साहित्यकार सुमल कुमार गुरुङ, बेलायतः
स्रष्टा सुमल कुमार गुरुङको नाम उच्चारण गर्ने वित्तिकै, ‘मेजर अर्जुनको औँठी’ कथा सङ्ग्रहको स्मरण हुन्छ । यस कथामा गोर्खालीहरूको सामाजिक मुल्य र मान्यतालाइ आधार बनाएर एउटा सुन्दर प्रेम कथाको सिर्जना गरिएको छ । दुइजना युवा प्रेमी प्रेमिकाको कथाभित्र सामाजिक मान सम्मान; देखावटी प्रतिष्ठाको तितो यथार्थको चित्रण पाइन्छ । यो विछोड र मिलनको कथा अन्तमा सुखान्तको न्यानो अँगालोमा बाँधिन पुग्छ ।
कथामा पस्किएका मार्मिक भावना यथार्थ भित्रको मौलिक आवाजको भान हुन्छ जुन तमू समाजका हजारौ युवाहरूले शताब्दियौँदेखि भोगीरहेका छन् । कथाकारले हाम्रो समाजमा छोरीको वैवाहिक अधिकारलाइ कसरी कुन्ठित पारिन्छ भन्ने विषयमा साहित्य मार्फत स्पष्ट र प्रभावशाली सन्देश दिन खोजेको आभास मिल्दछ । सामाजिक चेतनाको अभियानमा यो कथाले उत्कृष्ट भूमिका खेलेको छ । कथा सङ्ग्रहले नेपाली साहित्य भण्डारमा एउटा सुनौलो इटा थप्ने काम भएको छ । हाल उनी अन्तराष्ट्रिय नेपाली साहित्य समाज, यूकेका अध्यक्षको हैसियतले नेपाली साहित्यका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय मन्चहरूमा सक्रिय छन् । यस्ता उत्कृष्ट साहित्यकार नेपाली समाजका रत्न हुन् ।
भारतीय सेनाका भूतपुर्व क्लर्क सुमल कुमार गुरुङ नेपाली डायस्पोराका चर्चित समाजसेवी र सर्जक मध्येका हस्ताक्षर हुन । सुमल कुमार गुरुङ नेपाली साहित्यका विभिन्न विधाका बहुमुखी प्रत्तिभाशाली साहित्यकार हुन् । कथा, निबन्ध, उपन्यास, नियात्रा, संस्मरण, गीत, कविता, गजल र मुक्तक आदिमा उनले दक्षता हासिल गरिसकेका छन् । साहित्यका सबै विधामा गहिरो विश्लेशणात्मक अभिव्यक्ति र अनुभूति राखेर कुनै पनि विषयमा राम्रोसंग प्रस्ट्याउन सक्ने विशेषता उनी राख्छन ।
सुमल कुमार गुरुङको जन्म विक्रम सम्वत २०१० माघ ४ गते धौलागिरी अञ्चल, पर्वत, चित्रे गाविस वडा नंम्बर ३, हाल मोदि गाउँपालिका वडा नंम्बर ८मा भएको थियो । उनका पिता स्वर्गीय श्रीप्रसाद र माता स्वर्गीय भाइसिरी गुरुङका ५ सन्तान मध्ये उनी पहिलो सन्तान हुन् । उनी पछि जन्मेका भाइहरू र बहिनी क्रमशः कुमबहादुर, गंगा कुमारी, एसपी प्रताप कुमार र अजित कुमार छन् । उनको न्वारानको नाम कर्णबहादुर गुरुङ हो । माझौला कद, गहु गोरो, तीक्ष्ण स्वभाव, निडर, कर्मठ, प्रष्टवादी, वहुप्रतिभाशाली, चिन्तनशील, समाजसेवी र साहित्य प्रेमी हुन् ।
