Profile of Dr. Jagaman Gurung.

जिउदो सम्पदा प्राज्ञ डा. जगमान गुरुङः 

नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति एवं वरिष्ठ संस्कृतिविद प्राज्ञ डा. जगमान गुरुङ नेपाली सांस्कृतिको मियो र गुरुङ कुलको कुलभुषण हुन् । उनी समन्वयत्मक अधयात्मवाद र सर्वधर्मसंभवको माध्यामद्धारा जगतमा सहअस्तित्व कायम गर्न सकिन्छ भन्ने मतको प्रक्खर वक्ता हुन् ।
   
डा. गुरुङको छवटा पुस्तक, अनगिन्ति लेख रचनाहरु, कार्यपत्रहरु र दर्जनौं विषहरुमा अनुसन्धान गरिसक्नु भएको छ । उनी दर्जनौ मानसम्मान र विभूषणबाट विभूषित भैसक्नु भएका छन् । 
   
यर्थातमा भन्नु पर्दा, गुरुङ समुदायमा प्राज्ञिकहरुको खडेरी नै परेको छ । यस्तो विसम अवस्थामा पनि कठोर त्याग र तपस्य गरेर मौलाएको डा. गुरुङको विशिष्टता र विद्धतालाइ शब्दहरुले वर्णन गर्नु भनेको सुर्यको प्रकाशमा तारा मण्डलको प्रभाव जस्तै हो । संक्षेपमा भन्नु पर्दा, उनको सरल स्वभाव, निष्कलङ्क जीवन, प्रखर वक्ता, आत्मस्वभिमाणी, वैदिक ज्ञानको भण्डार, राष्ट्रवादी भावनाले ओतप्रोत भएको ज्योतिर्विद एवं ज्योतिमय विद्धान हुन् । यस्तो प्रखर राष्ट्रवादी विद्धानको हर युगमा जन्म हुँदैन ।
   
उनलाइ गुरुङ समुदायले ब्राह्मणवादी विद्धान पनि भन्दछन् । तर, ‘ब्राह्मण र ब्रह्मतत्व’को भावार्थ र यसको सार तत्व के हो ? अधिकंश मानिसहरुलाइ यस वारे पूर्ण जानकारी छैन । केही विद्धानहरुलाइ जानकारी भए तापनि अर्थ खुलाउन चाहदैनन् । यही गुड रहस्यालाइ यस लेख मार्फत स्पष्ट गराउन चहान्छु ।  
   
जुनसुकै कुल घरानामा जन्म लिए तापनि उच्च शिक्षा हाँसिल गरी आफ्नो योग्यता र क्षमताको आधारमा कुशल कर्म गर्ने, स्वच्छ आचरणद्धारा वैदिक ज्ञानको अध्ययन र अभ्यास गरी सोही अनुसारको जीवन पद्धती अनुसरण गर्न सक्ने विशुद्ध चरित्र भएका व्यक्तिलाइ ब्राह्मण भनिन्छ । अर्थात ब्रह्म भनेको ‘नित्य, अनश्वर, निर्विकर, चेतनतत्व, परमात्म, सर्वशक्तिमान र सर्वव्यापी रहने परम् आनन्दमय इश्वर’ हो । त्यसैले जुन व्यक्तिमा ब्रह्मतत्व वा ब्रह्मज्ञान प्राप्त गर्न सक्ने योग्यता र क्षमता हुन्छ, उनलाइ ब्राह्मण भनिन्छ । प्राज्ञ डा. जगमान गुरुङको जीवन शैलीलाइ नजिकैबाट अध्ययन गरी हेर्दा, कुशल कर्म गर्ने, स्वच्छ आचरणद्धारा वैदिक ज्ञानको अध्ययन र अभ्यास गरी सोही अनुसारको जीवन पद्धती अनुसरण गरेको पाइन्छ । अतः डा. गुरुङको ‘विशिष्ठता र विद्धता’ अनुसार उनी ब्रह्मज्ञ प्राप्त गरेका कर्म ब्राह्मण हुन् । अर्थात ‘वेदान्ती बोधिसत्व’ हुन् ।
   
