Recognition of Dharma Sermon.

धर्मानुमोदनको ह्रदय धारणी:

Buddhis Flag.
नमस्कार, यो बुद्ध वचन बाचन कार्यक्रम हो । म कार्यक्रम प्रस्तोता चोग डीबी गुरुङ यहाँहरुलाई हार्दिक स्वागत गर्दछु । वास्तवमा म बुद्ध धर्मको अध्यता, आचार्य, खेन्पो, लामा, उपासक केही पनि होइन । बुद्ध दर्शनको विद्यार्थी मात्र हुँ । यहाँनिर स्पष्ट हुनु पर्ने कुरा के छ भने, धर्मको अनुयायीहरुले शील र आचारणको पालनमा जोड गर्दछन् । तर, दर्शनको विद्यार्थीले उत्कृष्ट संभावनाहरुको निरन्तर अध्ययन गरिरहेको हुन्छ । यही अध्ययनको क्रममा मैले जाने बुझेको कुराहरु सबैलाई बाँटन मात्र खोजेको हुँ । आजको छैठो श्रंखलामा सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त पछि धर्म अनुमोदन कसरी गर्नु भयो भन्ने बारेमा संक्षिप्त बाचन गरिने छ । बोधि मित्रहरुलाई कार्यक्रम चित्त बुझ्दो भएमा आफन्तहरुलाई पनि शेयर गर्नु होला । आजको छैठो श्रृंखला धर्म अनुमोदनको विषयबाट उठान गरिनेछ । यो बुद्ध वचन बाचन कार्यक्रम हो । 

सिद्धार्थ गौतमले बैसाख पुर्णिमाको रातमा बोधी बृक्ष मुनि सत्यको बोध गरे पछि आफ्नो लक्ष्य प्राप्त भएकोमा सन्तुष्ट प्राप्त गर्नु भयो । यहाँनिर बोधि पाठकहरुले बुझ्नु पर्ने कुरा के छ भने, बोध गर्नु भनेको अध्ययन, अनुसन्धान गरेर, जानेर वा बुझेर स्वयं अनुभव हुनु हो । आँधेरोदेखि उज्यालोको अनुभव हुनु हो । अर्थात आँखा खुल्नु हो । भौतिक आँखाले त आफ्नो अगाडि रहेका र भएका वस्तुहरुलाई मात्र देख्न सक्दछ । देखे पछि मात्र वस्तुको आकार, प्रकार, गुण, दोष र अवस्थाको बोरमा जानकारी प्राप्त गर्न सकिन्छ । तर, बोध भए पछि मनको आँखाले सबै बस्तुको अनुभव गर्न सकिन्छ । यसैलाई बोधितत्व भनिन्छ । 

प्राणीशास्त्रको सिद्धान्त अनुसार मानिस जन्मिए पछि प्रत्येक मानिस भित्र आ–आफ्नै किसिमको संस्कार अनुसार विकास भएको मौलिक मन हुन्छ । जसलाई ‘चित्त’ भन्दछ । मन भित्र ‘म’ र ‘चेतना’को दुइवटा अवस्था हुन्छन् । जस्लाई सकारात्मक र नकारात्मक भन्न सकिन्छ । बास्तवमा ‘म’ भनेको अहंकार हो । जस्मा राग, द्धेष, माया, मोह, तृष्णा, काम, वास्ना, विषय, भोग र आकांक्षाले प्रमुख स्थान लिएको हुन्छन् । यसैका कारण मन स्थिर र तृप्त हुँदैन । तृप्त नभए पछि शान्ति हुँदैन । शान्ति नभए पछि खुसि हुँदैन । खुसि नभए पछि आनन्दको अनुभूति हुँदैन । यिनै कारणहरुबाट ‘चेतना’को समुचित विकास हुदैन । किनभने, चेतना भित्र शुष्म अवस्थामा ज्ञानको दियो अविराल बलिरहेको हुन्छ । त्यहीबाट बोधित्वको उदय हुन्छ । 

गौतम बुद्धले अहंकार माथि विजय प्राप्त गरे पछि, चेतना भित्र शुष्म अवस्थामा रहेको ज्ञानको दियोलाई प्रकाशित गर्न सफल हुनु भयो । यही प्रकाशबाट सत्यको बोध गर्नु भएको हो । त्यो सत्यमा पूर्वानुस्मृति, व्युत्पति, प्रतित्यसमुत्पाद र त्रिकाल बुझ्न सक्ने बोधिचक्षु सहितको बोधितत्व थियो । यस प्रसंगमा बोधितत्वलाई आधार, बुद्धलाई पारमिता र ज्ञानलाई करुणाको रुपमा बुझ्न सकेमा धेरै स्पष्ट हुने छ ।   
   
