Five colors Buddhist flag.

बुद्ध झन्डाको परिचयः 

Col Henry Street Olcott
नमस्कार, यो बुद्ध वचन बाचन कार्यक्रम हो । म कार्यक्रम प्रस्तोता चोग डीबी गुरुङ यहाँहरुलाई हार्दिक स्वागत गर्दछु । वास्तवमा म बुद्ध धर्मको अध्यता, आचार्य, खेन्पो, लामा, उपासक केही पनि होइन । बुद्ध दर्शनको विद्यार्थी मात्र हुँ । यहाँनिर स्पष्ट हुनु पर्ने कुरा के छ भने, धर्मको अनुयायीहरुले शील र आचारणको पालनमा जोड गर्दछन् । तर, दर्शनको विद्यार्थीले उत्कृष्ट संभावनाहरुको निरन्तर अध्ययन गरिरहेको हुन्छ । यही अध्ययनको क्रममा मैले जाने बुझेको कुराहरु सबैलाई बाँटन मात्र खोजेको हुँ । आजको  लेखमा बुद्ध झन्डा कस्ले कहाँ, कैले कसरी बनाएका हुन भन्न बारेमा संक्षिप्त जानकारी  गराउने छु । बोधि मित्रहरुलाई कार्यक्रम चित्त बुझ्दो भएमा आफन्तहरुलाई पनि शेयर गर्नु होला ।

शान्तिको अग्रदुत तथागत बुद्धको शान्ति सन्देश प्रवाह हुने पञ्च रंगी बुद्ध झन्डाको परिकल्पनकार, शिल्पिकार वा (डिजाइनर) न्यू जर्सी निवासी, अमेरिकी नागरिक पूर्व इसाई पास्चर कर्नल हेनरी स्टील ओलकोट Colonel Henry Steel Olcott  थिए । उनी पत्रकार, अधिवक्ता, सैनिक अधिकारी र थियोसोफिकल सोसाइटिका अध्यक्ष पनि थिए । उनी आफ्नो समयको प्रख्यात व्यक्तित्व थिए ।

वाल्कट प्रख्यात यात्री पनि थिए । त्यसैले यात्राको दौरान भ्रमण गर्दै उनी सन् १८८० मा श्रीलंका पुगे । त्यस समय त्यहाँ भरखरै अंग्रेजी शासनबाट मुक्त हुदै थियो । त्यस बखत श्रीलंकामा इसाई धर्मले जरा गाडिसकेको थियो । कर्नल वाल्कट इसाइ पादरी भइकोले उनलाई बुद्ध धर्मको बारेमा राम्रो ज्ञान थिएन । जब उनी भिक्षु गुणानन्दको सम्पर्कमा आए, तब उनलाई बुद्ध धर्मको बारेमा ज्ञान भयो । विद्धानलाई जब बुद्ध धर्मको अमृत पान हुन्छ, तब उनीहरु त्यहाँ भित्र चुर्लुम्मै डुब्न खोज्छन् । वाल्कटलाई पनि त्यही भयो । उनले आफ्नो पितृ धर्मलाई त्यागेर बुद्ध धर्ममा प्रवेश गरे ।

उनले अध्यत्मावाद, मनोविज्ञान, सम्मोहनवाद, मनोरोगी र लठ्याउने तन्त्रको पनि राम्रोरी अध्ययन गरिसकेका थिए । त्यसैले, छोटो समयमै बुद्ध धर्मको वास्तविक ज्ञानको चुरी बुझ्न सफल भए । पाँच वर्षको अध्ययनको दौरानमा उनले सन् १८८५ मा पञ्च रंगी बुद्ध झन्डाको परिकल्पना, शिल्पि वा (डिजाइन) गरी पाँचै रंगको गुण, महत्व र आवश्यकताको बारेमा कोलोम्बो बौद्ध पुनर जागरण समूले बृहत छलफल गरी, सर्वसहमतिबाट पास भए पछि आफुले स्थापना गरेको कोलोम्बो बौद्ध थेयोसोफिकल सोसाइटिमा सन् १८८५, मे २८को बुद्ध पूर्णिमाको दिनमा प्रथम पटक भण्डोतोलन गरी, बुद्ध धर्मको इतिहासमा एउटा सुनौलो इटा थप्ने काम गर्यो । यस झन्डाको आकृति, महत्व र आवश्यकता बुझे पछि श्रीलंकाको बौद्ध पुनरजागरण समुह र सरकारले पनि सहमति जनायो । यस कार्यबाट श्रीलंकामा बुद्ध धर्मको पुनरजागरण भयो । सरकारले पनि राज्यमा विद्यालय, कलेज र विश्वविद्यालयहरु खोलेर बुद्ध धर्मको प्रचार प्रसार गरे । बुद्ध धर्मको जग बलियो बनाए । एउटा पादरीले बुद्ध धर्मको बिधिवत जग बसाल्न गरेको अविस्मरणीय र कीर्तिमान योगदानको बारेमा बौद्ध साहित्यमा उल्लेख गरिएको पाइन्छ ।

