A Graduation of Siddhartha Gautama.

राजकुमार सिद्धार्थ गौतमको दीक्षान्त समरोह:

A graduation ceremony of Siddhartha Gautama.
नमस्कार, यो बुद्ध वचन बाचन कार्यक्रम हो । म कार्यक्रम प्रस्तोता चोग डीबी गुरुङ यहाँहरुलाई हार्दिक स्वागत गर्दछु । आजको कार्यक्रममा राजकुमार सिद्धार्थ गौतमको दीक्षान्त समरोहको बारेमा संक्षिप्त बाचन गरिने छ । शाक्य गण राज्यमा दीक्षान्त किन र कसरी गरिन्थ्यो, आजको दोस्रो श्रृंखलामा चर्चा गरिने छ । बोधी मित्रहरुलाई कार्यक्रम चित्त बुझ्दो भएमा आफन्तहरुलाई पनि शेयर गर्नु होला । आजको दोस्रो श्रृंखला दीक्षान्त समरोह रहेको छ । यो बुद्ध वचन बाचन कार्यक्रम हो । 
   
‘गडङ गुडुङ गरेर एक्कासी मेघ गर्जन भयो ।’ 
प्राकृतिमा अचानक परिवर्तन हुनमा कुनै न कुनै अर्थ लुकेको हुन्छ । सौर्य मण्डलको प्रभावमा प्राकृति चलयमान हुन्छ । यही चलयमान गतिको रंग र तरंग भित्र श्रृष्टिको बिधान बाँधिएको हुन्छ । यही बिधानको सुत्र अनुसार ब्रह्माण्डको चरित्र निर्माण भएको हुन्छ । यही अवस्थालाई नजिकबाट हेर्न र बुझ्न सक्ने ऋषिहरुलाई त्रिकालदर्शी भन्दछन् । 

त्रिकालदर्शीहरुमा मनको वेगसंग हिँडन सक्ने ऋद्धि बल हुन्छन् । त्यही बलमा उनीहरु एक ठाउँबाट आर्को ठाउँमा पुग्न सक्दछ । हिमालयमा स्वाच्छ एवं शान्त वातावरण हुने भएकाले समाधीका लागि योगीहरु यस्तै स्थान चयन गर्दछन् ।   
‘एक दिन अपरान्ह एक्कासी आकास वाणी भयो ।’ 
‘दिव्यात्मको बुद्ध अवतार भयो ... भयो ... भयो ...भयो ...’
   
त्रिकालदर्शी आशिक ऋषी राजा शुद्धोधनका पिता सिंहहुनका कुलगुरु थिए । यजमानको देहन्त पछि उनी हिमालय पर्वतमा ध्यान गर्न गए । एक्कासी आकास वाणी भएको सुने । के यो सत्य हो ? भनी ध्यान दृष्टिले हेर्दा, कपिलबस्तुको लुम्बिनी शालाबागमा दिव्यात्मको बुद्ध अवतार भएको देखे । आफ्नो यजमानीको कुलमा बुद्ध अवतार भएकोमा हर्षले गदगद हुँदै कपिलबस्तु आए ।   
   
‘महराजको जय होस् !’ 
एक जना मर्याद पालक निर्धारित पोशकमा अनुशासनको पालन गर्दै, ढोकाबाट रेशमी पर्दा चिरेर भित्र छिरे । 
‘के खबर छ ? राजाले संकेत गरे ।’ 
‘आशिक ऋषी ... ऋषि ... मुल ठोकामा ...’
आस्था र श्रद्धाको परिभाषा पनि अचम्मको छ । यसलाई शब्दले पूर्ण व्यख्या गर्न सक्दैन । आसिक ऋषिको नाम सुन्ने बित्तिकै मर्याद पालकको वाक्य पुरा हुन नपाउदै, महाराज शुद्धोधन जुरुक्क उठेर आफै मूल ढोकातिर दौडिए । त्रिकालदर्शी आशिक ऋषिको स्वागत सत्कारका लागि शुद्धोधन आफै हुत्तिएर मुल ढोका पुगे । उनलाई उच्च सम्मान गर्दै, शाक्य दरबारको कुल परम्परा अनुसार पाउ पुण्य गराइ विशेष कक्षामा आसन ग्रहण गर्न अनुरोध भयो । 
   