पूर्वानुस्मृति भनेको सन्धि शब्द हो । ‘पूर्व+अनुस्मृति’ अर्थात पूर्व भन्नाले यस जन्म भन्दा पहिलेका गतिविधिहरुको जानकारी हो । बुद्धले यसलाई ‘विर्य, बीज वा बिउ’ भन्नु भएको छ । किनभने, कुनै पनि ‘विर्य, बीज वा बिउ’को अवस्थामा आउनु भन्दा पहिले नै उसले भोग गर्नु पर्ने सम्पूर्ण क्रिया र प्रकृयाहरु समाप्त गरिसकेको हुन्छ । त्यसपछि मात्र त्यो वस्तुको अस्तित्व बिउको रुपमा रहन्छ । बुद्धले यसलाई पूर्वानुस्मृति भन्नु भएको छ । 
   
व्युत्पति पनि सन्धि शब्द हो । ‘व्यु+उत्पति’ अर्थात उत्पतिको नियम हो । कुनै जीव वा वस्तुको उत्पति हुनका लागि एउटा निश्चित नियम निर्धारित हुन्छ । जस्तैः दुइ वटा ठोस वस्तुको टकरावबाट तेस्रो ध्वनि उत्पन्न हुन्छ । एउटा जीवको उत्पति वा अवस्था लिनका लागि स्त्री र पुरुषको सम्भोगबाट विर्यको मिश्रण हुन आवश्यक हुन्छ । दुइ भिन्न खालका वस्तु अर्थात सुक्रकिट र डिम्बको मिलनबाट तेस्रो वस्तुको रुपमा नयाँ भ्रूणको सृष्टि हुन्छ । एउटा बीज वा विउलाई माटोमा मिलाए पछि निश्चित समयमा विरुवाको रुपमा उत्पन्न भएर आउछ । यो सबै खालको विउले नयाँ अवस्थाको विकास गर्नका लागि ठिक समय, सन्तुलित अहरा, मलिलो माटो, आवश्यक हावापानी, सूर्यको प्रकाश आदि उपलब्ध हुन आवश्यक हुन्छ । अनि मात्र उत्पतिले सही रुप धारणा गर्दछ । बुद्धले यो प्रकृयालाई व्युत्पति भन्नु भएको छ ।
   
प्रतित्यसमुत्पाद सन्धि शब्द हो । ‘प्रतित्य+समुत्पाद’ अर्थात ‘प्रतित्य’ भन्नाले हेतुवाद वा आश्रित नियम र ‘समुत्पाद’ भन्नाले त्यसबाट उत्पन्न हुने परिणाम हो । 
१. यो भवसागर दुःखले भरिएको छ । 
२. दुःखको कारण र यसका समुदाय छन् । 
३. दुःखबाट अलग हुन सक्ने उपाए छ । 
४. दुःखबाट मुक्ति हुन सक्ने अवस्था र मार्ग छ । अर्थात निर्वान प्राप्त गर्न सक्दछ । यसलाई ‘चार आर्य सत्य’ भन्दछन् । चार आर्य सत्यको दोस्रो बुँदामा दुःखको कारण र यसका समुदाय भन्नु भएको छ । यसको वास्तविक अवस्थालाई ‘दुवादश निदान’ भन्नु भएको छ । यसलाई श्रंखलावद्ध तरिकाले उदाहरण दिनु भएको छ । जस्तैः जरामरण, जाती, भव, उपदान, तृष्णा, वेदना, स्पर्ष, षडायतन, नामरुप, विज्ञान, संस्कार र अविद्या हुन् । यी श्रृंखलाहरु एक पछि अर्को कारणमा आश्रित हुँदै अविद्यामा समाप्त हुन्छ । 

यो अवस्था परम् अतिक्रमण वा अन्तिम अवस्था हो । यही अतिक्रमणबाट अन्धकार सुरु हुन्छ । अन्धकार भनेको निराकार हो । जहाँ कुनै आकार प्रकारको अनुभव हुँदैन । अर्थात बिल्कुलै शुन्यको अवस्था हुन्छ । यो नै वास्तविक समाधिको अवस्था हो । जहाँबाट निर्माण मार्ग प्राप्त गर्न सकिन्छ । निर्माण भनेको जरामरणको अवस्थाबाट अलग हुनु हो ।         
   
