Nala chhonja of Lamjung.

नाल छोँजको विशेषताः 

choga DB Gurung.
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाई ‘गुरुङ स्कुल’को ब्लगमा स्वागत गर्दछु । संवत २०६९ सालमा प्रकाशित ‘तमू क्योए दे प्यक्ष्या’ नामक पुस्तकको सामग्रीहरुलाई आवश्यक संशोधन र परिमार्जन गरी, (लमचुँको घले राजाको नाल छोँजको विशेषता) शिर्षकमा ब्लग मार्फत पाठकहरु समक्ष पुनः पस्कने प्रयास गरेको छु । नाल छोँजको वर्तमान अवस्थालाई नियालेर हेर्दा, बिभिन्न गाउँ र ठाउँ अनुसार स्थानीय अभ्यासमा धेरथोर फरक हुनु स्वभाविकै हो । तर, मूल भावमा खासै अन्तर छैन । बिद्धान पाठकहरुलाई प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको भन्ने कुरा मनमा लागेमा आफन्तहरुलाई पनि शेगर गर्नु होला ।

गुरुङहरुको आदिम वासस्थल ‘ख्होल–सोँ–थर’को पतन भए पछि ‘ख्याल्बो रोजा उपनाम भएको पर्सै ख्ह्ले (क्ले) परसुराम घले’ले आफुसंग मनपेट मिलेका भारदारहरुलाई लिएर पाँच गाउँ कोम्रो गाउँको उपल्लो भागमा अवस्थित म्हिल्दो कोटमा आए । त्यहाँ केही समय बसेर लमचुँ १० थर डाँडामा आए । त्यहाँ हेर्दा, रमाइलो हरियो चउर र पानीको स्रोत पनि नजिकै देखेर त्यही चउरमा राज्य स्थापना गरे । घले राजाले आफ्नो राज्यको नाम ‘लमचुँ’ र राजसभाको नाम ‘नाल छोँज’ नामाकरण ग¥यो । मन्त्रीलाई ‘ख्याल’ भन्ने पद दियो । 
    
१. घले राजाको राज्य क्षेत्रहरु निम्न अनुसार थिएः
१. प्रथम क्षेत्रको गाउँहरुमा भुजुङ, उपल्लो घनपोखरा, तल्लो घनपोखरा, नायु, लामागाउँ, कपुरगाउँ, रापासीँ, नजरे, मालिङ, पुमा, बिम्दा र नाल्मा थियो । यस क्षेत्रलाई १० थर भनियो । घलेगाउँ राजधानी थियो । १० थर डाँडाको नाल छोँज हुने स्थान ‘कपुर गाउँ’ थियो । हाल कोक्यु बजारको नामबाट परिचित छन् ।  
   
२. द्धितीय क्षेत्रको गाउँहरुमा पसगाउँ, सिङदी, कुम्लुङ, चारा, भोजे, मोप्योङ, धाम्राङ, तोँबु, टक्सर, छाप, डडुवा, गिलुङ र कल्याङ थियो । यस क्षेत्रलाई पाँच गाउँ भनियो । पाँच गाउँ क्षेत्रको नाल छोँज हुने स्थान ‘साल्मे डाँडा’ थियो ।    
   
३. तृतीय क्षेत्रको गाउँहरुमा पाख्रिकोट, वार्चोक, भाचोक, नागिधर, याङजाकोट, ध्याम्राङ र ताङतिङ थियो । यस क्षेत्रलाई छ गाउँ भनियो । छ गाउँको नाल छोँज हुने स्थान ‘याङजा कोट’ थियो ।  
   
४. चौथो क्षेत्रको गाउँहरुमा च्याम्चे, जगत, चजक्यु, सिउरुङ, ताध्रिङ, थाकन, सिलढुंगा, मिप्रा, ढगै, टोँबु, खुदी, निम्द, रोउ, फाँचे, कसिँतुँ, सञ्जाबु, थालाजुङ, कालाघिरिङ, चिप्लो, उस्ता, भीर पुस्तुन, तराचे, भुलभुले र भंगेरी थियो । यस क्षेत्रलाई चौध खोला भनियो । चौध खोलाको नाल छोँज हुने स्थान ‘खुदी’ थियो । 
   
५. पाँचौं क्षेत्रको गाउँहरुमा खासुर, भाचोक, हिले, टक्सर, लाँकुरीबोट र चिसापानी थियो । यस क्षेत्रलाई बाह्र थर भनियो । बाह्र थरको नाल छोँज गर्ने स्थान ‘खासुर’ थियो ।
     
