Profile of Amar Lem Gurung, UK.

choga Amar P Lem Gurung, UK.
गुरुङ भाषाको लेखक तथा अभियन्ता 
चोग अमर प्रसाद लेम  गुरुङ, बेलायत:

चोग अमर लेम गुरुङको नाम उच्चारण गर्ने वित्तिकै ‘गुरुङ (तमू) भाषा सिक्नुहोस्’ नामक पुस्तकको स्मरण हुन्छ । विशुद्ध धान्द्रुकको स्थानीय भाषाको आधारमा लेखिएको उक्त पुस्तकले पाठकहरुको मन जित्न सफल भएको छ । भाषा सिक्नका लागि पुस्तक अत्यन्तै उपयोगि छ । सबैले एक पटक पढन आवश्यक छ ।          

गुरुङ भाषा दिन प्रतिदिन लोपोन्मुख हुँदै गएकोले चिन्तजनक अवस्था छ । त्यसैले, भाषाको संरक्षणका लागि घान्द्रुक समाज युकेले प्रत्येक वर्ष वार्षिक भेटधाट कार्यक्रमको दिनमा भाषा समितिको उपाध्यक्ष नारायण सिँह कोनेको सहकार्यमा बिस वर्ष मुनिका युवा युवतीहरुलाइ सन् २०१५ देखि भाषा प्रतियोगिता सञ्चालन गर्दै आउनु भएको छ । विश्वभर छरिएर रहेका गुरुङ संघ संस्थाहरुले पनि भाषा बचाउनका लागि आवश्यक कदम उठाउनु पर्ने वहाँको जोडदार अपील छ । त्यसैले, चोग अमर लेम गुरुङले भाइबरको सञ्जाल मार्फत गुरुङ भाषा कक्षा सञ्चालन गरेर भाषामा एक रुपता ल्याउने प्रयास गर्नु भएको छ । उनको प्रयास सह्रायिन र प्रशंसनिय छ । आजसम्म विविध विषयमा ५१ पाठसम्म विशाल भण्डार सम्प्रेशन गर्न सफल हुनु भएको छ । सञ्जालमा २५१ जना भाषा प्रेमिहरुको सहभागिता रहेका छन् ।

अमर लेमको नामको अगाडी चोग भन्ने शब्द थपिएको छ । यो शब्द गुरुङ भाषाको विशेषण हो । यसको शाब्दिक अर्थ जान्ने, सुन्ने, विज्ञ वा प्राज्ञ भन्ने हुन्छ । उनको पुरा नाम अमर प्रसाद लेम ९तमु० गुरुङ हो । उनलाइ सबैले अमर लेम तमु र घान्द्रुक गाउँमा नेपालेमये च्योँ (नेपालेको कान्छा० को नामबाट चिन्छन् । यसो भन्नुको कारण उहिले काठमाडौलाई नेपाल भन्ने रहेछ । उनको बाजे काठमाडौमा बस्ने हुनाले, बाजेलाई गाउँमा सबैले नेपाले भन्ने रहेछन । तसर्थ वहाँको सन्तानलाई घान्द्रुक गाउँमा सबैले नेपालेमये भन्छन ।
     

उनको जन्म कास्की जिल्ला अन्तर्गत हिमालको काखमा प्रकृतिले सिंगारिएको सुन्दर स्थान, तमुहरुको घना बस्ती, ढुङ्गै ढुङ्गाले बनेको घरहरु र बाटोघाटो भएको रमणिय पर्यटकीय ढुङ्गेनी गाउँ अन्तर्गत घान्द्रुक ८, डाँडागाउँ गहिरीगाउँ ९म्रुम्चु ९बारघर० गाउँमा भएको थियो। हाल अन्नपुर्ण गाउँ पालिका अन्तर्गत वडा नं ११मा पर्दछ। पिता स्व। बिर्तराज लेम तमु र माता स्व। मुक्ति कुमारी तमुस्योको कोख बाट २०१२ सालमा जन्म भएको थियो । उनको दुइ जना दिदीहरु र एक जना दाजु हुनुहुन्छ । परिवारमा कान्छो भएकोले सबैले पुल्पुल्याउदै पालन पोषण भएको थियो ।
     
उनको विवाह शान्ति नगर, भैरहवा निवासी मामा श्री रुद्रबहादुर कोने तमु र माईजु कोपिला तमुस्योको जेठी छोरी संगीता कोन्स्योसँग मागी बिबाह भयो। त्यसपछि केहि बर्षको अन्तरालमा छोरो रोविन लेम तमु र छोरी पुर्णिमा लेम तमुस्योको जन्म भयो।   
      
