Gurung traditional Khema nanba.

राष्ट्रिय पर्व ‘खेमा नाँब’ (पितृ पूजा):      

choga DB Gurung.
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाई ‘गुरुङ स्कुल’को ब्लगमा स्वागत गर्दछु । संवत २०६९ सालमा प्रकाशित ‘तमू क्योए दे प्यक्ष्या’ नामक पुस्तकको सामग्रीहरुलाई आवश्यक संशोधन र परिमार्जन गरी, राष्ट्रिय पर्व ‘खेमा नाँब’ (पितृ पूजा) शिर्षकमा ब्लग मार्फत पाठकहरु समक्ष पुनः पस्कने प्रयास गरेको छु । खेमा नाँबको अवस्थालाई नियालेर हेर्दा, बिभिन्न गाउँ र ठाउँ अनुसार स्थानीय अभ्यासमा धेरथोर फरक हुनु स्वभाविकै हो । तर, मूल भावमा खासै अन्तर छैन । बिद्धान पाठकहरुलाई प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको भन्ने कुरा मनमा लागेमा आफन्तहरुलाई पनि शेगर गर्नु होला ।
   
यो खेमा नाँब गुरुङहरुको राष्ट्रिय पर्व हो । गुरुङ भाषामा ‘खे भनेको पितृ र मा भनेको मातृ’ हो । त्यसैले, ‘खेमा नाँब’ भनेको पितृ पूजा गर्ने क्रिया हो भन्ने बुझ्नु पर्दछ । पितृ पूजा भनेको दिवंगत भएका मातृ पितृहरुको नाममा दौथर (पितृहरुको नाम) पढेर जल तर्पण र पिण्ड अर्पण गर्नु हो । 
     
प्रत्येक वर्ष असोज महिनाको शुक्ल पक्षको सप्तमीदेखि पूणर््िामासम्म हराहरी नौ दिनसम्म मनाएर दशौं दिनमा समापन गरिने ‘खेमा नाँब’ पितृ पूजा गुरुङहरुको आफ्नै मौलिक पर्व हो । यो पर्व दशौं दिनमा समापन गरिने भएकोले छोटकारीमा दशहरा वा दशै पनि भनिन्छ । ‘खेमा नाँब’ पर्वको ऐतिहासिक पृष्ठभूमि यस प्रकार रहेको छ ।

1. ऐतिहासिक पृष्ठभूमि:     
साविकको मुस्ताङ जिल्लाको ठिनी गाउँको उत्तरी भेगमा आदिम् कालमा माउरो भन्ने जातिहरुको सम्पन्नशाली ठिनी राज्य थियो । त्यहाँ खदो भन्ने राजाले शासन गरेका थिए । शासन पद्धतिको सिलसिलमा राजा र कुल गुरुकोबीचमा वैचारिक मतभेद भयो । अन्ततः राजाले कुल गुरुलाई पदच्युत गरिदिए । आफुलाई पदच्युत् गरिएकोमा अपमान भएको महशुस गरीे राजसभामै तिम्रो वंशको सर्वनास् होस् भनी श्राप दिइ हिमालय पर्वततिर गए ।
     
त्यसको ठीक एक महिना पछि अष्टमीको रातमा खदो राजा र कुसु रानीको हत्या भयो । हत्या भए पछि राजगद्धी खाली राख्न हँुदैन भन्ने सिद्धान्त अनुरुप राजसभाका प्रमुख नन ख्ह्रोँलाई गद्धीमा राखे । उनको पनि ठीक एक महिना पछि अष्टमीकै रातमा हत्या भयो । दोस्रो राजाको पनि त्यही अवस्थामा मृत्यु भयो ।
     
यसरी, प्रत्येक महिना राजा र रानीको हत्या हुन थाले पछि राज्यमा आतंक फैलियो । फेरि पनि नयाँ राजाको चयन गर्न राजसभामा छलफल भयो । तर, यस पटक भने कुनै पनि भारदारहरु राजा हुन चाहेनन् । 
     
त्यस बखत ठिनी राज्यमा कर्मअप भन्ने त्रिकालदर्शी नम गुरु गुफा बसेका थिए । गुफाबाट निस्किने दिनमा एउटा टोली गुफामा पुगेर नम गुरुलाई दर्शन गरी तत्कालीन अवस्थामा राज्यमा भइरहेको जटिल समस्याको बारेमा छलफल गरे ।   
     
नम गुरुले यो ‘अजिमो फजिमो’ भन्ने मान्छे खाने बीर मसानलाई तीन आँखा भएका महाप्रतापी राजाले मात्र दमन गर्न सक्दछ । गुरुले भविष्य वाणी गर्यो । 
     
गुरुङको राजा र राजकुमारहरुले चैत्र र असोज महिनामा शिकार खेल्ने परम्परा रहेको हुनाले सोही मुताबिक सपुmँती ख्याल्सका युवराज नोच्यन एक साताका लागि सपुmँती ख्ह्याल्सबाट पूर्वदिशा हुदै सिकार खेल्दै आए । रात परे पछि बन्दोबस्तको ओडारमा बास बसे । 
     
राति अचानक ऋतु विपरीत मौसम भएर भीषण हिमपात भयो । हिमपहिरोले सिकारी टोली सबै बगाई लग्यो । युवराज उम्केर भाग्न सफल भए । भाग्दै आउदा, जौ बारीमा आइ पुग्यो । त्यही जौ बारीमा आराम गर्दा, त्यही भुसुकै निदाए ।

बिहान सबेरै गाउँका गोठालाहरु भेडा बाख्रा चराउदै जौ बारीमा पुगे । जौ बारीमा अजंगको मानिस सुतिरहेको देखे । राज्यमा आतंक मचाउँने भूत त, यही पो सुतिरहेको रहेछ, भन्ठानेर गोठालाहरुले गाउँमा खबर गरे । गाउँका मानिसहरु हातियार लिइ जौ बारीमा पुगे ।
     
ए, तिमी भूत हो कि मान्छे हो ? महामन्त्रीले सोधे । म, सपुmँती ख्याल्सको युवराज नो च्यन हुँ । एक साता अघि सिकार खेल्न दलबलसहित निस्केको थिए । शिकार खेल्दै आउदा राति ओडारमा बास बसँे । राति अचानक ऋतु विपरीत मौसम भएर भीषण हिमपात भयो । हिमपहिरोले सबै बगाई लग्यो । म मात्र उम्केर भाग्न सफल भए । भाग्दै आउदा, जौ बारी देखे । अब त, गाउँ पनि नजिकै रहेछ क्यारे भन्ठानेर यही आराम गर्न बसेँ । थकाइले गर्दा, भसुकै निदाएछु । अहिले, तपाईहरुको चर्को आवाजले गर्दा बिउँझिए, नो च्यनले भन्यो । 
     
महामन्त्री ढगले युवराज नो च्यनको कुरा सुने पछि त्रिकालदर्शी नमको भविष्य वाणी संझना भयो । यसले बीर मसानलाई पन्साउन सक्यो भने, हाम्रो ठिनी ख्ह्याल्स फेरी पनि समृद्ध हुन सक्दछ, भन्ने मनासाय राखेर— ‘हे राजकुमार नो च्यन,’ हाम्रो राज्यमा राजा छैन । राजा हुनका लागि तपाइँलाई स्वागत छ, महामन्त्रीले निवेदन ग¥यो ।
     
नो च्यन राजा भए पछि राजसभा बस्यो । महामन्त्रीले ठिनी राज्यको विगत र वर्तमानमा भइरहेका समस्याहरुको बारेमा राजालाई अवगत गरायो । साथै नम गुरुले गरेको भविष्य वाणीको बारेमा पनि बताए ।       
     
राजा नो च्यन त्रिकालदर्शी नम गुरुको आर्शीवाद लिन गुफामा गए । गुरुको आर्शीवाद लिनुका साथै गुरुलाई ठिनी राज्यको कुल गुरुको पदमा निमन्त्रणा दिए । गुरुले पनि निमन्त्रणा स्विकार गर्दै भन्यो— ‘हे राजन,’ तपाईको यो निमन्त्रणाले म अत्यन्तै हर्षित छु । तर, जुन उद्देश्यले तपाई यहाँ आउनु भएको छ, त्यो उद्देश्य मैले पुर्ति गर्न सकिन भने, यो पदको कुनै औचित्य हुँदैन । अर्को कुरो, राज्यलाई संकट परेको घडीमा चुनौतीहरुको परवाह नगरी राज्यलाई संकटबाट मुक्ति दिलाउँन अत्यन्तै कठोर निर्णयहरु गर्नु पर्ने अवस्था हुन सक्दछ । त्यस अवस्थामा राजा र कुल गुरुकोबीच वैचारिक मतभेद हुन गयो भने, त्यो मतभेद्ले राज्यमा भयंकार नराम्रो संकट निम्त्याउँन सक्दछ । त्यसैले, यस सन्दर्भमा म एउटा कथाको रुपमा ठिनी राज्यको अतीतलाई बताउँन चाहन्छु ।
     
