गीतकार एकेन्द्र गुरुङको नाम उच्चारण गर्ने वित्तिकै “रिमै थुमै प्रेतन रोधीँरी, प्रिन स्यन तिखेर्बे जुनिरी, माया पिरती थेदों शिरमाथि ।” यो गीत २०६४ सालतिर प्रथम पटक सार्वजनिक गरिएको थियो । गीत अत्यन्तै लोकप्रिय भएकाले विवाह, पार्टी, भोजभतेर, रोधीं, दोहारी साँझमा पनि धेरै बजेको गीतमा दरियो । यसरी “रिमै थुमै प्रेतना रोधीँरि” बोलको गीत सर्वाधिक चर्चामा रह्यो । एफएम रेडियोहरुमा धेरै बज्ने मातृ भाषी गीतको पुरस्कारबाट पनि सम्मानित हुनु भयो । गीतकार भनेर चिनिने मौका पनि यही गीतबाट पाएँ, वहाँ भन्नु हुन्छ । युट्युवमा हेर्नेहरुको संख्या मिलियनको हराहारीमा देखिन्छ ।
नेपालमा ‘फोटो जेनेटिक’ नामले प्रसिद्ध पसगाउँ समुद्र सतहबाट १५०० मिटरको उचाइमा अवस्थित छ । साविक पसगाउँ, हाल क्होलसोंथर गाउँपालिका वडा नंं ६, लमजुङमा गीतकार एकेन्द्र गुरुङको जन्म २०११ साल कार्तिक २७ गते मावली गाउँ गिलुङ्गमा, बाजे जि.मु. धनसुब्बा गुरुङको घरमा भएको थियो ।
वहाँको प्रारम्भिक शिक्षा ‘त्रिग्राम विद्या मन्दिर प्राथमिक विद्यालय’बाट आरम्भ भएर ‘इशानेश्वर प्रमोद माध्यमिक विद्यालय’ भोर्लेटार हालको मध्यनेपाल नगरपालिकामा माध्यमिक शिक्षा पुरा गर्नु भयो । पृथ्वीसुब्बा गुरुङ, हेम बहादुर गुरुङ, तिर्थ पराजुली, बिष्णु पराजुली, बद्रिबिनोद खनाल, भाग्यशाली धिमिरे, तुलसी घले, जसबहादुर गुरुङलगायत साथीहरुको सम्झना अहिले पनि ताजै छ, वहाँ भन्नु हुन्छ ।
८ वर्षको कलिलै उमेरमा बुवा गंगा गुरुङको देहवासन भयो । आमा सुनकुमारी गुरुङ, दिदीहरु चीजमाया, धनकाशी गुरुङ र सानी आमा महाकालीको सहयोगमा २०२७ सालमा एसएलसी उत्र्तीण गरेपछि, उनी पसगाउँ फर्के । ‘पसगाउँ ठाँटी निमाविमा,’ एक वर्ष प्रधानाध्यापक भएर सेवा गरे पश्चात उच्च शिक्षाका लागि पृथ्वी नारायण क्याम्पस पोखरा, जानु भयो ।
कलेज विदा हुने समयमा गाउँ जादा, साथीभाइ, मेलापात, गाउँवेसी, गोठला, खेतला, रोधीं, भैलो, घाँटु, सोरठी, कृष्ण चरित्र, पुटपुटे, विवाह, आर्धु, म्होसि, दशैं, तिहार, ल्होछार, चण्डी पूर्णिमा जस्ता विविध विषयमा देख्ने, सिक्ने र अनुभव गर्ने अवसर पाएँ । त्यस्तै, भिरमौरी काट्ने, शिकार खेल्ने, माछा मार्ने, निगाला र पुवा (थैली, डोरी भाङ्ग्रा बनाउने र सिस्नु काट्ने चलन पनि नजिकैबाट सिक्ने मौका पाएँ, वहाँ भन्नु हुन्छ ।
