बोस्टन तमू समाजको रुपरेखा (Profile):
![]() |
Kaamala Gurung. |
१. भुमिकाः
नेपाल भूपरिबेस्टिक मुलुक भए पनि प्राकृतिक र सांस्कृतिक सम्पदामा सम्पन्न स्वतन्त्र राष्ट्र हुन् । विश्वको उच्च शिखर सगरमाथा, बुद्ध भूमि लुम्बिनी, मन्दिरहरुको देश र अनेकौं तिर्थस्थालहरुको नामबाट पनि प्रख्यात छन् । तर, देशमा औद्योगिक क्रान्ति नभएकाले रोजगारको अवसर कम भएकाले, सन् १९९०को दशक यता उच्च शिक्षा हाँसिल गर्ने सिलसिलामा गतिशील युवा युवतीहरु अमेरिका प्रवेश गर्ने संख्यामा बृद्धि हुन थाल्यो ।
अमेरिकी इतिहासमा मासाच्यूसेटस् राज्यलाई शिक्षाको मेरदण्ड मानिन्छ । यिनै राज्यको राजधानी बोस्टन शहरमा प्रवासी विद्यार्थीहरुको संख्यामा नेपालीहरुको संख्या पनि बृद्धि हुदै गयो । उच्च शिक्षा हाँसिल गरेर रोजगारमा लागेका संख्या ह्वात्तै बढे पछि नेपालीहरुको ‘सुख र दुःख’मा हातेमालो गर्नका लागि ‘ग्रेटर बोस्टन नेपाली समाज’ र ‘पशुपति बुद्ध फाउन्डेशन’ जस्तो सामाजिक संस्थाको स्थापना भयो । यसैगरी, आफ्नो जातिया संस्कार र संस्कृतिलाई केही हदसम्म भए पनि संरक्षण गरी भावि पुस्तालाई हस्तान्तरण गर्नु पर्छ भन्ने मुल्य र मान्यता बुझेका बुज्रुकहरुले सन् २००२मा ‘बोस्टन तमू समाज’को स्थापना गर्यो ।
२. अभियान्ता कमला घलेः
मनास्लु हिमालको काखमा अवस्थित गोर्खा जिल्लाको नाम उच्चारण गर्ने बित्तिकै आधूनिक नेपालको नायक राजा पृथ्वी नारायण शाहको स्मरण हुन्छ । त्यसैगरी, निर्वाचन आयुक्त, दोलख बहादुर गुरुङ, आइजीपी मोति गुरुङ, भीसी भानुभक्त गुरुङ र सामाजिक अभियान्ता रेशम गुरुङ आदि गोर्खा जिल्लाका आभूषण हुन् । भौगोलिक दृष्टिकोणले त्यति सुगम नमानिने रातोमाटो पृष्टभूमिमा अनेकौं प्रतिभाहरु जन्मिएका छन् ।
गोर्खा, अजिरकोट गाउँ पालिका वडा नं २, ध्याचोक मिलिम बेसीमा पिता धन बहादुर घले र माता कुमारी घलेको कोखबाट सन् १९८५मा कमला घलेको जन्म भएको थियो । उनको भाइहरु सनिफ घले, प्रविण घले र बहिनी मनिशा घले छन् । बालपनको कुरा गर्दा, उनी उनका बाजे, बजैको माया र ममताबाट हुर्किएकी थिइन् । आफु हुर्किए पछि भाइ बहिनीलाई पनि हेरचाह गरिन् । उनको पिता अत्यन्तै गतिशील भएकाले आर्थिक सुधार गरी छोरा छोरीहरुलाई शिक्षा दिन सफल भए । कमला घले सानै उमेर देखिन निस्वार्थी, लगनशील र गतिशील स्वभावकी थिइन । विद्यार्थीकाल देखिनै आफ्नो परम्परागत सामाजिक गतिबिधिमा पनि सकृया हुदै आइन् । उनले तिलिङटार उच्च माध्यमिक विद्यालयबाट सन् २००३ सालमा प्रविणता हाँसिल गरिन ।
३. परिवारः
![]() |
Kamala with her family. |
४. सातौं अध्यक्ष कमला गुरुङः
प्राकृतिको वरदान अनुसार मझौला कद, गहु गोरी, गम्भीर स्वभाव, स्वाबलम्बि, निस्वार्थी, समाजसेवी, लगनशील एवं गतिशील सामाजिक अभियान्ता ‘कमला गुरुङ’ ‘बोस्टन तमू समाज’संग सन् २००८ सालदेखिनै अवद्ध थिइन् । संस्थामा साधरण सदस्य, कार्यकारिणी सदस्य, कोषाध्यष, उपाध्यक्ष हुदै गत फेब्रुवरी १, २०२० को दिन फर्मिङहममा बसेको साधरण सभामा दुइ वर्षे कार्यकालका लागि ‘सातौं अध्यक्ष पद’मा निर्बिरोध मनोनित भइन् । यस्ती निस्वार्थी अभियान्ताले ‘तमू समाज’लाई सही दिशामा हाँक्ने छन्, सबैले भरोसा गरेका छन् ।