पाँच वर्ष अगाडि ठिनी राज्यमा खदो भन्ने शक्तिशाली राजा शासन गर्दथे । उनले कुटज्ञानमा पारंगत भएका मिक्रँे झाँक्री गुरुलाई कुलगुरु पदमा नियुक्त गरेका थिए । शासन पद्धतिको सिलसिलमा वैचारिक मतभेद भएकाले राजाले शक्तिको दुरुपयोग गरी कुल गुरुलाई पदच्युत गरी दिए । कुलगुरुले आफ्नो अपमान भएकोमा तिम्रो राजबंश नाश होस् भनी श्राप दिइ हिमालय पर्वततिर ध्यान गर्न गए । राजाले गरेको अपमानको बदला लिन झाँक्री गुरुले वीर मसानको साधना गरी ‘अजिमो फजिमो’ भन्ने मान्छे खाने भूतको रुप धारणा गरी, अष्टमीको मध्यरातमा आइ राजा रानीको हत्या गरी आफ्नो अपमानको घाउमा मलम लगाउने गरेको छ । यस प्रकार ठिनी राज्यमा पाँच वर्ष भित्र नौजना राजा र सातवटी रानीको हत्या भैसकेका छन् । तपाइँ दशौं राजा हो । तपाइँले ती वीर मसानलाई दमन गर्न सकेन भने अब आउने अष्टमीको रातमा तपाइँको पनि मृत्यु निश्चित छ, गुरुले भविष्य वाणी गर्नु भयो । 

यो समस्याको निर्मूल गर्ने उपाए बताइ दिन, राजाले निवेदन गरे । ‘हे राजन,’ तिम्रो पराक्रममा कुनै शंका छैन । तर, झाँक्री गुरु वीर मसानको साधना गर्न निपुण छन् । यो ऋतु विपरीतको भीषण हिमपात पनि उनैको छलछाम हो । तथापि, झाँक्रीको वीर मसानलाई निर्मूल गर्न महाकालको यज्ञ गरेर काल मोचन गरी मोहिनी जाल प्राप्त गर्नु पर्छ । कुनै पनि वीर मसान त्यो मोहिनी जालमा प्रवेश भैसके पछि प्रेतात्म मुक्त हुन सक्दैन । त्यसै बखत टिमुर र खुर्सानीको धूप दिए पछि प्रेतात्मको शाक्ति क्षिण हुन्छ । त्यसै अवस्थामा अग्निवाण चलाउनु पर्छ । यसबाट, उनको अस्तित्व समाप्त हुनेछ, गुरुले वीर मसानलाई दमन गर्ने भेद खोलिदिए ।     
     
नम गुरुको परामर्श अनुसार ‘अजिमो फजिमो’ माथि विजय गरे । यस खुसियालीमा ठिनी राज्यमा दीपावली गरी उत्सव मनाइयो । उत्सव मनाउदा दिवंगत भएका नौ राजाहरुको नौवटा दुना र सातवटी रानीहरुको संझनामा सातवटा दुनामा भोजन राखी मातृ पितृहरुको स्मरणमा ‘खेमा नाँब’ अर्थात् पितृ पूजा गरी उत्सव मनाउँने कार्य सम्पन्न भयो । त्यस अवसरमा राजालाई ‘खोर्लोह्रिर्मोछे’ मानपदवि प्रदान गरी सम्मान गरे । यसरी ‘खेमा नाँब’ उत्सव ठिनी राज्यमा प्रत्येक वर्ष असोज महिनाको शुक्ल पक्षको सप्तमीदेखि पूर्णिमासम्म राष्ट्रिय पर्वको रुपमा नियमित मनाउँने प्रचलन हुँदै आयो । यो प्रचलन गुरुङ समुदायमा आजसम्म पनि अविछिन्न चल्दै आएको छ । यो प्रचलन गुरुङहरुको मौलिक पहिचान हो । 

