नेपाली राष्ट्रिय फूल लालिगुराँसः
![]() |
Laligurans. |
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाई ‘गुरुङ स्कुल’को ब्लगमा स्वागत गर्दछु । संवत २०६९ सालमा प्रकाशित ‘तमू क्योए दे प्यक्ष्या’ नामक पुस्तकको सामग्रीहरुलाई आवश्यक संशोधन र परिमार्जन गरी, नेपाली राष्ट्रिय फूल लालिगुराँस शिर्षकमा ब्लग मार्फत पाठकहरु समक्ष पुनः पस्कने प्रयास गरेको छु । लालिगुराँसको अवस्थालाई नियालेर हेर्दा, बिभिन्न गाउँ र ठाउँ अनुसार स्थानीय हावापानीमा धेरथोर फरक हुनु स्वभाविकै हो । तर, मूल भावमा खासै अन्तर छैन । बिद्धान पाठकहरुलाई प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको भन्ने कुरा मनमा लागेमा आफन्तहरुलाई पनि शेगर गर्नु होला ।
१. राष्ट्रिय फूल लालिगुराँसः
नेपाली राष्ट्रिय फूल लालिगुराँस भन्ने बित्तिकै नेपालको पहाडी भुभागको स्मरण हुन्छ । यो पूmल सूर्यको लालिकिरण जस्तै रातो देखिएकाले यसको नाम पनि काम जस्तै लालिगुराँस भनिएको हो । यो फूल समुिन्द सतहदेखि लगभग १२००–३५०० मिटरसम्मको उचाइमा फाल्गुन महिनादेखि जेष्ठ महिनासम्म ओबानो, पारिलो र घमैलो ठाउँमा ढकमक्क भएर फुल्दछ । गुराँस फुल्ने समयमा बन पाखा सबै रातम्यै भएर रमाइलो देखिन्छ । यो नेपालको राष्ट्रिय पूmल हो ।
लालिगुराँस फूल चिमाल र गुराँस गरी दुइ जातिमा पाइन्छ । चिमाल भनेको लालिगुराँसकै परिवारका एक प्रजाति हो । चिमालको बोट स–सानो भएकोले झ्याङ झ्याङ भएर फुल्दछ । चिमालको फूलको थुँगा लालिगुराँसको अनुपातमा धेरै साना हुन्छन् । पूmलको रंग पनि हल्का रातो, पहेलो, सेतो र छिप्रेपाङ्ग्रे परेको हुन्छ । बोटको आधिकतम उचाइ १० फिट र मोटाइ दुइ इन्चसम्मको गोलाइमा हुन सक्दछ । यो चिमाल ३००० मिटरमा मात्र रहने भएकोले यसलाई हिमाली गुराँस पनि भन्दछ ।
लालिगुराँस ओबानो, पारिलो र घमैलो स्थानहरुमा समुन्द्रि सतहदेखि लगभग १२००–३००० मिटरसम्मको उचाइमा पाइन्छ । रुखको बनावटलाई हेर्दा प्रायजसो नराम्रो बाङ्गो टिङ्गो हाँगाबिगा भएर हुर्किएका हुन्छन् । नेपालमा पाइने गुराँसको जातिहरु मुख्यतया दुइ थरीका छन् । रातो भएर एकै रंगका फुल फुल्नेलाई लालिगुराँस भन्दछ । लालिगुराँस नेपालको विभिन्न स्थानहरुमा सहजै पाइन्छ । तर, रानीगुराँस भने कास्की जिल्लाको घान्द्रुक गाउँदेखि घोडेपानीबीचको स्थानहरुमा मात्र यदाकदा पाइन्छ । रानीगुराँसको एउटै रुखको विभिन्न हाँगाहरुमा रातो, पहेँलो, हल्का नीलो, गुलाफी, नीलो गुलाफी, रातो गुलाफी र फिका बैगुनी रंगका फूलहरु फुल्दछन् । यसरी बहुरंगी फूल पूmलाउन र सजाउँन सफल हुने रानीगुराँसको छुट्टै विशेषता रहेको छ ।
लालिगुराँसको पूmलको थुँगाको आकृति र बनावटलाई हेर्दा प्रकृतिले पनि रचना र सिर्जनामा अद्भूत कलाकृतिको प्रयोग गरेको अनुुभूति हुन्छ । यसको प्रत्येक थुँगामा पाँचदेखि दसवटासम्म कोसाहरु हुन्छन् । प्रत्येक कोसा थुम्सेको आकारमा ढुंग्रो परेको हुन्छ । त्यो ढुंग्रोले गुलियो पानी उत्पादन गर्छ । त्यही पानी कोसाको लागि पौष्टिक तत्व हुन्छ ।
![]() |
A bird is enjoying with the Laligurans. |
ढुंग्रोको पिँधबाट पहेलो, नीलो, छिप्रेपाङ्ग्रे रंगको दुइ तीनवटा टुसा बाहिर निस्केर आउछ । त्यही टुसा कोसाको शौन्दर्यताको प्रतीक हुन्छ । गाउँले भाषामा टुसालाई जुँग पनि भन्दछ । कारणवस टुसाको पूर्ण विकास नहुँदै भाँचियो वा केही भयो भने त्यो कोसा सडेर वा गलेर जान्छ । तसर्थ यी टुसाहरु कोसाका लागि महत्वपूर्ण अंगको रुपमा मानिन्छ । यही प्रकृय चिमालमा पनि लागु हुन्छ ।
आदिमकालमा शिव र पार्वती बन बिहार गर्दै गुराँसको वनमा आइपुगे । गुराँसले ओबानो र न्योनो बास दिएको हुनाले शिव र पार्वती केही समय त्यही बसेर आनन्द मनाए । गुराँसको सेवा सत्कारले शिवजी अत्यन्तै खुसी हुँदै— ‘हे गुराँस, तिम्रो सेवा र सत्कारले म अत्यन्तै खुसी छु । मनमा चित्ताएको वर माग्नु’ भने ।
हे नाथ, हे कोँरुँब, मेरो रुपमा कुनै मान, प्रतिष्ठा र सौन्दर्यता छैन । मलाई सबैले मन पराउने सौन्दर्यको वर दिनु, गुराँसले भन्यो ।
हे गुराँस, वसन्तऋतुको आगमनसंगै तिम्रो प्रत्येक मुनामा लालि किरण जस्तै रातो रंगको कोशा कोशा भएको सुन्दर र पवित्र लालिगुराँसको फूल फुल्ने छ भनी वरदान दिएर शिव र पार्वती त्यहाँबाट हिमालय पर्वततिर लागे ।
समय बित्दै गयो । वसन्त ऋतुको आगमन भयो । गुराँसको प्रत्येक मुनामा लालिगुराँसको सुन्दर पूmल फुल्न थाल्यो । त्यसैले, लालिगुराँसलाई शिवजीको वरदान मानेर ढुंग्रो परेको कोसालाई पार्वती र टुसा वा जुँगलाई शिवजीको प्रतीक भनेर सम्मानसाथ पूजा पनि गर्ने गरिन्छ ।
नेपालको हरियाली डाँडाकाँडाहरु विशेषता, ओबानो, पारिलो र घमैलो ठाउँहरुमा गुराँस रमाउने गर्दछ । लमजुङ जिल्लाको धुवादी, बाग्लुङपानी, सुलकोट, गैरीखर्क, नमचुँ डाँडा, लमताल, नाल्मा दोसाँध, पुरानकोटको लेख र सितलेस्वाँरा; कास्की जिल्लाको घान्द्रुङ, लान्द्रुङ, सिक्लेस, बिरेठाँटी, चित्रेदेखि लिएर घोडेपानी र टाडापानी आदि क्षेत्रहरुमा लालिगुराँस बढी फुल्ने गर्दछन् । वसन्त ऋतुमा फुल्ने यो फूलले आफ्नो क्षेत्रलाई पूर्णरुपमा लालिमा चढाएर सबैलाई मन्त्रमुग्ध बनाउँदछन् । गुराँसको बीचबीचमा फाट्टफुट्ट फुल्ने सुनेचाँपले सुन माथि सुगन्ध थप्दछ । यस्तो रमणीय दृष्य हेर्न र अमृत सरहको सुगन्ध लिन स्वर्ग लोकको देवताहरु र अप्सराहरु पनि लालिगुराँसको क्षेत्रमा झर्न लोभिन्छन् भन्ने जनश्रुति रहेको छ ।
लालिगुराँस एकदमै उपयोगी फूल हो । यो फूलको कोसा भित्र प्रशस्त मात्रमा अमृत सरहको गुलियो पानी रहने भएकोले यसलाई सबैले खान मन पराउँदछन् । महिलाहरुले आफ्नो सुन्दरतामा विशेष लालि थप्न सिउदोको ठीक पछाडि सिउरिने पनि गर्दछन् । यो फूलको उत्तम कोसाहरुलाई वैद्यहरुले औषधीको रुपमा पनि प्रयोग गर्दछन् । लालिगुराँसको फूल अत्यन्तै शुभ मानिएको हुनाले नेपाली समाजमा साइतको समयमा यसको थुँगा पूर्णकलाश माथी राखिन्छ । गुराँस अत्यन्तै सुन्दर भएकाले नेपालको राष्ट्रिय पूmलको स्थान दिइएको छ ।
गुरुङको गीति काव्य घाँटु पर्वमा मन्द गतिको नृत्य गर्ने स्थान गरा वा (स्टेज)लाई लालिगुराँसको पोटिलो थुँगाहरुले पूर्ण रुपमा सिँगारिएको हुन्छ । त्यसैले, गुरुङ समुदायमा लालिगुराँसको फूललाई गीति काव्य घाँटुको फूल भनी सम्मान गर्ने गरिन्छ । घाँटुको समापन भए पछि गुराँसको लालिमा पनि विस्तारै हराउँदै जान्छ ।
2. राष्ट्रिय चरी डाँफेः
गण्डकीप्रदेश (तमुवान)मा अवस्थित लमजुङ हिमालको फेदमा अवस्थित गुरुङहरुको आदिम बासस्थल ‘ख्होल–सोँ–थर’को आसपासमा पाइने डाँफे चरीलाई हिमाली पंक्षी भन्दछ । समुन्द्री सतहदेखि लगभग ३५०० सय मिटर उचाइको सदाबहार क्षेत्रमा रमाउने यो हिमाली पंक्षी अत्यन्तै सरल, शान्त र सुन्दर हुन्छ । त्यसैले, यसलाई नेपालमा राष्ट्रिय पंक्षीको स्थान दिइएको छ । तमू भाषामा डाँफेलाई ‘नक्दो’ भन्दछ । नक्दोलाई पंक्षीहरुको राजा पनि भनिन्छ । त्यसैले, गुरुङको राष्ट्रिय गीत ‘तमु ह्युल्स क्वे’मा नक्दोलाई यसरी परिभाषित गरिएको छ—
"नउदो दोले फ्हुरसि प्रमु
नउदो दोले स्यसि प्रमु
नउदो दोले ओरसि टिमु
अर्थात् डाँफे जस्तै उडेर हिँड्छु । डाँफे जस्तै नाचेर हिँड्छु । डाँफे जस्तै गर्जेर बस्छु । यो हाम्रो राष्ट्रमा । यो हाम्रो कुलमा भनेर डाँफेको वास्तविक चरित्रलाई चित्रण गर्ने प्रयास गरिएको छ । यसबाट के बुझिन्छ भने डाँफे चरीको बासस्थानसंग गुरुङहरुको जीवनशैली नजिक रहेको देखिन्छ । यस अर्थमा भन्नु पर्दा, गुरुङहरुको सामाजिक सभ्यताको विकास पनि डाँफे चरनको आसपास नै भएको देखिन्छ ।
डाँफे चरीको अंग्रेजी नाम Himalayan Monal वैज्ञानिक नाम Lophophorus हो । जीव विज्ञानको वर्गीकरण अनुसारः जन्तु जगत, संघ, वर्ग, कुल, उपकुल, बंश, जाति र प्रजातिका रुपमा तलतल झर्दै आएको देखिन्छ । यसै अनुरुप हिमाली पंक्षी डाँफेको पनि धेरै समूह रहेका छन् । सदाबहार हिमाली क्षेत्रमा बस्नेलाई डाँफे, त्यसपछि अलि तल्लो सतहमा बस्नेलाई मुनाल, कालिज, लइचे, तित्रा र पालुवालाई कुखुरा भन्दछन् ।
डाँफे चरीको वास्तविक पहिचानको वर्णन गर्दा, यो पंक्षीको चरित्र अत्यन्तै सरल, शान्त र सुन्दर हुन्छ । तौलको हकमा २ देखि ३ केजी सम्मको हुन्छ । रुपरंगको कुरा गर्दा, टाउकोमा रंगविरंगको सुन्दर सिउर सिउरेको हुन्छ । यसैगरी, घाँटीमा जवाहरतको प्रतीक सुनौलो रंग, तल्लो भागमा फिका हरियो र त्यसमुनि चम्किलो कलेजी रंगले ढाकिएको हुन्छ । अंगमा गाडा नीलो र पहेलो रंगको पुच्छार लगभग १० देखि १२ इन्च लामो हुन्छ । पुच्छारको जरामाथि चम्किलो उज्यालो नीलो कत्ला हँुदै अंगतिर मिस्सिन्छ । यसरी बहुरंगी रुपले सजिएको सुन्दर डाँफेको वर्णन शब्दहरुले जति गर्न खोजे पनि त्यति पर्याप्त हुन्छ जस्तो लाग्दैन । डाँफेको चरन हिमालको खाँगरदेखि सदाबहार रहने हरियाली सल्लाको घना जंगल र नाँगमा हुने गर्दछ । यसले कीरा फट्याङग्रहरु र गेडागुडीबाट जीविका गर्दछन् ।
डाँफेको बास स्थान दुइ स्थानमा हुने गर्दछ । गर्मीको याममा अग्लो सल्लाको रुखमा र जाडो याममा ओबानो र न्यानो स्थान खोजेर बास बस्ने गर्दछन् । पोथीले चैत्र महिनामा सुरक्षित हुन सक्ने ओबानो ठाउँ रोजेर फुल पार्दछ । एक पटकमा ३, ४ वटा फुल पार्दछ । २८ दिन कोरलो बसेपछि चल्ला निकाल्दछन् । चल्ला हुर्के पछि दोश्रो वर्षमा पुनः फुल पारेर ओथर बस्दछ ।
सदाबहार हिमाली क्षेत्रमा पाइने डाँफे चरीको रंगविरंगको सुन्दर प्वाँख गुरुङको पुरोहित पच्युहरुले पवित्रताको प्रतीक शिरमा लगाउने गर्दछन् । यसबाट डाँफे ‘नक्दो’संग गुरुङहरुको सामाजिक सभ्यता अत्यन्तै घनिष्ठता रहेको प्रमाण दिन्छ ।
३. परम्परागत लेक जात्राः
लेकाली गुरुङ गाउँहरुमा रोधीँ परम्परा अझै पनि यथावत कायमै छ । रोधीँका रोस्योहरु उनका कार्यकालमा एक पटक लेक जात्रा जाने परम्परा रही आएको छ । लेक जात्रा भनेको भदौ पूर्णिमाको तिथिमा आ–आफ्नो क्षेत्रमा नाम चलेका प्रख्यात स्थानहरुमा रहेका ताल वा पोखरी नुहाउन जाने यात्रा हो । लमजुङ र कास्की जिल्लाको हकमा गुरुङहरुको आदिम् राजधानी ‘ख्होल–सोँ–थर’देखि माथि अवस्थित पवित्र स्थल दूध पोखरी नुहाउन जान्छन् ।
यसरी लेक जात्रा जाँदा दोहोरी भाकामा लेख जात्राको गीत गाउँदै जान्छन् । गीत गाउँदा, गाउँदेखि दूध पोखरीसम्मको सिल्दो साक्षी, सिमे भूमे, देवी देउता, देराली, भयारी, नाग नागिनी, ल्हल्हु, भूतप्रेत सबैलाई मन्साउँदै पन्साउँदै जान्छन् ।
पूर्णिमाको अघिल्लो रातमा रोटी, रक्सी र अनेक कोसेली लिएर गोठमा बास बस्न पुग्दछन् । गोठमा पुगे पछि गोठालेहरुले यात्रीहरुको स्वागत गर्दछन् । भोलि पल्ट बिहान सबेरै उठेर दूधपोखरी नुहाउन जान्छन् । त्यो दिन खिर, क्ष्युर्पी र कुराउनी खाने बुगी फूल र डाँफे मुनाल हेर्न नाँगमा जान्छन् । साँझ दोहोरी भाषामा गीत गाएर रमाइलो गर्दछन् । भोलि बिहना सबेरै उठेर यात्रीहरु गाउँ फर्कने तयारी गर्दछन् । यसरी, रोधीँका सदस्यहरुले आफ्नो कार्यकालमा एक पटक लेक जात्रा गर्ने गर्दछन् ।
यो लेखबाट तपाइँलाई के अनुभूति हुन्छ ? प्रस्तुत गरिएको सामाग्रीहरु तपाइँलाई कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? यसलाई केही परिमार्जन गर्न आवश्यक छ कि ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेका कमिकमजोरीहरुलाई बिद्धानहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । लेखक ।
चोग डीबी गुरुङ ‘तमू क्योए दे प्यक्ष्या’को लेखक हुन् ।
4/15/2020
![]() |
Gurung language & culture. |
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें
If you have any doubt, please let me know your message to help.