गुरुङको मौलिक इतिहास, भागः ४
गुरुङको श्रुतिवेद (प्यताँ ल्हुताँ)को आधारमा आधारति मौलिक इतिहास
गुरुङहरुको आदिम वासस्थल ‘ख्होल–सोँ–थर’ विस्थापित भएपछि ‘ख्याल्बो रोजा उपनाम रहेको पर्सै ख्ह्ले (क्ले) परसुराम घले’ले आफुसंग मनपेट मिलेका भारदारहरुलाइ लिएर लमचुँ १० थर डाँडामा आए । त्यहाँ रमाइलो चउर र पानीको स्रोत पनि नजिकै भएकोले त्यही राज्य स्थापना गरे । घले राजाले आफ्नो राज्यको नाम ‘लमचुँ’ र राजसभाको नाम ‘नालछाँेज’ नामकरण ग¥यो । मन्त्रीलाइ ‘ख्याल’ भन्ने पद दियो । गुरुङको माउ भाषामा राजालाइ ‘ख्याल्बो, ‘म्रुँ’ र मन्त्रीलाइ ‘ख्याल’ वा स्योँली भन्दछन् ।
घले राजाको शासनकालको बारेमा लिखित दस्ताबेजहरु खासै प्राप्त नभए तापनि वंशवलीमा तमूहरुको आदिम राजधानी ‘ख्होल–सोँ–थर’को पतन १५औँ शताब्दीको मध्यमा भएको भनिएको छ । ख्होल–सोँ–थरको पतन भए पछि लमजुङमा कालु शाहको उदय भएको देखिन्छ । त्यसैले, वंशवलीको आधारमा विक्रम संवत १५५३—१५६७ रहेको देखिन्छ । गुरुङको ‘प्यताँ ल्हुताँ’ अनुसार राजा रानीबाट नयाँ संस्कारको थालनी वसन्त ऋतुमा गर्ने गरिन्छ । त्यसैले, उपरोक्त समय र सन्दर्भहरुलाइ विश्लेषण गरी हेर्दा, लमजुङमा घले राजाको राज्याभिषेक विक्रम संवत १५५३ साल वैशाख १२ गते भएको तर्कसंगत देखिन्छ ।
घले राजाले दक्षिणदिशाबाट हुन सक्ने खतराको निगरानी गर्न ‘स्याक्र्यु’मा स्थापित जनज्योति हायरसेकेन्डरी स्कूलको दक्षिणपट्टीको डाँडामा सुल भन्ने मन्त्रीलाइ कोट बनाउन आदेश गरे । कोट बनाउँदै गर्दा, मन्त्री भीरबाट खसेर मृत्यु भएकोले कोटको नाम पनि सुलकोट रहन गएको भन्ने जनश्रुति रहेको छ ।
कोटको सुरक्षाको निम्ति बनाइएका खाल्डो र डल्लो ढुंगाहरुको अवशेष अझै पनि बाँकी छ । कोटको नजिकैको एउटा चिलाउनेको रुखको टुप्पोमा एकपाटे झाँतो भुरन्डिरहेको छ भन्ने बुढापाकाहरुको भनाइ रहेको थियो ।
सुलकोटबाट बिम्दा बेशी, गाउँशहर, ज्र्याखाँ, बाख्रेजगत, सितले स्वारा, दोसाँद र हाँडी खोलासम्मका गतिविधिहरु स्पष्टसंग निगरानी गर्न सकिन्छ । मौसम राम्रो भएको बेला साँझ पख त्यहाँबाट पोखरा बजारमा झलमल बत्ति बलेको दृश्य देख्न सकिन्छ ।
परसुराम राजाको खजे भन्ने भाइ थिए । राज्यसत्ताको सवालमा खचपच भएपछि खजे घले तुर्लुङमा गइ नयाँ कोट स्थापना गरी घलेबाट ‘दुरा’को उपनामबाट स्वतन्त्र रुपमा रजाइँ गरेर बसे । उनलाइ दाजुको राज्य विस्तारको अभियान मन परेको थिएन । त्यसैले, चिसंखुका घिमिरे बाहुनहरुसंग मिलेर भिरकोटको राजा मिर्च खाँ (कुलमण्डल) भन्ने जसबम शाहको जेठो छोरा कालु शाहलाइ बोकी ल्याइ तुर्लुङकोटमा राजा स्थापना गरे तर घले राजाको सिकारी फौजले कालु शाहलाइ मारिदियो । कालु शाह मारिएपछि दुरा र घिमिरे बाहुनहरुले दोस्रो पटक उनका साहिला छोरा यशोब्रम्ह शाहलाइ ल्याए ।
हिजो लमजुङमा रजाइँ गर्ने राजा परसुराम घलेले सिकार खेल्ने निहुमा कालु शाहको हत्या ग¥यो । त्यसैले, उनको भाइ यशोब्रम्ह शाहको घले राजासंग नराम्रो इबी थियो । घले राजालाइ सिध्याउने कपट उद्देश्यले यशोब्रम्ह शाहले घले राजासंग शान्ति संझौताको प्रस्ताव गरे । जनहितका लागि घले राजाले शान्ति संझौताको प्रस्ताव स्वीकार गरे ।
अन्तमा, लमजुङ जिल्लाको सदर मुकाम बेसिशहरदेखि उत्तर दिशातिर मस्र्याङदी नदीको किनारै किनार खुदी बजारतिर जाने बीच बाटोमा लामा गाउँबाट पूर्वतिर बग्ने भलमखोला र मस्र्याङदी नदीको दोभान ‘माले बगरमा’ शान्ति संझौताको स्थान तोकियो । शान्ति संझौतामा निशस्त्र उपस्थित हुने शर्त पनि दुबै राजाबाट स्वीकार भयो । विक्रम संवत १५६७ जेष्ट १० गते पूर्णिमाको दिनमा दुबै राजाहरु आ–आफ्ना सेना सहित उपस्थित भए । शान्ति संझौताको प्रस्तावमा छलफल भयो । छलफलबाट कुनै निर्णय हुन नसकेपछि छलकपटमा निपुण भएका शाह राजाका सेनापतिले रातिनै बालुवा मुनि लुकाएर राखेका हतियारहरु झटपट निकालेर परसुराम घलेलाइ गिँडाइ दिए । यसरी, शाान्ति संझौताको नाउँमा पूर्व नियोजित षड्यन्त्र भएको हुनाले १४ वर्ष शासन गरेपछि लमजुङमा घले राजाको पतन भयो ।
घले राजाको पतन भएपछि उक्त स्थान घले गाउँको नाउँबाट परिचित भए । हालः घले गाउँमा आन्तरिक पर्यटनको विकास गरिएको छ । सो विकासमा ख्होलसोँथर गाउँपालिकाको प्रमुख श्री प्रेम घलेको योगदान प्रशंसनिय रहेको छ ।
रानी यमावतीले राजा गिँडिएको खबर पाएपछि थालमा दूध हाली आफ्नो दिव्यशक्तिद्धारा राजाको अवस्था हे¥यो । त्यसरी हेर्दा, रानीले दूधमा रगत जमेको देखेपछि राजाको मृत्यु भैसकेको विश्वास भयो । त्यसपछि आफ्नो राजदरबारमा भएका चल अचल धनसम्पत्तिहरु मन्त्रीलाइ र नाबालक बरसु घलेलाइ धाइ आमासंग सुम्पेर आफुले गरेको वाचावन्धन अनुसार माले बगर पुगि राजासंगै सती जाना चित्तामा बसिन् ।
