गुरुङ भाषाविद प्राज्ञ रत्नबहादुर गुरुङः

पञ्चमूल गाविस हालको नयाँ संघीया संरचना अनुसार आँधीखोला गाउँपालिका वडा नं १, सिरुबारी निवासी गुरुङ भाषाविद प्राज्ञ रत्नबहादुर गुरुङको जन्म विस १९९८ चैत्र ९ गते आइतबारका दिन, बृष राशि लग्नमा, तल्हो वर्गमा पिता जिमु कर्णबहादुर गुरुङ र माता खगेश्वरी गुरुङबाट भएको थियो । उनी माझौला कद ५.२ इन्च, गहुँगोरो र ६२ केजी तौल भएको हल्का, शरीर, पूmर्तिलो, तीक्ष्ण बुद्धि र सरल स्वभावको हुनुहुन्थ्यो । हाल थासिखेल, ललितपुरमा स्थायी बसोबास गर्नु हुन्छ ।
दाजुभाइहरुको हकमा वहाँको चार भाइ र एक दिदी हुनुहुन्छ । दाजु इश्वरबहादुर गुरुङ भूमिसुधार कार्यालयमा आधिकारी हुनुहुन्थ्यो । २०४० सालको नयाँ नापी पश्चात वहाँले ढट तिरिजको सम्पूर्ण कागजातको लगत सहित मालपोत कार्यालयमा बुझाएर पुख्र्योली परम्परादेखि चलिआएको तालुकदारी प्रथाबाट उन्मुक्ति लिनु भयो । साइला भाइ उत्तम गुरुङ २०६३ सालमा स्वर्गवास हुनुभयो । कान्छा प्रा.डा. सांसद गणेशमान गुरुङ कीर्तिपुर काठमाडौमा बसोबास गर्नु हुन्छ ।
पारिवारिक रोलक्रममा रत्नबहादुर गुरुङ माहिला छोरा हुन् । उनको उपनाम ‘मोबल क्ह्रोँ’ हो । उनी सिरुबारी गाउँमै हुर्केका थिए । बाल्यकालको स्वभावको बारेमा कुरा गर्दा, उनी बाख्रा गोठालोहरुसंग लेखबेँसी जाने र जंगलमा चराहरु समात्ने गर्नु हुन्थ्यो । बाल्यकालमा उनको स्वभाव अलि चकचके थियो ।
उनकी माता सहनशील, धैर्य र वस्तुस्थिति बुझ्न सक्ने र मूल्यांकन गर्न सक्ने क्षमताको हुनुहुन्थ्यो । पिताको हकमा भन्नु पर्दा, ‘नौसिन्द’ पदमा सरकारी जागिर खानु भएकाले जहानीय राणा शासनकालमा पनि अदालती बन्दोवस्त अनुसार कानुनी उपचार खोज्न सक्ने, वादी प्रतिवादी लेख्ने, मिलापत्र लेख्ने र स्याह स्रेस्तका बारेमा जानकार हुनुका साथै स्पष्ट वक्ता हुनुहुन्थ्यो ।
१. प्रारम्भिक शिक्षाः
१. प्रारम्भिक, पञ्चमूल भाषा पाठशाला, पञ्चूुल ।
२. निम्न माध्यकि, सोल्र्जबोर्ड मिडल स्कूल, पञ्चमूल ।
२. एस.एल.सी. नेशनल मल्टिपर्पोज हाई स्कूल, पोखरा, २०१८ ।
३. आइ.ए., पृथ्वी नारायण कलेज (हाल क्याम्पस), २०२१ ।
४. बी.ए., पृथ्वी नारायण कलेज (हाल क्याम्पस), २०२३ ।
५. बी.एड., त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौ, २०३२ ।
२. सेवाकालः
१. शिक्षक, विन्ध्येश्वरी रात्रि पाठशाला, भूगोल विषय, २०२१ ।
२. प्रधानाध्यपक, त्रि–शहीद हाई सकूल, पञ्चमूल, सिरुबारी, स्याङजा, २०२४—२०३६ ।
३. शिक्षक, गोर्खा चिल्ड्रेन स्कूल, हङकङ, सन् १९७९—१९९४ ।
४. प्रिन्सिपल, न्यु लोरेन्स इन्टरनेशनल बोर्डिङ स्कूल, कालिमाटी, काठमाडौँ, २०५२ ।
३. विवाह र परिवारः