अबको प्रसंगमा साधारण मानिसले पनि कर्म क्षेत्रबाट उत्कृष्टता हाँसिल गरी कर्म ब्रह्मत्व कसरी प्राप्त गरी ब्राह्मण बन्दछ भन्ने कुराको चर्चा गरिनेछ । उदाहरणको लागि केही अधिको मात्र कुरा हो । नेपालको पूर्वि पहाडमा राइ परिवारमा जन्मीएको ‘काले राइ’ भनेर चिनिने व्यक्ति आफ्नो योग्यता र क्षमताको आधारबाट गुरु प्रपन्नचार्या भए । लमजुङको तराचे गाउँमा जन्मीएको डा. हर्क गुरुङ भुगोविदको नामबाट चर्चित भए । नेपालको हिमालको नामहरु उनैले नामकरण गरे । एउटा चुचुरोको नाम डा. हर्क पिक पनि छन् । सिक्लेसमा जन्मिएको डा. चन्द्र प्रसाद गुरुङले एकेपको परियोजना सफल पारे । एउटा साधारण परिवारमा जन्मिएकी विष्णु कुमारी वाइवा परिजात भइन् । एउटा हरिजन परिवारमा जन्मिएको भमिराव डा. अम्वेडकर बनेर भारतको सविंधान निर्माता र महाथेरा बने । विश्वमित्र राजाबाट ‘राजर्षि र महार्षि भइ नयाँ स्वर्गको स्थापना गरे । सिद्धार्थ गौतमले राजदरबार त्यागेर बुद्धत्व पाप्त गरे । यसरी कर्म क्षेत्रबाट गरेको त्याग र तपस्यबाट नै ‘ब्रम्हत्व अर्थात बुद्धत्व प्राप्त गरी कर्म प्रधानता प्रमाणित गर्न सकिन्छ भन्ने उदाहरण महामानवहरुको जिवन शैलीमा पाइन्छ । डा. जगमान गुरुङ पनि यिनै उदाहरण मध्येको एउटा विशेषण हुन् । 
   
प्राज्ञ डा. जगमान गुरुङको प्राज्ञिक विद्धताको बारेमा नेपालको शीर्षस्थ प्राज्ञिकहरु र राजनेताहरुलाइ राम्ररी थाहा थियो । त्यही विद्धताको सम्मान गर्दै जगमान गुरुङलाइ विस २०६६ माघ २१ प्राज्ञ सदस्यमा मनोनित गरे । मनोनित भएपछि प्रतिष्ठानको पचास वर्षको इतिहासमा सबभन्दा पहिले वैदिक मंगलचरणबाट संगोष्ठी शुभराम्भ गर्ने परम्परा बसाल्नु भयो । उनले प्रा.डा. राधाकृष्ण अधिकारीलाइ मानव जीवनमा धर्मशास्त्रको महत्व, प्रा.डा. दुर्गा प्रसादलाइ वैदिक संस्कृतिमा, राष्ट्रवाद र विनय कुमार शर्मालाइ सत्यं परं धीमहि भगवत्तत्व विबेचना शीर्षकमा पुस्तक तयार गर्न लगाउनु भयो । यस वाहेक कर्णाली प्रदेशको जडान, खसान, थारुवान, गुरुङहरुको पर्यावरणीय गीत, बुढा सुब्बाको सांस्कृतिक महत्वका साथै नेपालको पूर्वाञ्चल विकास क्षेत्र र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको अमूर्त सांस्कृतिक सम्पदाको पनि अनुसन्धान सम्पन गराउनु भयो । एउटा गुरुङको छोराले बाहुनहरुलाइ काम दिए । हाल उनी नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा कार्यरत छन् । 

जगमान गुरुङको जन्म विक्रम संवत २००४ साउन २४ गते सुक्रवार साँझ मकर लग्न तथा मेष राशिको उदय हुँदा, मामाली गाउँ कास्कीको लामाडाँडामा भएको थियो । उनको माता जोगमाया गुरुङ कास्की लामडाँडा पुच्छार घरका बिर्तासिँह चोलुह्रोँ घोताने गुरुङका जेठी छोरी थिए । त्यसबेला घर र मामालीमा साना बालक कोही नहुँदा उनी नै दुबैतिराको प्यारो थिए । उनको पैतृक थलो साविक लमजुङ हाल कास्की जिल्लाको ६ गाउँ याङजाकोट, कोटाले टोलको कोटघर हो । अहिले पनि उनको स्थायी बसोबास त्यही नै छ । मादी नदीको पूर्वपट्टिको डाँडामा रमणीय याङजाकोट अवस्थित छ । उनको पिता पूर्खाहरु ६ गाउँ याङजाकोटको मीर उमरा थिए ।   
   