तपाइँ दुइ छोरीकी आमा, चुलो चौकादेखि अमेरिकाको ब्यस्त जीवनमा समयको व्यवस्थापन कसरी मिलाउनु हुन्छ ? भनेर जिज्ञास राख्दा, पारिवारिक संस्कार, असल पति, साथीहरुको सहयोग, निरन्तरता र आत्मबलको जगमा सामाजिक अभियान्ता बनेकी हुँ । प्राँणिशात्रको सिद्धान्त अनुसार महिला र पुरुषमा शारिरीक बनावटमा फरक भए पनि नेतृत्वको सवालमा खासै विभेद छैन । सक्षम महिलाहरुले पनि नेतृत्व गर्न सक्दछन् भन्ने कुरा ‘बीटीएस’को इतिहासले स्पष्ट गरेको छ । नेतृत्वका लागि म जस्तै सक्षम महिलाहरु एकसएक छन् । यो सबै हुनुको कारणमा पूर्व अध्यक्ष्य संझना गुरुङ श्रेष्टा (रोल मोडल)को रुपमा उभिएकी हुनाले सबै महिलाहरु आफ्नो खुट्टामा उभिन सक्नु पर्दछ भन्ने सकारात्मक सन्देश दिएको छ, उनले ढुक्कासंग भनिन् ।
५. कार्यकालको योजनाः
समाजको सामाजिक गतिबिधिको लागि जस्तैः भाषा, भेषभूषा, साहित्य, चाड, पर्व, संस्कार, संस्कृति र सामाजिक मुल्य र मान्यतामा आधारित जन्मदेखि मृत्युसम्मका कर्मकाण्डहरु गर्नका लागि समाज घरको अति आवश्यक महशुस भएको हुँदा, मेरो कार्यकालमा एउटा ‘सामाज घर किन्ने वा निर्माण’ गर्ने योजना रहेको छ । यो योजना पूर्व अध्यक्ष संझना गुरुङ श्रेष्टाको पालामै निर्णय भएको थियो । यसैलाई निरन्तरता दिइने छ । तमू समाजलाई बिधान सम्मत, पारदर्शी एवं शसक्त बनाउदै लैजाने उद्देश्य रहेको छ । उनी बोस्टनमा सञ्चालन गरिएको ‘नेपाली कक्षा’मा पनि सन् २०१४ देखि सकृया छिन् ।
६. सातौ कार्यकारी समितिः
कमला गुरुङ अध्यक्ष, निरा गुरुङ उपाध्यक्ष, रोबिन गुरुङ सचिव र सुरजा गुरुङ कोषाध्यक्षमा मनोनित भएका छन् । यसैगरी सदस्यहरुमाः प्रकाश गुरुङ, धिरज गुरुङ, राजु गुरुङ, उमन गुरुङ, सुरेन गुरुङ, शिसिरा गुरुङ, कृष्णा गुरुङ, इन्द्र गुरुङ, सुरेश गुरुङ, यम गुरुङ र दिलु गुरुङ मनोनित भएका छन् । यसैगरी, सल्लाहकारहरुमा झक गुरुङ, शरद मणि गुरुङ, खकेन्द्र गुरुङ, रमला गुरुङ र रत्न गुरुङ रहेका छन् । संस्थाको पूर्व अध्यक्षहरु पदेन सल्लाहकार रहने प्रावधान रहेको छ ।
७. वार्षिक कार्यक्रमः
संस्थाको वार्षिक कार्यक्रमहरुको हकमा गुरुङ ल्होछार (नयाँ वर्ष), बुद्ध जयन्ति, समर बारबारक्यू पार्टी र देउसी भैलो कार्यक्रम रहेका छन् । यस बाहेक दैबिक प्रकोप र भैपरि आउने आपतकालिन मानविय राहतका साथै सदस्यहरुको सुख र दुःखको समयमा हातेमालो गर्दै आएका छन् । जस्मा, बेवी सावर, न्वारन, अन्नप्राशन, ब्रतबन्ध, गुन्यू चोली, प्रितिभोज, स्याइ स्याइ (रिपु) कार्यक्रम, दाह संस्कार र पितृ कार्य आदिमा रहेका छन् ।
८. अतिरिक्त कार्यक्रमः
संस्थाले सन् २०१८ मा जात्रासंग सहकार्य गरी नेपाली कला, संस्कृति र गीत संगितको प्रर्वधन र संरक्षणका लागि ख्याति प्राप्त ‘नेपथ्य बैन्ड’ समूहलाई स्वागत गरी बोस्टनमा भव्य कार्यक्रमको ओयाजन गर्न सफल भयो ।
९. राहत परियोजनाः
नेपालमा संवत २०७० सालमा गएको महाभुकम्पको चपेटामा परेका पिडितहरुलाई राहत दिने सिलसिलामा गोर्खा जिल्लाको अति दुर्गम क्षेत्रमा रहेका गन्खु गाविस वडा नं मा सञ्चालित श्री नामरोङ देवी माध्यमिक विद्यालयको भवन पुनः निर्माण गर्नका लागि राहत परियोजना सञ्चालन गर्यो । कक्षा ८ सम्म सञ्चालन हुने उक्त विद्यालयमा हाल १२५ जना छात्रा छात्रहरु अध्ययनरत छन् ।
१०. भावि कार्यक्रमः
भावि कार्यक्रमहरुको हकमा महिला शसक्तिकरण, युवा र युवतीहरुलाई नेपाली संस्कृतिको पुस्ता हस्तान्तरण कार्यक्रम आदि रहेका छन् ।
११. छैठों अध्यक्ष मिन गुरुङ, सन् २०१८—२०२०ः
![]() |
Mr. Min Gurung. |
१२. पाँचौं अध्यक्ष संझना गुरुङ श्रेष्टा, सन् २०१४—१७ः
स्पष्ट वक्ता, निस्वार्थी, समाजसेवी एवं शिक्षाशास्त्री सम्झना गुरुङ श्रेष्टा सन् २००३ देखि संस्थामा सचिवको रुपमा प्रवशे गर्नु भएको थियो । २०११ देखि उपाध्यक्ष हुदै २०१४मा पाँचौं अध्यक्षको लागि सर्वसम्मत चयन भएकी थिइन् । उनको कार्यकालमा केही असहज परिस्थितीहरु देखिए तापनि अत्यन्तै सयम र सजकताका साथ चुनौतीहरुको सामना गर्दै, संस्थालाई सुरक्षित अवतरण गरिन । त्यसैको प्रतिफल आज (बीटीएस) स्वास्थ अवस्थामा हुर्किदै १८औं बसन्त पार गरेको छ ।
सन् २००० मा नेपालबाट उच्च शिक्षा हासिल गर्न अमेरिका आए । उनले (Lesley University) लेसली विश्वविद्यालयबाट शिक्षा शस्त्रमा स्नातकोत्तर हासिल गर्नु भयो । समाजबाट लिने होइन केही दिनु पर्छ भन्ने धारणा भएकीले सन् २०१४ मा Massachusetts Institute of Technology (MIT) मा अध्ययनरत केही नेपाली विद्यार्थीहरुसँगको सहकार्यमा बोस्टन शहरको आसपासमा बसोबास गरेका प्रवासी नेपाली बालबालिकाहरुलाई नेपाली भाषा र संस्कृति सम्बन्धि थोरै भए पनि जानकारी प्राप्त होस भन्ने उद्देश्यले ‘नेपाली कक्षा बोस्टन’ सञ्चालनमा ल्याउनु भएको छ । उनी यस कक्षाको संस्थापक हुन् । हाल यस कक्षामा करीब १५० जति बालबालिकाहरु अध्ययरत छन् । नेपाली डाइस्पोराका लागि यो भाषा कक्षा कोशे ढुंगा साबित भएको छ । यस कार्यक्रमले उचाइ लिए पछि हाल दर्जनौं स्वयम सेवकहरु पनि सकृया रहेका छन् । उनी बोलिमा भन्दा व्यवहारमा बढी विश्वास गर्नु हुन्छ ।
१३. चौथो अध्यक्ष उत्सव गुरुङ, सन् २०१२—१३ः
१४. तेस्रो अध्यक्ष सुन्दर गुरुङ, सन् २००८—११ः
१५. दोस्रो अध्यक्ष धन कुमार गुरुङ, सन् २००४—७ः
१६. संस्थापक अध्यक्ष भुवन (लेम) गुरुङ सन् २००२—३ः
Mr. Bhuwan Gurung. |
गुरुङको (प्यताँ ल्हुताँ) श्रुति वेदले के भन्दछ भने, (तेलबैये ताँ तिनिबैये प्य, तिनिबैये ताँ न्हाँगबैये प्य) अर्थात हिजोको कुरा आजको इतिहास, आजको कुरा भोलिको इतिहास बन्दछ । त्यसैले, हाम्रा सन्ततिहरुले पनि (बोस्टन तमू समाज)को रुपरेखा (Profile) को बारेमा संक्षिप्त भए पनि जानकारी प्राप्त गर्न सकुन भन्ने उद्देश्यले यो रुपरेखा तैयार गरिएको हो । यसलाई समय अनुकुल परिमार्जित गर्दै लगिने छ ।
चोग डीबी पैगीलम गुरुङ भाषा, साहित्य, संस्कृति र बुद्ध दर्शनको विद्यार्थी हुन् ।
चेल्सी, मासाच्यूसेट्स ।
जुलाइ १०, २०२०
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें
If you have any doubt, please let me know your message to help.