Gurung modern history, part: V.

गुरुङको आधूनिक इतिहास, भागः ५ 

choga DB Gurung.
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाई ‘गुरुङ स्कुल’को ब्लगमा स्वागत गर्दछु । संवत २०६९ सालमा प्रकाशित ‘तमू क्योए दे प्यक्ष्या’ नामक पुस्तकको सामग्रीहरुलाई आवश्यक संशोधन र परिमार्जन गरी, ‘गुरुङको आधूनिक इतिहास, भागः ५’ शिर्षकमा ब्लग मार्फत पाठकहरु समक्ष पुनः पस्कने प्रयास गरेको छु । गुरुङको आधूनिक इतिहासको बास्तविक अवस्थालाई नियालेर हेर्दा, इतिहासकारहरुले पनि सही कलम नचलाई दिदा, सत्य तत्थ्यहरु प्रकाशमा आउन सकेको छैन । बिद्धान पाठकहरुलाई प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको भन्ने कुरा मनमा लागेमा आफन्तहरुलाई पनि शेगर गर्नु होला ।

गुरुङको इतिहासलाई दुइ भागमा विभाजन गरिएको छ । सन् १७४३ मा गोर्खाको राजा पृथ्वीनारायण शाहको उदय भए पछि आधुनिक नेपालको राज्य विस्तार सुरु हुन्छ । त्यसैले त्यस अधिको घटनाक्रमहरुलाई ऐतिहासिक पृष्ठभूमिका रुपमा र त्यसपछिकालाई इतिहासको रुपमा लेखिएको छ । आधुनिक नेपालको राज्य व्यवस्थामा गुरुङहरुको भूमिका के कस्तो रहेको थियो भन्ने घटनाक्रमहरुलाई कोट्याउने प्रयास गरिएको छ । तर, कतिपय घटनाक्रमहरुको लिखित प्रमाण र सामग्रीहरुको अभाव भएकाले सत्य तत्थ्यहरु ओझेलमा परेका छन् ।  त्यसैले, इतिहासलाई पनि संक्षिप्त रुपमा लेखिएको छ ।
     
१. झागल गरुङः गोरखाको राजा पृथ्वीनारायण शाहले नेपालको राज्य विस्तार गर्ने अभियानको सिलसिलामा सर्व प्रथम संवत १८०१ असोज १ गतेको दिन गोर्खादेखि आएर नुवाकोट प्रवेश गर्ने समयमा सुबेदार झागल गुरुङ पृथ्वी नारायण शाहको अगाडि स्कोट गर्दै आएको थियो । झागल गुरुङको बारेमा थप अनुसन्धान हुँदैछ । 
     
२. सुबेदार जुठे गुरुङः नेपालको राज्य विस्तार गर्ने सिलसिलामा संवत १८१४ जेष्ठ १९ गते शनिवारको दिनमा कीर्तिपुरमा लडाइ गर्दा काजी कालु पाँडेसंगै वीरगति प्राप्त भयो । जुठे गुरुङको बारेमा यो भन्दा थप कुराहरु प्राप्त हुन सकेको छैन । 
     
३. सुबेदार देव्य गरुङः पृथ्वीनारायण शाहको प्रथम पटक कीर्तिपुरको लडाइमा हार भए पछि संवत १८१६ असार २१ गते अइतवारको दिनमा शिवपुरी डाँडामा लडाइ हुँदा सुबेदार देव्य गुरुङले धेरै ठूलो साहसिक कार्य गरेको कुरा नेपालको इतिहासमा लेखिएको छ ।

४. काजी नरसिँ गुरुङः नेपालको राजनीतिक इतिहासमा गुरुङको कति ठूलो योगदान रहेको छ भन्ने कुरा राजा श्री ५ रणबहादुर शाहले संवत १८४१ असार ११ गते मंगलवारको दिनमा नरसिंह गुरुङ काजी (मन्त्री वा मुख्य प्रशासक) पदमा नियुक्त गरेको कार्यले बलियो प्रमाण दिन्छ । नरसिंह गुरुङले काजी पदमा बसेर १३ वर्षसम्म राष्ट्र सेवा गरे । संवत १८६२ वैशाख १४ गतेकोे राति काजी त्रिभुवन प्रधानको घरमा भारदारहरुको गोप्य बैठक बसेको समयमा श्री ५ रणबहादुरको भाइ शेरबहादुर शाहले तरवार प्रहार गरेर श्री ५ रणबहादुर शाहलाई मारे । बालनरसिंह कुवरले त्यही समयमा शेर बहादुर शाहलाई मारे । यो दुःखद घटना पछि पाल्पाको राजा पृथ्वीपाल सेन, चौतारिया विदुर शाह, काजी त्रिभुवन प्रधान र काजी नरसिंह गुरुङ सबैलाई झुठो अरोप लगाई हत्या गरियो । इतिहासमा यो एउटा उदाहरण मात्र हो । गुरुङको इतिहासमा यस्ता दुःखद घटनाहरु कति छन् कति ? इतिहासकारहरुले इमान्दारीका साथ कलम नचलाइ दिँदा गुरुङको इतिहास अँधेरो पानामा लुकेको छ । सत्य तत्थ्यहरु प्रकाशमा आए पछि नयाँ कुराहरु थपीदै जानेछन् । 
     
५. सुबेदार तुलाराम गुरुङः नेपाल र चीन लडाइ हुने समयमा संवत १८४९ असार महिनामा एउटा कम्पनीको नेत्रृत्व गरेर कुकुरघाटबाट पसेर केरुङ, रसुवा, धुन्चे हुँदै धैबुङसम्म जाँदाजाँदै बाटोमा चीनिया फौजसंग लडाइ हुँदा वीरगति प्राप्त गरे । उनको बारेमा थप अध्ययन हुँदैछ ।
     
६. सुब्बा प्रल्हाद गुरुङः कास्की जिल्ला रिवानचौर गाउँ बस्ने सुब्बा प्रल्हाद गुरुङले संवत १८६२मा गढवालमा अंग्रेजको फौजसंग लडाइ गर्दा गर्दै वीरगति प्राप्त भयो । 
  
७. सुब्बा नाथु गुरुङः सम्पादन हुदैछ ...
८. कप्तान अंगत घलेः सम्पादन हुँदैछ ...
   
९. सुब्बा मनलाल गुरुङः लमजुङ घनपोखरा निवासी मनलाल गुरुङ उनको पालामा प्रख्यात व्यक्ति थिए । उनको र थाकखोलाको थकाली सुब्बाकोबीचमा मनाङको नुनको ठेक्काको सवालमा मुद्ध चलिरहेको थियो । एक रात मनलाल गुरुङले सपनामा यस्तो देख्यो— आकासबाट चन्द्रमा उडेर आयो । चन्द्रमा कहाँ जाने रहेछ भनेर हेरिरहँदा उड्दै आफ्नै सामुन्ने आयो र उनले निले ।    
     
ओहो ! कस्तो अचम्म ? चन्द्रमा निलेको भनेर सोँचिरहदा झसंग भएर बिउझिए । एक छिन ओछ्यानमै बसेर सोँच विचार गरिरहँदा कुखुरा बास्यो । उज्यालो भयो । उज्यालो भए पछि पधेरा गएर नुहाइ धोइ चोखो भइ पूजापाठ गरेर खाना खाए पछि त्यसै अलमलिएर बसे । त्यही दिनमा एउटा चिठ्ठी आयो । चिठ्ठी खोलेर हेर्दा राणा सरकारबाट मनाङको नुनको ठेक्का उनको नाउँमा स्वीकृत भएर आएको पाए । नुनको ठेक्काकासाथै उनलाई एक चाँद लाउँन पाउँने गरी सुब्बाको अधिकार पनि प्रदान गरिएको थियो । त्यहीबाट मनलाल गुरुङले सुब्बाङगी पद पाए पछि घोडा माथि चढी, नुनको ठेक्काको चाँजोपाँचो गरेर लमजुङ र मनाङको शासक भएर उदाए । (सुब्बा मनलाल गुरुङको संक्षिप्त परिचय घनपोखरा निवासी सुर्यमणि गुरुङले अमेरिकाको न्यू योर्कमा बताए अनुसार टिप्पणी गरिएको हो) ।
     
१०. सुब्बा शेरजंग गुरुङः लमजुङ जिल्ला श्रीमन्जङ (म्हाँज) गाउँ निवासी शेरजंग गुरुङ आफ्नो पालामा तीनकुखुरे विद्या साधना गरी गुरुवा (बाघ) भएर हिमालदेखि मधेससम्म खेल्ने प्रख्यात लमगुरु थिए । त्यस बखत परिस्थिति यस्तो भयो— नेपालको श्री ३ चन्द्र शम्शेर राणाको रानी बिमार भएर थलो परिन् । नेपालमा नाम कमाएका वैद्य र झारफुकेहरुलाई बोलाएर उपचार गराए । तर, २० मा १९ पनि भएन । त्यसै बखत लमजुङमा हिमालदेखि मधेससम्म खेल्ने प्रख्यात लमगुरु छन् भन्ने कुरा सुन्नमा आए पछि राणा सरकारबाट बोलावट पठायो । सो अनुसार शेरजंग गुरुङ दरबारमा हाजिर भए । 
     
शेरजंङ गुरुङको बारेमा दरबारलाई पूर्व जानकारी नभएको हुनाले लमगुरुको विद्धत्ता जाँच्न धागोको सुतबाट रानीको नाडी हेर्न अह्राए । पहिलो पटक धागोको सुत ढिकीमा बाँधी पठाए । गुरुले धागोको सुत समातेर, यो वस्तु अहिले सुतिरहेको छ । यसको बिमार निस्कने समयमा उठ्ने र बस्ने हुन्छ, भने । दोस्रो पटक जाँतोमा बाँधी पठाए । गुरुले धागोको सुत समातेर, यो वस्तु अहिले बसिरहेको छ । यसको बिमार निस्कने समयमा फनन घुमिरहन्छ, भने । यसैगरी, तेस्रो पटक रानी सुतेको खाटको खुट्टामा बाँधी पठाए । लमगुरुले धागोको सुत समातेर यो वस्तु अहिले चार हात खुट्टा टेकेर उभिरहेको छ । यसको बिमार निस्कने समयमा क¥याङ कुरुङ कराउँछ । तर, यी तीनै वस्तुहरु जीवित होइनन्, लमगुरुले भने । 
     
लमगुरुको विद्धत्ताको बारेमा राणालाई जानकारी भए पछि, ओहो ! लमगुरु त धेरै विद्धान पो रहेछ, भित्रै बोलाउ भने । भित्र गए पछि ‘मेरो रानी लामो समयदेखि थल परेकी छन् ।’ रानीको उपचार हुन सक्यो भने गुरुलाई एक चाँद लाउने सुब्बाको पगरी र त्यही अनुसारको खान्गी दिन्छु, श्री ३ चन्द्र शम्शेर राणाले भने । 
     
लमगुरुले रानीको व्यथा हेरेर मनोवैज्ञानिक ढंगबाट उपचार गरे । तीन दिनमा रानी उठेर एक थाल भात खाने भइन् । यसरी चमत्कारी ढंगबाट रानीको उपचार भए पछि लमगुरुको प्रसिद्धि र विद्धत्ता दरबार भित्र भुसको आगो झै सल्कियो । लमगुरुको दरबार भित्र राणाकै हैसियतमा मानसम्मान भयो । लमगुरुलाई खान्गी भनेर चितीको बलँेफाँटमा २०० मुरी धान फल्ने खेत बिर्ता प्राप्त भयो । यसरी उपचारको माध्यमबाट शेरजंङ गुरुङ एक चाँद लाउने पगरी प्राप्त गरी सुब्बाको प्रतिष्ठ प्राप्त गरेर ठूला घरानामा पुगे । 
     