राजाको मृत शरीर आगोले भष्म ग¥यो । तर, रानीलाइ आगोले छोएन । नछोएपछि मेरो मृत्यु कहाँ छ भनेर नजिकैको मस्र्याङदी नदीमा पसिन् । तर, नदी पनि थपक्क जम्यो । किनभने यमावतीको दिव्यजन्म भएकीले आगोले नपोल्न, हुरीबतासले नउडाउँने, पानीले नबगाउँने र अमर हुने वरदान प्राप्त थियो । त्यसैले, आफ्नो मृत्यु खोज्न जंगल पसिन् । त्यसपछि कुसुण्डी भइन् । रानी यमावती भलम दोभानमा सती गएकीले त्यस स्थानलाइ ‘सतीघाट’ पनि भन्दछन् । त्यहीबाट गुरुङ संस्कृतिमा गीतिकाव्य ‘घाँटु’को जन्म हुन्छ ।
घले राजा मारिएको एक महिना पछि पुनः संझौता गर्न गाउँशहर दरबारमा बोलायो । नजाँउ भने कसरी नजाने ? जाँउ भने कसरी जाने ? घले राजाको मन्त्रीहरु धर्म संकटमा प¥यो । नालछोँज ग¥यो तर कुनै निर्णय हुन सकेन । अन्तमा, पुरुख्यालको नेतृत्वमा कबुख्याल, सबुख्याल र कोकेख्याल गरी चार जनाको टोली संझौता गर्न गयो ।
गाउँशहर दरबारमा संझौता भयो । “हिजो घले राजाले मेरो दाजु कालु शाहलाइ मारे । मैले घले राजालाई मारँे । अब हामीहरु झगड गरेर बस्ने कि मिलेर बस्ने ? तिमीहरुले धर्म संझेर भन्नु,” यशोब्रम्ह शाहले भन्यो ।
उप्रान्त हामीहरु आपसमा मिलेर बस्नु पर्छ । तर, “गुरुङको क्षेत्र र गाउँहरुमा हाम्रै शासन चलाउँनु पाउनु पर्छ । ‘खेमानाँब’ पर्वमा शाह राजाले परसु घलेको प्रतिनिधिबाट टीका थाप्नु पर्छ । हामी शाहलाइ टीका राजा दिन्छौं,” पुरुख्यालले भन्यो ।
पुरुख्यालको कुरा तर्कसंगत छ । राजाको “नीति गुरुङ थिति” । “बिर्ता मेरो सिर्दो तिम्रो” । उप्रान्त तिमी गुरुङहरुले आ–आफ्नो क्षेत्र र गाउँहरुमा अमाली, जिमाली, द्धारे, डिठा, बैदार र उमराको पदग्रहण गरी शासन चलाइ रजाइँ गर्नु, शाह राजाले भन्यो ।
यसरी, शाह राजा र पुरुख्यालकोबीचमा गाउँसहर दरबारमा संझौता भएकाले गुरुङको क्षेत्र र गाउँहरुमा गुरुङकै थिति अनुसार शासन चल्यो । गुरुङको क्षेत्र भित्र बसोबास गर्ने गैर गुरुङहरुले पनि गुरुङकै थिति भित्र बस्न बाध्य भए । गुरुङ गाउँहरुमा यो थिति विक्रम संवत २०३९ सालसम्म कायमै थियो । गुरुङ गाउँहरुमा प्रचलित स्थानीय स्वायत्त र आत्म निर्णयको अधिकार विक्रम संवत २०४० सालको नयाँ नापीले हरण ग¥यो ।
परसु घलेको नाति दानु घलेले एउटा समुहको नेतृत्व गर्दै लिगलिग गइ घले राज्य स्थापना गरे । दानु घलेको राज्यलाइ ‘लिगलिग कोट’ भन्दथे । ‘खेमानाँब’ पर्वको पूmलपातीको दिनमा चेपे खोलाको तिरदेखि लिगलिग कोटसम्म दौड प्रतियोगिता हुन्थ्यो । दौडमा प्रथम हुने व्यक्ति त्यस वर्षको राजा हुने घले परिवारको परम्परा थियो ।
यशोब्रम्ह शाहको नरहरि, द्रव्य र नरपति शाह भन्ने तीन छोराहरु थिए । नरहरि शाह गाउँशहरको राजा भए । राजपण्डितको अनुसार द्रव्य शाहको चिनामा पनि राजा हुने योग छ भनेको हुनाले उनी पनि राजा हुने दाउमा थिए । लिगलिग कोटको घले राज परिवारमा ‘खेमानाँब’ पर्वको पूmलपातीको दिन प्रत्येक वर्ष चेपे खोलाको दोभानदेखि कोटसम्म दौड प्रतियोगिता हुन्छ । प्रतियोगितामा प्रथम हुने व्यक्ति त्यो वर्षको राजा हुन्छ भन्ने कुरा द्रव्य शाहले थाहा पाएपछि प्रतियोगिता हुने दिनमा घलेहरुलाइ निमास पार्ने षड्यन्त्रको तयारी ग¥यो । सो मुताविक प्रतियोगिता हुने मौकामा गौडा गौडामा ढुकेर बसेका शाहका मतियारहरुले निशस्त्र भएर प्रतियोगितामा भाग लिइरहेका घलेहरुलाइ एक एक गरेर गिँडाए । घलेहरु निमास भएपछि द्रव्य शाह कोटमा गएर राजा भएको घोषणा ग¥यो । यसरी, लिगलिग कोटको घले राजालाइ शाहको षड्यन्त्रकारी आक्रमणले निमास पारे ।
लिगलिग कोटमा घले राज परिवारलाइ षड्यन्त्रपूर्ण ढंगले निमास पारिए पछि बाँकी बचेका परिवारले शाहको शासन स्वीकार गरे । तर, प्रतियोगितामा भाग लिइरहेका सदस्यहरु मध्ये समर घले मात्र शाहको कुटिल चालबाट उम्कन सफल भए । उनी आत्मा स्वाभिमानी र महत्वाकांक्षी थिए । त्यसैले, शाहको शासन स्वीकार नगर्ने भनी उनका सर्मथकहरु लिएर ‘खोर्ला’ भन्ने स्थानमा स्वतन्त्र घले राज्य स्थापना गरे ।
गोर्खा जिल्लाको उत्तरी भेगमा अवस्थित बारपाक गाउँ गोर्खा जिल्लाको सबैभन्दा ठूलो बस्ती भएको गाउँ हो । ठूलो बस्ती भएकोले सामाजिक समस्या पनि धेरै भयो । आपासमा द्धन्द र मनमुटाव भएपछि समस्याको समाधान गर्नका लागि एक पक्षले ‘खोर्ला’का राजा चंकेल घलेलाइ लिन गए । चंकेल घले बारपाक आएर समस्या समाधान गरेपछि त्यही रजाइँ गरे ।
गोर्खाका राजा पृथ्वीनारायण शाहको उदय भएपछि गोर्खाको राज्य बिस्तार अभियान सुरु हुन्छ । यस अभियानमा सबभन्दा पहिले मान्द्रे भन्ने स्थानमा राजा चंकेल घलेलाइ मारेपछि घलेका सेना र शाहका सेनाबीच बालुवाटारमा संझौता भयो । संझौता हुँदा, दुबै पक्षले भाते जाँड खाए । भातेजाँड खाँदा घलेका सेनालाइ सम्मान गर्ने भनी डबगामा दिए । शाहका सेनाले टपरामा खाए । टपरामा खानेको जाँड सबै भुइमा चुहिए । डबगामा खानेहरु जाँडले माते । मातेको अवस्थामा घलेको सेनाहरु सबै मारिए । यसरी छलकपट गरी घले राजा र उनका सेनाहरुलाइ मारेपछि बारपाक क्षेत्र गोर्खा राज्यमा गाभिए । यसरी नेपालको इतिहासमा घले राजाको पतन भयो ।
चोग डीबी गुरुङ तमू क्योए दे प्यक्षयाको लेखक हुन् ।
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें
If you have any doubt, please let me know your message to help.