Profile of Arun Gurung, USA.

चोग अरुण कुमार गुरुङ, कोलोराडो, अमेरिका 

‘प्रहार प्रभुको कथा वृतान्त मेरो’ जिविकाको लागी निर्माण कम्पनी सञ्चालन गरी एउटा सफल नागरिक वन्ने पंक्तिमा उभिरहेको वेला फेरी राजनैतिक उग्रवादको महामारी चल्यो । स्वदेशमा जिविका गर्न प्रतिकुल अवस्था सिर्जना भएपछि सन् १९९७ मा नेपाली राष्ट्रियतालाइ मुटु भरी राखेर विदेशिए । जीवनमा राजनैतिक शरण पाउनुलाइ पनि सफलता मान्ने हो भने शरणार्थीको अधिकार त पाए । तर, अचानक थाहै नपाइ, आधा शारीर नचल्ने गरी अपाँङ्ग हुन पुगे । 
     
अमेरिका आउँदा सवै थोक नेपालमै छाडिएको । डायरीहरु र पाण्डुलिपीहरु लथालिङ्ग रुपमा कुन कता परे थाहा भएन । अमेरिका वसाइको पुर्वार्ध वेथिती र कामको दौडधुप एवं लछार पछारमा कुनै सोंच भएन । अपाङ्गो भए पछि यत्रतत्र सर्वत्र हिड डुल गर्न नसक्ने अवस्था भए पछि भने, जाँगर लाग्दा लेख्ने काम आरम्भ गरी झण्डै तीन दर्जन जति लेख रचनाहरु लेखिसकेको छु । 
     
“तमूमैये प्यक्ष्यर ङेच्याब बेलर, वाउदन्त पोँब बेलर, ङ्योये चिव नावमैइ लमचुँ होइले प्होव कोँण क्ह्लीर छ्हाँेयुव, कोँण क्ह्ली होइले प्होव, ढुङ्गारे नासर छ्होँयुव, ङिये न्हेँस (लामिस्वारा) विमो ।” 
     
मेरो जन्म २०१० साल असोज १७ गते, पिता बुद्धिरास र माता दिलसुब्ब गुरुङबाट लामिस्वारा, स्याङजामा भएको थियो । मेरो तीन जना दिदीहरु छन् । 
     
मैले पुम्दी भुम्दी, घरेडीकी फुपु श्रीमती चन्द्र कुमारी र फुपा नरवहादुर गुरुङकोे जेठी छोरी देवी गुरुङसंग विवाह गरे । पाँच जना छोराहरु छन् । जेठा विनोदको दरौंका स्वर्गीय आसवहादुर गुरुङको छोरी श्रेयासंग विवाह भइ विद्याँश र प्राप्ती दुइ सन्तान छन् । हाल पोखरामा सोल्टीफर्म, विशाल फ्लोेरिङ्ग एण्ड फर्निसिङ्ग स्टोर सञ्चालन गरेका छन् । माहिला नविन, सहिला सुरेश, काहिला निरज र कान्छा धिरज हुन् । निरजले दरौं निवासी श्री हेमकुमार गुरुङको छोरी रश्मिसंग विवाह गरे । हाल नाति नतिनीहरु सहित १४ जना परिवार कोलोराडोमा छौं । 
     
मेरो प्राथमिक शिक्षा दामगाडे प्रार्थमिक विद्यालयबाट आरम्भ गरी, अमर सिँह माध्यमिक विद्यालयबाट हाई स्कूल उतिर्न गरे पछि पृथ्वीनारायण क्याम्पस पोखराबाट स्नातकोत्तर तहसम्म अध्ययन गरेँ । त्यसपछि सामाजिक यात्रा आरम्भ भयो । यात्राको क्रममा सर्वप्रथम क्याम्पसको छात्रावासलाइ व्यवस्थित गरी विद्यार्थीहरुलाइ आवास सुविधा दिलाए । उही सकृयता देखेर १४ सदनका अध्यक्षहरुको पनि अध्यक्ष छनिए । पश्चिमाञ्चलका १६ जिल्ला मध्ये राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको सभापतिको हैसियतले विद्यार्थीहरुलाइ विशुद्ध शैक्षिक वातावरण कायम राख्न अव्हान गरेँ ।
          
विद्यार्थीहरुका हक, हित र सुविधाका लागी क्याम्पस प्रशासन, विश्वविद्यालय, सम्वन्धित निकायहरुसंग माग पनि गरिन्थ्यो । पुस्तकालयको व्यवस्थापन, हेल्थपोष्टको निर्माण, अतिरिक्त क्रियकलप, खेलकुद, साहित्य, गोष्टि, कविता, लोक गीत, दोहोरी गीत र हिज्जे समेतका प्रतियोगीताहरु संचालन गरिन्थ्यो । साहित्यिक मुखपत्र ‘माछापुछे्र«’को प्रकाशन र विद्यार्थी मिलेर नाटक मञ्चन गरीन्थ्यो । राजकिय प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने नाटक प्रतियोगितामा सरुभक्तको निर्देशनमा विद्यार्थीद्धारा तैयार पारिएको “एउटा घरको कथा होइन” नामक नाटक प्रदर्शन गरिएको थियो । 
     
मेरो रुचि कथा, कविता, निवन्ध, प्रवन्ध, गीत र दोहोरी गीतमा थियो । सेती अञ्चलमा रहदा खप्तडको महिमा, सेतिको नालिवेली, रेयुकाइको शान्ति पत्रिकामा लेखहरु छापिन्थ्यो । स्याङ्गजावाट प्रकाशित हुने ‘वुलन्द आवाज’मा कविताको स्तम्भकार । यस बाहेक अन्य पत्र–पत्रिकाहरुमा पनि सम्पर्क बाक्लै थियो । 

स्याङजा, लामिस्वारा आइ वसेका मेरा जिज्युका छोराहरु मध्ये जिज्यु मुखिया तिर्वल गुरुङको ४ भाइ छोराहरु मध्ये लालसिंह गुरुङमा मुख्यौली सरिआएकोमा निजका ४ भाइ छोरा मध्ये जेठा वखत वहादुर गुरुङ मुखिया थिए । उनका माहिला हजुर वुवा टेकवहादुर गुरुङ सामाजिक व्यवस्थाले काजीमा पदोन्नति भएका थिए । वहाँका पुर्खाहरुको बसाइँ सराइ ख्होलसोँथरबाट लमजुङ, घान्दु्रक, ढुंगारे हुँदै आएका उनका जिज्यु घान्दु्रकको ढुङ्गा घरेको छोरा भएकोले यहाँको वस्तीको नामै ढुङ्गाघरे पछि ढुङ्गारे रहन गएको भनिन्छ । ढुङ्गारेवाट लामीस्वारा हुँदै हाल विश्वको विभिन्न स्थानमा फैलिएका छन् ।
     
आफ्नो जमनाको गन्यमान्य, वृटिस साम्राज्य कालमा भारतिय सेनका तर्फवाट प्रथम विश्व युद्ध लड्नु भएका मेरो बाज्यु गाउँको इज्जतदार भलाद्मी थिए । २०४१ सालमा ९७ वर्षको उमेरमा परलोक भए । वहाँ नै मेरो ज्ञानको मूल श्रोत थिए । उनकै कारणबाट आज यो स्थानमा उभिन सफल भएको हुँ । 
     
२०३० सालवाट गाउँमा आमा समुहको स्थापना भयो । यसबाट मनग्य सुधार र विकास निर्माणका कार्यहरु भए । गाउँमा वाटो, घाटो, कुलो, खाने पानी, सिढी चौतारो, ठाँटी, मन्दिर, सिमि धीँ, दुइ थरी समाज घर र शिशु स्याहार केन्द्र आदि निर्माण भयो । 
     
सेवाको हकमा नेपाल क्षयरोग निवारण संस्था स्याङ्गजा शाखाको उपाध्यक्ष, नेपाल रेडक्रस सोसाइटी स्याङ्गजा शाखा अन्तरगत जुनियर रेडक्रसको जन सम्पर्क अधिकारी र जिल्ला भरिका ३० माध्यामिक विद्याालयहरुमा स्थापित सर्कलहरु परिचालित गरी विद्यार्थीहरुलाइ अतिरिक्त क्रियकलप सिकाउँदै कार्यक्रम संचालन । नेपाल रेयुकाइ स्याङ्गजा शाखाको संस्थापक, शिवुचोको लागी सिफारिस आदि । 
     
गुरुङहरुको माउ संस्था तमू धीँ पोखरा, तमू वौद्ध समिति काठमाण्डौं तथा अन्य जिल्लाका तमू संघ संस्था समुह, सदन र समाजहरुमा सकृय सहभागिता । २०४९ मा पोखरा दिपेन्द्र सभा गृहमा सवै भन्दा पाको विद्धान सीवी घोताने, डा. हर्क, डा. गणेशमान डा. जगमान, सुश्री भद्र घले, विद्धान सन्त गुरुङ, भोगवहादुर, वालनरसीँ, शेरवहादर, खेगि, चोग, पैडि सहित देशभरका गुरुङ प्रतिनिधीहरुको वृहद भेलाबाट गुरुङहरुको साझा संस्थाको रुपमा ‘तमू छोँज धीँ’ स्थापन कार्यमा सकृय भूमिका । तमू छोंज धीँको विधान मस्यौदा समितिमा सहयोगी, साँस्कृतिक कार्यक्रमको संयोजक, ‘तमू सुँ ताँ’को सम्पादन, ‘ह्युल्स’को सल्लाहकार आदि ।
     
अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्नेे गुरुङहरुलाइ सुख र दुःखको समयमा अभिभावकत्व रहने गरी ‘तमू धीँ’ कोलोराडोको स्थापना । सन् २००४ देखि २०१२ सम्म दुइ कार्यकाल अध्यक्ष । हाल ‘लुम्विनी वौद्ध फाउण्डेसन’मा सकृय छु । जीवनकालमा मैले गरेका कर्मबाट केही उत्कृष्ट पुन्यको फल प्राप्त हुने रहेछ भने जीवन साथी देवी गुरुङलाइ नै समर्पण गर्न चाहन्छु । 

चोग अरुण कुमार गुरुङ, फेदी खोला, स्याङजा
हाल कोलोराडो, अमेरिका । 
12/09/2019
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

2 टिप्पणियाँ:

  1. डीवी म्हिथेवामा थपौं सम्मानका दुई शव्दः-
    वहाँ त हामी तमू गुरुङ्ग जातिको भाषा लिपी धर्म संस्कार संस्कृति रितिथिती रोस रोवास सिल सुवास परम्परा जस्ता प्रत्येक हाँगा डाँडी तथा आख्ला आँख्लाका विश्लेषक हुनु हुन्छ । अर्थात तमू नासा गुरुङ्ग गाउँमा जन्मि भेडी गोठमा हर्केका शहरमा पढेर वढेका मस्र्याङ्गदी नदीको माछा झैं सयौं हुण्डरी खाएर जोदा वन्नु भएका खाँटी सपुत हुनु हुन्छ । आफै लामा कुलमा जन्मि ज्ञान गुण लिनु भएका पर्से घले राजा यम्फावति रानी वारेको ईतिवृक्ति कुसुण्डि चरित्रका ज्ञाता हुनु हुन्छ । तमू समाजमा विद्यमान रोधीं सोह्रठी घाँटु चरित्रका जानाकार तथा मूुखिया जिम्मुवाल द्धारे चौतारे अमली सुव्वा समेतको अख्तियारी वारे राम्रो अनुभूति छ । वहाँले हामी तमू गुरुङ्गहरुलाई तमू लिपीको परिमार्जन भाषा संवन्धमा शव्दकोष र व्याकरण समेत तैयार पारेर पस्कनु भएको छ । हाम्रो धर्म संस्कार संस्कृति तथा सामाजिक परम्परा एवं तमूको वेद क्यार्लों क्ल्हे सोंदी प्ह्रेसोंदी पूर्खा आजी खे आजीमाँ आदी वारेमा हाम्रा भावी पिंडीहरुलाई सिकाउँदै जस्ताको तस्तै पुश्ता हस्तान्तरण गर्ने अथक प्रयत्न गरी रहनु भएको छ ।
    भगवान वुद्धका दर्शन वारेको गहिरो अध्ययन तथा ज्ञान प्राप्तिको फलस्वरुप वुद्ध वचन वाचन गरी रहनु भएको छ । त्रीरत्न, चार आर्य सत्य, अष्टाङ्गीक मार्गका प्रखर वक्ता तथा सक्षमता राख्नु हुने म्हिथेवा त हाम्रा साक्षत शास्ता (सिकाउँने सफल गुरु) हुनु हुन्छ । हामीलाई यसरी गौरवको अनुभूति दिलाई रहनु भएको छ । यति मात्र कहाँ हो र ? लेखेर प्रतिभा र क्षमता प्रदर्शन गरी अभियन्ता वन्न चहाने हामी सवैलाई पहिला “गुरुङ राईटर्स डट कम” र अहिले अनलाईन व्लग जस्तो मञ्च तैयार पारी दिई रहनु भएको छ । यि सव कुरामा पारङ्गत तथ्य मनन गरेर वहाँलाई हामी सवैले सादर सम्मान गरौं । साधु ! साधु ! जय वुद्ध !
    -अरुण कुमार गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका

    जवाब देंहटाएं

If you have any doubt, please let me know your message to help.