चार आर्य सत्यको वास्तविकतालाई जान्नका लागि ‘अष्ट मार्ग’को सिद्धान्तलाई बुझ्नु आवश्यक हुन्छ । निर्वाण प्राप्त गर्नका लागि ती मार्गहरु उत्तम मार्ग हुन् । जस्तैः सम्याक दृष्टि, सम्याक संकल्प, सम्याक वाणी, सम्याक कर्म, सम्याक जिविका, सम्याक व्यायम, सम्याक स्मृति र सम्याक समाधि हुन् । 
   
त्यसैले, धर्ममा बैराग्य श्रेष्ट, सत्यमा चार आर्य श्रेष्ट, मार्गमा अष्ट मार्ग श्रेष्ट, शीलमा पञ्चशील श्रेष्ट, भावनामा करुणा श्रेष्ट, प्राणीमा मनुष्य श्रेष्ट र मनुष्यमा चक्षु समान बुद्ध श्रेष्ट । यो अत्यन्तै उत्कृष्ट सुत्र छ । यसलाई ह्रदयमा मनन गर्न जरुरी छ ।

बुद्धचक्षु भनेको सम्याक दृष्टि हो । सम्याक दृष्टि भनेको पक्षपात र भेदभाव रहितको चक्षु समानको दृष्टि हो । दृष्टिमा हिन्दुबाद, मुस्लिमबाद, इसाइबाद, पुरतनबाद, समाजबाद, जिन्दाबाद, मुर्दाबाद वा कुनै जात, जाति, समुह, सम्प्रदायको रंग र प्रभाव रहनु हुँदैन । बिल्कुल निश्चल, सफा, स्पष्ट र नांगो हुनु पर्छ । जस्तैः ऐनामा हेर्दा, यदि ऐना सफा छ भने, हाम्रो प्रतिविम्ब स्पष्ट रुपमा देखिन्छ । यदि ऐनामा कुनै दाग लागेको छ, धुलो लागेको छ वा कुनै रंग लागेको छ भने, हाम्रो प्रतिविम्ब स्पष्ट हुँदैन । अर्थात दृष्टिमा कुनै खोट छ भने, त्यो दृष्टिले बास्तविक्तालाई देख्न सक्दैन । उदाहरणको लागि तपाइँले हरियो चश्म लगाएको छ भने, सम्पूर्ण बस्तुलाई हरियो देख्नु हुन्छ । एवं प्रकार व्यक्तिको दृष्टि कास्तो छ ? उस्ले त्यही अनुसारको रंग र ढंग प्रत्येक बस्तुमा देख्दछ । त्यसैले, बुद्धले भन्नु भएको छ, सम्याक दृष्टिले मात्र सत्यलाई देख्न सक्दछ । यही कारण बुद्धले सम्याक दृष्टिलाई ‘बुद्धचक्षु’ भन्नु भएको छ ।                  
   
गौतम बुद्धले ‘बुद्धत्व’ प्राप्त गरे पछि, सात हप्ता अर्थात उनन्पचास दिनसम्म त्यही पिपलको रुखको वरिपरीको स्थानमा धर्म अनुमोदन अर्थात ह्रदय भित्र धर्मको बारेमा छलफल गरी बस्नु भयो । त्यसैले बुद्ध दर्शनमा ह्रदय सूत्रलाई मूल सूत्र मानिन्छ । बुद्धले प्रत्येक हप्ता एकै स्थानमा ध्यान मुद्रामा बसे । पालि साहित्यमा यसलाई मौन ब्रत पनि भन्दछ । सात हप्तासम्म ध्यान गरेको आसनलाई सप्त बुद्ध पनि भन्दछन् । यसरी, तथागत ध्यान मुद्रमा रहदा उनको आवश्यक सुरक्षा मुचलिन्द नागले गर्दथे । यही कारणबाट महायान मार्गमा मानिसको मृत्यु भए पछि उनन्पचास दिन भित्र कुनै नयाँ अवस्थामा जन्म लिने सक्ने विश्वास भएकोले त्यही समय भित्र पितृ कार्य र पिण्ड दान गर्ने संस्कार पनि चलि आएका छन् । 