अधि परम्परादेखि धर्माधिकारी अथवा राजाका गुरु परोहितका प्रतिनिधि ब्राहमण पुरोहितले संकल्प वाक्य भन्ने र राज्यका राज्याधिकारी गद्दीसिन राजाका प्रतिनिधि मीर उमराले पानी समाएर कोटको मौलो पूजा गर्ने चलन चलिआएको थियो । मौलोले चर्चेको इलाका मीर उमराको क्षेत्रधिकार भित्र पर्दथ्यो । त्यसकारण ताङतिङदेखि पाख्रिकोटसम्मका ताङतिङ, ध्याम्राङ, याङजाकोट, भाचोक, नागिधार र पाख्रिकोट गरी, यी ६ ओटा गाउँहरु याङजाकोटको अम्बल भित्र पर्दथ्यो । अहिले त्यस क्षेत्रमा नामर्जुङ देउराली, थुमाको डाँडा, सैम्रङ, भाचोक र मिजुरे डाँडा गरी ५ ओटा गाउँ विकास समिति रहेका छन् । अधि लमजुङ र कास्कीको सीमाना मादी नदी थियो । २०३२ सालमा लमजुङको ६ गाउँ इलाका कास्कीमा गाभियो । हाल यो इलाकालाइ मादि गाउँ पालिका नामाकरण गरिएको छ । यसको केन्द्र याङजाकोट रहेका छन् । 
   
अधि लमजुङगे राजाको पालामा कास्की अथवा पश्चिमतिरको लडाइँ भिडाइँ, घा, सन्धि आदि कार्यहरु याङजाकोटको मोहोडाबाट सञ्चालन गरिन्थ्यो । त्यस कार्यमा याङजाकोटका मीर उमराको मुख्य दायित्व रहन्थ्यो । २०२२ सालमा भूमिसुधार व्यवस्था लागु भएर तालुकी प्रथा हटेपछि उनको जेठाबा ६ गाउँ याङजाकोटका मीर उमरा हर्कजंङ गुरुङको पालादेखि उमराको परम्परा हटे तापनि याङजाकोटको मौलो पूजा भने अहिलेसम्म पनि यथावत चलिरहेको छ । जेठोबाको शेषपछि वहाँको आज्ञाबाट ६ गाउँ याङजाकोटको मौलो पूजा अहिले डा. जगमानले चलाउदै आउनु भएको छ । 
   
जगमान गुरुङको पालामा गाउँमा स्कुल थिएन । पण्डितद्धारा साधारण बाह्रखरी पढिसके पछि कपाली तमसुक, भर्पाइ, राहदानी र राजिनामा लेख्न सिकाइन्थ्यो । यसैगरी ज्योतिष शस्त्रको चु चे चो ला अश्विनी भरुणी आदि अबहडाचक्र र अरु श्लोकहरु कण्ठ बनाउन लगाइन्थ्यो । दशै ताका दुर्गाकवच पढन सिकाइन्थ्यो । जोड, घटाउ, गुणन र भाग गर्ने हिसाब सिकाइन्थ्यो । राजिनामा लेख्न र बालकको नाम जुराएर टिप्पनी लेख्न जाने पछि उक्त गाउँले पाठशालाको पढाइ पुरा हुन्थ्यो ।
   
२०१३ सालमा भारतीय सेनाका पेन्सनवालाहरुको संस्था ‘सोल्जर्स बोर्डद्धारा सञ्चालित प्राइमरी स्कुल उनको गाउँमा स्थापना भयो । त्यस पछि गाउँले पाठशालाका विद्यार्थिहरुलाइ उमेर र पढाइ अनुसार त्यस प्राइमरी स्कुलमा भर्न गरियो । त्यसक्रममा उनी कक्षा एकमा भर्न भएर प्रारम्भिक अध्ययन सुरु गरे । 

२०१८ को माघमा तात्कालिन सोल्जर्स बोर्ड हाई स्कुल तथा वर्तमान अमरसिँह उच्च माध्यमिक विद्यालय रामघाट पोखरामा, कक्षा ६ मा मर्ना भएर पढन थाल्नु भयो । २०२२ सालमा एसएलसी पास गर्नु भयो । पृथ्वीनारायण कलेजबाट उच्च शिक्षा अध्यान गरेर त्रिभुवन विश्वविद्यालय काठमाडौँबाट प्रथम श्रेणीमा प्रथम भएर स्नातकोत्तर गर्नु भयो ।

उनले वंश परम्परादेखि चल्दै आएको ज्योतिष शास्त्र र तन्त्र विद्याको अध्ययन पनि गर्नु भयो । ज्योतिषीय कृयकलपहरुमा संलग्न हुँदै जाँदा नेपालका चिरपरिचित ज्योतिषहरुसंग पनि परिचित हुदै गए । अन्तमा, भारतको विश्व ज्योतिष विद्यापीठ, कलकत्ताबाट "A Study on Sino–Tibetan Astrological System among the Gurung of Gandaki region in western Nepal" विषयमा शोधप्रस्ताव प्रस्तुत गरी विद्यावारिधि गर्नु भयो । 
   
उनले गण्डकी हुलाक नियन्त्रण कार्यालय, पोखराबाट मुखियाको दरबन्दिहुदै, हेड असिस्टेन्ट, पृथ्वीनाराण क्याम्पस, पोखरा, सहायक प्रशासक, पृथ्वीनारागण क्याम्पस, पोखरा, कामु उपप्रशासक, पृथ्वीनारायण क्याम्पस, पोखरा, सहायक प्रशासक, नेपाली र एशियाली अनुसन्धान केन्द्र काठमाडँैँ, कार्यकारी निर्देशक नेपाल संस्कृत विश्वविद्यालय आदिमा सेवा गर्नु भयो । 
   
उनले भारत, हङकङ, चीन र युके आदि देशहरुको भ्रमण गर्नु भएको छ । प्राज्ञ डा. गुरुङले इतिहास, सांस्कृति, पुरतत्व, ज्योतिष र पूर्विय दर्शनमा अध्ययन र अनुसन्धान गर्न बढी रुचि राख्नु हुन्छ । त्यसैले, पशुपति क्षेत्रको कैलाशमा बसेर निःशुल्क ज्योतिष सेवा, नेपाल र एशियाली अनुसन्धान केन्द्रमा प्राध्यापन, श्री सत्य साई केन्द्रीमा आध्यात्मिक भजन, किर्तन, प्रवचन, सनातन मौलो पूजा र गुरुङको मौलिक संस्कृतिलाइ संरक्षण गर्दै ज्योतिष शास्त्रमा विद्यावारिधि गरी उक्त बिधामा एउटा नयाँ आयम थप्न सफल हुनु भएको छ । यस महान कार्यको लागि नेपाली इतिहासमा उनी सधै अमर रहनु हुने छ ।

लेखक चोग डीबी गुरुङ भाषा, साहित्य, संस्कृति र बुद्ध दर्शनको विद्यार्थी हुन् । 
12/19/2019
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

1 टिप्पणियाँ:

  1. लेखक चोग डीबी गुरुङ हिम्थेवाद्धारा प्रस्तुत लेख पढने अवसर पाउँदा हर्षले गदगद भएको छु । वहाँ लेख्न हुन्छः-
    नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति एवं वरिष्ठ संस्कृतिविद प्राज्ञ डा। जगमान गुरुङ नेपाली सांस्कृतिको मियो र गुरुङ कुलको कुलभुषण हुन् । समन्वयत्मक अधयात्मवाद र सर्वधर्मसंभवको माध्यामद्धारा जगतमा सहअस्तित्व कायम गर्न सकिन्छ भन्ने मतको प्रक्खर वक्ता । छवटा पुस्तक, अनगिन्ति लेख रचनाहरुका श्रष्टा डा। गुरुङको विशिष्टता र विद्धतालाइ शब्दहरुले वर्णन गर्नु भनेको सुर्यको प्रकाशमा तारा मण्डलको प्रभाव जस्तै हो ।
    वैदिक ज्ञानको भण्डार, राष्ट्रवादी भावनाले ओतप्रोत भएको ज्योतिर्विद एवं ज्योतिमय विद्धान हुन् ।
    ‘ब्राह्मण र ब्रह्मतत्व’को भावार्थ र गुड रहस्यालाइ यस लेख मार्फत स्पष्ट गराउन चहान भएको छ ।
    जसमा ब्रह्मतत्व वा ब्रह्मज्ञान प्राप्त गर्न सक्ने योग्यता र क्षमता हुन्छ, उनलाइ ब्राह्मण भनिन्छ । प्राज्ञ डा। जगमान गुरुङको जीवन शैलीलाइ नजिकैबाट अध्ययन गरी हेर्दा, कुशल कर्म गर्ने, स्वच्छ आचरणद्धारा वैदिक ज्ञानको अध्ययन र अभ्यास गरी सोही अनुसारको जीवन पद्धती अनुसरण गरेको पाइन्छ ।
    नेपालको पूर्वि पहाडमा राइ परिवारमा जन्मीएको ‘काले राइ’ ................ सिद्धार्थ गौतमले राजदरबार त्यागेर बुद्धत्व पाप्त गरेका जस्ता कर्म क्षेत्रबाट गरेको त्याग र तपस्यबाट नै ‘ब्रम्हत्व अर्थात बुद्धत्व प्राप्त गरी कर्म प्रधानता प्रमाणित गर्न सकिन्छ भन्ने उदाहरण महामानवहरुको जिवन शैलीमा पाइन्छ । डा। जगमान गुरुङ पनि अनेक उदाहरण मध्येको एउटा विशेषण हुन् ।
    डा.जगमान गरुडज्युको थात थलो मावली संवन्ध वैवाहिक सम्वन्ध मात्र होईन “लोके कृति कले वृक्तिी” सहित निम्न विवरणहरु यहाँ छुटाउँन भएको छैन । अधि परम्परादेखि धर्माधिकारी अथवा राजाका गुरु परोहितका प्रतिनिधि ब्राहमण पुरोहितले संकल्प वाक्य भन्ने .............................................................
    जेठोबाको शेषपछि वहाँको आज्ञाबाट ६ गाउँ याङजाकोटको मौलो पूजा अहिले डा। जगमानले चलाउदै आउनु भएको छ ।

    शैक्षिक योग्यताको हकमा वंश परम्परादेखि चल्दै आएको ज्योतिष शास्त्र र तन्त्र विद्याको अध्ययन पनि गर्नु भयो । ज्योतिषीय कृयकलपहरुमा संलग्न हुँदै जाँदा नेपालका चिरपरिचित ज्योतिषहरुसंग पनि परिचित हुदै गए । अन्तमा, भारतको विश्व ज्योतिष विद्यापीठ, कलकत्ताबाट ूब् क्तगमथ यल क्ष्लय–त्ष्दभतबल ब्कतचययिनष्अब िक्थकतझ बmयलन तजभ न्गचगलन या न्बलमबपष् चभनष्यल ष्ल धभकतभचल ल्भउबूि विषयमा शोधप्रस्ताव प्रस्तुत गरी विद्यावारिधि गर्नु भयो ।
    विभिन्न नाम चलेका मुलुकहरुमा गई ज्ञान र अनुभव सगाल्नु भएका प्राज्ञ डा। गुरुङले इतिहास, सांस्कृति, पुरतत्व, ज्योतिष र पूर्विय दर्शनमा अध्ययन र अनुसन्धान गर्न बढी रुचि राख्नु हुन्छ । त्यसैले, पशुपति क्षेत्र सहितका धार्मिक संघ संस्था तथा अध्यात्मिक क्षेत्रहरुमा प्राध्यापन प्रवचन गरी ज्ञान वाँडी रहनु भएको छ । यस महान कार्यको लागि नेपाली इतिहासमा उनी सधै अमर रहनु हुने छ ।

    म्हिथेवाको लेख प्रती हाम्रो सोह्रै आना समर्थन छ । म त भन्छु हाम्रा प्रा.डा.दाज्युको पाईलाहरु अझ चुलिदै जावस र त हामी तमूहरुमा गौरव थपिदै जानेछ । -शाधु ! शाधु ! जय वुद्ध ! “भवतु सव्व मंगल”
    -अरुण गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका

    जवाब देंहटाएं

If you have any doubt, please let me know your message to help.