Oral history of Gurung, part: II.

गुरुङको मौलिक इतिहास, भागः २

गुरुङको श्रुतिवेद (प्यताँ ल्हुताँ)को आधारमा आधारति मौलिक इतिहास 
(ठिनी ख्ह्याल्समा राजा नोच्यन खोर्लोह्रिमोर्छेको उदय)

हे ठिनीबासी हो, हाम्रो ख्ह्याल्समा महाप्रतापी राजा नभएकाले शासन व्यवस्था लथालिङ्ग भएको छ । यो युवराज बडो सुरवीर र महाप्रतापी देखिन्छ । उनी राजा भएर भूत प्रेत र वीर मसानलाइ दमन गर्न सक्यो भने हाम्रो ख्याल्स फेरि पनि समृद्ध हुन सक्दछ । यसमा तपाइँहरुको राय के छ ? भनेर सोध्दा, तपाइँको विचार राम्रो छ भनेर ताली बजाएर समर्थन जनाएपछि, नोच्यनलाइ ठिनी ख्याल्सको राजा घोषणा गरी गद्दि चढाए । 
     
वीर मसानको घटनाक्रमबाट ठिनी ख्ह्याल्समा राजा नोच्यन खार्लोह्रिमोर्छेको उदय भयो । राज्याभिषेक पछि राजसभा बस्यो । सेनापतिबाट राज्यमा भइरहेको आतंक र ‘अजिमो फजिमो’को कथा बृतान्त सुनायो । अन्तमा, ढगलाइ मन्त्री पदमा नियुक्ति गरेको घोषणा गरेपछि केही काम कुरा बाँकी छ कि भनेर मन्त्रीलाइ सम्बोधन ग¥यो ।    
     
एउटा काम बाँकी छ, मन्त्रीले भन्यो । के काम बाँकी छ भन्दा, हाम्रो परम्परा अनुसार राजगद्दीमा राजामात्र बसेर हँुदैन । रानी पनि हुनु पर्छ, ढगले भन्यो । यसको लागि के उपाय छ भन्दा, उपाय छ राजन भनेर राजसभाका सदस्यहरुलाइ सम्बोधन गर्दै मन्त्रीले भन्यो ।
     
हे राजसभा सदस्यहरु, तपाइँहरुको उमेर पुगेका विवाह नभएका सबै कन्याहरु भोलि बिहान राजधारामा पठाइ दिनु । राजाले मन पराउँने कन्यालाइ रानी बनाउने छन्, भने । निर्धारित समयमा कन्याहरु राजधारामा नुहाइरहेका थिए । राजाले कन्याहरुसंग ‘पञ्चम लक्षण’को विचार गरे । तर, कुनै पनि कन्याहरुसंग ‘पञ्चम लक्षण’ देखिएन ।   
     
राजाको आशय बुझेपछि शिकारीको दलबल लिएर राजासंग सपुmँती ख्ह्याल्स गइ पाङ्य्रेस्योलाइ रानी बनाएर ल्याउनु भनी सेनापतिलाइ मन्त्रीबाट आदेश भयो । आदेशानुसार पाङ्ग्रेस्योलाइ रानी बनाइ ठिनी ख्ह्याल्समा ल्याए ।        
   
राजा नोच्यनले त्रिकालदर्शी कर्मअप नमलाइ ठिनी ख्याल्सको राजसभामा भव्य स्वागत गरी कुलगुरुको सम्मानित स्थान ग्रहण गर्न अनुरोध गरे । नमले राजाको अनुरोध स्वीकार गरे । 
     
तिम्रो ख्ह्याल्समा के समस्य छ ? कुलगुरुले सोध्यो । 
अहिले तत्कालको समस्य भनेको ख्ह्याल्समा आतंक मचाउने हेरि हेरिनसक्ने, बुझि बुझिनसक्ने ‘अजिमो फजिमो’ भन्ने अजंगको मान्छे खाने वीर मसानलाइ कसरी दमन गर्न सकिन्छ उपाय बताइ दिनु होस्, राजाले अनुरोध ग¥यो ।  

यो ‘अजिमो फजिमो’ भन्ने अजंगको वीर मसान त्यसै उठेको होइन । कुनै समय ठिनी ख्ह्याल्समा नाम कमाएका झाँक्रीगुरुले वीर मसानको साधना गरेर पठाएको हो, कुलगुरुले भन्यो । 
     
यसको पछाडि के कारण छ ? राजाले सोधे ।   
यो वीर मसानको प्रसंगमा नमिठो राजनीतिक पृष्ठभूमि लुकेको छ । पाँच वर्ष अगाडिको मात्र कुरा हो । ठिनी ख्ह्याल्समा खदो भन्ने राजा थियो । उनले कुटज्ञानमा पारंगत भएका मिक्रेँ भन्ने झाँक्रीगुरुलाइ कुलगुरु पदमा नियुक्त गरेका थिए । शासन पद्धतीको सिलसिलामा वैचारिक मतभेद भयो । अन्तमा, राजाले शक्तिको दुरुपयोग गरेर कुलगुरुलाइ पदच्युत गरे । पदच्युत गरेकोमा आफ्नो अपमान भएको ठानेर तिम्रो राजवंश र ख्ह्याल्सको सर्वनास होस भनी श्राप दिएर हिमालय पर्वततिर गए । यो ‘अजिमो फजिमो’ भन्ने वीर मसान उनकोे सेना हो । हिजो उनलाइ शुक्लपक्षको अष्टमीको दिनमा पदच्युत गरेको हुनाले सोही दिनको प्रथम प्रहरमै आएर राजा र रानीको हत्या गरेर ख्ह्याल्समा आतंक मच्चाएको हो, कुलगुरुले बृतान्त बतायो ।
   

हिजो खदो राजा थियो । आज म छु । अब मेरो जिम्मेवारी भनेको शासन व्यवस्था व्यवस्थित गर्ने । ख्ह्याल्सको सीमाना सुरक्षित गर्ने । न्याय निसाफ राम्रोसंग केलाउने र जनधनको सुरक्षा गरेर ख्ह्याल्सलाइ उन्नतिको पथमा अग्रसर गराउँनु हो । तर यो वीर मसानलाइ दमन नगरेसम्म कुनै पनि कामको सम्भावना छैन । त्यसैले, यसलाइ दमन गर्ने उपाय बताइदिनु होस, राजाले भन्यो । वीर मसानलाइ दमन गर्ने गुढ मन्त्र र विधिविधानको उपाए बताएर कुलगुरु फर्किए । 
     
ख्ह्याल्सको शान्ति सुरक्षालाइ सन्तुलित बनाउँनका लागि वीर मसानको दमन गर्न अपरिहार्य थियो । त्यसैले, कुलगुरुले दिएको गुढ मन्त्र र विधिविधान अनुसार पूर्व तयारी गरी शुक्लपक्षको अष्टमीको राती ‘अजिमो फजिमो’ भन्ने अजंगको मान्छे खाने वीर मसानलाइ दमन गर्न तयार भएर बसे । 
   
मध्य रात पछि दरबारको मूल ढोका बाहिरा कुकुर रोएझै संकेत ग¥यो । एकछिन पछि दरबार भित्र ठूलो जानवर हिँडेको जस्तो सबद ग¥यो । ढोकामा बस्ने द्धारपालले वीर मसान ! वीर मसान ! संकेत दियो ।    
   
सावधान ! जो जहाँ छ त्यही बस्नु । मैले गुढ मन्त्रद्धारा चारै दिशा बाँधिसकेको छु, राजाले भने । एकछिन पछि दुइवटा मधुरो छाँयाको पछि ॐ फट हुँ भन्दै राजा पनि दौडियो । वीर मसानलाइ बसमा पारिसके पछि तिमी मिक्रेँ भन्ने झाँक्रीगुरुले व्यक्तिगत स्वार्थमा ख्ह्याल्सलाइ तहस नहस गरी आतंक मच्चाएको हुनाले अब तिम्रो विनाश निश्चित छ भनी अग्निवाण हान्यो । अग्निवाणको तेजले वीर मसानको स्वरुपमा रहेको मिक्रेँ झाँक्रीगुरुको असली रुप प्रकट भएर मृत्यु भयो । त्यसपछि दोबाटोमा लगेर दफन गरियो । यसरी वीर मसान माथि पूर्णरुपमा विजय प्राप्त गर्यो ।

वीर मसान माथि विजय गरेको खुसियालीमा ख्ह्याल्समा दश दिनसम्म उत्सव मनाउने तयारी भयो । उत्सव मनाउँने क्रममा सवभन्दा पहिले वीर समानले मारेका नौजना राजाको प्रतीक नौवटा दुना र सातवटी रानीको प्रतीक सातवटा दुनामा भोजन राखी उत्सवका पूजा गरियो । राजा नोच्यनले वीर मसान माथि विजय गरेको हुनाले सो अवसरमा राजसभाद्धारा ‘खोर्लोह्रिर्मोछे’ मानपदवीद्धारा सम्मान गरियो । यो उत्सवको परम्परा ठिनी ख्ह्याल्समा वर्षेनी चल्दै आयो । नौ दिनसम्म हराहरी मनाएर दशौं दिनमा समापन गरिने यो पर्वलाइ दशहरा (दशै) पनि भनिन्छ । यो उत्सव गुरुङ समुदायमा ‘खेमा नाँब’ पितृ पूजाको नामबाट अविछिन्न प्रचलित हुँदै आए । 
    
शासन व्यवस्था सुरक्षित एवं व्यवस्थित भएकोले शान्ति, उन्नति, प्रगति र समृद्धि भयो । ख्ह्याल्सले स्वर्ण युगमा प्रवेश ग¥यो । समृद्धिका कारण टाढा टाढाबाट ख्लेप्रेँेगुरुहरु पनि यजमानी गर्न आए । यजमानीको विषयले गर्दा नमगुरुहरु र ख्लेप्रेँेगुरुहरुबीच मनमुटाव भयो । यो अवस्था राजाले थाहा पाएपछि राजसभामा छलफल भयो । यो समस्य यजमानीको विषय भएको हुनाले कुलगुरुबाटै परामर्श होस, राजाले भने । 
     
यजमानीको सवालमा नमगुरुहरुको कुनै अपत्ति छैन । यजमानी भनेकोे स्वतन्त्र हुन्छ । जनमानसलाइ नमबाट सेवा लिन चाहेमा नमबाट र ख्लेप्रेँबाट लिन चाहेमा ख्लेप्रेँबाट लिन स्वतन्त्र हुनु पर्छ । यजमानी भनेको जनसेवा हो । तर, यजमानीको सवालमा एकले अर्कोलाइ होच्याउँने काम राम्रो हँुदैन । 
     
हे राजन, तपाइँ ठिनी ख्ह्याल्सको शासक हो । न्याया, अन्याय, धर्म, अधर्म, काम, कर्तव्य र आचरणमा के फरक छ ? न्याया निसाफ केलाउँने काम राजाको हो । त्यसलाइ लागु गरेर जनस्तरसम्म पु¥याउने काम राजसभाको सदस्यहरुको जिम्मेवारी हो । हामी नमगुरुहरु त आवश्यता भए परामर्श दिने । अन्यथ, आफ्नो योग्यता अनुसारको शील ग्रहण गरी बस्नु पर्ने हुन्छ । शील भंग गर्न हुँदैन । शील र आचरण भंग ग¥यो भने त्यो धर्म द्रोही हुन्छ । त्यसैले, ‘बहुजन हिताय बहुजन सुखाए’को आधारमा काम गर्नु उपयुक्त हुन्छ, कुलगुरुले परामर्श दिए । 
   
राजसभामा छलफल हुदा नम र ख्लेप्रेँबीच प्रतियोगिता गराउँने । श्रेष्टतालाइ सम्मान गर्नेे सर्वसम्मत भएपछि नम र ख्लेप्रेँेबीच प्रतियोगिता गराउँने निर्णय भयो ।   
     
निर्धारित समयमा ख्लेप्रेँगुरु र नमगुरुबीच नीलगिरी शिखर चढने प्रतियोगिता भयो । प्रतियोगिता जनसमूहको प्रत्यक्ष उपस्थितिमा भएको हुनाले ख्लेप्रेँ मान्ने समूहले ख्लेप्रेँेको सर्मथन गर्दै ख्लेप्रेँगुरु कहाँ पुगे भनेर हेरे । नम मान्ने समूहले नमको सर्मथन गर्दै नमगुरु कहाँ पुगे भनेर हेरे । यसरी हेर्दा, ख्लेप्रेँगुरु हिमालको टुप्पोमा पुग्नै लागेको थियो । तर, नमगुरु भने प्रस्थान बिन्दुमै ध्यान मुद्रमा बसिरहेको थियो । त्यसैले, नमगुरुको शुभचिन्तकहरु चिन्तित भए । बिहान सुर्योदय भएपछि नीलगिरी हिमालको टुप्पोबाट सुर्यको किरण नमगुरुको टाउकोमा झ¥यो । सुर्यको किरणबाट सिधै नीलगिरी हिमालको शिखरमा पुगेर प्रतियोगितामा प्रथम भए । यसरी, सुर्यको किरणमा उड्न सक्ने नमगुरुको योग्यता देखेपछि जनसमूह सबैले नमगुरुको गुनगाण गाएर मलँ थापे । ख्लेप्रेँगुरु प्रतियोगितामा हारेको हुनाले आफ्नो ढ्याङग्रो त्यही भीरमा फाले । ढ्याङग्रो दुइ टुक्र भयो । त्यही घटनाबाट ख्लेप्रेँ गुरुहरुले एकपाटे ढ्याङग्रो बजाएको संस्कार रहन आएको भन्ने जनविश्वास रहेको छ ।
   
राजा नोच्यन ‘खोर्लोह्रिर्मोछे’को उत्तराधिकारीहरुमा फैबच्यन, स्यारच्यन, मैनच्यन, वीरच्यन, थाकच्यन, लोकच्यन र कर्मच्यन गरी ८ पुस्तासम्म रजाइँ गरे । कर्मच्यनको धेरै रानीहरु भएकोले शक्ति केन्द्रहरुको पनि क्रमश उदय हँुदै आयो । उनका भाइ बमच्यनले शक्ति केन्द्रहरुको उपयोग गरेर राजनीतिक विद्रोह ग¥यो । राजनीतिक विद्रोहको कारण कर्मच्यनले राजगद्दी त्यागी गुफा प्रवेश ग¥यो । यस घटनाबाट प्रभावित भएर एउटा समूह क्होल हँुदै ‘ख्होल–सोँ–थर’ आए । उनीहरु तमू भनेर परिचित भए । एउटा सुमूह ‘काली गण्डकी’को तिरैतिर गए । उनीहरु मगर भनेर परिचित भए । एउटा समूह तामाङ भनेर परिचित भए । ठिनी ख्ह्याल्समै बस्नेहरु थकाली भनेर परिचित भए । राजनीतिक विद्रोहको कारणले विशाल ठिनी ख्ह्याल्सको पतन भयो । 
   
कर्मच्यनको जेठो छोरा ख्होलच्यनले एउटा विशाल समूहको नेतृत्व गर्दै उइच्हो, कोदोँ, बगर हुँदै क्होल आएर बसे । क्होलमा केही समय बसेपछि नमुन भन्ज्याङ पार गरेर लमजुङ हिमालको फेदमा अवस्थित पोल्च्हो आइ एकै पटकमा तीन ठाउँमा वस्ती बसालेको हुँनाले सो स्थान ‘ख्होल–सोँ–थर’को नामबाट परिचित भए ।

चोग डीबी गुरुङ 'तमू क्योए दे प्यक्ष्या'को लेखक हुन् । 
12/10/2019

   
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.