2563rd Buddha Jayanti Celebration.

२५६३ औं बुद्ध जयन्ति: 

नमस्कार, यो बुद्ध वचन वाचन कार्यक्रम हो । आजको बुद्ध जयन्ति कार्यक्रममा म प्रस्तोता चोग डीबी गुरुङ हार्दिक स्वागत गर्दछु । २५६३औं बुद्ध जयन्तिको पावन अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना । आजको २५६३औं बुद्ध जयन्ति भव्य समरोहकोबीच मनाउनु पर्ने थियो । तर, अहिले सम्पूर्ण विश्व मानव समुदाय, कोरोनाको कहरबाट पिडित भएका छन् । जनजिबन अशान्त व्यस्त भएका छन् । यस्तो दुःखत घडिमा सम्पूर्ण मानव जातिलाई भगवान बुद्धले रोग–प्रतिरोधात्मक क्षमता प्रदान गरुन् ।    
   
‘नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस ।’
‘इतिपिसो भगवा अरहम् विज्जचरण सम्पन्न सुगतो लोकविदो अनुत्तरो पुरिसद्धम शारथी शास्त देवमनुसानो बुद्ध भगवती ।’ अर्थात, भगवान बुद्धको जन्म ६२३ इसापूर्व लुम्बिनी शालाबागमा रानी महामाया देवीको कोखबाट भएको थियो । उनी कपिलबस्तुको शाक्य वंशको राजा शुद्धोधनको पुत्र थिए । उनले जन्मिने वित्तिकै सात पाइला टेके । प्रत्येक पाइलामा कमल उत्पन्न भयो । अन्तिम पाइलामा औला ठडाएर भने, म सर्वज्ञ बुद्ध बन्ने छु । शाक्य संस्कार अनुसार पाँचौँ दिनमा उनको नामाकरण भयो । सर्व–अर्थ–सिद्ध अर्थात ‘सिद्धार्थ’ र भविष्यमा बुद्ध बन्ने, पण्डितहरुले घोषण गरे ।

   
सिद्धार्थ जन्मेको दश दिनमा माता महामायाको देहन्त भयो । उनको पालन पोषण प्रजापतीले गरिन । आठ वर्षको उमेरमा गुरुकुलमा प्रवेश गरेर वेद, दर्शन, उपनिषद, समाजशास्त्र, अर्थनीति, राजनीति, युद्धनीति, युद्धकला आदिमा पारंगत भए । उनले १६ वर्षको उमेरमा यशोधरा देवीलाई विवाह गरे । २० वर्षको उमेरमा ‘शाक्य संघ’मा दीक्षान्त लिए । २८ वर्षको उमेरमा पुत्र राहुल जन्मियो । एक वर्ष पछि शाक्य र कोलियाकोबीचमा रोहिनी नदीको पानीमा बिवाद भयो । उक्त बिवादको छलफलका लागि शाक्य संघको विशेष अधिवेशन बोलायो । अधिवेशनमा कोलियासंग युद्ध गर्ने निर्णय भयो । सिद्धार्थले युद्धको विरोध गर्यो । तर, उनी अल्पमतमा परे । सिद्धार्थको विरोध संघको विरुद्धमा भएकाले उनलाई देश त्याग गर्ने आदेश भयो । संघको आदेश अनुसार २९ वर्षको उमेरमा प्रवर्जित भएर मगध गए ।  

मगधको राजधानी राजगृह थियो । त्यहाँ प्रख्यात दार्शनिकहरुको जमघट रहन्थ्यो । महातेजस्वि साधु नगरमा प्रथम पटक देखिएकोले बटुवाहरुले पनि पछ्याउन थाले । राजदरवारको अगाडि भीडभाड देखिएकाले, मगध नरेश बिम्बिसरले यसको कारण सोधे ।

महाराज, यो महातेजस्वि साधु कपिलबस्तुको शाक्य राजकुमार सिद्धार्थ गौतम हुन । जसलाई पण्डितहरुले चक्रवर्ती राजा हुने वा सन्यास लिए ‘बुद्धत्व’ प्राप्त गर्ने भविष्य वाणी गरेका थिए । कोलिया र शाक्यहरुबीच आपासी द्धन्दका कारण प्रवर्जित भएका हुन । अहिले उनी पाण्डव पर्वतमा बसेकोे छ । आज मात्र भिक्षाटनमा आएका हुन्, सुरक्षा प्रमुखले भन्यो ।
   
साधु ! साधु ! राजा तत्कालै पाण्डव पर्वततिर प्रस्थान गरे । पर्वतको शिखरमा सिद्धार्थलाई भेटे पछि मगध नरेश बिम्विसरले भने— ‘हे सन्यासधारी सिद्धार्थ,’ तिम्रो कुलसंग मेरो घनिष्ट सम्बन्ध छ । तिम्रो बारेमा जे सुनेको थिए, आज त्यही दुःखत अवस्थामा देखे । तिम्रो असाधारण प्रतिभाका कारण शाक्य संघ भयभित भएका हुन् । सेनापतिले आधिकारीहरुलाई यति धेरै उत्तेजित गरिदिए कि, उनीहरुले सही र गलत छुट्टाउन सकेनन् ! तिमी यही परिस्थितिको शिकार भएको हो । यदि यो सत्य हो भने, तिम्रा विपक्षहरुलाई मेरो सैनिक बलले तत्कालै कुल्चिन सक्दछ । यदि शाक्य कुल विपरित युद्ध न गर्ने तिम्रो मनासय हो भने, मगधको आधा राज्यमा तिम्रो अधिकार दिन्छु । 
  
‘हे मगधाधिपति,’ प्रतिकुल अवस्थामा पनि तपाइँले म प्रति देखाउनु भएको सहनुभूति एउटा असल मित्रको कर्तव्य ठानेको छु । यस प्रति कृतार्थ छु । तर, म शान्तिको खोजिमा प्रवर्जित भएको हुँ । दुःखको संसारबाट छुटकारा पाउन सक्ने उपायहरुको खोजिमा छु । अब मेरो मन काम, विषय, ऐश्वर्य, भोग र वास्ना प्रति कुनै आकर्षण छैन । 
   
सिद्धार्थको दृड निश्चय देखे पछि, आफ्नो उद्देश्य प्राप्त भए पछि उपदेश दिन राजगृह आउने वचन माँगे । सिद्धार्थले सहमति जनाए पछि बिम्विसर फर्किए ।
   
सिद्धार्थले ज्ञानको खोजिमा त्यस समयको प्रख्यात सांख्य दार्शनिक आलार कालामको आश्रममा गए । त्यहाँ सांख्य दर्शन, ध्यान र समाधी मार्गको अध्ययन गरे । त्यसपछि राजर्षि नेँगरीको आश्रममा पुग्यो । उनको आश्रम उरुवेलको नेरन्जना नदीको किनारमा भएकोले शान्त वातावरण थियो । त्यही बसेर ध्यान, तपस्य र साधना गर्याे । सिद्धार्थले गृहत्याग गरे पछि बुद्धत्व प्राप्त गर्नु भन्दा पहिले ६ वर्षसम्म महातपस्य गर्योे । धेरै गुरुहरुको आश्रममा गएर उनको सेवा गरे । गुरुहरुले जेजे भन्यो एकदमै निष्ठा पूर्वक गर्यो । एक पछि आर्को साधना गर्दै गयो । तर, अहंकारको तृप्त भएन अर्थात दुःखको संसार समाप्त भएन ।
   
यसरी, आश्रम खोज्दै जादा, एक दिन गुरुले भन्यो, दिन प्रतिदिन भोजन कम गर्दै जानु । जुन दिन भोजनमा एउटा मात्र चलमको दाना रहन्छ, त्यो दिन ज्ञान प्राप्त हुन्छ । सिद्धार्थले त्यही अनुसार कम गर्दै गयो । छ महिनमा एउटा चामलको दाना मात्र भोजन भयो । ज्ञान त प्राप्त भएन तर, शरीर पूर्णतय बिनास भयो । हाड्डी र छाला मात्र रह्यो । उरुवेलको नेरन्जना नदी तरेर भिक्षाटनमा जानु पर्ने थियो । नदी तर्न सकेन, बाटोमै ढल्यो । एउटा घाँसको जरालाई समात्यो । त्यो पनि समात्ने क्षमता रहेन । हात खुट्टा फतक्क गल्यो । तब सिद्धार्थको चेतना खुल्यो । मलाई यो के भयो ? के भैरहेको छ ? भवसागर तर्ने इरादाले सन्यास लिएको हुँ । तर, आज यो सानो नदी पनि तर्न सकेन ? अब मैले शरीर विज्ञानको नियमित पालन गर्नु पर्छ । यदि यो शरीर नै रहेन भने ज्ञान कसरी प्राप्त गर्ने ? त्यो दिनदेखि सिद्धार्थले नियमति भोजन गर्न थाले । लामो समयदेखि उनको सतसंगमा रहेका पञ्च वर्गिय भिक्षुहरुले मनमा सोँच्यो कि, यो गौतमले ब्रत तोड्यो । अब यो पथ भ्रष्ट र पतित भयो । अब यसले कुनै ज्ञान प्राप्त गर्न सक्दैन भनि छाडेर गयो ।      

एक दिन विहानै नेरन्जना नदीमा स्नान गरेर सुजाताले दान गरेकी खीर भोजन गरे । आउदै गर्दा बाटोमा एक जना घाँसीले दान गरेको घाँसको मुठा ओछ्याएर पिपलको रुख मुनि पद्मासन लगाए । ‘यो मेरो शरीरको हाड र छाला मात्र बाँकी रहे पनि बुद्धत्व प्राप्त नगरी यो आसनबाट उठ्ने छैन’ भनि प्रतिज्ञा गर्यो । उनको मूल उद्देश्य सत्यको खोजीमा थियो । तर, उनलाई अचानक उकुस मुकुस भएर असाहय पिडा भयो । शारीरिक पिडाको कारण चित्त एकदमै बिलुप्त भयो । किनभने चित्तको मूल उद्देश्य नै, यो पाए हुन्थ्यो । त्यो पाए हुन्थ्यो भन्ने हुन्छ । महत्वकांक्ष नै चित्तको आत्म हो । तर, त्यस समय पिडाको कारण उनको मनमा कुनै महत्वकांक्ष थिएन । सम्पूर्ण भावले सबै वासनालाई त्याग दियो । बिल्कुलै शुन्य अवस्थामा पुग्यो ।
   
सिद्धार्थको जब आँखा खुल्यो, तब आकासमा अन्तिम तारा डुब्ने वाला थियो । तारा डुब्दा डुब्दै उनको अन्तरात्मबाट ज्ञानको ज्योती उदए भएर आयो । संसारलाई प्रकाशित गर्न सक्ने ‘पूर्वानुस्मृति, व्युत्पति, प्रतित्यसमुत्पाद र बुद्धचक्षु’ सहितको ‘बुद्धत्व’ प्राप्त भयो । तर, यो स्वयं भयो ! यो अद्भूत घट्ना हुने बेलामा त्यहाँ कुनै गुरुहरु थिएन । त्यसैले, ‘मारा’ अर्थात काल स्वयं त्यहाँ आएर— ‘हे गौतम, तिमीले बुद्धत्व प्राप्त गर्ने समयमा त्यहाँ कोही पनि उपस्थित थिएन ?’ यसको साक्षी को छ, भनेर प्रश्न गर्दा, ‘स्वयं काल, बोधी बृक्ष, तारा मण्डल र यो पवित्र बुद्ध भुमि साक्षी छ,’ भन्यो । उनको उत्तर सुने पछि काल पनि त्यहाँबाट फर्किए । गौतमले बैसाख पूर्णिमाको रात पिपलको रुख मुनी ‘बुद्धत्व’ प्राप्त गरेको हुनाले पिपलको रुखलाई ‘बोधीबृक्ष’ नामबाट परिचित भए । बुद्धले ज्ञान प्राप्त गरे पछि सर्वप्रथम पञ्च वर्गिय भिक्षुहरुलाई धर्मोपदेश दिनु भयो । 
   
‘हे भिक्षुगण,’ जब तिमीहरुले मलाई त्यागेर आयो, तब मैले अद्भूत ‘बुद्धत्व’ प्राप्त गरेको हुँ । मैले पाउनु पर्ने र जान्नु पर्ने सबै ज्ञान प्राप्त गरिसकेको छु । मैले प्राप्त गरेको ज्ञानको सार, न त कुनै शास्त्रमा, न शब्दमा, न त सिद्धान्तमा आधारित छ । यो त तिम्रो चेतनामा बसेको छ । तिमी मन्दिर हो, त्यहाँ भित्र परमात्मले बास गरेको छ । त्यसैलाई जगाउनु पर्छ । त्यहीबाट ज्ञानको ज्योती प्रकाशित हुन्छ । प्रत्येक मानिसमा बुद्धत्व प्राप्त गर्न सक्ने क्षमता छ ।     
   
यो भवसागर दुःखले भरिएको छ । दुःखको कारण र समुदाय छन् । दुःखबाट अलग हुन सक्ने उपाए छ । दुःखबाट मुक्ति हुन सक्ने अवस्था छ अर्थात निर्वाण मार्ग प्राप्त गर्न सक्दछ । यसलाई ‘चार आर्य सत्य’ भन्दछन् । चार आर्य सत्यको वास्तविक्तालाई जान्नका लागि अष्ट मार्गको सिद्धान्तलाई बुझ्नु आवश्यक हुन्छ । निर्वाण प्राप्त गर्नका लागि ती मार्गहरु उत्तम मार्ग छन् । जस्तैः सम्याक दृष्टि, सम्याक संकल्प, सम्याक वाणी, सम्याक कर्म, सम्याक जिविका, सम्याक व्यायम, सम्याक स्मृति र सम्याक समाधी हुन् । 
   
त्यसैले, धर्ममा बैराग्य श्रेष्ट, सत्यमा चार आर्य श्रेष्ट, मार्गमा अष्ट मार्ग श्रेष्ट, शीलमा पञ्चशील श्रेष्ट, भावनामा करुणा श्रेष्ट, प्राणीमा मनुष्य श्रेष्ट र मनुष्यमा चक्षु समान बुद्ध श्रेष्ट । यो अत्यन्तै उत्कृष्ट सुत्र छ । यसलाई मनन गर्न जरुरी छ । बुद्धको प्रथम धर्मोपदेश सुन्ने बित्तिकै पण्डित कौण्ड्यले सर्वप्रथम अर्हत प्राप्त गरे ।
   
भगवान बुद्धले प्राप्त गर्नु भएको तेस्रो ज्ञान ‘प्रतित्यसमुत्पाद’ हो । यो सन्धि शब्द हो । ‘प्रतित्य’ भन्नाले हेतु वा कारण र ‘समुत्पाद’ भन्नाले त्यसबाट उत्पन्न हुने विभिन्न खालका परिणामहरु हुन् । यहीबाट बुद्ध दर्शन आरम्भ हुन्छ । सर्वप्रथम ‘कार्य–कारण सिद्धान्त’लाई बुझ्न जरुरी छ । किनभने प्रत्येक कार्य गर्नका लागि कुनै न कुनै कारण आवश्य हुन्छ । बिना कारण कुनै पनि कार्य हुन सक्दैन । उदाहरणको लागि एउटा दियोलाई लिउ । दियो बले पछि मात्र त्यसबाट प्रकाश उत्पन्न हुन्छ । अर्थात ‘दियोबाट प्रकाश’ । यो प्रकृयालाई हेर्दा, दियोलाई कारण र प्रकाशलाई कार्यको रुपमा स्पष्ट बुझ्न सकिन्छ । अर्थात एउटा वस्तुको जगमा रहेर अर्को वस्तुले अस्तित्व प्राप्त गर्दछ । यसलाई आश्रित सिद्धान्त भन्दछन् । यसबाट के कुराको पुष्टि हुन्छ भने, कुनै पनि कार्य आकस्मिक वा स्वतन्त्र रुपमा उत्पन्न हुन सक्दैन । सबै कारणहरु परतन्त्र हुन्छन् ।     
   
जस्तैः दियो बाल्नका लागि प्याला, तेल, बात्ति, माचिस, उपयुक्त वातावरण, पर्यप्त अक्सिजन, हावा नचल्ने र वर्ष नहुने आदि वातावरण चाहिन्छ । अनि मात्र दियोबाट प्रकाश उत्पन्न हुन्छ । उपरोक्त समुहमा एउटा पनि वस्तु ठिक समयमा उपलब्ध हुन सकेन भने प्रकाशले अस्तित्व लिन सक्दैन । तेलको मात्र समाप्त भयो भने पनि प्रकाशको अस्तित्व स्वत समाप्त हुन्छ । यसबाट के कुराको ज्ञान हुन्छ भने, प्रकाशको अस्तित्व उनको सहयोगी सामग्रीहरुको सन्तुलनमा निर्भर रहन्छ । 
   
बुद्धले चार आर्य सत्यको दोस्रो बुँदामा ‘दुःख, दुःखको कारण र यिनको समुदाय’ भन्नु भएको छ । वहाँले यसलाई ‘कार्य–कारण सिद्धान्त’को आधारमा व्याख्या गर्नु भएको छ । यो सिद्धान्त १२ वटा अवस्थाहरुमा आधारित रहेका छन् । जसलाई ‘दुवादश निदान’ भन्दछन् । जस्तैः जरामरण, जाति, भव, उपदान, तृष्णा, वेदना, स्पर्ष, षडायतन, नामरुप, विज्ञान, संस्कार र अविद्या हुन् । यी श्रृंखलाहरु एक पछि अर्को कारणमा आश्रित हुँदै अविद्यामा समाप्त हुन्छ ।   
     
अविद्या भनेको परम् अतिक्रमण हो । यहाँबाट अन्धकार सुरु हुन्छ । अन्धकार भनेको निराकार हो, जहाँ कुनै आकारको अनुभव हुँदैन । बिल्कुलै शुन्य वा समाधीको अवस्था हो । यसरी, भगवान बुद्धले ४५ वर्षसम्म धर्मोपदेश गरी ८० वर्षको उमेरमा कुशी नगरमा महापरिनिर्वाण प्राप्त गर्नु भयो । बहाँले प्रतिपादन गर्नु भएको बुद्ध धर्मले विश्वभरी शान्ति र समृद्ध समाजको निमार्णका लागि महत्वपूर्ण योगदान रहेको छ । आजको दिन बुद्धको जन्म, बोधी प्राप्त र महापरिनिर्वाण गरी त्रिकालको संयोग भएकाले, बौद्ध जगतमा यो दिन अत्यन्तै मत्वपूर्ण मानिन्छ । बुद्ध जयन्तिको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना !

मैले विगत एक दसकदेखि बुद्ध दर्शनको विद्यार्थीको रुपमा अध्ययन गर्दै आएको छु । अध्ययनको क्रममा मैले अनुभव गरेको सत्यलाई ‘बुद्ध वचन’ बाचन कार्यक्रम मार्फत यहाँहरुलाई पनि बाँट्न मात्र खोजेको हुँ । बुद्ध दर्शन महासागर हो । मैले त्यहाँबाट एक अंजुली सुद्ध पानी पिउन खोजेको हुँ । भवतु सर्व मंगलम् । बुद्धम शरणम् गच्छामी । 

चोग डीबी गुरुङ बुद्ध दर्शनको विद्यार्थी हुन् ।
5/5/2020
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.