सुमल कुमारको जन्म गाउँमा भएकाले उनको बाल्यवस्था पनि अन्य साधारण गाउँका बालक सरह बितेको थियो । पिता भारतीय सेनामा कार्यरत थिए । परिवारको पहिलो छोरा भएकाले सुमललाइ आफन्त पर्ने छिमेकका फुपूदिदीहरूले असाध्यै स्नेह गर्दथे । उमेरले सानै भएपनि आपूmभन्दा ठूलाहरूको संगतमा रहन्थे । सुमल जन्मँदा गाउँमा स्कुल थिएन । तर, पाँच वर्षको उमेर पुग्दा नपुग्दा गाउँमा एउटा प्राइमरी स्कुलको स्थापना भएको थियो । त्यसकारण, सुमल बाल्यवस्थादेखि नै विद्यालय पढ्न जाने गर्दथे ।
उनले बाल्यकालमा विद्यालय अध्ययनका क्रममा एक दिन घटेको घटना कहिल्यै बिर्सदैनन् । एक जना गणित पढाउने वासुदेव गुरुले प्रायः सधैँ गुना कण्ठ गराउन लगाउँथे । एक दिन पाठ सोध्ने क्रममा कक्षाका कसैले भन्न सकेनन । अन्त्यमा, सुमललाइ सोध्दा सही उत्तर दिन सफल भए । उनी पढ्ने कक्षामा सबै साथीहरू उनी भन्दा ठूलो उमेरका थिए । त्यही कक्षामा चित्रेका खडानन्द नाम गरेको एक जना १४, १५ वर्षका विद्यार्थी पनि थियो । उ कक्षाको सबैभन्दा जान्ने विद्यार्थीको रूपमा चिनिन्थ्यो । त्यो दिन उसले पनि उत्तर दिन सकेनन । त्यसैले, वासुदेव गुरुले आफूले समातेको छडि सुमललाइ दिएर सबैलाइ पिट र खडानन्दलाइ अरूलाइ भन्दा जोडले पिट भनेका थिए । गुरुले भने बमोजिम सबैलाइ छडिले हातकेलामा पिट्दै अन्त्यमा, खडानन्दलाइ जोडले पिटेका थिए । खडानन्द रिसले चुर हुन्छ र पर्खेस तँलाइ भन्ने शब्द उसको मुखबाट निस्कन्छ । खडानन्दको डरले सुमलले पढाइमा धेरै मिहिनेत गर्छ र कहिल्यै पराजय भोग्नु परेनन । उनी पढाइमा गहिरिएर पढ्न थाल्छन् सधै कक्षामा अब्बल हँुदै आउँछन् । गाउँको प्राइमरी स्कुल पास गरेर पढाइका लागि बुवासंग भारत जान्छन् ।
उनी बाल्यकालदेखि नै निर्धक्क बोल्ने गर्दथे । स्कुलमा सम्पन्न बालसभाहरूमा केही न केही रचना सहित सबैको अगाडि गएर बोल्ने अभिरुचि उनमा थियो । उनी बाल्यवस्थादेखि नै साहित्य सिर्जना गरेर पुरस्कृत समेत भएका थिए । उनको पहिलो साहित्यिक पुरस्कार निबन्ध विधामा १२ वर्षको उमेरमा प्राप्त गरेका थिए । भारतवर्षको नर्थ इस्टर्न हिल युनिभर्सिटी, शिलाङबाट स्नातक गरेर भारतिय सेनाको वरिष्ठ राजपत्र अनङ्कित अधिकृत क्लर्कमा १६ वर्ष सेवा गरे ।
आवकास पछि लुम्ले कृषि अनुसन्धान केन्द्रमा भण्डार शाखा प्रमुखको पदमा ३ वर्ष सेवा गरे । विगत २३ वर्षदेखि प्रवासको जीवन व्यतित गर्दै आएका छन र सुरक्षा क्षेत्रमा वरिष्ठ सुरक्षा अधिकृत, अपरेसन म्यानेजर, प्रशिक्षक, हङकङ र हाल बेलायतमा सेवा गरी सपरिवार सेवानिवृत्त जीवन विताउँदै साहित्य र समाजसेवामा समर्पित छन् ।