यसरी, सात हप्तासम्म धर्म अनुमोदन गरे पछि प्रथम पटक कसलाई धर्मोपदेश दिन सकिन्छ भनि ‘बुद्धचक्षु’बाट हेर्दा, उनले सुरुका दिनहरुमा ध्यान, तपस्य र साधना गरेका आश्रमका गुरुहरु सबै दिवंगत भैसकेका थाहा पाए । पञ्च वर्गिय भिक्षुहरुले  पथभ्रष्ट र पतित भए भनि त्यागेर गए पनि उनीहरु लामो समयसम्म मेरो संतसंगमा रह्यो । त्यसैले, पञ्च वर्गिय भिक्षुहरुलाई नै प्रथम पटक धर्मोपदेश दिन उपयुक्त हुने ठानेर उरुबेलदेखि सारनाथतिर गाउँ गाउँ चहार्दै खोज्दै गए ।

सारनाथतिर जादै गर्दा, बाटोमा एक जना उपक आजिवक भेट्यो । उनी आजिवक सम्प्रदयका भिक्षु थिए । उनले बुद्धलाई देखेपछि आश्चर्य चकित भएर सोध्यो ।
   
‘हे श्रमनेर,’ तपाइँको इन्द्रियहरु अत्यन्तै परिशुद्ध, निर्मल र शन्तमय वातावरणमा देखिन्छ । तपाइँ कुन उद्देश्यले प्रवर्जित हुनु भएको हो ? कुन धर्ममा आस्थ राख्नु हुन्छ ? तपाइँको गुरु, आचार्य, उपाध्याय र शास्त को हुन् ? मलाई पनि बताउनु होस् । म पनि ज्ञानको खोजिमा छु । तर, अहिलेसम्म सही गुरु भेटेको छैन, उपकले भन्यो ।  
‘म कुनै धर्ममा आस्थ राख्दैन,’ बुद्धले भन्यो ।
‘किन राख्नु हुन्न ?’ उपकले सोध्यो ।   
मेरो कुनै गुरु, आचार्य, उपाध्याय र शास्त पनि छैनन् । यसको अर्थ यो होइन कि म कुनै गुरुहरुमा रहेन ? धेरै आश्रमहरुमा गए । धेरै गुरु, आचार्य, उपाध्याय र शास्तहरुको सतसंग गरँे । तर, उनीहरुसंग केही पनि पाएन ! 
   
जब मैले पाए, तब म एक्लै थिए । मैले आफ्नै अनुभवबाट यस्तो अदभूत ज्ञान अर्थात सर्वज्ञान स्वरुप ‘बुद्धत्व’ प्राप्त गरेको छु । अब केही खोज्न र बुझ्न आवश्य छैन । मैले जान्नु पर्ने सबै जानी सके । यहाँसम्म कि तृष्णाको मूल भावलाई नै मिटाइ सकेँ । सन्यास मात्र होइन, परम् सन्यासलाई पनि त्यागी सकेँ । अब मेरो मनमा कुनै प्रकारको वास्ना बाँकी छैन । बिल्कुल समुद्र जस्तै समतल, निश्चल र निर्मल भावको करुणा उदय भएको छ ।
   
मैले जसरी प्राप्त गरे, तिमीले पनि प्राप्त गर्न सक्दछ । मैले प्राप्त गरेको बुद्धत्वको सार न शास्त्रमा, न शब्दमा, न त कुनै सिद्धान्तमा, यो त तिम्रो चेतनामा बसेको छ । तिमी मन्दिर हो । त्यही भित्र परमात्मले बास गरेको छ । त्यसैलाई चिनेर जगाउनु पर्छ । त्यहीबाट अदुभूत बुद्धत्वको उदय हुन्छ । मैले प्राप्त गरेको सत्य यही हो, बुद्धले भन्यो ।
‘उपक आजिवक अल्मलमा परेर केही भन्न सकेन ।’
‘बुद्धले टाउको हल्लाए र सारनाथतिर लम्किए ।’ किनभने पञ्च वर्गिय भिक्षुहरुलाई प्रथम पटक धर्मोपदेश दिने उनको लक्ष्य थियो । त्सैले समय उनको लागि महत्वपूर्ण थियो ।
   
आजको छैठो श्रृंखला यही समाप्त हुन्छ । सातौ श्रृंखलामा पञ्च वर्गिय भिक्षुहरुलाई प्रथम धर्मोपदेशको विषय लिएर फेरी भेटघाट हुनेनै छ । तबसम्मलाई बिदा दिनुहोस् । बुद्धम शरणम् गच्छामी ।

चोग डीबी गुरुङ बुद्ध दर्शनको विद्यार्थी हुन् । 
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.