उनले वि.सं. २०२० साल माघ २८ गते सिरुबारी गाउँकै जमदार मणिराज गुरुङकी सुपुत्री सुश्री विष्णु कुमारी गुरुङसंग मागि विवाह गरेका थिए । ससुराको स्वभाव कस्तो थियो भनेर बुझ्दा, वहाँ विहान नित्य पूजापाठ नगरीकन केही पनि खानु हुदैन्थ्यो । त्यसैले, पल्टनमा छरछिमेकका मानिसहरु उनलाइ भक्ति जमदार भनेर भन्ने गर्दथे । वहाँका ज्वाइ रत्नबहादुर गुरुङका विश्वम्भराज गुरुङ र रोशनराज गुरुङ नामक दुइ छोराहरु; उमा र प्रतिमा नामक दुइ छोरीहरु छन् । उनीहरु सबै पढेलेखेका छन् । सबैका घरजम पनि भैसके, भन्दछन् ।
४. सेवाकालपछिको व्यवसायः
तपाइँले गोर्खा चिल्ड्रेन स्कुल, हङकङमा १५ वर्ष सेवा गरेर अवकस पाएपछि काठमाडौँ कालिमाटीमा ‘न्यु लोरेन्स इन्टरनेशनल बोर्डिङ स्कूल’ सञ्चालन गर्नु भएको छ । बोर्डिङ स्कुलबाट त मनग्य आम्दनी हुन्छ रे नि भनेर जिज्ञास राख्दा, तपाइँको जिज्ञास सान्दर्मिक छ । केही स्कुलहरु त्यस्ता पनि होलन तर, सबै स्कूललाइ एउटै तराजुमा तौलन मिल्दैन । मैले लामो समय देश र विदेशमा पनि शिक्षण पेशामा अनुभव गरेको छु । समयको माग अनुसार शिक्षाको गुणस्तर कस्तो हुनु पर्छ ? शिक्षकको गुण, स्वभाव, नैतिकता र योग्यता कस्तो हुनु पर्छ ? त्यो विषयमा म अत्यन्तै सचेत छु तर, कतिपय अवस्थामा मैले चाहे अनुसारको पठनपाठन हुन सकेको छैन, यो दुखद कुरा हो । यस विषयमा राज्यले निर्धारण गरेका नीति नियमहरुको आधारमा विद्यालय सञ्चालकहरुले पनि विद्यार्थीहरुको पठनपाठनमा अत्यन्तै गम्भीर हुन आवश्यक हुन्छ । यही विशेषताको आधारमा यो स्कुल सञ्चालन हुँदै आएको छ ।
अहिले म प्रिन्सिपलको पदमा छु । छोरा रोशनराज गुरुङले भाइस प्रिन्सिपलको कार्यभार सम्भालेका छन् । यस्का लागि उनी योग्य छन् । हाल स्कुलमा ४५० छात्र–छात्राहरु र ३२ जना शिक्षक–शिक्षिकाहरु कार्यरत छन् । मलाइ मनग्य आम्दानी भन्दा, योग्य शिक्षक–शिक्षिकाहरुबाट विद्यार्थीहरुको पठनपाठन सन्तोषजनक हुनु पर्छ । सस्तो, सुलभ, गुणात्मक शिक्षा र शतप्रतिशत नतिजा यो स्कूलको विशेषता हो, उनी ढुक्कसंग भन्दछन् ।
५. प्रशिक्षण, सेमिनार र गोष्ठि आदिः
१. गुरुङ भाषाको पाठ्यक्रम विषयक गोष्ठी । आयोजक, ‘पाठ्यपुस्तक विकास केन्द्र,’ सानो ठिमी, २०५८ ।
२. गुरुङ भाषा प्रशिक्षक प्रशिक्षण । आयोजक, ‘तमू बौद्ध सेवा समिति,’ काठमाडौँ, २०६० ।
३. गुरुङ भाषा लेखन शैलि निर्देशिका गोष्ठी । आयोजक, ‘मातृ भाषा केन्द्र, नेपाल,’ जावलाखेल, २०७३ र ७४ ।
६. संघसंस्थाहरुमा आवद्धताः
१. सल्लाहकार, ‘सोँपाल गुरुङ समाज,’ काठमाडौँ, २०६८–७४ ।
२. सल्लाहकार, ‘तमू ह्युल छोँज धीँ,’ (गुरुङ राष्ट्रिय परिषद) काठमाडौँ, २०६८ ।
३. अध्यक्ष, ‘तमू (गुरुङ) सांस्कृतिक प्रतिष्ठान,’ काठमाडौँ, २०६६–७४ ।
४. संयोजक, (भाषा, शिक्षा, धर्म र संस्कृति) तमू बौद्ध सेवा समिति, काठमाडौँ, २०५८–७२ ।
७. प्रकाशित कृतिहरुः
१. तमू क्युइ लुले (गुरुङ भाषा सिकौँ), २०५८ ।
२. तमू क्योए पाठ्यपुस्तक, (ग्रन्थ १—५), २०५९—२०७३ ।
३. तमू ल्हुताँ (गुरुङ संस्कृति), २०६५ ।
४. खेफ्ह्रि मिथोँ (शिक्षा दियालो), २०६८ ।
५. खेफ्ह्रि मिथो ल्हुब छ्युइ (शिक्षा दियालो सहयोगी पुस्तक, २०६८ ।
६. हाम्रो वंशावली सन्दर्भ र सिरुबारीको बेलीबिस्तार, २०७४ ।