पदक तथा सम्मानको हकमा मेजर अर्जुनको आँैठी कथा सङ्ग्रहका लागि अन्तर्राराष्ट्रिय नेपाली साहित्य समाजद्धारा धौलागिरी अञ्चल सर्वोत्कृष्ट पुस्तक पुरस्कार सन् २०१३ । नेपाली साहित्य विकाश परिषद, बेलायतद्धारा पहिलो पटक प्रदान गरिने उत्कृष्ट साहित्य पुरस्कार सन् २०१४बाट सम्मानित भएका छन । यस बाहेक दर्जनौं निबन्ध, वादविवाद, कविता, हाजिरी, जवाफ प्रतियोगिता, खेलकुद र म्याराथन दौडमा समेत धेरै पदकहरू जित्न सफल भएका छन् ।
साहित्यमा योगदानः उनका आधा दर्जन प्रकाशित कृतिहरुमाः खोज्दैछु नेपाल (कविता सङ्ग्रह), फेरी हङकङको सेरोफेरो (यात्रा संस्मरण), अतीतको आँखिझ्यालभित्र नियाँल्दा, मेजर अर्जुनको औंठी (कथा सङ्ग्रह), युरोप यात्राका अनुभूतिहरु (नियात्रा) यात्रा स्पर्श (समुहमा) आदि छन् । उनले विगत डेढ दशकदेखि फ्रिलान्स पत्रकारिता गर्र्दै आएका छन् । बेलायतबाट प्रकाशित हुने साप्ताहिक एभरेस्ट टाइम्सका गेस्ट राइटरको रुपमा प्रत्तिष्ठित छन् ।
आधादर्जनजति प्रकाशोन्मुख कृतिहरुमा नियात्रा, पूर्वी अमेरिकालाइ स्पर्श गरेपछि, इतिहास, गोर्खा कथाव्यथा, सुमलका निबन्धहरु, मुक्तक सङ्ग्रह, गजल सङ्ग्रह र सस्मरण भागः २ आदि रहेका छन् । त्रिभूवन विश्वविद्यालयका शोधार्थी सन्तोष प्रसाद नेपालले उनको व्यक्तित्व, जीवनी र कृतिहरूमा शोध गरेर शोध ग्रन्थ सन् २०१६ मा पुरा गरेर मास्टर्स डिग्री हासिल गरी सकेका छन् । सो शोधग्रन्थबाट सुमल कुमार गुरुङको अर्को पुस्तक ‘कृति र व्यक्ति –२०१७’को जन्म भएको छ ।
उनले पञ्चासे सहयोग समिति हङकङको वार्षिक स्मारिका सन् २०००देखि २००६सम्म चार अंकसम्म सम्पादन, एनआरएनको शोभनियर २००७को प्रशान्त क्षेत्रीय सम्पादक, बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्स साप्ताहिक पत्रिकामा गेस्ट राइटर, मेरो यूके डटकम वेब पत्रिका सन २००९देखि सन् २०१४सम्म, तमूधीँ यूकेको वार्षिक मुखपत्र फ्रेशीको सम्पादन सहयोग सन् २०१०देखि निरन्तर, दक्षिणपूर्व क्षेत्रीय तमूधीँ, लण्डनको मुखपत्र, ‘अशिमलँको प्रधान सम्पादकको रुपमा योगदान दिँदै आएका छन् ।
परोपकार र समाजलाइ सहयोगः हङकङदेखि बेलायतसम्मको ढाइ दशक प्रवासको बसाइमा उनले देस र विदेशमा धेरै संघसंस्थाका संस्थापक भएर च्यारिटी कार्यक्रमहरू मार्फत मानव कल्याणका कामहरू गर्र्दै आएका छन् । एनआरआएन हङकङको संस्थापकको हैसियतमा देवघाट बृद्धाश्रममा सहयोग, त्रिभूवन विमानस्थलको एनआरएन ट्रालीदानको विषय एनआरएन सिंगापुर भेला २००७मा उठान गरेर राष्ट्रलाइ सहयोग गरेका छन् ।
आफू जन्मेको गाउँका श्री जनसिद्ध माध्यमिक विद्यालय, चित्रे पर्वतका लागि बुवा स्वर्गीय श्रीप्रसाद गुरुङ तथा आमा स्वर्गीय श्रीमती भाइसिरी गुरुङको नाममा अक्षयकोष जम्मा गरि वर्षेनी व्याजबाट एसएलसीमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाइ ‘भाश्री’ पुरुस्कारको रुपमा नगद तथा प्रशंसा–पत्र प्रदान गर्दै आएका छन ।
तमूीधीँ नेपालबाट प्रत्येक वर्ष पुरस्कार प्रदान गरिने स्वर्गीय तमू आदिकवि हर्कबहादुर गुरुङ अक्षयकोष संस्थापक सहयोगी, पञ्चासे समाज यूकेको अध्यक्षको हैसियतमा श्री जनसिद्ध माध्यमिक विद्यालयको खेलकुद मैदान खरिद, स्कुलको लागि छुट्टै अक्षयकोष, गाउँको मोटरबाटोको लागि आर्थिक सहयोग, श्री पशुपति उच्च माध्यमिक विद्यालय, राम्जा ठाँटीका लागि अक्षयकोष स्थापना गरेका छन ।
महाभूकम्पबाट प्रभावित देशलाइ आर्थिक सहयोगका लागि बेलायत स्थित राजदूतावासमा टिकट काटेर कविता वाचन गर्ने कार्यमा सक्रिय भूमिका निभाएर प्रधानमन्त्री राहतकोषलाइ आथर््िाक सहयोग । हाल एक जना बालकलाइ नेपालमा कक्षा १२सम्म पढाइ दिने जिम्मा लिएर पढाउँदै आएका छन् । यस्ता परोपकारी कार्यहरू धेरै छन् ।
उनले हालसम्म भारत, बंगलादेश, भुटान, थाईल्याण्ड, सिंगापुर, हङकङ, चीन, मकाउ, बेलायत, फ्रान्स, स्विजरल्याण्ड, इटाली, अस्ट्रिया, जर्मनी, नेदरल्याण्ड, बेल्जियम, जापान, अमेरिका तथा अस्ट्रेलियाको भ्रमण गरिसकेका छन् । भ्रमणको सिलसिलामा विभिन्न राष्ट्रहरूमा एकदर्जन जति कन्फरेन्स र सेमिनारहरूमा कार्यपत्रहरू प्रस्तुत गरि सकेका छन ।
बेलायतमा स्थापित तमूधीँ युके, प्येल्हु संघ यूके र अन्य गाउँले समाजद्धारा स्थापित तमू फोरमले तमूहरूका लागि एउटा त्रिभाषीय बृहत ग्रन्थ सिर्जना गर्न ‘तमु ह्यारिटेज’ नामाकरण गरी लेख्ने क्रम जारी छ । यतिबेला उनी त्यस प्रोजेक्टको वेशभूषा, भाषा र साहित्य लेखनका लागि संयोजकको रुपमा व्यस्त छन् ।
