Gurungs' Bhaitika (dude) festival.

गुरुङको रिँईम्ह्युँ र अतिरिक्त पर्वः
   
choga DB Gurung.
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाई ‘गुरुङ स्कुल’को ब्लगमा स्वागत गर्दछु । संवत २०६९ सालमा प्रकाशित ‘तमू क्योए दे प्यक्ष्या’ नामक पुस्तकको सामग्रीहरुलाई आवश्यक संशोधन र परिमार्जन गरी, गुरुङको अतिरिक्त पर्वः (रिँईम्ह्युँ, नौगी, माधेसंक्रान्ति र साउने संक्रान्ति पर्व) शिर्षकमा ब्लग मार्फत पाठकहरु समक्ष पुनः पस्कने प्रयास गरेको छु । उपरोक्त पर्वलाई नियालेर हेर्दा, बिभिन्न नगर, गाउँ र ठाउँ अनुसार स्थानीय अभ्यासमा धेरथोर फरक हुनु स्वभाविकै हो । तर, मूल भावमा खासै अन्तर छैन । बिद्धान पाठकहरुलाई प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको भन्ने कुरा मनमा लागेमा आफन्तहरुलाई पनि शेगर गर्नु होला ।

१. भाइटीका (रिँईम्ह्युँ पर्व):  
गुरुङ भाषामा (रिँइम्ह्युँ) पर्व भनेको भाइटीका वा दुदे माइती र चेली वा दाजुभाइ र दिदी बहिनीहरुबीचको सम्बन्ध सुमधुर बनाइ राख्ने एउटा सम्बन्धको पर्व हो । यो गुरुङहरुको महत्वपूर्ण पर्व हो । यो पर्वमा औंसीदेखि भाइ टीकाको दिनसम्म तीन दिन राष्ट्रिय बिदा हुन्छ । 

खेमा नाँब पर्व, दशैको पूर्णिमादेखि ठीक १५ दिन पछि अउने औंसीको दिनबाट आरम्भ हुन्छ । उक्त पर्वमा घरका चेलीहरु आंैसिको दिनबाट माइता आउने क्रम सुरु हुन्छ । भाइ टीकाको दिनमा दिदीबहिनी, पूmपु चेलीहरुले आफ्नो माइतीको दीर्घायु, सुस्वास्थ्य एवं उत्तरोतर प्रगतिको कामना गर्दै निधरमा रंग बिरंगका टीका लगाइ दिन्छन् । प्रत्येक पर्वको पछाडि एउटा ऐतिहासिक पृष्ठभूमि लुकेको हुन्छ । यसै अनुरुप यो रिँईम्ह्युँ, भाइटीका वा दुदे पर्वको पछाडि पनि एउटा पृष्ठभूमि लुकेको छ । गुरुङको ‘प्यताँ ल्हुताँ’ अर्थात् श्रुति वेदमा आधारित पर्वको पृष्ठभूमि यस प्रकार रहेको छ । 

१. ऐतिहासिक पृष्ठभूमिः
आगे ठिनी राज्यको राजा नोच्यन ‘खोर्लोह्रिर्माेछे’को जेठो छोरा राजकुमार फैबच्यनको कुनै दिदी बहिनी थिएन । त्यसैले, भाइटीकाको दिनमा टीका लगाउँन ख्लेप्रेँ गुरुको सली भन्ने छोरीलाई दरबारमा निमन्त्रणा गरेर टीका लगाए । टीका लगाउने समयमा चेली र मइतीकोबीचमा आचावाचा बोल्यो । त्यो आचावाचा अनुसार सलीले भन्यो— ‘यस पटकको भाइटीकामा म सलीले तिमी फैबच्यन राजकुमारलाई दाइ मानेर तिम्रो निधरमा टीका लगाइ दिएकी छु’ । यो टीकाको प्रभावले तिम्रो मनमा चिताएको पुगोस् । आँखाले देखेको प्राप्त होस् । तिमी माथि कुनै जोरीबैरी आइ लागे मैले अंग थाप्छु । मेरो माथि कुनै जोरीबैरी आइ लागे तिमीले अंगथाप्नु भनी टीका लगाइ दिएको हुनाले यस् पर्वको नाम ‘रिँईम्ह्युँ’ पर्व रहन गएको हो । यो पर्व चेली र माइतिबीचमा न्यानो सम्बन्ध र घनिष्टता प्रकट गराउने एउटा सेतुको रुपमा स्थापित भएको हुनाले पर्वको महिमा र लोकप्रियता पनि गुरुङ समाजमा अत्यन्तै गाढा छ । पर्वको अभ्यासमा गाउँ र ठाउँ अनुसार केही भिन्नता देखिए तापनि परम्परागत् विधिविधान यस प्रकार छ ।

