Gurung traditional honey hunting.

परम्परागत भीर मौरीको शिकारः 

Bee hive.
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाई ‘गुरुङ स्कुल’को ब्लगमा स्वागत गर्दछु । संवत २०६९ सालमा प्रकाशित ‘तमू क्योए दे प्यक्ष्या’ नामक पुस्तकको सामग्रीहरुलाई केही संशोधन र परिमार्जन गरी, परम्परागत भीर मौरीको शिकार शिर्षकमा ब्लग मार्फत पाठकहरु समक्ष पुनः पस्कने प्रयास गरेको छु । गुरुङ समुदायमा भीर मौरीको शिकार किन र कसरी गरिन्छ भन्ने विषयमा यो लेख मार्फत संक्षिप्त जानकारी हुने छ । बिद्धान पाठकहरुलाई प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको भन्ने कुरा मनमा लागेमा आफन्तहरुलाई पनि शेगर गर्नु होला ।

नेपालको भौगोलिक अवस्थानुसार समुन्द्री सतहदेखि लगभग ५००–३५०० मिटरसम्मको उचाइमा अवस्थित ओबानो, पारिलो भीर र जंगलमा मौरीले बास गरेको पाइन्छ । गुरुङहरुको जीवनशैलीमा भीर मौरीको शिकार गर्ने परम्परा शिकारी युगदेखि आजसम्म पनि यथावतै रहेको छ । भीर मौरीको शिकार गर्ने उत्तम समय ‘उभौलीको चैत्र महिनामा र उधौलीको’ असोज महिनाको शुक्लपक्षको समय पारी काट्ने चलन रहेको छ । यसरी भीर मौरी काट्दा गाउँ समाजबाट चुनिएका मानिसहरु आवश्यक सामग्रीहरु लिएर जान्छन् । मौरी काटेर ल्याए पछि सेर्मा र सलामी बुझाउनु पर्ने भए सो अनुसार बुझाए पछि बाँकी रहन आएको गाउँ घरमा बराबर धुरी भाग लगाएर बाँड्दछन् ।   
   
आदिमकालमा ठिनी ख्ह्याल्समा (साविकको मुस्ताङ जिल्लाको ठिनी गाउँमा) अप कर्बु भन्ने राजाको मुक्रोन भन्ने रानी थियो । रानीबाट नौ जना छोराहरु जन्मिए । कान्छा छोरा पाए पछि रोगी भएर रानीको मृत्यु भयो । छोराहरु हुर्किदै आए । राजाले अर्को विवाह गरे । कान्छी आमाको रुपरंग र सुन्दरता देखेर जवान छोराहरु लठ्ठिए । त्यसैले, सबै छोराहरु मिलेर बाबालाई मार्ने षड्यन्त्र गरे ।    
   
एक दिन भीर मौरी काट्ने तयारी गरेर जंगलतिर गए । भीर मौरी काट्नका लागि भीरको डिलमा चुयाको लामो भ¥याङ थापेर मौरी भएको नजिकै पुगी धुवाउदै काट्नु पर्छ । सबै तयारी भैसके पछि बाबाले जेठो छोरालाई मौरी काट्ना अह्राए । तर, जेठो छोराले टाउको दुखेको बहाना गरेर जान मानेन । त्यसपछि,  क्रमैसंग माइला, साइला, काइलालाई अह्राए । सबैले एक एकवटा बहाना बनाए । अन्तमा, कान्छा छोरा जान तयार भयो । तर, बाबाले कान्छो छोरालाई जान दिएन । मौरी काट्न आफै गए । बाबा तयार भएर भ¥याङबाट तल झर्दै गर्दा भ¥याङ काटिदिए । भ¥याङ काटिए पछि बाबा भीरबाट खसरे मृत्यु भयो भन्ठानेर छोराहरु घर फर्किए । फर्किए पछि कान्छी आमा कस्ले स्यार्ने भन्ने विषयमा वाद विवाद भयो । अन्तमा, भाइहरुबीच तीर प्रतियोगिता गरेर विजय हुनेले कान्छी आमा स्यार्ने निर्णय भयो । त्यसैले, कान्छी आमाको नत्थी फुकाली तारो थापेर आगनबाट तीर प्रतियोगिता गरे ।
   
राजा अप कर्बु भीरबाट खसेर रुखमा अल्झियो । रुखबाट विस्तारै टुक्रुक्क बस्न हुने सुरक्षित स्थानमा गएर बसे । अब के गर्ने होला भनेर सोँचिरहेको बखतमा एउटा गिद्ध आएर, म राजालाई उद्धार गरेर घर लैजान सक्छु भन्यो । 
   