पृथ्वी नरायण क्याम्पस पोखरामा स्नातक पुरा गरेपछि आपूmले अध्ययन गरेको प्राथमिक विद्यालयलाइ माध्यमिक विद्यालय संचालन गर्न गिलुङ्ग फर्कनु भयो । पोखरा बस्दा बिक्रम, सरुभक्त, अरुण, तीर्थ, अर्जुनजङ्ग र लाल जस्ता गीत संगीतको साथीहरुसंग संगत भयो । “एउटा घरको कथा होइन” नामको सरुभक्तको नाटकमा अभिनय गर्ने अवसर पनि जुटेको थियो, भन्नु हुन्छ ।
पृथ्वी नरायण क्याम्पस पोखरामा स्नातक पुरा गरेपछि आपूmले अध्ययन गरेको प्राथमिक विद्यालयलाइ माध्यमिक विद्यालय संचालन गर्न गिलुङ्ग फर्कनु भयो । पोखरा बस्दा बिक्रम, सरुभक्त, अरुण, तीर्थ, अर्जुनजङ्ग र लाल जस्ता गीत संगीतको साथीहरुसंग संगत भयो । “एउटा घरको कथा होइन” नामको सरुभक्तको नाटकमा अभिनय गर्ने अवसर पनि जुटेको थियो, भन्नु हुन्छ ।
परिवारको हकमा ३ छोरी क्रमशः पवित्रा गुरुङ, शिरिष गुरुङ, रोशनी गुरुङ र छोरा सन्देश गुरुङ गरि चार सन्तान भएकोमा जेठी छोरी पवित्राको हङ्गकङ्गमा देहवासन भैसकेको हुँदा, त्यो उनको जीवनको सबैभन्दा दुःखद क्षण थियो । यस्तो दुखद घडी जिन्दगीमा कसैलाइ पनि नहोस् भन्नु हुन्छ । बाँकी छोरा छोरी सबैको विहेवारी भैसकेका छन् ।
हिजो कखरा पढेको प्राथमिक विद्यालयलाइ माध्यमिक विद्यालय बनाउने क्रममा ‘बुद्धोदय माध्यमिक विद्यालय’ हाल उच्च माविमा पढाउने थालें । यसै दरवन्दीबाट प्रधानाध्यापक भएर चौध वर्ष लगातार चेतनाको दियो बाल्ने प्रयास गरेँ । त्यस समय देशमा भएका राजनीतिक उत्तरव चढावको तितो अनुभव पनि गरें । दुर्गम क्षेत्रको जनता माँझ शिक्षाको पहुँच पु¥याउन बेलायतको ‘पहार ट्रष्ट नेपाल’संग मिलेर नयाँ भवन र छात्रावासको निर्माण गरे । लगत्तै विद्यालयको रजत जयन्ती पनि भव्यताका साथ सुसम्पन्न भयो ।
माध्यमिक तहबाट उच्च माध्यमिक विद्यालय बनाएर, जनताको घरमा प्लस टु को शिक्षाबाट लाभान्वित गराउनु चुनौतिको विषय थियोे । तैपनि रजत जयन्ती समारोहमा पारित संकल्प प्रस्तावबाट सफल भयो । यस क्रममा नेपाल बाल संगठन लमजुङ्ग, नेपाल रेडक्रस सोसाइटी लमजुङ्गको आजीवन सदस्य र जिल्ला खेलकुद विकास समिति लमजुङ्गमा रहेर काम गर्ने अवसर पाए, भन्नु हुन्छ ।
विद्यालयको अतिरिक्त क्रियाकलाप र सांस्कृतिक कार्यक्रमहरुमा अग्रपंक्तिमा रहेर काम गर्दाको क्षण सम्झदा खुशी लाग्छ ! जिल्ला स्तरीय अन्तर विद्यालय खेलकुद र सांस्कृतिक प्रतियोगिताहरुका साथै विरेन्द्र शिल्ड प्रतियोगितामा निभाएको विशेष भूमिका अझै ताजै छ । जसले निर्णय गर्नसक्ने क्षमता बढाएको महसुस हुन्छ ।