२. नाल छोँजको उद्देश्यः
Ghale king Kyalpo Raja.
१. दाइले भाइलाई नमिच्नु ।
२. धनीले गरीबलाई नमिच्नु ।
३. बलियोले निर्बलियोलाई नमिच्नु ।
४. भलादमिले सर्वसाधरणलाई नमिच्नु ।
५. सर्वसाधरणले भलादमिलाई नमिच्नु । 
   
लमचुँ, लमजुङको घले राजाले स्थापना गरेको नाल छोँजको उद्देश्य र विशेषता सामाजिक समानताको आधारमा आधारित थियो । नाल छोँजमा विशेष गरेर जग्गा, जमिन, खोरिया, भीर, पाखा, खोला, नाला, पोखरी, बन, जंगल, बाटो, घाटो, चौतारी, ठाँटी, पौवा, खर्क, खर्चरी, पुवाघारी, मौरीको भीर, डाँफेचरन, माछाचरन, गौचरन, साँध सिमाना, थिति बन्देज, रीतिरिवाज, चाडपर्व, संस्कृति र संस्कार आदिको बारेमा उद्यौलि र उभौलिमा छलफल गरेर थिति बाँधिने थियो । यी थितिहरु राज्यको नियम कानुन थिए । यसैको आधारमा राज्य व्यवस्था सञ्चालन गरिन्थ्यो ।
     
घले राजाको शासन कालको बारेमा पर्यप्त दस्ताबेजहरु प्राप्त नभए पनि साबिक बाग्लुङपानी गाविस वडा नं ५, हाल क्होलसोँथर गाउँ पालिका वडा नं १, नजरे गाउँ साम्रोँबेसी बस्ने कालि बहादुर गुरुङको घरमा रहेको पुरानो कागजपत्र र वंशवली अनुसार तमूहरुको आदिम राजधानी ‘ख्होल–सोँ–थर’को पतन १५औँ शताब्दीको मध्यमा भएको अनुमान छ । ख्होल–सोँ–थरको पतन भए पछि लमजुङमा कालु शाहको उदय भएको देखिन्छ । त्यसैले, समय र सन्दर्भलाई केलाउँदा संवत १५५३—१५६७ अर्थात १४ वर्षको शासन काल रहेको अनुमान गर्न सकिन्छ । 
     
घले राजाको पतन पछि शाह राजा र पुरुख्यालकोबीचमा गाउँशहर दरबारमा संझौता भएकाले गुरुङको क्षेत्र र गाउँहरुमा गुरुङकै थिति अनुसार शासन चल्यो । गुरुङको क्षेत्र भित्र बसोबास गर्ने गैर गुरुङहरुले पनि गुरुङकै थिति भित्र बस्न बाध्य भए । गुरुङ गाउँहरुमा यो थिति संवत २०३९ सालसम्म कायमै थियो । गुरुङ गाउँहरुमा प्रचलित स्थानीय स्वायतत्त र आत्म निर्णयको अधिकार संवत २०३९ सालको नयाँ नापीले हरण ग¥यो । यही सम्झौताबाट गुरुङ समुदायमा हिन्दु वर्ण व्यवस्थाले प्रवेश गरेको हुनु पर्छ भन्ने बलियो आधार देखिन्छ ।

घले राजाको पतन पछि उनको राजधानी घले गाउँको नाउँबाट परिचित भयो । हालः घले गाउँमा आन्तरिक पर्यटनको विकास गरिएको छ । सो विकासमा ख्होलसोँथर गाउँ पालिकाका प्रमुख प्रेम बहादर घलेको विशेष योगदान रहेको छ । 
     
लमजुङ जिल्लाको लेकाली गाउँहरुमा नाल छोँजको अवशेषको रुपमा अझै पनि भदौ महिनाको पहिलो साता थिति सभाको आयोजना गरिन्छ । जस्माः गाउँको थिति बनेस, चरन, खर्क खर्चरी, बाटो, धाटो, पानी पाँधेरो, पाटी, पौवा र बस्तु भाउको खरिद बिक्रिको बजार मुल्य निर्धारण गरिन्छ । यसरी मुल्य निर्धारण गर्ने क्रममा (नासाली र देसाली) अर्थात गाउँले वा गैर गाउँले भन्ने स्थानीय सिद्धान्तमा गरिन्छ । यसरी थिति सभाले निर्धारण गरेको बस्तु भाउको मुल्य गाउँ भित्र एक रुपता भए तापनि गैर गाउँलेहरुलाई बिक्रि वितरण गर्दा, यो नियम लागु हुँदैन ।
     
लमजुङ जिल्लामा प्रचलित नाल छोँजको विकसित स्वरुप वर्तमान अवस्थामा सामाजिक संघ संस्थाहरुले आयोजना गरिने साधारण सभा, महासभा, अधिवेशन र महाधिवेशन हो । समय अनुकुल भाषा र शब्दको प्रयोगमा भिन्नता रहे तापनि मूल वस्तुमा खासै अन्तर छैन ।           
     
An opening ceremony.
यिनै विषय र प्रसंगहरुको सेरोफेरो रहेर लामा वंशवली प्रकाशन समितिले संवत २०५६ साल चैत्र ४ ५ र ६ गतेसम्म लमजुङ जिल्लाको सिम्पानी गाउँ विकास समिति वडा नं ४ भलम चौर गाउँमा संस्कृतिविद प्राज्ञ डा. जगमान गुरुङको अध्यक्षतामा तीन दिने महासभा आयोजना गरेको थियो । उक्त महासभाको मूल उद्देश्य गुरुङ थरका लमभइहरु जस्मा क्ह्रोँगी–फिप्रोँट्हगी, म्हिगी र पैगी लमहरुको वंश बृक्ष तयार गर्ने र कुल पूजा गर्ने रहेको थियो ।  
     
गुरुङहरुको आदिम राजधानी ‘ख्होल–सोँ–थर’को पतन भए पछि गुरुङहरु कास्की र लमजुङ जिल्लाका उत्तरी भेगहरुमा अनुकुलता अनुसार समूह समूहमा बसाइँ सर्न थाले । यसरी बसाइँ सर्ने क्रममा पैम उँ ग्याल भन्ने एक जना लमले आफ्नो परिवार लिएर साविकको लमजुङ घनपोखरा गाउँको माथिल्ल्लो डाँडामा आएर बस्ती बसालेको हुनाले त्यस स्थानलाई ‘लमचुँ’ अर्थात् (लमले स्थापना गरेको स्थान वा लम बस्ने डाँडा) भनेर भनियो । यही लमचुँ शब्द अपभ्रङस हुँदै हाल आएर लमजुङ भनेर भनिन्छ । लम भन्ने मूल शब्दको व्यत्पति ‘नम’बाट भएको हो । गुरुङ भाषामा नम भनेको पवित्र हो । पवित्र भनेको देवता हो । यहीबाट नम, लम हुँदै लामा हुन आएको हो । लामा भनेको तिब्बती करणको नेपाली शब्द हो । 
   
पैम उँ ग्याल लमले फिब्रोँ गाउँको लेमको छोरी विवाह गरी तीन भाइ छोराहरु भए । उनका नाम बैच्य, टुव र चसँ राखिए । जेठो छोरा बैच्यको दुइ छोराहरु भए । जेठोले विवाह गरे पछि सिक्लेस गइ गाउँको प्रमुख भए । (गुरुङ भाषामा प्रमुख वा प्रधानलाई क्ह्रोँ भन्दछ) । त्यसैले, उनलाई क्ह्रोँगीलम भनियो । क्ह्रोँगीलमको सन्तानहरु सिक्लेसबाट पूर्व दिशा हँुदै याङजा कोट, रुम्जाटार, ओखलढुंगा आदि स्थनाहरुमा फैलिए । संस्कृतिविद प्राज्ञ डा. जगमान गुरुङ नेपाली सांस्कृतिक विधाको मेरुदण्ड मानिन्छ । वहाँ याङजा कोट निवासी हुन् । हिन्दुहरुको गोत्र भनेझै गुरुङहरुको ‘न्हँेस’ भनिन्छ । क्ह्रोँगीलमहरुको ‘न्हेस’ सिक्लेस, कास्की हो ।
   