छोरी पुर्णिमा लेम्स्यो हङ्कङमा हुँदा मिस हङ्कङ, नेपाल २००५ को ताज पहिरण सफल भएकी थिईन  ।  हाल लिथुनिय नागरिक  विटालिज नेवर्केटिब् सँग बिबाह सम्पन्न भै Red Hat Web. UK मा कार्यरत छिन्। छोरा डा। रोविन लेम तमुले चीनको शिचुवान युनिभर्सिटीबाट एम.बी.बी.यस. शिक्षा पुरा गरि फर्केपछि युकेमा डाक्टर पेसामा कार्यरत छन्। साथै छोराको लमजुङ  बेंसीसहर निवासी कबिराज गुरुङ र तारादेवी गुरुङको सुपुत्री डा। अमिता तमुस्योसँग हालै विवाह सम्पन्न भयो।
  
उनको प्रारम्भिक शिक्षा श्री जनजागृती प्राथमिक विद्यालय म्रुम्चु बारघर, प्लेईं चौतराबाट आरम्भ गरेर त्रिभुवान विश्वविद्यालयबाट शिक्षामा स्तानक, नन्क्रेडिड टीचर ट्रेनिङ्ग र Gold Meir Mount Carmel International Training Centre, Haifa Israel बाट Early Childhood Education Training प्राप्त गर्नु भयो ।
     
पेसाको क्रममा सर्बप्रथम श्री मेश्रम बराह निम्न माद्यमिक विद्यालय घान्द्रुकमा केहि महिना शिक्षण पेसा। त्यसपछि काँढे, लुम्ले गाउँमा संयुक्त अधिरज्य बेलायत बाट सञ्चालित Lumle Agricultural Research Center, project द्धारा संचालित बाल मन्दिर विद्यालयमा प्रिन्सिपल पदमा नियुक्त भै झण्डै २० बर्ष चेतनाको दियो बालेर स्वइच्छाले अवकास लिनु भयो । त्यसपछि भुमण्डलीकरणको प्रभावबाट हङ्कङ् र जापानमा केहि बर्ष नोकरी गरी हाल  सयुक्त अधिराज्य बेलायतमा कार्यरत छन् । 
     
उनको बाल्यकालको घटनाको बारेमा भन्नु पर्र्दा, बिद्यालायमा चार देखि अर्धबार्षिक र बार्षिक परीक्षामा सधैं प्रथम भै फूलको माला र पुरस्कार पाउँदा हर्षको सीमा नै रहने थिएन । सबै गुरुहरु र साथीहरुको प्रियपात्र थिए । गीत, संगित, नृत्य, खेलकुद, नाचगान  भने पछि हुरुक्कै हुन्थें । १२ र १३ बर्षको उमेर देखि नै कृष्ण चरित्र नाचमा मारुनी नाच्ने,  बिद्यालय र गाउँलेको सांस्कृतिक कार्यक्रमहरुमा केटी बनेर नाच्ने, छिमेकी गाउँहरुमा कार्यक्रमहरु हेर्न जाँदा बुढा बुढीहरुले नेपालेको कान्छा आएको छ कि छैन रु  उनको नाच हेर्नु पर्यो भन्ने आवाज सुन्दा फुरुक्क हुँदै स्टेजमा पुग्नु हुन्थ्यो ।
       
गाउँमा धेरैजसो लेखपढ गर्न नजान्ने हुनाले कसैको चिठीपत्र आएमा पत्र पढ्नु र पत्रको जवाफ लेख्नु परेमा सबैले उनलाई नै खोज्न आउँथे। यसको मुख्य कारण उनले  मात्रा नपुगेको चिट्ठीहरु पनि मिलाएर खरर पढि दिन्थे र जवाफ पनि मिलाएर लेखि दिन्थें । उनले पढेको पत्र प्रष्ट भएको कारणले अरुले पढि दिएको पत्रहरु पनि एक पटक उनले पुनः पढेर सुनाउनु पर्थ्यो।

बिद्यालयमा बिदा भएको दिनमा गाउँघरमा घाँस, दाउरा र खेतीपातीको काममा सबैले  आआफुले सकेको मदत गर्नै पर्थ्यो। उनले जुनसुकै काम गर्दा पनि छिट्टो, राम्रो पनि गर्ने र अरुभन्दा कमसल नहोस भन्ने चहान्थे ।  सबै सँग मीठो बोली बचन गर्ने, सहयोग गर्ने र आफुलाई जिम्मा दिएको काम इमान्दारसँग गर्ने गरेर होला, गाउँमा उनी उदाहरण बनेका थिए ।   
     