तत्कालिन समयमा राजाको भ्रमण र सार्क सम्मेलन जस्ता महत्वपूर्ण कार्यक्रमहरुमा हुने सांस्कृतिक कार्यक्रमहरुमा लमजुङ्गको प्रतिनिधि भएर काम गर्ने अवसर पाए । त्यही समय देखि विभिन्न सांस्कृतिक कार्यक्रम र झाँकी प्रर्दशनमा निर्णायकको भूमिका गर्दै आएको छु, वहाँ भन्नु हुन्छ ।
शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै जिल्ला शिक्षा समिति लमजुङ्गले शिक्षा दिवस पुरस्कारबाट सम्मानित हुनु भयो । जिवनको वास्तविकतानै उकाली, ओराली र घुम्तिहरु रहेछन् । मानिसहरु सुनौला भविश्यको लागि विकसित मुलुकहरुमा जाने क्रम बढेका छन् । भुमण्डलीकरणले गर्दा, विश्व एउटा साझा घरको रुपमा व्याख्या गरिदै छ, वहाँको प्रज्जवलित तर्क थियो ।
गीतकार एकेन्द्र गुरुङ भन्नु हुन्छ, लेखन शौख सानै देखिको हो । उनको दर्जनौँ गीतहरु रेकार्ड भैसकेका छन तर “रिमै थुमै प्रेतन रोधीँरि” बोलको गीत सर्वाधिक चर्चामा रह्यो । यो गीत यति धेरै चर्चामा आउलन भनेर कल्पना पनि गरेको थिइन । गीतकार भन्ने विशेषण पनि यहीबाट महसुस भयो, वहाँ भन्नु हुन्छ ।
सन् १९९०को दशक पछि भुमण्डलीकरणले गर्दा, नेपाली समाजमा आरोह अवरोहहरु देखियो । त्यही मेसोमा उनी पनि सन् १९९६मा सपरिवार हङ्गकङ्ग गए । प्रवासमा मर्दापर्दा धेरै अप्ठेरो महशुस भएकाले ‘तमू ट्हो ह्यूल’ हङ्गकङ्गको स्थापना ग¥यौं । शुरुमा सचिव र पछि अध्यक्ष भएर संस्थाको सेवा गरे । संस्कृतिको संरक्षण गर्न रोधी साँझको थालनी भयोे । यसबाट तमू भाषा, संस्कृति, संरक्षण र सम्वद्र्धनमा टेवा पुगेको वहाँको बुझाइ रहेको छ ।
त्यहीबेला ‘लमजुङ्ग सेवा समिति’ हङ्गकङ्ग स्थापना ग¥यौं । दुइ कार्यकाल सेवा समितिको अध्यक्ष भएर सेवा गर्ने अवसर पाए । हङ्गकङ्गमा रहँदा पनि मन नेपालमै रहन्थ्यो । त्यहिबेला स्वर्गीय लोकबहादुर गुरुङ र श्याम गुरुङसंग मिलेर गुरुङ भाषाको चलचित्र निर्माण गर्ने काम भयो । ‘कर्मु’बाट शुरु गरेको गुरुङ भाषाको चलचित्र निर्माण क्रम जारीनै छ ।
उनी सन् २००८ सालमा हङ्गकङ्गबाट बेलायत गए पछि त्यहाँका ‘तमू धीँ’ लगाएत दर्जनौँ संघ संस्थामा सल्लाहकार हुनुहुन्छ । नेपालमा लोक बहादुर गुरुङ स्मृति प्रतिष्ठानको संरक्षक, गुरुङ चलचित्र संघ नेपालको र गुरुङ साहित्यिक मंच नेपाल र तमू संसार त्रैमासिकको पनि सल्लाहकार हुनुहुन्छ । लमजुङ बेशिसहरमा निर्माण भएको तमू संग्रहालयलाई ‘लमजुङ समाज’ युकेको सहयोगमा ३८ लाख रुपैयाँ र स्वर्गीय लोक बहादुर गुरुङ स्मृति प्रतिष्ठानलाइ १२ लाख रुपैयाँ संकलन गर्ने क्रममा पनि वहाँ संयोजक हुनुहुन्थ्यो ।