तिमी गिद्धले मलाई कसरी बोक्न सक्छ, भनी प्रश्न गर्दा, मेरो शक्ति हेर्नु भनेर खोलामा गइ ठूलो ढुङ्गा अंगमा चढाएर आइ, लौ मेरो शक्ति हेर भन्यो । राजालाई गिद्धको शक्तिमा पत्यार भयो । त्यसपछि, गिद्धको अंगमा चढी राजा अप कर्बु घरको पछाडि पट्टिको झ्यालबाट सुटुक्क पसेर तलामा लुकी झ्यालबाट छोराहरुको चर्तिकला हेरेर बसे । सबैले तीर हानी सकेपछि ‘रानीसंग मेरो सत् रहेछ भने’ यो तीर रानीको नत्थीमा छिर्नु भनी राजाले पनि एउटा तीर हान्यो । 
   
छोराहरु सबै तारो हान्ने ठाउँमा गएर आ–आफ्नो तीर हेरे । छोराहरुको तीर कसैको पनि नत्थीमा छिरेको थिएन । यो दसौँ तीर कस्को हो ? कस्ले हान्यो ? भनी छलफल हुदा, यो तीर अप कर्बुको हो भनी कान्छो छोराले भन्यो । बाबा कहाँ छ त भनी सोध्दा, तलामा लुकेर बसेको छ, भन्यो । 
   
त्यसपछि, आठ जना छोराहरुलाई बाबाले श्राप दिएको हुनाले तत्कालै मृत्यु भयो । कान्छो छोरो राजा भएर रजाइँ गरे । गिद्धले राजाको उद्धार गरेको हुनाले हजार वर्ष जिउ भनेर वरदान दिए । त्यसैले, गिद्धको आयु हजार वर्ष हुन्छ भन्ने जन विश्वास रहेको पाइन्छ । यो अप कर्बुको कथा मगर र गुरुङ समुदायमा प्रचलित कथा हो ।
     
संसारमा मौरीका प्रजातिहरु १० हजार भन्दा बढी छन् । सबै भन्दा धेरै प्रजातिहरु पाइने अस्ट्रेलिया हो । नेपालमा पाइने मौरीका जातिहरुमाः एपिस् लावरिसा, सेरेना, मेलिफेरा, डोरसटा र फ्लोरा आदि हुन् । 
   
एपिस् लावरिसा जातिका मौरीहरु उच्चा भीर र जंगलमा बस्न रुचाउद छन् । यी जातिलाई भीर मौरी भन्दछन् । यो जातिहरु समुन्द्री सतहदेखि लगभग १२००–३५०० मिटरसम्मको उचाइमा अवस्थित ओबानो, पारिलो, घमैलो, भीर र जंगलमा बस्दछन् । 
Wild honey on the high rock.

परम्परादेखि गुरुङ समुदायमा चलिआएको रीतिथिति अनुसार भीर मौरीको शिकार वा काट्नका लागि आफ्नै किसिमका मौलिक विधिविधानहरु रहेका छन् । ती विधिविधानहरुमा सबभन्दा पहिले राम्रो दिनवार हेरेर चोयाको लामो भ¥याङ तयार गरिन्छ । त्यसपछि कुखुराको पोथीले भोग दिएर पूजा गरे पछि शिकारमा निस्कन्छन् । 
   
भीर मौरीको शिकार गर्ने वा काट्ने काम अत्यन्तै चुनौति र जोखिमपूर्ण हुन्छ । तालमेल मिलेन भने बिमार हुने र सिकारीको ज्यानै पनि जान सक्ने भएकाले भीरको नजिक पुगे पछि शिकारी प्रमुखले पूजा गर्दछन् । यसलाई ‘नम्रुँ थिब सिल्दो नाँब’ भन्दछन् । यो पूजा गर्दा यसरी फलाक्छन्— ह्रिसिदोदो ..... आज चैत्र महिनाको शुक्ल पक्ष बुधवारको दिनमा म काल्सिँ गुरुङ भीर मौरीको शिकारी प्रमुख भुजुङ गाँउको खर्क खर्चरी भित्र रहेको क्ष्यदो भीरमा भीर मौरीको शिकार गर्न आफ्नो दलबल लिएर आएको छु । कोँरुँबलाई धूप, पानी र अक्षेता चढाउँछु । नम्रुँलाई धूप, पानी र अक्षेता चढाउँछु । यो क्ष्यदो भीरमा बस्ने सिल्दो, साक्षी, थाने, माने, देवी, देवता, देउराली, भयारी, नाग, नागिनी, ल्ह, ल्हु, भूत, प्रेत सबैलाई धूप, पानी र अक्षेता चढाएको छु । यो धूप, पानी र अक्षेता खाएर मेरो शिकार सफल गरिदिनु । मेरो र शिकारी दलको रक्षा गर्नु, दुःख बिमार हटाइदिनु, जीव जीवात नलाइदिनु । मैले शिकार गरे पछि सबभन्दा पहिलेको मह तपाइँहरुलाई चढाउँने छु भनि फलाक्छन् । यसरी ‘नम्रुँ थिब सिल्दो नाँब’ कार्य गरे पछि शिकारको फलिफाप, उन्नति र प्रगति हुन्छ भन्ने परम्परागत् मान्यता रहिआएको छ ।
   