कान्छो मावली गाउँ फिब्रोँमा गए । फिब्रोँबाट ट्हगी गाउँमा आए । त्यसैले, उनलाई फिब्रोँ–ट्हगीलम भनियो । फिब्रोँ–ट्हगीलमको सन्तानहरु ट्हगी गाउँ हालका (लामा गाउँ)बाट पूर्व दिशा हुदै भाचोक, हिले, सवा, लाँकुरीबोट, चिसापानी, चौथर, श्रीमन्जङ, गोर्खा आदि स्थानमा फैलिएर । फिब्रोँ–ट्हगीलमहरुको स्रोत व्यक्तिमा लामा गाउँ निवासी भुतपूर्व रापंस युद्धजंग गुरुङ हुन् । युवा पुस्तामा नेत्र गुरुङ, बलराम गुरुङ र दिपेन्द्र गुरुङ आदि हुन् । फिब्राँे–ट्हगीलमहरुको ‘न्हेस’ (फिब्रो) लमजुङ हो । फिब्रोँ–ट्हगीलम र क्ह्रोँगीलमको ‘न्हेस’ अलग अलग देखिए तापनि दुबै जेठाको सन्तान हुन् । 

माहिला छोरा टुव, वहुभाषी थिए । गुरुङ भाषामा वहुभाषीलाई ‘म्हिक्योए’ भन्दछ । त्यसैले, म्हिक्योएबाट म्हिगीलम भनियो । टुवका छोराहरु कोसै र नल्वे गए । त्यो ठाउँ कास्कीको पार्चेमा पर्छ । म्हिगीलमहरु त्यहाँ केही समय बसेर पसगाउँ आए । म्हिगीलमहरुको उन्नति प्रगति पसगाउँमा भयो । म्हिगीलमको सन्तानहरु पसगाउँबाट पाख्रिकोट, पर्वा, कुम्लुङ, मालिङ, व्हासिम्रँें, पुमा, नाल्मा, उखारी, चितवन आदि स्थानमा फैलिए । म्हिगीलमहरुको स्रोत व्यक्तिहरुमा गंजसिँह गुरुङ, वीर बहादुर गुरुङ र एकेन्द्र गुरुङ हुन् । म्हिगीलमहरुको ‘न्हेस’ कोसै र नल्वे हुन् । 
   
कान्छा छोरा चसँ कर्मकाण्ड गर्ने विद्धान नम भए । (गुरुङ भाषामा त्रिकालदर्शीलाई नम र कर्मकाण्डलाई ‘पएकेए’ अर्थात् ‘पए’ भनेको कर्म र ‘केए’ भनेको काण्ड हो) । त्यसैले, उनी कर्मकाण्ड वा ‘पएकेए’ गर्ने विद्धान नम भए । कालन्तरमा नमबाट लम र ‘पएकेए’बाट पैँगीलम भनियो । चसँ नमचुँ गए । त्यहाँबाट ताङतिङमा झरे । पैँगीलमको सन्तानहरु कास्की जिल्लाको ताङतिङ गाउँबाट वाचोक, भाचोक, रिवन, चौर, तामागी, आठथर आदि स्थानमा फैलिए । पछि देवक्ह्रो भन्ने एक जना पुनः लमचुँ फर्किए । उनका सन्तानहरु थुजुकोँ, पुरनास, हिले, लम घडेरी, नजरे, समाम्रो आदि हँुदै विभिन्न स्थानहरुमा फैलिए । पैँगीलमको स्रोत व्यक्तिमा ताङतिङ निवासी भुतपूर्व रापंस नन्दजंग गुरुङ हुन् । दोस्रो पुस्तामा तमू संसारका प्रघान सम्पादक लोकबहादुर गुरुङ, श्याम गुरुङ, पैडी जसबहादुर गुरुङ, ओम प्रकाश गुरुङ, गोर्खा मेजर बालसिँ गुरुङ, वकिल कृष्ण बहादुर गुरुङ, पदमबहादुर गुरुङ ‘प्रवासी’ झकबहादुर गुरुङ र सुन्दर गुरुङ आदि हुन् । पैँगीलमहरुको ‘न्हेस’ नम्जुँ (नमचुँ) कास्की हो । यो ऐतिहासिक पृष्ठभूमि त्यही महासभाको प्रतिवेदनमा आधारित सम्पादित अंश हो । उहिले यसरी नाल छोँज गरेर आफ्नो थिति बन्देज र बंश परम्पराका सम्बन्धमा विशेष छलफल गर्दथे । 

यो लेखबाट तपाइँलाई के अनुभूति हुन्छ ? प्रस्तुत गरिएको सामाग्रीहरु तपाइँलाई कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? यसलाई केही परिमार्जन गर्न आवश्यक छ कि ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेका कमिकमजोरीहरुलाई बिद्धानहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । लेखक ।      

चोग डीबी गुरुङ ‘तमू क्योए दे प्यक्ष्या’को लेखक हुन् । 
4/13/2020
Gurung language & culture.
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.