उनको योगदानलाइ कदर गर्दै ‘तमू ह्युल छोज धीँ’ बेशिसहरबाट सम्मान–पत्र, वुद्धोदय उच्च माध्यमिक विद्यालयबाट अभिनन्दन–पत्र, तमू धीँ युकेबाट २०१७को आर्दश तमू सम्मान–पत्रबाट पनि सम्मानित हुनुहुन्छ ।
गुरुङ भाषी चलचित्र निर्माणले गुरुङ भाषा, संस्कार, संस्कृति, कला, साहित्यको संरक्षण र सम्वद्र्धन हुन्छ भन्ने मान्यताले गर्दा, तमू चलचित्र निर्माणमा आकर्षित हुनुहुन्छ । भविश्यमा पनि तमू भाषी चलचित्र निर्माण गर्ने चाहना राख्नु भएको छ । क्रमू, प्ह«ेस्यो, धीँ र युम्पो देउराली तमू चलचित्र निर्माण गरिसकेका छन् । उनकै शब्दमा आधा दर्जन भन्दा बढी गीतको भिज्युअल भैसकेका छन् । एक दर्जन भन्दा बढी गुरुङ भाषामा गीत रेकर्ड गराइ सक्नु भएका छन् ।
समय अनुकुल विभिन्न पत्रपत्रिकामा प्रकाशित लेख, रचनाहरुको संगालो ‘मनका तरंगहरु’ र नेपाली गीतहरुको पुस्तक ‘धर्तीमा जून’ तमू साहित्य मन्च, पोखराले प्रकाशन गरेका छन् । मनका तरंगहरुमा गुरुङको भाषा, साहित्य, इतिहास, परम्परा, चाडपर्व, संस्कार, संस्कृति, आदिवासी जनजातिको अवस्था, ग्रामीन पर्यटन, नमुना घले गाउँ, गुरुङ भाषाको गीत, चलचित्र, कर्मयोगी शेष घले, कर्मनिष्ठ सुर्य गुरुङ, सिक्लेस, ताक्लेकोट र गिलुङ गाउँको सटिक रुपमा चित्रण गर्नु भएको छ । यस बाहेक प्रवासमा स्थापना भएका गुरुङको संघ संस्थाहरुको पनि विस्तारमा चर्चा गर्दै तमू एकतामा बेजोड आवाज दिनु भएको छ ।
यसैगरी धर्तीमा जून गीत संग्रहमा २०वटा गुरुङ गीत र ८५वटा नेपाली गीत समावेश गर्नु भएको छ । गीतको प्रत्येक शब्दको कोषा कोषामा नेपालीपन प्रतिबिम्बित भएको आभास हुन्छ । यस्तो उत्कृष्ट कृतिहरुले नेपाली साहित्य भण्डारमा सुनौलो इटा थप्ने कुरामा हामिलाइ विश्वास छ । यस्ता अब्बल दर्जका स्रष्टा धर्तीमा विरलै उदाउने गर्दछ ।
बेलायतको गुरुङ समुदायले गुरुङ भाषा, संस्कार र संस्कृतिलाइ संरक्षण गर्न स्थापना भएको ‘तमू फोरम युके’ले लेख्न थालेको ‘गुरुङ हिरिटेज त्रिभाषी’ पुस्तकको लेखन जिम्मेवारी दिएकाले हाल लेखन कार्यमा व्यस्त हुनुहुन्छ । जिवनको उत्तरार्दमा पनि लेख्ने पढ्ने प्रयासमा छु, वहाँ ढुक्कसंग भन्नु हुन्छ ।