‘हिमालयदेखि अचानक झर्नुको कारण,’ राजाले सोधे । 
‘हे,राजन !’ मैले सुनेको भविष्य वाणी अनुसार शाक्य कुलमा बुद्ध अवतारको रुपमा जन्मिएको बालक, जसलाई महापण्डितहरुले सिद्धार्थ नामाकरण गरेको छ, उनको दर्शन गर्न चहान्छु, ऋषिले भने ।
‘त्रिकालदर्शीको कुरा सुनेर महाराज दुबिधामा परे ।’ 
‘केही दिन अधि जन्मिएको बालकलाई ऋषि ? दर्शन ?’
‘महाराज !’ शुद्धोधन नराम्रोसंग झस्किए ।
‘महाराज झस्किएको सबैले देखे । तर,’ उनलाई यादै भएन ।    
‘आशीक ऋषिले महाराजको मनसाय बुझेर चुपचाप बसे ।’
‘महाराज र ऋषि चुपचाप बसेकाले सबै चुपचाप भए ।’
राजदरबारको विशेष कक्षामा महाराज र आशिक ऋषि दुबैको अवस्थाले त्यहाँ कसैले पनि मुख खोल्ने शाहस गरेन । कक्षामा सजाइएका सुन्दर कलाकृतिहरु पनि वातावरणको मनोभाव अनुसार मौनताका साक्षी बसेका थिए ।
   
‘महाराजको जयहोस् !’ 
मर्याद पालक भित्र आएर महामन्त्री ... वाक्य पुरा हुन नपाउदै, महामन्त्री पनि संगसंगै भित्र छिरे । महाराजलाई दर्शन गरेर चारैतिर नजर धुमाए पछि एउटा खालि कोचमा टुसुक्क बसे । उनी दरबारको बिभिन्न घट्नाहरुको दृष्यसंग प्रत्यक्ष्य वा अप्रत्यक्ष्य रुपमा साक्षी रहेकाले महाराजको सामुन्ने बस्न असहज महसुस भैरहेको थियो । यो असहज अवस्था उनको मन भित्रको त्रास मात्र थियो । उनको प्रत्येक गतिबिधिहरु व्यक्तिगत स्वार्थमा केन्द्रित रहेको हुनाले उनी स्वयं सशंकित, भयबित र त्रासिद थिए । तर, यो अवस्थासंग महाराज परिचित थिएन ।  
   
बिषेश कक्षामा तत्काल भैरहेको आपासी बार्तलपको बारेमा रानी महामाया देवीले सयन कक्षाबाट ध्यान पूर्वक सुनिरहेका थिए । महाराजको असमन्जस्य र ऋषिको कौतुहल दुबै एकसाथ पूर्ति गर्नका लागि सिद्धार्थ गौतमलाई सावधानी पूर्वक विशेष कक्षामा लैजान उनका सहयोगीलाई अह्राइन् । 

उत्कली अत्यन्तै होशियार र इमन्दार थिइन । उनलाई महामाया देवीले विवाहको समयमा माइतबाट दाइजोमा लयाएकी सहयोगी थिइन । सिद्धार्थलाई लिएर उनी विशेष कक्षामा आइन । 

बैसाख पूर्णिमाको दिनमा लुम्बिनी शालाबागमा शाक्य कुमारको रुपमा जन्मिएको बुद्ध अवतार सिद्धार्थ गौतमको अनुहारको वरिपरी दिव्य प्रकाश फैलिरहेको आशिक ऋषिले स्पष्ट देखे । यो प्रकाश किन र कसरी फैलिन्छ भन्ने कुरा उनलाई राम्रोसंग थाहा थियो । 

‘ओहो, साधु ! साधु ! साध !’ 
‘मैले सुनेको आकाश वाणी सत्य प्रमाणित भयो ।’
‘म भाग्यमाणी रहेछु !’ आज मैले दिव्यात्मको प्रत्यक्ष दर्शन गर्ने सौभाग्य पाए भनेर बालकको चरणमा आफ्नो शिर झुकाए । यसरी, शिर झुकाउदा बालकको दुबै खुट्ट ऋषिको महाजटामा अल्झिए । उत्कलीले जटाबाट बालकको खुट्ट झिक्न पनि सकेन । ऋषिले तान्न पनि सकेन । एक छिन बडो असहज परिस्थिति सृजना भयो । देवलोकका देवताहरु पनि यही दृष्य हेरेर आनन्दित भैरहेका थिए । त्यही समय मेघ गर्जनकासाथ हल्का भुकम्प सहित शंखघोष भयो । देवलोकबाट पुष्पबृष्टि गरी देवता र मानव सहितको शास्त भनेर परिचित हुने भनिएको सिद्धार्थको बाल लिला हेरेर देव, यक्ष, गन्दर्भ, किन्नर र नागहरुले पनि आनन्द मनाए ।      