११. कर्नल टेकमान गुरुङ, जर्नेल कृष्ण बहादुर गुरुङ, ब्रिगेडियर जर्नेल लिलिजंग गुरुङ, जर्नेल चित्र बहादुर गुरुङ र अन्य रथी महारथीहरुको स्रोत प्राप्त भएपछि थपीदै लगिने छ । 
     
१२. प्रधान सेनापति छत्रमान गुरुङः छत्रमान गुरुङको जन्म गण्डकी अञ्चल तनहुँ जिल्ला रिस्ती गाविस पुलिमरङ गाउँमा बाबु इमानसिँह गुरुङ र आमा इमादेबीबाट सन् १९५२ जुलाइ १८ गते भएको थियो । छत्रमान गुरुङको प्रारम्भिक शिक्षा शान्ति हाइ स्कुल कुन्छा, लमजुङमा भएको थियो । त्रिचन्द्र कलेजबाट अइएससी र त्रिभुवन विश्वविद्यालयबाट बिए उतीर्ण भए पछि संवत २०२८ सालमा अइएमए देहरादुन, भारत गए । त्यहाँ पाँच वर्ष तालिम गरे पछि सहायक सेनानीबाट सैनिक सेवा सुरु गरेका हुन्  ।
     
संवत २०६६ साल भदो २४ गते नेपालको अन्तरिम संविधान २०६३ को धारा १४४ बमोजिम नेपालको राष्ट्रपति तथा परम्सेनाधिपतिबाट छत्रमान गुरुङलाई नेपालको प्रधान सेनापतिमा नियुक्ति गरिएको थियो ।
     
१३. प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ, कास्की, र प्रहरी महानिरीक्षक (गुप्तचर) मोति गुरुङ, गोरखा, सम्पादन हुदैछ ।   

१४. गुरुङ मन्त्रीहरुको परिचयः
नेपालको राजनीतिमा गुरुङहरुको योगदान कस्ता रहेका छन् भन्ने विषयलाई स्पष्ट गर्नका लागि गुरुङ मन्त्रीहरुको संक्षिप्त परिचय यस प्रकार रहेका छन् ।   
१. नरबहादुर गुरुङः संवत २००८ साल मंसिर १ गते प्रधानमन्त्री मातृका प्रसाद कोइरालाको सरकारमा पर्वत निवासी नरबहादुर गुरुङ, गुरुङको इतिहासमा सर्व प्रथम उपमन्त्री हुनु भएको थियो । 
२. मिनबहादुर गुरुङ, नेकाः संवत २०१६ साल जेष्ठ १३ गते प्रधान मन्त्री बी.पी. कोइरालाको सरकारमा कास्की निवासी मीनबहादुर गुरुङ उपमन्त्री हुनु भएको थियो ।
३. जमान सिँह गुरुङ, नेकाः संवत २०१६ साल जेष्ठ १३ गते प्रधान मन्त्री बी.पी. काइरालाको सरकारमा स्याङजा निवासी जमानसिँह गुरुङ उपमन्त्री हुनु भएको थियो ।
४. खगेन्द्रजंग गुरुङ, लमजुङ, वन सहायक मन्त्री ।
५. चन्द्रसिंह घले, कास्की, वन राज्य मन्त्री ।
६. डा. हर्क गुरुङ, लमजुङ, शिक्षा, उद्योग तथा वाणिज्य राज्य मन्त्री २०३३ ।
७. सुश्री भद्र कुमारी घले, काठमाडौं, समाज कल्याण राज्यमन्त्री ।
८. सुबेदार पूर्णबहादुर गुरुङ, लमजुङ, पंचायत सहायक मन्त्री र राजसभा सदस्य । 
९. नरबहादुर गुरुङ, तनहुँ, पंचायत सहायक मन्त्री ।
१०. धर्मबहादुर गुरुङ, संखुवासभा, सहायक मन्त्री । 
११. खडकबहादुर गुरुङ, स्याङजा, सहायक मन्त्री ।
१२. बखानसिँह गुरुङ, चितवन, कानुन मन्त्री । 
१३. क्षेत्रबहादुर गुरुङ, पर्वत, सहायक मन्त्री । 
१४. लक्ष्यबहादुर गुरुङ, कास्की, सहायक मन्त्री । 
१५. दूध प्रसाद गुरुङ, स्याङजा, सहायक मन्त्री ।  
१६. तोरणबहादुर गुरुङ, स्याङजा, सहायक मन्त्री । 
१७. कुलबहादुर गुरुङ, इलाम, नेका, शिक्षा मन्त्री । 
१८. रामबहादुर गुरुङ, लमजुङ, नेका, आपुर्ति राज्य मन्त्री ।
१९. जगतबहादुर गुरुङ, लमजुङ, राप्रपा, सहायक मन्त्री । 
२०. इन्द्रबहादुर गुरुङ, स्याङज, नेका, सहायक मन्त्री ।
२१. पृथ्वी सुब्बा गुरुङ, लमजुङ, एमाले, पर्यटन मन्त्री र मुख्या मन्त्री ।
२२. किरण गुरुङ, तनहुँ, एमाले, वन मन्त्री ।
२३. पेमा छिरिङ गुरुङ, मनाङ, पञ्चायत सहायक मन्त्री । 
२४. पाल्देन गुरुङ, मनाङ, नेका, सहायक मन्त्री । 
२५. सुर्यमान गुरुङ, ताप्लेजुङ, नेका, सामान्य प्रशासन र स्थानीय विकास मन्त्री ।
२६. टेकबहादुर गुरुङ, मनाङ, नेका, श्रम राज्य मन्त्री २०७० ।

१५. अञ्चलाधीशहरुः
१. लक्ष्यबहादुर गुरुङ, कास्की ।
२. लालबहादुर गुरुङ, पर्वत । 
३. नवराज गुरुङ, रुम्जाटार, ओखलढुंगा । 
४. प्रा. डा. शेखर गुरुङ, इलाम ।  
   
१६. प्राज्ञिक व्यक्तित्वहरुः
(क) नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, प्रज्ञा परिषदका सदस्यहरुः
१. श्रीमती तोया गुरुङ, काठमाडौं ।
२. प्राज्ञ डा. जगमान क्ह्रोँगिलम गुरुङ, याङ्जकोट, कास्की ।

(ख) नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञ सभाका सदस्यहरुः
१. पैँडी इन्द्रबहादुर गुरुङ, गिलुङ, लमजुङ ।
२. डा. दीर्घमान गुरुङ, कास्की । 

(ग) नेपाल सरकार, स्वास्थ्य प्रतिष्ठानका उपकुलपतिः
१. डा. गणेश गुरुङ, रुम्जाटार । 

(घ) नेपाल प्रज्ञा प्रतिष्ठानः
प्राज्ञ डा. जगमान गुरुङ, उपकुलपति, २०७५

नोटः गुरुङहरुको इतिहास लेख्ने क्रम जारी छ । राष्ट्रिय व्यक्तित्व, समाजसेवी, अग्रज, अभियान्ता, प्राज्ञ, रथी, महारथी र मन्त्रीहरुको बारेमा स्रोतहरुको अध्ययन र अनुसन्धान हुँदै छ । स्रोत खुले पछि वहाँहरुको बारेमा थपिँदै लगिने छ । उपरोक्त लेखमा माननीय मन्त्रीहरु वा कसैको नाम लेखाइमा त्रुटि भएको वा छुट हुन गएको छ भने, कमेन्टमा लेखि सहायोग गर्नु होला । तपाइँको सहायोग हाम्रो इतिहास लेख्ने क्रममा महत्वपूर्ण भूमिका रहने छ । 

यो लेखबाट तपाइँलाई के अनुभूति हुन्छ ? प्रस्तुत गरिएको सामाग्रीहरु तपाइँलाई कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? यसलाई केही परिमार्जन गर्न आवश्यक छ कि ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेका कमिकमजोरीहरुलाई बिद्धानहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । लेखक ।      
चोग डीबी गुरुङ ‘तमू क्योए दे प्यक्ष्या’को लेखक हुन् । 
4/18/2020  
Gurung language & culture.
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.