पूजाको काम सकिए पछि शिकारी प्रमुखको निर्देशन बमोजिम दुइ समूहमा बाँडिन्छन् । व्यवस्थापन समूह मह राख्ने भाँडा, ताउलो, तसलो र खानपानका सामग्रीहरु लिएर भीरको कुना वा जरामा जान्छन् । आर्को समूह शिकारका लागि चाहिने भ¥याङ र अन्य सामानहरु लिएर शिकारी प्रमुखको साथमा भीरको सिरानमा पुग्दछन् । 
Hunting rope.
   
निर्धारित स्थानमा पुगे पछि शिकारी प्रमुखको निर्देशन अनुसार भीरको सिरमा भ¥याङ थाप्दछन् । भ¥याङको साथमा एउटा रस्सीमा मह राख्ने कोर्को तयार पारेर झारिन्छ । सिकारी प्रमुख भ¥याङबाट तल झर्दछ ।
     
भ¥याङमा पिङ खेल्दै मौरीको चाका भएको स्थान नजिकै पुगेर स्याउलाले बेरेको धुवाको पोको चाकाको तल धुवाउँछ । धुवाको कारण मौरीहरु चाका छाडेर वरपर सर्दछन् । त्यही समय भालाले कोपेर मौरीको शिकार गर्दै काटिएका चाका कोर्कोमा झार्दछन् । शिकार सकिए पछि शिकारीले ‘त्हदो त्हदो’ भन्छ । यो शब्द सुने पछि सिरमा बस्नेले कोर्कोको रस्सी बिस्तारै छाड्छ । कोर्को फेदमा पुग्दछ । भीरको फेदमा बसेकाले महको चाका निकाली सके पछि ‘चैँदो चैँदो’ भन्दछ । यो शब्द शिकारीले सुने पछि पुनः दोह¥याउँछ । शिकारीको शब्द सुने पछि सिरानकाले बिस्तारै रस्सीलाई तान्छ । कोर्को शिकारीको अनुकुलमा पुगे पछि ‘ख्हादो ख्हादो’ भन्दछ । शिकारीबाट यो शब्द सुने पछि सिरानकाले रस्सीलाई मजबुतसंग बाँधेर राख्दछ । यसरी, विशेष किसिमको कोड शब्दबाट महको कोर्को र स्याउलाले बेरेको धुवाको पोकालाई झार्ने र तान्ने गरेर शिकार गर्दछन् । 

Traditional honey hunting.
साँझ बास बस्ने समयमा दिउसो शिकारमा भएका कमी कमजोरीहरुको समीक्षा गर्दै भोलिपल्टको शिकारको बारेमा छलफल गर्दछन् । यसरी जोखिमपूर्ण कार्य गरेर भीर मौरीको शिकार गर्ने गुरुङहरुको मौलिक संस्कार रही आएको छ ।
   
मौरीबाट उत्पादित मह धेरै उपयोगी हुन्छ । मह पौष्टिक खाद्या वस्तुको रुपमा लिइन्छ । मौसम अनुसारको महलाई बैद्यहरुले औषधीको रुपमा पनि प्रयोग गर्दछन् । मौरीको चाकाबाट मह निकाली सके पछि बाँकी रहेको छोक्रालाई मैनको रुपमा प्रयोग गरिन्छ ।    
   
भीर मौरीको शिकार अत्यन्तै चुनौती र जोखिमपूर्ण भएकाले यो व्यवसाय ओझेलमा परेको छ । तर, मौरीको मह औषधी र खाद्य पदार्थहरुमा अत्यन्तै उत्तम मानिएको हुनाले महको बजार दिन प्रतिदिन फराकिलो हुँदै आएको छ । त्यसैले, बजारको मांगलाई पुर्ति गर्न आधुनिक प्रणालीबाट पनि व्यावसायिक रुपमै मौरी पालन गरिएका छन् । मौरी पालनका लागि सेरेना मेलिफेरा डोरसटा र फ्लोरा आदि जातिका मौरीहरु उत्तम मानिन्छन् ।

गुरुङको परम्परागत भीर मौरीको शिकारको वारेमा प्रस्तुत गरिएको सामाग्रीहरु तपाइँलाई कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? कहाँ के परिमार्जन गर्न आवश्यक छ ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेको कमिकमजोरीहरुलाई बिद्धान पाठकहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । लेखक । 

चोग डीबी गुरुङ भाषा, साहित्य, संस्कृति र बुद्ध दर्शनको विद्यार्थी हुन् ।
4/11/2020.
Gurung language & culture.
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.