2. खेमा नाँब (पितृ पूजा) कसरी गर्ने ?
१. सवभन्दा पहिले घरको एउटा कुनामा लिपपोत गर्नु । 
२. त्यसमाथि केराको पात ओछ्याउनु । 
३. दाहिनेतिर कुल देउताको नाउँमा एउटा दुना राख्नु । 
४. केराको पात माथि मातृ पितृको नाउँमा दुना राख्नु ।  
५. बाया पट्टि अतिथिको नाउँमा दुइवटा दुना राख्नु ।  
६. कुलदेवताबाट चोखो भात र पानी राख्दै अतिथिमा सकाउँनु । 
७. अगाडि पट्टि पाँचवटा दुनामा पानी, भात, तिहुँन र फलपूmल राख्नु । 
८. मातृ पितृको दुनामा एक एकवटा असला माछा राख्नु । 
९. दैलोनिर स्युरी धूप हाल्नु । 
१०. कुल देउताको दाहिने पट्टि एउटा ध्यूको दियो बाल्नु ।
   
यति काम भैसके पछि अब ‘खेमा नाँब’को स्थान तयार भयो । सबभन्दा पहिले ‘खे र मा’को नाउँमा दुइ पटक ढोग गर्नु । त्यसपछि आज २०६९ सालको खेमा नाँब (पितृ पूजा) म फलनको नाती, फलनको छोरा फलन ठाउँमा बस्ने फलनले खेमा नाँब गरेको छ । मेरा पितृहरु जुनसुकै लोकमा भए पनि स्वागत छ, भनेर आफ्नो खलकको दौथर पढदै जाने ।
     
यसरी दौथर पढदै जाँदा, देवा खे अप्रुछे..... मालु खे अप्रुछे..... काली मा अप्रुछे..... भन्दै पढ्दै पुछारमा पुगे पछि एक पटक धूप हाल्ने । धूप हालिसके पछि पुनः पुछारबाट पढ्दै माथि आउने । सवभन्दा सिरानको नाम पढेर दौथरको बिर्को हाल्ने । तपाइँ मातृ पितृहरु खानपान गरी सके पछि आ–आफ्नो लोकमा फर्किनु होला । अर्को सालको खेमा नाँबमा फेरि बोलाउँने छु भनेर धूप हाले पछि ‘खेमा नाँब’ कार्यक्रम समाप्त भएको मानिन्छ ।

3. खेमा नाँबको सकारात्मक पक्षः
१. पितृहरुको संझनामा जल तर्पण र पिण्ड अर्पण गर्न पाइने । 
२. मान्यजनहरुबाट टीका ग्रहण गरी आर्शीवाद प्राप्त गर्न पाइने ।  
३. परिवारजन र इष्टमित्रहरु एकसाथ भेटघाट हुने । 
४. परिवारहरुबीच पनि संगै खानपान गरे पछि मनपेट मिल्ने । 
५. सामूहिक भेटघाट र रमाइलोसंग मनोरञ्जन गर्न पाइने ।
A blessing tika of Khema nanba festival
   
Whole family get together.
यसरी ठिनी ख्ह्याल्सबाट परम्परागत रुपमा शुरु भएको ‘खेमा नाँब’ पर्व गुरुङहरुको मौलिक परम्परामा आधारित राष्ट्रिय पर्व हो । यो पर्वको ऐतिहासिक पृष्ठभूमि गुरुङहरुको आफ्नै मौलिक काव्य हो । यो पर्वलाई आफ्नो गाउँ र ठाउँमा अवस्था अनुसार मनाउन सकेमा ‘मातृ र पितृ’हरु प्रति भावपूर्ण श्रद्धा अपर्ण गरेको ठहरिने छ । खेमाम् शरणम् गच्छामी ।

यो लेखबाट तपाइँलाई के अनुभूति हुन्छ ? प्रस्तुत गरिएको सामाग्रीहरु तपाइँलाई कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? यसलाई केही परिमार्जन गर्न आवश्यक छ कि ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेका कमिकमजोरीहरुलाई बिद्धानहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । लेखक ।      

चोग डीबी गुरुङ ‘तमू क्योए दे प्यक्ष्या’को लेखक हुन् ।
4/14/20
Gurung language & culture.
 
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.