यसरी, जटामा अल्झिएको खुट्ट निस्किए पछि ऋषिले सन्तोषको सास फेर्दै भने— ‘हे बुद्ध अवतारको रुपमा देखिएको महामानव,’ तपाइँको दर्शन पाएर म धन्य भए । तर, मेरो शरीर पुरानो यन्त्रझै जिर्न भेसकेको छ । अब मेरो जीवन केही दिन मात्र बाँकी छ । बुद्ध वाणी सुन्न र धर्मचक्र प्रवर्धन भएको मैले देख्न नपाउने भए भनेर मनमनै बिलाप गरी आँखाबाट बरर आँसु झारे ! 
यो पावन अवसरमा तपाइँ किन दुःखी हुनु भएको हो ? कुनै अनिष्ट हुने अवस्था देख्नु भयो कि ? राजा शुद्धोधनले हडबडाएर सोधे ।       
   
‘हे, राजन,’ यो दिव्यात्मलाई कसैले केही हानी नोक्सानी गर्न सक्दैन । उनको सुरक्षका लागि हजार जिब्रो भएको मुचलिन्द नाग खटिएका छन् । कुनै चिन्ता लिनु पर्ने आवश्यक छैन । तर, अब म शारीरिक रुपमा अत्यन्तै निर्वल भैसके । यो बालकले बुद्धत्व प्राप्त गरेर संसारमा प्रथम पटक मानव कल्याणका लागि उत्कृष्ट ‘धर्मचक्र’ प्रर्वद्धन गर्ने छ । संसारमा उनी बुद्धको नामबाट प्रख्यात हुने छन् । उनको ज्ञानबाट अन्धकार, अविश्वास र अहंकारमा रुमलिएका मानव जातिको मुक्ति हुने छ । तर, उनको ‘अमृत वचन’ मैले श्रवन गर्न नपाउने अवस्था देखेकाले म रोएको हुँ, ऋषिले भविष्य वाणी गरे । 
   
आसिक ऋषिले आफ्नो अवस्थाको बिचार गर्दै, राजा शुद्धोधनको मनोभाव अनुसार अर्शिवचन दिइ पुनः हिमालयतिर फर्किए । तीन साता पछि उनले देह त्याग गरे ।     
   
गृष्म ऋतुको प्रचण्ड गर्मी याम थियो । शाक्य कुलको परम्परा अनुसार अषाड १५का दिन राजाले रोपाइँका लागि हालो जोत्ने परम्परा रहेकाले, खेतमा रोपाइँको विशेष चहलपहल भैरहेको थियो । राजाले जोत्ने हलगोरुमा विशेष प्रकारले सिंगारिएको थियो । खेतमा कुल मिलाएर अठाह्र हलगोरु एकसाथ नारिएको थियो । कुलगुरुले जुराएको साइत अनुसार राजाले हलो चलाउन आरम्भ गरे । साथमा नारिएका सबैले एकसाथ हलो चलाए । अठाह्र हलगोरु एकसाथ चलाउदा खेतको वातावरण एकदमै उत्साहित भएर एक प्रकारको रमाइलो मेलाझै देखिएको थियो । वास्तवमा यो असार १५को चटारोनै थियो । दरबारका भारदारहरु पनि राजाको हलगोरुको अगाडि पछाडि अवस्था अनुसार सेवा प्रदान गर्न तछाड मछाड गरिरहेका थिए । प्रत्येक भारदारहरु राजाको नजिक हुन, प्रिय हुन र राजाको नजरमा राम्रो हुनका लागि मरिमिटिरहेका थिए । ज्यान भरी हिलो लागेकाले के राजा, के प्रजा, सबैमा हिलो, सबैमा समान । सबैले एकसाथ असार १५को हिले उत्सव मनाइरहेका थिए । यो हिले उत्सवबाट त्यस समयको कृषि उत्पादनको महत्व स्पष्ट हुन्थ्यो ।  

असार १५को विशेष रोपाइँ हेर्नका लागि नगरवासीहरुको चारैतिर भीडभाड थियो । त्यो दिन राज्यको तर्फबाट विशेष मिष्ठान र खानपानको पनि खेतमै व्यवस्था मिलाइएको थियो । कोही रमाइलो हेर्न त कोही खानपानमा व्यस्त थिए । 
   
नाबालक राजकुमारलाई सेविकाहरुले एउटा रुखको छहरी मुनी राख्ने विशेष व्यवस्था मिलाएका थिए । रोपाइँको अत्यन्तै रमाइलो वातावरणले सेविकाहरुको ध्यान आकर्षण गर्यो । एक पछि आर्को गर्दै, सबै सेविकाहरु रोपाइँमा सामेल हुन गए । उत्कली भन्ने सेविकालाई होस आए पछि, अत्तिएर राजकुमारलाई हेर्न आए ।    
‘बालक बिशाल नाग माथि ध्यानमा बसिरहेको देखे ।’ 
‘ओहो ! यो के अचम्म देखियो ?’ के म होसमा छु ? आफैले आफ्नो गाला चिमाटे, अनि बालकलाई राखेको पाटुकी अर्थात धरोहरमा हेरे । सिद्धार्थ त्यही पाटुकी भित्र खेलिरहेको देखिन । बेलुकी राजदरबार फर्किए पछि घट्नाको बारेमा सहयोगी उत्कलीले रानी प्रजापतीलाई भनिन् । प्रजापतीले राजालाई बृतान्त सुनाए ।
   
श्वेतकेतु बोधिसत्वले रानी महामायाको गर्भमा प्रवेश भएको दिनदेखि तुषिता भूवनमा निवास गर्ने मुचलिन्द नाग बोधिसत्वको विशेष अंगरक्षकको रुपमा खटिएका थिए । बालक प्रति विशेष स्नेह राख्ने सुद्ध मन भएका मानिसले मात्र उनलाई देख्न सक्दथे । त्यसैले, उत्कलीले मात्र प्रथम पटक यो दृष्य देख्ने सौभाग्य प्राप्त गर्यो ।    
   
रानी प्रजापतीको कुरा सुने पछि राजा शुद्धोधनलाई अत्यन्तै छटपटि हुन थाल्यो । उनको राज्यभिशेषको समयमा पनि दरबार भित्र थुप्रै षड्यान्त्रहरु भएका थिए । जटिल समय र परिस्थितिको  साम्ना गरेर उनी राजा भएका थिए । यस बाहेक रानी महामाया देवीको सपना, लुम्बिनी शालाबागको घट्ना, दशौँ दिनमा रानी महामाया देवीले देहत्याग, त्रिकालदर्शी आशिक ऋषिको भविष्य वाणी, रोपाइँको घट्ना र दरवार भित्रका अनेक प्रकारका दृष्यहरुले राजनीतिक माहौल बिल्कुलै बदलिएको थियो । उनी सम्पन्नशाली थिए तर, परिस्थिति अनुकुल थिएन !  
   
समय बित्दै गयो । राजकुमार सिद्धार्थ गौतमले आठ वर्ष पुरा गरे पछि गुरुकुलको परम्परा अनुसार उनको नामाकरण गरेका आठ जना महापण्डितहरु नै उनका प्रथम आचार्य भए । त्यसपछि व्याकरण, वेद, उपनिषद र दर्शनशास्त्रमा पारंगत भएका ‘उदिच्च’ देशको आचार्य सब्बमितसंग शिक्षा लिए । यसपछि कपिलबस्तुमा अवस्थित ऋषि भारद्धाजको आश्रममा चित्त एकाग्रताको लागि ध्यान र समाधीको शिक्षा प्राप्त गर्यो । भारद्धाज चर्चित आलार कालामको उत्कृष्ट शिष्य थियो । उनको सरल स्वभाव, प्रेरणा, करुणा र लगनशीलताबाट प्राप्त उत्कृष्ट योग्यताको सबै आचार्यहरुले कण्ठ मुखले प्रशंस गर्दथे । यसैगरी, घोडा डौड, धनुष विद्या, मल्ल युद्ध, युद्ध नीति, रणनीति, अर्थनीति, राजनीति र अनेकौँ कला कौशलमा पनि निपुनता प्राप्त गरे । उनको असाधारण योग्यता र क्षमता देखेर सबै गुरुहरु गोरविन्त हुन्थे । तर, कुमार देवदत्त भने इष्यले जल्दथे । देवदत्त उनको सहोदार फुपु अमिताको छोरा थिए । उनी उमेरमा पनि ७ वर्ष पाका थिए । 
   
राजकुमार सिद्धार्थ गौतम स्वावलम्बि थिए । स्वयम् खेतमा काम गर्दथे । एक दिन रुखको छहरीमा थकाइ मार्दै गर्दा, आकासबाट एउटा पानी हाँस अचानक उसको सामुन्ने झर्यो । हाँसलाई के भएछ भनी हेर्दा, तीर लागेको देख्यो । यो निर्दोष हाँसलाई कुन बदमासले तीर हानेछ भन्दै, तुरुन्तै तीर झिकेर मलम पट्टि लगाइ दिइ पानी पिउन दिए । उसलाई न्यानो दिनका लागि आफ्नो चादर भित्र छातीमा टाँसेर राखे । 
   
‘एकछिन पछि हस्यङ पस्यङ गर्दै देवदत्त आइपुगे ।’ 
मैले उड्दै गरेको पानी हाँसलाई तीर हानेको थिए । तीर लागेको छ । मेरो तीर अचुक कसरी हुन्छ ? यही कही आसपासमै झरेको होला, तिमीले देख्यो कि, सिद्धार्थलाई सोध्यो ?
   
यही मेरो नजिकै खसेको थियो । तीर लागेको रहेछ । मैले तीर निकाले । मलम पट्टि लगाइ दिए । पानी पिउन दिए । अहिले सञ्चो हुँदै छ, सिद्धार्थले भन्यो ।  
‘खोइ कहाँ छ ?’ देवदत्तले सोध्योे । 
‘यही मेरो चादर भित्र छ,’ भन्दै घायल हाँस देखाए । 
‘यो मेरो सिकार हो, मलाई देउ,’ देवदत्तले भन्यो । 
‘राजकुमार सिद्धार्थले सिधै इन्कार गर्दै,’ प्राण घात गर्ने वा मार्नेलाई भन्दा, पाल्ने वा जीवन दान दिनेलाई उसको बडि अधिकार हुन्छ, सिद्धार्थले भन्यो । 
‘दुबै जनाकोबीचमा भनाभन र हात हलाहल भयो ।’ 

भोली पल्ट, झगडा अदालतमा पुग्यो । अदालतले सिद्धार्थको पक्षमा फैसला दियो । यसको परिणाम, फुपुको छोरा देवदत्त कटु आलोचक र बैरी बन्यो । सिद्धार्थ गौतम बाल्यकाल र युवा अवस्थामा पनि न्याय पे्रमी र करुणामयी स्वभावको थियो ।               

त्यस समय देवदह गाउँको डण्डपानीको छोरी ‘यशोधरा देवी’ शील र सौन्दर्यमा प्रख्यात थिइन् । १६ वर्षको उमेरमा उनैसंग विवाह गर्ने कुरा चल्यो । तर, कुमार देवदत्तको मनमा अदालतको फैसला ताजै थियो । त्यसैले, विवाहको प्रस्तावमा पनि षड्यान्त्र भयो । विवाहको लागि युद्ध कलाको प्रदर्शन गरी उत्कृष्ट हुनेले यशोधरा देवीसंग विवाह गर्ने देवदत्तले प्रस्ताव राख्यो । 
राजकुमार सिद्धार्थले पनि उनको प्रस्ताव स्विकार गर्यो । 

कुमार देवदत्तको प्रस्ताव अनुसार घोडा डौड, युद्ध कला, धनुष विद्या र मल्ल युद्धको प्रतियोगिता भयो । प्रत्येक क्षेत्रमा भेदभाव र षड्यान्त्र रचिएको भए तापनि देवदत्तले सिद्धार्थ गौतमसंग हार स्विकार गर्नु पर्यो । अन्तत् राजकुमार सिद्धार्थ गौतमले यशोधरा देवीसंग विवाह गरे । विवाहको लामो समय पछि २८ वर्षको उमेरमा पुत्र राहुलको जन्म भयो ।   
   
राजा शुद्धोधनले राजकुमारको सुख सयलका लागि शरद, गृष्म र अन्तपुर गरी तीनवटा विशेष किसिमका सुविधा सम्पन्न महलहरु बनाएका थिए । सारथी छन्न र विश्वासि पात्राहरु सहित ऋतु अनुसार उनी त्यही निवास गर्न थाले । राजकुमार सुख सयल र भोग विलासमा लिप्त होस भन्नका लागि अन्तपुर भवनमा एक स एक सुन्दरीहरुको व्यवस्था मिलाइएको थियो । तर, ती सुन्दरीहरुको काम, भोग र वास्ना प्रति उनको कुनै आकर्षण भएन ।  
   
शाक्य वंशको राज्य व्यवस्था संघको नियम अनुसार चल्दथ्यो । २० वर्ष उमेर पुगेका कुमारहरु संघमा दीक्षा लिनु पर्दथ्यो । त्यही नियम अनुसार सिद्धार्थ गौतमको दीक्षान्त समरोहका लागि शाक्य सभासदहरु संघको संस्थागरमा राजसभा बस्यो । कुलगुरुले सभामा राजकुमार सिद्धार्थ गौतमलाई दीक्षान्तका लागि प्रस्ताव गरे ।
   
शाक्य संघको नियम अनुसार संस्थागरको प्रमुख सेनापति हुन्थ्यो । राजकुमार सिद्धार्थ गौतमको उमेर २० वर्ष पुगिसकेको छ । नियम अनुसार उनलाई दीक्षान्त गरी संघको सदस्य घोषणा गर्नु पर्छ । यस प्रस्तावमा कसैको केही विमति छ भने स्पष्ट भन्न सक्नु हुन्छ, सेनापतिले भन्यो । 
   
दोस्रो पटक र तेस्रो पटक पनि त्यही कुरा दोहोरायो । अन्तिम पटकमा पनि कसैले विरोध गरेन । दीक्षान्त प्रस्तावलाई तीन पटक दोहोराएर पास गर्नु पर्ने संघको नियम थियो । संघको नियम अनुसार प्रस्ताव पास भए पछि आज देखि सिद्धार्थ गौतम संघको बैधानिक सदस्य भएको, सेनापतिले घोषणा गर्यो ।
   
सेनापतिको घोषणा पछि कुलगुरुले सिद्धार्थ गौतमलाई आफ्नो स्थानबाट उठेर दीक्षान्तको सपथ लिनु भन्यो । कुलगुरुले भने बमोजिम उनले सपथ लिए । 
१. म सिद्धार्थ गौतम आजको मितिदेखि मन, वचन र कर्मले निष्ठा पूर्वक शाक्यहरुको स्वार्थको रक्षा गर्ने छु । 
२. शाक्य संघको सभामा नियमित उपस्थित हुने छु । 
३. भय र पक्षपात रहित भएर शाक्यहरुको प्रत्येक गुण र दोष छुट्याउने छु । 
४. कसैले मलाई दोष दियो भने पनि क्रोध गर्ने छैन । दोषी ठहर भएमा आफ्नो दोष स्विकार गर्ने छु ।
५. मैले व्यभिचार, चोरी, हत्या र झुठो साक्षी दिएमा संघको सदस्यबाट निस्काषण हुने छ । 

मलाई संघको नियमको बारेमा जानकारी गराउनु भएकोमा कुलगुरु प्रति कृतार्थ छु । म तपाइँलाई विश्वास दिलाउन चहान्छु कि, उपरोक्त नियमहरुको पूर्णरुपमा पालना गर्ने प्रयास गर्ने छु । सिद्धार्थले संघमा दीक्षान्त लिएर संघको सदस्यता ग्रहण गरे पछि राजकुमारको हैसियतले सामाजिक समानता र शोसन रहित समाजको परिकल्पना गरी मन, वचन र कर्मले निष्ठा पूर्वक आठ वर्ष संघको उत्कृष्ट सेवा गर्यो । 
   
आजको दोस्रो श्रृंखला यही समाप्त हुन्छ । तेस्रो श्रृंखलामा शाक्य संघमा संकटकालको घोषणा विषय लिएर फेरी भेटघाट हुनेनै छु । आजलाई बिदा दिनुहोस् । बुद्धम शरणम् गच्छामी ।

चोग डीबी गुरुङ बुद्ध दर्शनको विद्यार्थी हुन् ।
5/11/2020  
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.