चर्चित स्रष्टा गीतकार गुरुङले भाषालाइ गीत र चलचित्रको माध्यामबाट सजिलोसंग बुझ्न सकिन्छ । बुझे पछि सजिलो र मिठो हुन्छ । त्यसैले, आम गुरुङहरुलाइ गुरुङ भाषी चलचित्र हेरेर वा गीतहरु सुनेर सुझाव दिन हुन यो स्रष्टा परिचय कार्यक्रम मार्फत हार्दिक अनुरोध गर्नु भएको छ ।
वहाँ अहिले सपरिवार अल्डरसट युकेमा हुनुहुन्छ । वहाँको उत्कृष्ट लेखन यात्राले निरन्तरता पाउन । यही हाम्रो शुभकामना छ ।
प्रस्तोताः चोग डीबी गुरुङ, अमेरिका ।
12/09/2019
डीवी म्हिथेवामा थपौं सम्मानका दुई शव्दः-
जवाब देंहटाएंवहाँ त हामी तमू गुरुङ्ग जातिको भाषा लिपी धर्म संस्कार संस्कृति रितिथिती रोस रोवास सिल सुवास परम्परा जस्ता प्रत्येक हाँगा डाँडी तथा आख्ला आँख्लाका विश्लेषक हुनु हुन्छ । अर्थात तमू नासा गुरुङ्ग गाउँमा जन्मि भेडी गोठमा हर्केका शहरमा पढेर वढेका मस्र्याङ्गदी नदीको माछा झैं सयौं हुण्डरी खाएर जोदा वन्नु भएका खाँटी सपुत हुनु हुन्छ । आफै लामा कुलमा जन्मि ज्ञान गुण लिनु भएका पर्से घले राजा यम्फावति रानी वारेको ईतिवृक्ति कुसुण्डि चरित्रका ज्ञाता हुनु हुन्छ । तमू समाजमा विद्यमान रोधीं सोह्रठी घाँटु चरित्रका जानाकार तथा मूुखिया जिम्मुवाल द्धारे चौतारे अमली सुव्वा समेतको अख्तियारी वारे राम्रो अनुभूति छ । वहाँले हामी तमू गुरुङ्गहरुलाई तमू लिपीको परिमार्जन भाषा संवन्धमा शव्दकोष र व्याकरण समेत तैयार पारेर पस्कनु भएको छ । हाम्रो धर्म संस्कार संस्कृति तथा सामाजिक परम्परा एवं तमूको वेद क्यार्लों क्ल्हे सोंदी प्ह्रेसोंदी पूर्खा आजी खे आजीमाँ आदी वारेमा हाम्रा भावी पिंडीहरुलाई सिकाउँदै जस्ताको तस्तै पुश्ता हस्तान्तरण गर्ने अथक प्रयत्न गरी रहनु भएको छ ।
भगवान वुद्धका दर्शन वारेको गहिरो अध्ययन तथा ज्ञान प्राप्तिको फलस्वरुप वुद्ध वचन वाचन गरी रहनु भएको छ । त्रीरत्न, चार आर्य सत्य, अष्टाङ्गीक मार्गका प्रखर वक्ता तथा सक्षमता राख्नु हुने म्हिथेवा त हाम्रा साक्षत शास्ता (सिकाउँने सफल गुरु) हुनु हुन्छ । हामीलाई यसरी गौरवको अनुभूति दिलाई रहनु भएको छ । यति मात्र कहाँ हो र ? लेखेर प्रतिभा र क्षमता प्रदर्शन गरी अभियन्ता वन्न चहाने हामी सवैलाई पहिला “गुरुङ राईटर्स डट कम” र अहिले अनलाईन व्लग जस्तो मञ्च तैयार पारी दिई रहनु भएको छ । यि सव कुरामा पारङ्गत तथ्य मनन गरेर वहाँलाई हामी सवैले सादर सम्मान गरौं । साधु ! साधु ! जय वुद्ध !
-अरुण कुमार गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका
choga Arun Gurung mhitheba, Thank you for comment. Gyasaje.
हटाएं