गाउँमा रोधीं जाने चलन पनि थियो। जवानी आवस्थामा पुगे पछि रोधींमा गएर रोधींको अनुभव पनि गर्नु भयो । आधा रातसम्म संगी साथीहरु सँग हाँसो ठट्टा र कहिले काहिं नाच र दोहोरी गीत गाएको रमाइलो अनुभव, छिमेकी गाउँका तरुणीहरुसँग च्यागी गरि उपहारहरुको आदान प्रदान गरेको रमाइलो अनुभव संगाल्नु पनि भएको छ ।

choga Amar P Lem Gurung, UK
स्वदेशमा  स्वतन्त्रता र आनन्दसँग सेवा गर्दै छोरा छोरीहरुलाई उच्च तहसम्मको  शिक्षा दिनुको साथै शिक्षण पेसामा लागेर हजारौं नानीहरुलाई चेतनाको दियो बाल्ने प्रयास गर्नु भयो । आज ठाउँ ठाउँमा उनका बिद्यार्थीहरु ठुला ठुला पदमा कार्यरत भैरहेको देख्दा र सुन्दा त्यसमा उनलाई गर्भ तथा सन्तुष्टि भएको अनुभाव सुनाउनु हुन्छ । 
     
उनी युव अवस्था देखि नै प्रगतिशील बिचारहरुले प्रभावित थिए। साथीहरुको अनुरोधमा एउटा प्रगतिशील संगठनमा आबध्द पनि थिए । तर साथीहरुको क्रियाकलाप मुल्याङ्कन गर्दा राजनीती गर्ने साथीहरु प्रति बिश्वास नै घटेर गयो। स्वार्थी राजनीति गर्ने समुहबाट टाढा रहेकाले कुनै पनि राजनैतिक दलसँग आबध्द छैन । 
     
नेपालमा हुँदा ब्रिटीस सरकार अन्तर्गतको प्रोजेक्टमा जागिर खाएको हुँदा नेपालको विभिन्न सँघसंस्थाहरुसँग टाढा नै रह्यो। तर जापानमा हुँदा  एक बर्ष जति घान्द्रुक सेवा समिति जापानको अध्यक्ष भएर काम गर्नु भयो । त्यसपछि तमुधीं जापानको सल्लाहकार र हाल घान्द्रुक भाषा संरक्षण तथा संबर्धन समिति युकेमा उपाध्यक्ष पदमा कार्यरत छन् ।

Learn Gurung Language.
वहाँको प्रकाशित कृतिहरुमा घान्द्रुके गुरुङ भाषा कोंड् क्युई० २०६९०, गुरुङ (तमु) भाषा सिक्नुहोस २०७३ । श्री खेमबहादुर गुरुङबाट लिखित गुरुङ नेपाली भाषा शब्दकोश लेखन तथा सम्पादन कार्यमा सहयोगी २०७० । र विभिन्न पत्र पत्रिकाहरुमा समय समयमा लेखहरु प्रकाशित भएका छन् ।

हाल वहाँ "The Gurung Tri-language Book Millennium Project, UK" अन्तर्गत Executive Board को Sub Committee मा तमु भाषा सम्बन्धि आवश्यक बुँदाहरु संकलन तथा लेखन कार्य र GLC Viber group को माध्यमबाट गुरुङ भाषा कक्षा संचालनमा व्यस्त हुनुहुन्छ । हाल फार्नबोरो, बेलायतमा सपरिवार स्थायी बसोबास गर्नु हुन्छ । लेखन तथा भाषाको अभियानले निरन्तरता पाउ न सकोस । यही हाम्रो शुभकामना छ !

प्रस्तोताः चोग डीबी गुरुङ, अमेरिका । 
12/09/2019
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

1 टिप्पणियाँ:

  1. चोग डीबी लम् गुरुङज्युले मेरो Biography सिंगार पटार गर्नु हुँदै प्रष्ट सँग तयार गर्नु भई GURUNGSCHOOLBLOGSPOT.COM मार्फत प्रकाशन गरि दिनु भएकोले म वहाँ प्रति हार्दिक आभार प्रकट गर्दै मुरी मुरी धन्यवाद टक्राउँछु।

    जवाब देंहटाएं

If you have any doubt, please let me know your message to help.