२. विधिविधानः
१. आंैसीको दिनमा चेलीहरु माइता आउने । 
२. भाइटीकाको बिहान नुहाएर चोखो हुने ।
३. दुबो, सिरु र कुरिलोको एउटा सानो मुठो बनाउने । 
४. पूmलमाला, टोपि र रंग बिरंगको टीका तयार पार्ने । 
५. माइतिलाई सम्मानसाथ राडी माथी बसाउँने । 
६. शुभ समयमा टीका लगाउने कार्य आरम्भ गर्ने । 
     
अब टीका लगाउँनु भन्दा पहिले करुवामा राखेको कुरिलोको मुठाले माइतिलाई बायाबाट दाँयातिर तीनचोटी पानी घुमाउने । त्यसपछि, टीका लगाइ दिने । टीका लगाउँने बेलामा चेलीले यसो भन्नु पर्छ— ‘यस पटकको रिँईम्ह्युँ पर्वमा म फलानाले तिमी फलानाको निधरमा भाइटीका लगाइ दिएकी छु’ । यो टीकाको प्रभावले तिम्रो मनमा चिताएको पुगोस् । आँखाले देखेको प्रप्त होस् । दिर्घायु होस् । लक्ष्मीले बास गरोस् । फुलोस् फलोस् । तिमी माथी जोरीबैरी आइ लागे मैले अंग थाप्छु । मेरो माथी जोरीबैरी आइ लागे तिमीले अंग थाप्नु भनि टीका लगाइ दिन्छन् ।    
     
माइतिले टीका थापिसके पछि आफ्नो इज्जतानुसार नगद, जिन्सि वा उपहार प्रदान गरी चेलीलाई सम्मान गर्दछन् । त्यसपछि, खानपान र रमाइलो कार्यक्रमका साथ नाचगान गरी रिँईम्ह्यँु पर्व अर्थात् (भाइटीका) पर्व मनाउँने सनातन देखि चलि आएको छ ।

२. नौगी पर्व (न्वागी):
नेपाल कृषि प्रधान देश भएको हुनाले देशको अर्थतन्त्र कृषिमा आधारित छ । असारमा धान रोपे पछि मंसीरमा धान थन्काउँने समय हुन्छ । मंसीरको ठूलो एकादशी वा त्यसको आसपासमा कुनै राम्रो तिथिमा आफ्नो अनुकूल अनुसार न्वागी खाने कार्य गरिन्छ । न्वागी भनेको आफुले कृषिबाट उत्पादन गरेको अनाजको वास्तविक गुणस्तर र स्वादको परिक्षण गर्नु हो । 
     
न्वागी खाँदा, सर्वप्रथम चामलको सिरौट दहीमा भिजाएर खान तयार पारिन्छ । चोखो भात पकाएर पितृ देउतालाई चढाइन्छ । त्यसपछि, सुन्तला जत्रो तीनवटा डल्लो बनाएर ओदानको तीन कुनामा चढाउँछ । त्यसपछि, एक एकवटा भातको डल्लो र सिरौटा असारमा दुःख गर्ने गोरुलाई खान दिन्छ । यति काम सकिए पछि नाता, कुटुम्ब, चेलीबेटी र भाइवन्धुहरुसंगै बसेर नयाँ अनाजको सिरौट र खाना खान्छन् । न्वागी खाने परम्परा कृषि उपजको उत्कृष्ट पर्व हो । गुरुङ समाजमा अत्यन्तै लोकप्रियताका साथ मनाइन्छ । 

३. साउने संक्रान्ति (क्यसो पर्व): 
नेपाल कृषि प्रधान देश भएकाले नेपालको अर्थतन्त्र पनि कृषिमै आधारित छ । नेपालको भौगोलिक अवस्था विषम भएको हुनाले पहाडी क्षेत्रहरुमा पुरानै किसिमको कृषि प्रणलीद्धारा खेतीपाती गर्ने गरिन्छ । खेतीपाती उत्पादन गर्ने सवालमा पानी खेति अर्थात धानको उत्पादनमा विशेष जोड दिइन्छ । 
     
नेपालको मौसम अनुसार धान उत्पादन गर्ने समय असार र साउन महिना हो । असार महिनाभरि धानको रोपाइ चापाचाप हुने भएकोले सबै थकित भैसकेका हुन्छन् । त्यसै बखत साउन महिनाको प्रथम दिन (क्यसो पर्व) साउने संक्रान्ति पर्व मनाइन्छ । साउने संक्रान्ति पर्वमा बेलुकी पख खानपिन गरिसके पछि आँगनको डिलमा एउटा ढुंगा माथि गोबरले लिपपोत गरेर गोबरको दुइवटा डल्ला माथि एक एक वटा निबुवा राखिन्छ । निबुवाको बीचमा सिरुको पात, कुरिलो र दुबोको मुठो गरेर राखिन्छ । यति भए पछि क्यसो अर्थात् लुतो फाल्ने थान तयार भयो । 
     
साँझ पख लगभग रात परिसके पछि घरको प्रमुख व्यात्तिले भारमा सुकाएर राखेको सिठाको मुठामा आगो सल्काएर राम्रोसंग आगो सल्किएको एउटा अगोल्टो बोकी भट्याउँदै घरबाट निस्केर यसो भन्छन्— ‘ए... ए ... यस पटकको केसो पर्वले लुतो लइजा, कन्याउँने लइजा, टाउको दुख्ने लइजा, पेट दुख्ने लइजा, रोगव्याध लइजा, अनिकाल लइजा सहकाल ले ... ले... उइइई ...’ भनेर चिच्याउँदै सिठाको मुठो दुबो माथि राख्न र अगोल्टो चाहि कस्सेर फाल्ने चलन छ । यसरी लुतो फाले पछि रोगव्याध, अनिकाल जान्छ र सहकाल आउँछ भन्ने पुरानो विश्वास छ ।

४. माघे संक्रान्ति (खिसरी पर्व):
यो खिसिरी पर्व भनेको माघे संक्रान्तिको दिनमा कालो दाल र तरुल मिसाएर ध्यूमा पकाएको खिसिरी खाने पर्व हो । यो खिसिरी पर्व कन्दमूल खाएर जिविका गर्ने समयदेखि चलिआएको पर्व हो । यो पर्वको दिनमा बिहना सबेरै खिसिरी लगेर पधेरामा चढाएर नुहाउँनु पर्छ । नुहाउँने बेलामा अक्ष्यु अक्ष्यु चिसो भयो भन्नु हँुदैन । त्यसो भन्यो भने मरे पछि सुँगुरको जुनिमा जन्मिन्छ भन्ने धार्मिक विश्वास छ ।

उहिले गुरुङहरु सबै गाउँमै बस्दथे । त्यसैले, गाउँमा रमाइलो थियो । त्यस बखत माघे सक्रान्तिको रातमा रोधीँ घरका युवा युवतीहरु गाउँका सिल्दो, साक्षी, देवी वा भयारीको थानमा जम्म भएर दोहरी भाषामा लोक गीत गाएर रमाइलो कार्यक्रम गरी रातभर जाग्राम बस्दथे । कुनै कुनै समुहहरु भरिया तरिया लगाएर खाना पिनाका सामग्रीहरु र ओढने ओक्ष्याउने सबै लत्ता कपडाहरु बोकेर पोखरा ढुंगेसाँधु नुहाउँन जाने प्रचलन पनि थियो । तर, आज भोलि अधिकांश गुरुङहरु शहरीयकरण हुन थालेकाले पुराना चलनहरु पनि प्रायः हराइ सकेको छ । यो प्रचलन मौखिक रुपमा मात्र सीमित रहन गएको छ । 

यो लेखबाट तपाइँलाई के अनुभूति हुन्छ ? प्रस्तुत गरिएको सामाग्रीहरु तपाइँलाई कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? यसलाई केही परिमार्जन गर्न आवश्यक छ कि ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेका कमिकमजोरीहरुलाई बिद्धानहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । लेखक ।      
चोग डीबी गुरुङ ‘तमू क्योए दे प्यक्ष्या’को लेखक हुन् । 
4/16/2020  
Gurung language & culture.
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.