनलाइ ‘सँु’ भन्दछ । वचनको प्रयोग गर्दा एक वचनमा एक वस्तु वा व्यक्तिलाइ र बहुवचनमा एकभन्दा बढीको संख्यालाइ बोध गरेको हुन्छ । जस्तैः 
१. एक वचन (तिसुँ) Singular: 
जस्तैः घर, छोरा, छोरी, बाख्रा, कुख्रा, कुकुर, गाई, भैसी (धीँ, च्ह, चमी, र, नक, नक्यु, म्य, मई) आदि । 

२. बहु वचनः (लेँसँु) Pluler:
जस्तैः घरहरु, छोराहरु, छोरीहरु, बाख्राहरु, कुख्राहरु, कुकुरहरु, गाईहरु, भैसीहरु 
(धीँमै, च्हमै, चमीमै, रमै, नकमै, नक्युमै, म्यमै, मईमै आदि । 

१३. काल (पल) Tense:
तमू भाषामा काललाइ ‘पल’ भन्दछ । काल तीन खण्डमा विभाजित छन् ।              
१. भूत काल (स्यो पल) 
२. वर्तमान काल (म्लो पल) 
३. भविष्य काल (लि पल)

१. भूत काल (स्यो पल) Past tense:
तमू भाषामा भूत काललाइ ‘स्यो पल’ भन्दछ । भूत कालमा के भयो, कसो भयो भनेर सबै बेलिबिस्तारहरु इतिहासका रुपमा लेखिएको हुन्छ । लेखाइको क्रममा थियो वा थिए भनेर लेखिन्छ । थियो वा थिए भन्ने शब्दले भूतकाललाइ संकेत गर्दछ । जस्तैः कर्म पोखरामा थियो । यहाँ, कर्मलाइ पोखरामा ‘थियो’ भनेर भूत कालमा जनायो । त्यसैले थियो र थिए भूत काल हो । अतः बितिसकेको समय बुझाउने क्रियालाइ भूत काल भन्दछ ।

२. वर्तमान काल (म्लो पल) Present tense: 
तमू भाषामा वर्तमान काललाइ ‘म्लो पल’ भन्दछ । यस्ले वर्तमानमा तत्काल के काम भइरहेछ त्यसलाइ सम्बोधन गर्दछ । जस्तैः म भात खान्छु । यहाँ, खान्छु भन्ने शब्दले वर्तमान काललाइ संकेत गर्दछ । तर, त्यस अवस्थामा भातको गास मुखमा पनि पसिसकेको हुदैन र थालमा पनि हुदैन । यो बीचमा भइरहेको वास्तविक अवस्था र क्रिया नै वर्तमान काल हो । अतः तत्काल भइरहेको समय बुझाउने क्रियालाइ वर्तमान काल भन्दछ ।

३. भविष्य काल (लि पल) Future tense: 
तमू भाषामा भविष्य काललाइ ‘लि पल’ भन्दछ । यो काल आउनेवाला वा हुनेवाला समय हो । भोलि के हुन्छ कसैलाइ पनि थाहा हुदैन । तर, हामीले केवल आफ्नो कर्मको आधारमा भोलिको दिन वा समय राम्रै हुनेछ वा होला भनेर अनुमान मात्र गर्न सक्दछौ । यो हुने छ वा होला भन्ने शव्दले भविष्य काललाइ जनाउँदछ । जस्तैः 
म भोलि पोखरा जान्छु । यहाँ, ‘भोलि’ भन्ने शव्दले भविष्य काललाइ जाहेर गर्दछ । किनभने उ गइसकेको छैन जानेवाला छ । अतः हुनेवाला क्रियालाइ भविष्य काल भन्दछ ।  

१. भूत कालको वर्गीकरण (स्यो पलये प्रेँज):
१. साधारण— कर्म पोखरामा थियो । (कर्मा पोखरार मुलो) 
२. भएको— कर्म पोखरा गयो । (कर्म पोखरा याइ)
३. हँुदैगरेको— कर्म पोखरा जाँदै थियो । (कर्म पोखरा यासिइ मुलो) 
४. भैसकेको— कर्म पोखरा गइसक्यो । (कर्म पोखरा यालखाँइ) 
यहाँ, ‘कर्म’ भन्ने व्यक्ति पोखरामा थियो, गयो, जाँदै थियो र गइसक्यो भन्ने बोध भएकोले थियो, गयो, जाँदै थियो र गइसक्यो (मुलो, याइ, यासिइमुलो दे यालखाइ) स्यो पल हो ।

२. वर्तमान कालको वर्गीकरण (म्लो पलये प्रेँज):
१. साधारण— निङम स्कूल जान्छ । (निङम खेधीं याम)
२. भएको— निङम स्कूल गएको छ । (निङम खेधीं याबँ) 
३. हँुदैगरेको— निङम स्कूल जाँदैछ । (निङम खेधीं यासिइमु) 
४. भैसकेको— निङम स्कूल गइसकेको छ । (निङम खेधीं यालखाँबँ) 
यहाँ, ‘निङम’ भन्ने व्यक्ति स्कूल जान्छ, गएको छ, जाँदैछ र गइसकेको छ भन्ने बोध भएकोले जान्छ, गएको छ, जाँदैछ र गइसकेको छ (याम, याबँ, यासिइमु दे यालखाँबँ) म्लो पल हो ।

३. भविष्य कालको वर्गिकरण (लि पलये प्रेँज): 
१. साधारण— डोल्मा भोलि जान्छे । (डोल्मा न्हाँगै याम्) 
२. भैसकेको— डोल्मा पर्सि गइसकेकी हुनेछे । (डोल्मा रोङि याल खाँलइ) 
३. हुुदैगरेको— डोल्मा निकोपर्सि गइरहेकी हुनेछे । (डोल्मा सोँज यासिइ ललइ) 
४. हुनेवाला— डोल्मा भरे जालिन् । (डोल्मा कोदे यालइ) 
यहाँ, डोल्मा’ भोलि जान्छे, पर्सि गइसकेकी हुनेछे, निकोपर्सि गइरहेकी हुनेछे र भरे जालिन भन्ने बोध भएकोले भोलि, पर्सि, निकोपर्सि र भरे (न्हाँगै, रोङि, सोँज दे कोदे) लि पल हो ।

गुरुङ आधारभूत व्याकरण, भागः २मा प्रस्तुत गरिएको गुरुङ भाषाको सामाग्रीहरु तपाइँलाइ कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? यसलाइ कसरी परिमार्जन गर्न सकिन्छ ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेका कमि कमजोरीहरुलाइ बिद्धान पाठकहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । घन्यवाद ।      

चोग डीबी गुरुङ ‘तमू क्योए दे प्यक्ष्या’को लेखक हुन । 
1/12/2020 

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.