बुद्ध धर्मको झन्डामा पाँच रंग राखिएको छ । जस्मा पाँचवटा ठाडो र अन्तिम भागमा तेर्सो गरी त्यही रंग चारकुने हुने गरी पुनः राखिएको छ । ठाडो धर्सोले विश्व सम्प्रदाय र तेर्सो धर्सोले आन्तरिक सुख, शान्ति र समृद्धिको प्रतिक झल्काउछ । यो झन्डालाई सन् १९५२मा विश्व बौद्ध कांग्रैसले पनि स्विकृति दिएको छ । झन्डामा राखिएको प्रत्येक रंगको परिभाषा यस प्रकार गरिएको छ ।

Buddhist Flag

निलो— आकाश जस्तै सम्पूर्ण जगतमा करुणाको गतिमान रहोस् । 
पहेलो— मध्य मार्गद्धारा सुख, शान्ति र समृद्ध प्राप्त होस् । 
रातो— दीर्घायु, मंगल, पुण्य र सामाजिक प्रतिष्ठाको प्रतिक ।    
सेतो— प्रज्ञा, पारमिता र निर्वान मार्गको प्रतिक । 
सुन्तला— बुद्धको मूल शिक्षा प्रतित्यसमुत्पाद र प्रज्ञापारमिता । 

ओल्कोटको जन्म सन् १८३२ अगस्त २ तारिकको दिनमा ओरेन्ज, न्यू जर्सी, अमेरिकामा भएको थियो । उनले कोलम्बिय विश्विद्यालयबाट कानुनमा स्नातक गरे पछि पत्रकारिता गर्दै सैनिक सेवामा प्रवेश गरे । उनले मेरी एप्पली मोरगन विवाह गरेका थिए । कर्नल दर्जमा सेवा निबृत भए पछि थियोसोफिकल सोसाइटिमा सकृय भएका कारण अध्यक्ष पनि भए । सैनिक सेवाको दौरान उनले अमेरिकी महाद्धीपमा धेरै देशहरुको भ्रमण गरिसकेका थिए । यसरी, भ्रमण गर्ने क्रममा पहिलो पटक भारत आए । त्यहाँबाट श्रीलंका गए । श्रीलंकामा भिक्षु गुणानन्दको सम्पर्कबाट बुद्ध धर्ममा प्रवर्जित भए । स्कुलहरु खोलेर बुद्ध शिक्षाको प्रचार प्रसार गर्न अभियान थाले । बुद्धको शान्ति सन्देश फहराउने पञ्चरंगी झन्डाको परिकल्पना गरी डिजाइन गरे । उनलाई बौद्ध साहित्यमा बुद्ध धर्मको पुनरजागरणको अभियान्ताबाट परिचित छन् । यसरी, धर्म प्रचारको अभियानमा भ्रमण गर्दै गर्दा, सन् १९०७ फेबवरी १७ मा ७४ वर्षको उमेरमा भारतको अड्योर, मद्रासमा परिनिर्वान प्राप्त गरे ।       

आज पनि श्रीलंकाका बौद्धमार्गीहरु कर्नल हेनरी अल्कोटलाई एक महान बौद्ध गुरुको रुपमा संझने गर्दछन् । जब हामी यो पञ्चरंगी झन्डा देख्ने गर्दछ, तब हामी सर्वप्रथम गौतम बुद्धलाई संझन्छौ । त्यसपछि ओल्कोटलाई सम्झनै पर्छ । जसले विश्व शान्तिका प्रतिक यो झन्डा (डिजाइन) शिल्पि गरेर बिश्व बौद्ध समाजलाई उत्कृष्ट उपहार दिएर गए । उनी हाम्रालागी धन्यावदको पात्र हुन् । हामी बौद्धमार्गीहरुले झन्डाको बास्तविक महत्व बुझेर ह्रदयमा मनन गरौं । आफ्नो धर, टोल, नगर, समाज, बस्ती र शहरहरुमा गौरबकासाथमा फहरउ । बुद्धको शान्ति सन्देश फैलाउ । भवतु सब्ब मंगलम् ।

यो लेखको स्रोत सामग्रीहरुमा, खेन्पो बागिन्द्र शीलको फेस बुक वालको लेख र खेन्पो श्रीलामा गुरुङको भाइवरको लेखलाई स्रोतको रुपमा लिइएको छ । यो लेखमा नपुग भएका सामग्रीहरुलाई विद्धान पाठकहरुको सुझाव र प्रतिकृया अनुसार परिमार्जन गर्दै लगिने छ । 

चोग डीबी गुरुङ बुद्ध दर्शनको विद्यार्थी हुन् ।  
5/26/2020
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.