७. प्येताँ ल्हुताँ, अप्रकाशित ।
८. कविता संग्रह, अप्रकाशित ।
९. प्रकाशन बोइ (गीतिकाव्य) २०३३ भाद्र, ले. रामचन्द्र भट्टराई ।

उनले भारत, चीन, हङकङ, थाइलैन्ड, सिंगापुर, मलेसिया र ब्रुनाइ भ्रमण गरेका छन् । लेख, रचना, गीत, कविता, निबन्ध, भाषा, साहित्य, संस्कृति, इतिहास, वंशवृतान्त, ब्याटमिन्टन र चेस खेल्ने वहाँको व्यक्तिगत रुचि हुन् ।
विद्वान पाठकहरुलाइ मन खोलेर प्रतिकृया दिनु हुन अनुरोध गर्दछु । तपाइँको प्रतिक्रियाले यो ‘संक्षिप्त जीवनीलाइ’ थपघट गरी अझ गहकिलो बनाउन सहयोग पुग्ने छ । धन्यवाद ।
लेखक चोग डीबी गुरुङ, अमेरिका
12/23/2019
गुरुङ भाषाविद दाई रत्नबहादुर गुरुङज्यु गुरुङको अलिखित भाषालाई लिखित रुपमा पाठ्यक्रम नै तयार पार्ने पहिलो व्यक्ति हुनुहुन्छ । तमू भाषाको लागि वहाँले दिनु भएको योगदानको लागि हृदय देखि नै सम्मान गर्दै सलाम गर्दछु।
जवाब देंहटाएंThank you Amar mhitheba. Gyasaje.
हटाएंडीवी म्हिथेवामा थपौं सम्मानका दुई शव्दः-
जवाब देंहटाएंवहाँ त हामी तमू गुरुङ्ग जातिको भाषा लिपी धर्म संस्कार संस्कृति रितिथिती रोस रोवास सिल सुवास परम्परा जस्ता प्रत्येक हाँगा डाँडी तथा आख्ला आँख्लाका विश्लेषक हुनु हुन्छ । अर्थात तमू नासा गुरुङ्ग गाउँमा जन्मि भेडी गोठमा हर्केका शहरमा पढेर वढेका मस्र्याङ्गदी नदीको माछा झैं सयौं हुण्डरी खाएर जोदा वन्नु भएका खाँटी सपुत हुनु हुन्छ । आफै लामा कुलमा जन्मि ज्ञान गुण लिनु भएका पर्से घले राजा यम्फावति रानी वारेको ईतिवृक्ति कुसुण्डि चरित्रका ज्ञाता हुनु हुन्छ । तमू समाजमा विद्यमान रोधीं सोह्रठी घाँटु चरित्रका जानाकार तथा मूुखिया जिम्मुवाल द्धारे चौतारे अमली सुव्वा समेतको अख्तियारी वारे राम्रो अनुभूति छ । वहाँले हामी तमू गुरुङ्गहरुलाई तमू लिपीको परिमार्जन भाषा संवन्धमा शव्दकोष र व्याकरण समेत तैयार पारेर पस्कनु भएको छ । हाम्रो धर्म संस्कार संस्कृति तथा सामाजिक परम्परा एवं तमूको वेद क्यार्लों क्ल्हे सोंदी प्ह्रेसोंदी पूर्खा आजी खे आजीमाँ आदी वारेमा हाम्रा भावी पिंडीहरुलाई सिकाउँदै जस्ताको तस्तै पुश्ता हस्तान्तरण गर्ने अथक प्रयत्न गरी रहनु भएको छ ।
भगवान वुद्धका दर्शन वारेको गहिरो अध्ययन तथा ज्ञान प्राप्तिको फलस्वरुप वुद्ध वचन वाचन गरी रहनु भएको छ । त्रीरत्न, चार आर्य सत्य, अष्टाङ्गीक मार्गका प्रखर वक्ता तथा सक्षमता राख्नु हुने म्हिथेवा त हाम्रा साक्षत शास्ता (सिकाउँने सफल गुरु) हुनु हुन्छ । हामीलाई यसरी गौरवको अनुभूति दिलाई रहनु भएको छ । यति मात्र कहाँ हो र ? लेखेर प्रतिभा र क्षमता प्रदर्शन गरी अभियन्ता वन्न चहाने हामी सवैलाई पहिला “गुरुङ राईटर्स डट कम” र अहिले अनलाईन व्लग जस्तो मञ्च तैयार पारी दिई रहनु भएको छ । यि सव कुरामा पारङ्गत तथ्य मनन गरेर वहाँलाई हामी सवैले सादर सम्मान गरौं । साधु ! साधु ! जय वुद्ध !
-अरुण कुमार गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका