स्रष्टा खेम बहादुर गुरुङ, युकेः
गुरुङ भाषाको कुरा गर्ने बित्तिकै त्रिभाषिक शब्दकोषको लेखक स्रष्टा सिंगापुरे इन्सपेक्टर खेम बहादुर गुरुङको नाम उच्चारण गर्नु पर्ने हुन्छ । उनको त्रिभाषिक शब्दकोषको कोषिकालाइ गहिरिएर केलाउदा ‘शब्दकोषविद’को अलंकारद्धारा अलंकारित विशेषण जोडनु पर्ने हुन्छ ।
उनले सिंगापुर पुलिसमा अनुशासित एवं कत्र्तव्यनिष्ट भएर २३ वर्षको उत्कृष्ट सेवा गरे पछि इन्सपेक्टर दर्जामा अवकास लिनु भयो । सेवाको दौरानमा ‘दीर्ध सेवा, असल आचरण पदक (एलएस एण्ड जीसी)का साथै पिंगत जास मलेसिया’ जस्ता उत्कृष्ट पदकद्धारा विभूषित हुनु भयो । जुन १६, २००६मा बेलायत प्रवेश गरे पछि ‘तमू धीँ युके’मा अवद्ध हुनु भयो । ‘तमू धीँ युके’को विविध कार्यक्रममा मन, वचन र कर्मले सेवा गरे वापत ‘आदर्श तमू— २०१६’ उपाधिद्धारा पनि सम्मानित हुनुहुन्छ । हाल बेलायतको रिडीङ शहरमा गुरुङको मौलिक संस्कार अनुसारको बौद्ध गुम्बा निर्माण अभियानमा अहोरात्रि खटिनु भएको छ । बुद्ध दर्शन वाचन गरी गुरुङको परम्परागत मौलिक संस्कारमा आधारित कर्मकाण्डहरुको अभ्यास गर्न र हुन सकेमा, यो उत्कृष्ट संगमबाट हाम्रो मौलिक संस्कार समय अनुकुल संरक्षण हुन सक्ने कुरामा विश्वास्त हुनुहुन्छ ।
खेम बहादुर गुरुङको जन्म विक्रम सम्वत २००५ साल पुस १८ गते शनिबारको दिन कास्की जिल्ला, अन्नपूर्ण गाउँ पालिका वडा नं १० पर्यटकीय गाउँ घान्द्रुङ कोट गाउँमा पिता रुद्र बहादुर र माता जगन कुमारी गुरुङबाट भएको थियो । गुरुङको ल्होफल अनुसार गाई बर्ग हुन् । पिताको ७ छोरा र ३ छोरी गरी १० जना सन्तान मध्ये उनी आठौं हुन् ।
उनको बाल्यकाल गाउँधरका आसपासमा रहेका गल्छी, गौडा, भीर, पाखा, खोला, नाला आदिमा चराको गुँड खोज्दै हिँड्ने एक किसिमको दिनचार्य नै थियो । जवान भए पछि २ गोर्खा राइफल्स मातहतमा सिंगापुर जाने अवसर प्राप्त भयो । त्यहाँ स्थित ब्यारेक बाल विद्यालय अर्थात चिल्ड्रेन स्कुलबाट औपचारिक शिक्षा आरम्भ गर्नु भयो । नेपाल फर्किए पछि श्री मेश्रम बराह माध्यमिक विद्यालय, घान्द्रुक र पक्लिहवा स्कुल भैरहवामा अध्ययन गर्नु भयो ।
स्मरण गर्नुहोस् त, आज भन्दा लगभग ७० वर्ष अगाडि गुरुङहरुको सामाजिक, आर्थिक, शैक्षिक र बौद्धिक स्तर कस्तो थियो होला ? के तपाइँ कल्पना पनि गर्न सक्नु हुन्छ ? चामलमा बिया मिसिएझै एक दुइ जना फाट्टफुट्ट दरबारिया वा शहरिया बाहेक अरु मानिसहरु न त शिक्षित थिए, न त सुकिला मुकिला नै । गाउँघरका टाठा, बाठा, जिमुवाल र मुखियाले जे जस्तो संस्कार बसाल्यो, त्यसैको आधारमा गाउँ समाज चलेको हुन्थ्यो । तेस्रो मुलुक भन्ने आर्को पनि देशहरु छन् भन्ने कुराको जानकारी थिएन । बिकसित मुलुकमा बिज्ञान र प्रबिधिको बिकास कसरी भैरहेको छ ? बेखबर थिए । बैदेसिक रोजगारको सवालमा गोर्खा भर्ति बाहेक अरु बिकल्प थिएन । भर्तिमा गएकाहरुलाइ लाहुरे भनिन्थ्यो । उनीहरुलाइ मात्र उपरोक्त कुराहरुको साधारण जानकारी हुन्थ्यो ।
उनले पनि बाउ बाजेको संस्कारको सिको गर्दै, १७ वर्षको कलिलो उमेरमा बेलायती सेनामा भर्ति भए । बाँडफाँड गर्दा, क्वीन्स गोर्खा इन्जिनियार्स पल्टनमा परे । सेवाको दौरान सिंगापुर सरकारको अनुरोधमा उनी सिंगापुर पुलिसको दक्षा सिपाहीको रुपमा बेलायती सेनाबाट गएका ९२ जना मध्येमा थिए । सेवा अवधीमा ३४५ जनाबाट सुरु भएको सिंगापुर पुलिस फोर्स अवकास हुदासम्म २००० जनाको संख्यामा पुगेको थियो । यो फोर्सको सेवा, दक्षता र प्रबिधिको सवालमा विश्वस्तरमा पुगेको अविस्मरणीय धटनाको ताजा स्मरण गर्नुहुन्छ ।
उनले साधारण शिक्षा प्राप्त गरे तापनि तिष्ण बुद्धि, अनुशासित र कत्र्तब्यनिष्ट थिए । त्यसैको जगमा रहेर उनले पल्टनमा पनि उन्नति र प्रगति गरे । २३ वर्षको उदाहरणीय सेवा गर्दै, प्रहरी निरीक्षकमा पदोन्नति भए । सेवाकालमा ‘दीर्ध सेवा र असल आचरण पदक (एलएस एण्ड जीसी)का साथै पिंगत जास मलेसिया’ जस्ता पदकद्धारा पनि बिभूषित हुनु भयो । यो उनको जीवन कालमा गौरवमय इतिहास थियो ।
उनले चितवन दिव्य नगरबाट धरम सिँ गुरुङ र नौनी गुरुङको माहिली सुपुत्री कृष्ण कुमारी गुरुङलाइ स्न १९६८मा मागी विवाह गरे । सन्तानको हकमा ३ छोरा र १ छोरी भए । जेठो दिपक गुरुङले लक्ष्मी गुरुङ विवाह गरी हाल बेलायतमा छन् । माहिला सुरज गुरुङले डा. सबिना गुरुङ विवाह गरी हाल बेलायतमा छन् । उनको आरुसी र आरनी दुइ छोरीहरु छन् । कान्छा प्रकाशको विवाह भएको छैन । छोरी डा. मोनिका गुरुङको गत नोभेम्बर ३०, २०१९मा डा. रेशकाजि गुरुङसंग विवाह भए । सपरिवार बेलायतमै निवास गर्दछन् । उनको सभ्य र सम्पन्न परिवारको पदचिन्ह समुदायले पछ्याउन लायक देखिन्छ ।
सिंगापुर पुलिसबाट इन्सपेक्टर दर्जामा अवकास प्राप्त गरे पछि, समज सेवामा अवद्ध हुनु भयो । यस क्रममा गण्डकी र धवलागिरी अञ्चलको ‘गेसो’को संस्थापक कोषाध्यक्ष र सिंगापुर भूतपूर्व प्रहरी संगठनको पनि संस्थापक कोषध्यक्षको हैसियतमा अनुभव हासिल गर्नु भयो ।
गास, बास र कपासको मात्र सवाल नभएर उच्च शिक्षा र प्रबिधिको पनि मध्य नजर गर्दै भुमण्डलीकरणको सिलसिलामा उनी पनि सन् २००६मा बेलायत गए । गुरुङहरुको सामाजिक हकहित र सांस्कृतिक संरक्षणका लागि बेलायतमा स्थापित माउ संस्था ‘तमू धीँ’को अजिवन सदस्य बनी मन, वचन र कर्मले सेवा गर्न थाले । यस बाहेक श्री मेश्रम बराह घान्द्रुक वेलफेयर सोसाइटीमा अध्यक्षको पदमा रहेर पनि सेवा गर्नु भयो । सन् २००८देखि तमू धीँ युके, रिडिङ समाज, सहारा युकेको सल्लाहकार, संरक्षक सदस्य ‘तमू धीँ’ नेपाल र घान्द्रुक गुरुङ भाषा संरक्षण समितिको अध्यक्ष पनि हुनुहुन्छ ।
उनको गुरुङ भाषा, साहित्य र संस्कृति प्रतिको मोह, लगाव र प्राज्ञिक क्षमताको उच्च मुल्यांकन गर्दै गुरुङहरुको माउ संस्था ‘तमू धीँ नेपाल’द्धारा ‘घनबहादुर पुरुस्कार २०१९’ले पनि सम्मानित हुनुहुन्छ ।
गुरुङ जातिको आपासमा बोलिचालिका लागि मौलिक भाषा प्रचलित भए तापनि लिखित रुपमा बिकास हुन नसकेको तितो यर्थाथतालाइ ह्रदयदेखिनै मनन गर्दै यसलाइ लिखित रुपमा बिकास गर्न आवश्यक महशुस भयो । त्यसैले, गुरुङ भाषासंग सम्बन्धित पुस्तक, पुस्तिका र पत्रिकाहरुको अध्ययन गर्दै, जीवनको उत्तराद्र्धमा गुरुङ भाषाको फाँटमा कलम चलाउने प्रेरणा जाग्यो ।
गुरुङ भाषा सम्बन्धि उनको पहिलो कृति उदाहरण सहित ६ हजार शब्दको ‘गुरुङ—नेपाली’ शब्दकोष सन् २०१३मा प्रकाशन भयो । दोस्रो कृतिको रुपमा १५ हजार शब्दको ‘अंग्रेजी–गुरुङ–नेपाली’ त्रिभाषिक शब्दकोष २०१८मा प्रकाशन भयो । प्रकाशित शब्दकोषमा रहेका कमि कमजोरीहरुलाइ सुधार गर्दै आर्को संस्करणको लागि गृह कार्य गर्दै हुनुहुन्छ ।
बेलायतको अल्टरशट शहरमा नेपालीहरुद्धारा निर्मित गुम्बा हुदाहुदै फेरी नयाँ गुम्बाको निर्माण किन आवश्यक भयो भन्ने जिज्ञासमा, वहाँ भन्नु हुन्छ— ‘बुद्धिस्ट गुम्बाहरुको पनि आ–आफ्नै मत हुदो रहेछ । त्यही अनुसार लामागुरुहरुको पनि स्कुलिङ हुदो रहेछ ।’ अर्थात हामीहरुले छोटकारीमा बुझ्नु पर्ने कुरा के हो भने, गुरुङहरुको पनि आफ्नो छुट्टै मौलिक संस्कार छन् । ती संस्कारहरुलाइ भावी सन्ततिलाइ हस्तान्तरण गर्नका लागि युग अनुसारको अभ्यास हुन आवश्यक छ । त्यसैले, नयाँ गुम्बाको निर्माण गर्ने अभियान थालेको हो । संक्षेपमा भन्नु पर्दा, बुद्ध दर्शनको वाचन गरी गुरुङ संस्कारको अभ्यास गर्न र गराउन सकेमा हाम्रो संस्कार जिवित रहन सक्ने धेरै संभावना देखिन्छ । ‘तर, बुद्ध वचनमा गुरुङ संस्कार होइन, गुरुङ संस्कारमा बुद्ध वचन वाचन गराइ उत्कृष्ट मार्गको निरन्तरता’ दिने हाम्रो लक्ष्य रहेको छ । यसैबाट हामीहरुले सुख, शान्ति र समृद्धि प्राप्त गर्न सकिन्छ ।
समाज सेवी एवं गुरुङ भाषाको शब्दकोषविद इन्सपेक्टर खेम बहादुर गुरुङ बेलायतको रिडीङ शहरमा सपरिवार निवास गर्नु हुन्छ । उनको रुचि समाज सेवा, पौडी, गुरुङ भाषा, संस्कृति र निङम मतको प्रवर्धनमा अभिलाषा राख्नु हुन्छ । वहाँको अभिलाषा पूर्ण होस् ।
लेखक नारायण सिँह गुरुङ, बेलायत ।
चोग डीबी गुरुङद्धारा सम्पादित ।
12/17/2019

डीवी म्हिथेवामा थपौं सम्मानका दुई शव्दः-
जवाब देंहटाएंवहाँ त हामी तमू गुरुङ्ग जातिको भाषा लिपी धर्म संस्कार संस्कृति रितिथिती रोस रोवास सिल सुवास परम्परा जस्ता प्रत्येक हाँगा डाँडी तथा आख्ला आँख्लाका विश्लेषक हुनु हुन्छ । अर्थात तमू नासा गुरुङ्ग गाउँमा जन्मि भेडी गोठमा हर्केका शहरमा पढेर वढेका मस्र्याङ्गदी नदीको माछा झैं सयौं हुण्डरी खाएर जोदा वन्नु भएका खाँटी सपुत हुनु हुन्छ । आफै लामा कुलमा जन्मि ज्ञान गुण लिनु भएका पर्से घले राजा यम्फावति रानी वारेको ईतिवृक्ति कुसुण्डि चरित्रका ज्ञाता हुनु हुन्छ । तमू समाजमा विद्यमान रोधीं सोह्रठी घाँटु चरित्रका जानाकार तथा मूुखिया जिम्मुवाल द्धारे चौतारे अमली सुव्वा समेतको अख्तियारी वारे राम्रो अनुभूति छ । वहाँले हामी तमू गुरुङ्गहरुलाई तमू लिपीको परिमार्जन भाषा संवन्धमा शव्दकोष र व्याकरण समेत तैयार पारेर पस्कनु भएको छ । हाम्रो धर्म संस्कार संस्कृति तथा सामाजिक परम्परा एवं तमूको वेद क्यार्लों क्ल्हे सोंदी प्ह्रेसोंदी पूर्खा आजी खे आजीमाँ आदी वारेमा हाम्रा भावी पिंडीहरुलाई सिकाउँदै जस्ताको तस्तै पुश्ता हस्तान्तरण गर्ने अथक प्रयत्न गरी रहनु भएको छ ।
भगवान वुद्धका दर्शन वारेको गहिरो अध्ययन तथा ज्ञान प्राप्तिको फलस्वरुप वुद्ध वचन वाचन गरी रहनु भएको छ । त्रीरत्न, चार आर्य सत्य, अष्टाङ्गीक मार्गका प्रखर वक्ता तथा सक्षमता राख्नु हुने म्हिथेवा त हाम्रा साक्षत शास्ता (सिकाउँने सफल गुरु) हुनु हुन्छ । हामीलाई यसरी गौरवको अनुभूति दिलाई रहनु भएको छ । यति मात्र कहाँ हो र ? लेखेर प्रतिभा र क्षमता प्रदर्शन गरी अभियन्ता वन्न चहाने हामी सवैलाई पहिला “गुरुङ राईटर्स डट कम” र अहिले अनलाईन व्लग जस्तो मञ्च तैयार पारी दिई रहनु भएको छ । यि सव कुरामा पारङ्गत तथ्य मनन गरेर वहाँलाई हामी सवैले सादर सम्मान गरौं । साधु ! साधु ! जय वुद्ध !
-अरुण कुमार गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका