Oral history of Gurung, part: I

गुरुङको मौलिक इतिहास, भागः १

गुरुङको श्रुतिवेद (प्यताँ ल्हुताँ)को आधारमा आधारति मौलिक इतिहास । 

गुरुङ जातिको बसाइँ सराइँलाइ सरसर्ति हेर्दा तिब्बतको ‘कुकोँलिँम्हार’ अर्थात कैलाश पर्वतको फेदमा अवस्थित मानसरोवार तालको पश्चिमी भागमा अवस्थित तिङयान भन्ने स्थानमा बसोबास गर्ने हुण जातिका च्यन महापरिवार छैठोँ सताब्दिको मध्यतिर पश्चिम नेपालको ताक्लकोटको घाँटी पार गरेर सफुँती ख्ह्याल्स आइ बसेका थिए । च्यनहरुको संस्कृति बोनवादमा आधारित थियो । अर्थात त्यो संस्कृतिमा बुद्ध धर्मको प्रभाव नदेखिएको हुनाले च्यन परिवारहरु तिब्बतमा बुद्ध धर्मको प्रवेश हुनु पूर्व नै सफुँती ख्ह्याल्स आइ सकेको कुरा तर्कसंगत देखिन्छ । 
     
तिब्बतका राजा श्रोङचोन गम्पोले नेपालका लिच्छवी राजा अंशुवर्माको छोरी राजकुमारी भृकुटीलाइ विवाह गरे । उनले दाइजोमा स्वर्ण बुद्धको प्रतिमा लिएर गएकी थिइन । यो दाइजोबाट तिब्बतको राजदरबारमा बुद्ध धर्म प्रवेश भएको कुराको बलियो आधार दिन्छ । अर्थात तिब्बतमा बुद्ध धर्मको जग भृकुटीद्धारा बसालिएको हुनाले उनी ‘हरिततारा’को नामबाट प्रख्यात छिन् । 
   
यो कुकोँलिँम्हार भने शब्द गुरुङ भाषाको माउ भाषा हो । जसमा कु = देउता, कोँ = पर्वत, लिँ = समथर र म्हार = पवित्र ताल) भन्ने भावार्थ हुन्छ । तमू भाषामा महादेवलाई ‘कोँरुँब’ भन्दछ । कोँ = डाँडा र रुँब = संरक्षण अर्थात डाँडामा बसेर सबैको संरक्षण गर्ने कार्य भन्ने भावार्थ हुन्छ । त्यसैले, ‘कुकोँलिँम्हार’ भन्ने शब्द यस प्रसंगमा तर्कसंगत हुन आउछ ।  
   
त्यस बखत सफुँती ख्ह्याल्स हिमालय वारपार सामानबाट सामान साटेर ‘बार्टर’ व्यवसाय गर्ने ठूलो केन्द्र थियो । पछि कर्णाली प्रदेशका खस राजाहरुले सफुँती  ख्ह्याल्सलाइ सिजपति शहर नामाकरण गरी आफ्नो राजधानी बनाएका थिए । सिजपति शहर साविकको जुम्ला जिल्लाको सदरमुकामदेखि उत्तर दिशामा अवस्थित छ ।  
   

सफुँती ख्ह्याल्समा बसेका च्यन महापरिवारलाइ तिमीहरु कहाँबाट आएको भनेर त्यहाँका मानिसहरुले सोध्दा ‘तुइमा’ अर्थात माथिबाट आएको भनेर भन्यो । त्यस बखत च्यन महापरिवारले आफुलाइ ‘तुमै र अरुलाई मामै’ भन्ने गर्दथ्यो । यस प्रसंगलाइ हेर्दा तुमैबाट ‘तमू’ र मामैबाट ‘बामै’ वा तलका मानिसहरु भन्ने शब्दको विकास हुन आएको बलियो आधार दिन्छ । 
   
सफुँती ख्ह्याल्समा च्यन परिवारले स्वतन्त्र राज्य स्थापना गरी राजा ज्याँबरुच्यनदेखि तपुच्यन, म्हिपुच्यन, क्रोनाच्यन, मैनाच्यन र पैमा दग्र्योच्यन गरी ६ पुस्तासम्म रजाइँ गरे । राजा पैमादग्र्यो च्यनको नोच्यन र लोच्यन नाम गरेका दुइजना राजकुमारहरु थिए । 
   
गुरुङको सामाजिक संस्कार अनुसार चैत्र र असोज महिनामा राजपरिवारले एक हप्ता शिकार खेल्ने परम्परा रहेको थियो । त्यही परम्परा अनुसार युवराज नोच्यनले आफ्नो दलबल लिएर सफुँती ख्ह्याल्सबाट पूर्व दिशा हुँदै शिकार खेल्दै गयो । रात परेपछि एउटा राम्रो बन्दोवस्त भएको ओडारमा बास बस्यो । राति अचानक ऋतु विपरीतको मौसम भएर भीषण हिमपात भयो । उक्त हिमपातले नोच्यनको सिकारी दलबल सबै बगाएर लग्यो । तर, नोच्यनको भाग्य बलियो भएको हुनाले पहिरोबाट भाग्न सफल भए । राती भाग्दा भाग्दा जौ बारीमा पुग्यो । जौबारी देखेपछि अब त गाउँ पनि नजिकै आइपुगेछ भन्ठानेर बाटो माथिको जौ बारीमा गएर अराम गर्दा त्यही भुसुक्कै निदाए ।
   
साविकको मुस्ताङ जिल्लाको ठिनी गाउँमा माउरो जातिहरुको विशाल ठिनी ख्ह्याल्स थियो । त्यहाँ खादो भन्ने राजाले शासन गर्दथे । असोज महिनाको शुक्लापक्षको अष्टमीको राति खदो राजा र कुसु भन्ने रानीको हत्या भयो । राजा रानीको हत्या भएपछि दरबार खाली भयो ।
   
राजदरबार खाली राख्न हँुदैन भन्ने मान्यता रहेकोले मन्त्री ननख्ह्रोँलाइ राजा बनाइ गद्दी चढायो । गद्दी चढाएको एक महिना भित्र नयाँ राजाको पनि हत्या भयो । यसरी ठिनी ख्ह्याल्समा राजा र रानीको हत्या भएपछि हाहाकार मच्चियो । शान्ति सुरक्षा कमजोर भएकोले जनताहरु आतंकित भए । दुबै राजा र रानीको एकै तरिकाले हत्या भएको देखेर अर्सैं भन्ने सेनापतिको तजबिजमा एउटा आयोग गठन गरेर हत्याको बारेमा अनुसन्धान ग¥यो । 
   
त्यस समय ठिनी ख्ह्याल्समा त्रिकालदर्शी कर्मअप नमगुरु नौ वर्ष, नौ महिना र नौ दिनसम्म गुफा बसेका थिए । नमगुरु गुफाबाट निस्कने दिनमा अनुसन्धानमा खटेको टोली गुफामा पुगेर नमलाइ ढोगभेट गरी ख्ह्याल्समा तत्काल भइरहेका घटना र आतंकको बारेमा अवगत गराए । 
   
नमगुरुले समय चक्रको अध्ययन गरेर यी राजा र रानीहरु हेरि हेरिनसक्ने, बुझि बुझिनसक्ने अजंगको ‘अजिमो फजिमो’ भन्ने मायवी वीर मसानले मारेका हुन् । यो वीर मसान आफै आएका होइनन् । कुनै गुरुले साधना गरेर पठाएको हो । त्यसैले, यो वीर मसानलाइ तीन आखा भएको महाप्रतापी राजाले मात्र दमन गर्न सक्दछ, भविष्य वाणी गरे । नमगुरुको भविष्य वाणी सुनेर त्यहाँ गएका भलाद्मीहरु सबै अचम्म मान्दै राज्यमा फर्किए ।

ठिनी ख्ह्याल्समा राजसभा भयो । राजा नभएको हुनाले ढग भन्ने जेठो सभासद्को अध्यक्षतामा राजसभा बस्यो । अनुसन्धानको टोली प्रमुखलाइ राजा र रानीको हत्याको बारेमा के कति प्रगति भयो भनेर सोधे पछि, सेनापतिले यी राजा र रानीहरु हेरि हेरिनसक्ने, बुझि बुझिनसक्ने अजंगको ‘अजिमो फजिमो’ भन्ने वीर मसानले मारेका हुन् । यो वीर मसान आफै आएका होइनन् । कुनै गुरुले साधना गरेर पठाएको हो । त्यसैले, यो वीर मसानलाइ तीन आखा भएको महाप्रतापी राजाले मात्र दमन गर्न सक्दछ, त्रिकालदर्शी कर्मअप नमगुरुको भविष्य वाणी हुबहु दोहो¥याए । भविष्य वाणी सुनेपछि सबै अचम्म भए ।

ठिनी ख्ह्याल्सको संस्कार अनुसार ६, ६ महिनमा उभौली र उद्यौली ‘ठ्होत्हेँ’ अर्थात सामाजिक पूजा गर्दा राजा र रानीको उपस्थिति हुन अनिवार्य थियो । किनभने ‘ठ्होत्हेँ’ समापन भएपछि राजाले उपस्थित जनसमूहलाइ सम्वोधन गर्दै अशिमलँ दिने परम्परा रहेको थियो । आज भोलि, पर्सि गर्दै फेरी ‘ठ्होत्हेँ’ गर्ने समय आइ पुग्यो । राजा र रानीको चयन गर्न राजसभा बस्यो तर, राजसभाका सदस्यहरु कोही पनि राजा हुन चाहेनन् । किनभने राजा हुने बित्तिकै एक महिना भित्र उनको मृत्यु निश्चित थियो । त्यसैले, सोझो, सादा र निमुखालाइ फकाइ फुलाइ राजा रानी चयन गरी राजगद्दी चढाइ ‘ठ्होत्हेँ’ गरिन्थ्यो । शुक्लपक्षको अष्टमीको राती राजा रानीको हत्या हुन्थ्यो । यसरी राजा रानी सबैको एकै किसिमले हत्या हुदै रह्यो । त्यसकारण, राज्य पूर्णरुपमा भयभीत एवं आतंकित थियो । राज्यको व्यवस्था लथालिंग भएर हाहाकार मच्चियो । महामारी फैलिएकोले धेरै मानिसहरुको अकालमै मृत्यु भयो ।  
   
एक दिन बिहान सबेरै ठिनी ख्ह्याल्सका गोठालाहरु भेडा बाख्रा चराउँन निस्किए । चराउँदै जाँदा बाटो माथिको जौ बारीमा पुगे । जौ बारीमा भूत जस्तो अजंगको मानिस सुतिरहेको देखे । लौ, राज्यमा आतंकित गर्ने भूत त यही पो सुतिरहेछ भन्ठानेर गोठालोहरुले घट्नाको जानकारी गराए । गाउँको भलाद्मीहरुले सबै मानिसलाइ भेला गराइ हतियार लिइ जौ बारीमा पुगे । जनसमूहलाइ सुरक्षित स्थानमा बस्न लगाएर जेठो सभासदले पाँचजना बलिया ठिटाहरुलाइ लाठी मुङ्ग्रा लिन लगाएर त्यो मान्छे भएको ठाउँमा गए । 
   
ए, तिमी को हौँ ? भूत हो कि मान्छे भनेर ढगले सोध्यो ? ढगको ठूलो आवाज सुनेपछि त्यो मान्छे पनि निन्द्रबाट उठ्यो र तपाइँहरु को हो नि ? प्रतिप्रश्न ग¥यो । तिमी को हो ? ढगले दोस्रो पटक सोध्दा, म सफुँती  ख्ह्याल्सको युवराज नोच्यन हुँ । एक हप्ता अगाडि सिकार खेल्ने दलबल लिएर ख्ह्याल्सबाट निस्किएको थिए । राति अचानक ऋतु विपरीत मौसम भएर हिमपहिरो आइ सिकारी दलबल सबै बगाएर लग्यो । शौभाग्यले म मात्र भाग्न सफल भए । बेसुरमा भाग्दा भाग्दा यहाँ जौ बारी देखे । जौ बारी देखेपछि यही वरपर कतै गाउँ पनि होला भन्ठाने । केही समय अराम गर्न जौ बारीमा बसेको थिए । यही भुसुक्कै निदाए छु । अहिले तपाइँहरुको चर्को हल्लाले गर्दा बिउँझिए, नोच्यनले भन्यो । 
   
जेठो सभासद् ढगले वास्तवमा यो मान्छे युवराज हो होइन भनेर उनको अवस्थाको अध्ययन गर्दा, नोच्यनको अवस्था यस्तो देख्यो— अग्लो, मोटो, टाउके, तेजिलो आँखा, तीन आँखे, लामकाने, चौडा छाती, भाला, तरवार, धनुषकाँड भिरेको कालो माला लगाएको, कम्मरमा बाँधेको छालाको पेटीमा विभिन्न थरीका स–साना घारिलो हतियारहरु सजाएको, नवजवान, युवराज नभए पनि होला जस्तो थियो । तिमी के खान्छौं यस्तो अजंगको भएको र तिम्रो पौराख के छ ? भनी ढगले सोध्यो । 
   
म एक छाकमा सिंगै एउटा जिवत र तीन मानाको भात खान्छु । मेरो पौराख भनेको माथिबाट आउँने पैरो रोक्न सक्छु । तलबाट आउँने हुरी बतास रोक्न सक्छु । भूत प्रेत र वीर मसानलाइ दमन गर्न सक्छु । न्याया निसाफ राम्रोसंग केलाउन सक्छु, नोच्यनले भन्यो । 
   
नोच्यनसंग यति संवाद गरिसकेपछि उनलाइ कर्मअप नमगुरुको भविष्य वाणी स्मरण भयो । नोच्यनले भूत प्रेत र वीर मसानलाइ दमन गर्न सक्यो भने, हाम्रो ठिनी ख्याल्स फेरि पनि समृद्ध हुन सक्दछ । तपाइँको विचार के छ ? सेनापतिसंग सोध्यो । नमगुरुको भविष्य वाणी र आजको घटनाको संयोग मिल्दो जुल्दो छ, सेनापतिले पनि सहमति जनायो ।  
     
हे ठिनीबासी हो, हाम्रो ख्ह्याल्समा महाप्रतापी राजा नभएकाले शासन व्यवस्था लथालिङ्ग भएको छ । यो युवराज बडो सुरवीर र महाप्रतापी देखिन्छ । उनी राजा भएर भूत प्रेत र वीर मसानलाइ दमन गर्न सक्यो भने हाम्रो ख्याल्स फेरि पनि समृद्ध हुन सक्दछ । यसमा तपाइँहरुको राय के छ ? भनेर सोध्दा, तपाइँको विचार राम्रो छ भनेर ताली बजाएर समर्थन जनाएपछि, नोच्यनलाइ ठिनी ख्याल्सको राजा घोषणा गरी गद्दि चढाए । 

चोग डीबी गुरुङ तमू क्योए दे प्यक्षयाको लेखक हुन् । 
12/09/2019
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.