सुमल कुमार गुरुङ अहिले डायमन्ड बुद्धिस्ट सेन्टरको संस्थापक अध्यक्षको हैसियतमा रहेर दक्षिणपूर्व लण्डन क्षेत्रमा एउटा बौद्ध गुम्बा निर्माण गर्ने अभियानमा जुटेका छन् । उनको अनुसार मानव जीवन अत्यन्त दुर्लभ र अति सुन्दर हुन्छ । यसलाइ सर्धै सकारात्मक सोँच राखेर आफूबाट अरुलाइ सहयोग हुने कार्यमा लिप्त रहँदा जीवनको सुन्दरतालाइ नजिकबाट देख्न पाईन्छ भन्ने मान्यता राख्दछन् । उनको उत्कृष्ट साहित्यिक यात्रा निरन्तर रहोस र समाजसेवामा समर्पित भएर समाजलाइ दिशा दिन सकोस भन्ने हाम्रो शुभकामना छ ।
लेखक चोग डीबी गुरुङ भाषा, साहित्य, संस्कृति र बुद्ध दर्शनको विद्यार्थी हुन् ।
12/18/2019
डीवी म्हिथेवामा थपौं सम्मानका दुई शव्दः-
जवाब देंहटाएंवहाँ त हामी तमू गुरुङ्ग जातिको भाषा लिपी धर्म संस्कार संस्कृति रितिथिती रोस रोवास सिल सुवास परम्परा जस्ता प्रत्येक हाँगा डाँडी तथा आख्ला आँख्लाका विश्लेषक हुनु हुन्छ । अर्थात तमू नासा गुरुङ्ग गाउँमा जन्मि भेडी गोठमा हर्केका शहरमा पढेर वढेका मस्र्याङ्गदी नदीको माछा झैं सयौं हुण्डरी खाएर जोदा वन्नु भएका खाँटी सपुत हुनु हुन्छ । आफै लामा कुलमा जन्मि ज्ञान गुण लिनु भएका पर्से घले राजा यम्फावति रानी वारेको ईतिवृक्ति कुसुण्डि चरित्रका ज्ञाता हुनु हुन्छ । तमू समाजमा विद्यमान रोधीं सोह्रठी घाँटु चरित्रका जानाकार तथा मूुखिया जिम्मुवाल द्धारे चौतारे अमली सुव्वा समेतको अख्तियारी वारे राम्रो अनुभूति छ । वहाँले हामी तमू गुरुङ्गहरुलाई तमू लिपीको परिमार्जन भाषा संवन्धमा शव्दकोष र व्याकरण समेत तैयार पारेर पस्कनु भएको छ । हाम्रो धर्म संस्कार संस्कृति तथा सामाजिक परम्परा एवं तमूको वेद क्यार्लों क्ल्हे सोंदी प्ह्रेसोंदी पूर्खा आजी खे आजीमाँ आदी वारेमा हाम्रा भावी पिंडीहरुलाई सिकाउँदै जस्ताको तस्तै पुश्ता हस्तान्तरण गर्ने अथक प्रयत्न गरी रहनु भएको छ ।
भगवान वुद्धका दर्शन वारेको गहिरो अध्ययन तथा ज्ञान प्राप्तिको फलस्वरुप वुद्ध वचन वाचन गरी रहनु भएको छ । त्रीरत्न, चार आर्य सत्य, अष्टाङ्गीक मार्गका प्रखर वक्ता तथा सक्षमता राख्नु हुने म्हिथेवा त हाम्रा साक्षत शास्ता (सिकाउँने सफल गुरु) हुनु हुन्छ । हामीलाई यसरी गौरवको अनुभूति दिलाई रहनु भएको छ । यति मात्र कहाँ हो र ? लेखेर प्रतिभा र क्षमता प्रदर्शन गरी अभियन्ता वन्न चहाने हामी सवैलाई पहिला “गुरुङ राईटर्स डट कम” र अहिले अनलाईन व्लग जस्तो मञ्च तैयार पारी दिई रहनु भएको छ । यि सव कुरामा पारङ्गत तथ्य मनन गरेर वहाँलाई हामी सवैले सादर सम्मान गरौं । साधु ! साधु ! जय वुद्ध !
-अरुण कुमार गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका