Enlightenment of Gautama Buddha.

सिद्धार्थले बुद्धत्व प्राप्त गरेको अवस्थाः

Enlightenment of Buddha.
नमस्कार, यो बुद्ध वचन बाचन कार्यक्रम हो । म कार्यक्रम प्रस्तोता चोग डीबी गुरुङ यहाँहरुलाई हार्दिक स्वागत गर्दछु । वास्तवमा म बुद्ध धर्मको अध्यता, आचार्य, खेन्पो, लामा, उपासक केही होइन । बुद्ध दर्शनको विद्यार्थी हुँ । यहाँनिर स्पष्ट हुनु पर्ने कुरा के छ भने, धर्मको अनुयायीहरुले शील र आचार संहितको पालन गर्दछ । तर, दर्शनको विद्यार्थीले उत्कृष्ट संभावनाहरुको निरन्तर अध्ययन गरिरहेको हुन्छ । यही अध्ययनको क्रममा मैले जाने बुझेको कुराहरु सबैलाई बाँटन मात्र खोजेको हुँ । आजको चौथो श्रंखलामा सिद्धार्थ गौतमले बुद्धत्वको खोजिमा कहाँ कहाँ गए, के के गरे, कसरी बुद्धत्व प्राप्त भयो भन्ने बारेमा संक्षिप्त बाचन गरिने छ । बोधी मित्रहरुलाई कार्यक्रम चित्त बुझ्दो भएमा आफन्तहरुलाई पनि शेयर गर्नु होला । आजको चौथो श्रृंखला बुद्धत्वको खोजि र प्राप्ति कसरी भयो भन्ने विषयबाट उठान गरिनेछ । यो बुद्ध वचन बाचन कार्यक्रम हो ।

‘समयको विडम्बना पनि अचम्मको छ ।’ 
राजदरबारको सुख शैलमा हुर्किएको सिद्धार्थ गौतमले खालि खुट्ट पैद यात्रा गर्नु पर्यो । प्रथम दिनको पैदल यात्रा कति पिडादायक भए होला ! शब्दहरुमा वर्णन गर्न सकिन्न । तर, उनको प्रतिज्ञा र उद्देश्य प्राप्तिको मार्गमा यो पिडा साधरण जस्तै थियो । उनीसंग आत्मबल थियो । त्यसैको जगमा अनोमा नदी तरे पछि मगध राज्यतिर बड्यो । मगध राज्यको राजघानी राजगृह थियो । राजगृह समृद्ध भएकाले प्रख्यात दार्शनिकहरु र पण्डितहरुको जमात त्यस वरिपरी जमघट भैरहन्थ्यो । बाटोमा बिशाल गंगा नदी तरेर मगध प्रवेश गर्यो । बाटोमा जादै गर्दा, ‘साकी, पद्म र रैवत’ नामक ब्राह्मनहरुको आश्रममा बस्दै गयो । सबैले उनलाई स्वागत एवं सत्कार गरे । दिउसो बाटोमा हिँडदै गर्दा पनि बटुवाहरुले आदार सत्कार गर्ने गर्दथ्यो । तर, उनको अबिराल यात्रामा आदार सत्कारको खासै महत्व थिएन ।    
   
कपिलबस्तुदेखि राजगृह नगर लगभग ६५० किलो मिटरको दुरीमा थियो । यति लामो कठिन पैदल यात्रा पछि, पाण्डव पर्वतको सुन्दर बनबागमा पुगे । पाण्डव पर्वत पाँचवटा पर्वतले घेरिएको रमणिय एवं सुन्दर बनबाग थियो । त्यहाँ प्रशस्त कन्दमूल र फलपूmलहरु प्राप्त हुन सक्ने भएकाले, त्यही घाँटीमा घाँसफुसको सानो कुटी बनाएर विश्राम गरे ।

भोली पल्ट बिहानै राजगृह नगरमा भिक्षाटनका लागि गए । सिद्धार्थ गौतमको शारीरिक बनावट, चालढाल, हिँडाइ, बोलाइ, शिष्ट भाषा, करुणा र असाधारण स्वभाव देखेर सबै बटुवाहरु आश्चर्य मान्दथे । यस्तो महातेजस्वि साधु नगरमा प्रथम पटक देखिएकोले बटुवाहरुले पछ्याउन थाले । राजदरवारको अगाडि मानिसहरुको भीडभाड देखिएकाले, मगध नरेश श्रेणिय बिम्विसरले सुरक्षा प्रमुखलाई यसको कारण सोधे ।
   
महाराज, यो महातेजस्वि साधु कपिलबस्तुको शाक्य राजकुमार सिद्धार्थ गौतम हुन् । जस्को नामाकरणको समयमा पण्डितहरुले चक्रवर्ती राजा हुने वा सन्यास लिए ‘बुद्धत्व’ प्राप्त गर्ने भविष्य वाणी गरेका थिए । कोलिया र शाक्यहरुबीच आपासी द्धन्दका कारण प्रवर्जित भएका हुन् । गुप्तचरबाट प्राप्त सूचना अनुसार उनी पाण्डव पर्वतको घाँटीमा कुटी बनाएर बसेको जानकारी प्राप्त भएको छ । आज विहना मात्र प्रथम पटक भिक्षाटनमा राजगृह आएका हुन्, सुरक्षा प्रमुखले भन्यो ।
   
‘साधु ! साधु ! साधु !’ महाराज उत्तेजित भए । 
गुप्तचरहरुलाई उनको निगरानी राख्नु भन्नु । तत्कालै, पाण्डव पर्वततिर प्रस्थान गर्न सानो दलबलको व्यवस्था गर, राजाबाट आदेश भयो । आदेश अनुसार व्यवस्था भए पछि दलबल सहित पाण्डव पर्वततिर प्रस्थान गरे । 
   
‘सिद्धार्थले बिहना प्राप्त गरेका भिक्षा पात्रमा हेरे ।’
के यो त्यही खाना हो ? जो साधारण मानिसहरुले खान्छन् ? आफैले आफुलाई सोधे ? केही समय आधिसम्म म राजकुमार थिए । तर, अब म साधारण सन्यासी हुँ । अब मैले भिक्षामा जे प्राप्त हुन्छ, त्यही ग्रहण गर्नु पर्छ, मनमनै सोँचे र भोजन ग्रहण गरे । तर, भोजनमा खासै स्वाद नभएकोले राजदरबारको राजभोगको स्मरण भयो । खाउँ कि नखाउँ भन्ने दुबिधमा थिए । तर, सिद्धार्थलाई  प्रचण्ड भोकले आक्रमण गरिसकेको थियो । ‘भोजन भन्दा भोक मिठो ।’ त्यसैले, भोजन ग्रहण गरिरहेको थियो । त्यही समय पाण्डव पर्वतको शिखरमा महराज बिम्बिसर आइपुगे । 
   
सिद्धार्थलाई उनी महाराज बिम्बिसर हुन भन्ने जानकारी थिएन । फेरी पनि राजगृहको क्षेत्रमा राजकीय सम्मानकासाथ आएको हुनाले उनी बिम्बिसर नै हुन् भन्ने सिद्धार्थको ठम्याइ थियो । 
मगध नरेश श्रेणिय बिम्विसर, सिद्धार्थको नजिकै गएर साधु सन्यासीहरुलाई गर्नु पर्ने राज मर्यादा प्रकट गर्दै यसो भने—‘हे सन्यासधारी सिद्धार्थ, तिम्रो कुलसंग मेरो घनिष्ट सम्बन्ध छ । तिम्रो बारेमा जे सुनेको थिए, आज त्यही अवस्थामा देखे । यो अवस्था देखेर म अत्यन्तै दुःखि छु । तिम्रो असाधारण प्रतिभाका कारण शाक्य संध भयभित र आतांकित भएका हुन् । सेनापतिले सैनिक अधिकारीहरु र शाक्य कुमारहरुलाई यति धेरै उत्तेजित गरिदिएका थिए कि उनीहरुले सही र गलत के हो ? छुट्याउन सकेनन् ! तिमी यही परिस्थितिको शिकार भएको हो । यदि यो सत्य हो भने, तिम्रो विपक्षहरुलाई मेरो सैनिक बलले तत्कालै कुल्चिन सक्दछ । शाक्य कुल विपरित युद्ध न गर्ने तिम्रो मनासय हो भने, मगधको आधा राज्यमा तिम्रो अधिकार दिन्छु । यौवन अवस्थामा कामको भोग, मध्यमा ऐश्वर्य र बृद्ध अवस्थामा धर्म धारण गरेर मोक्ष प्राप्त गर । यही जीवनको लक्ष हो, बिम्बिसरले भन्यो ।  
   
‘हे कुलभूषण करुणामय मगधाधिपति, प्रतिकुल अवस्थामा पनि तपाइँले म प्रति देखाउनु भएको सहनुभूति एउटा असल मित्रको कर्तव्य भएको ठानेको छु । यो सहनुभूति प्रति म कृतार्थ छु । तर, म शान्तिको खोजिमा प्रवर्जित भएको हुँ । यो दुःखको संसारबाट छुटकारा पाउन सक्ने उपायहरुको खोजिमा छु । अब मेरो मन तृषणा, काम, विषय, ऐश्वर्य, भोग र वास्ना प्रति कुनै आकर्षण छैन, सिद्धार्थले भन्यो ।

सिद्धार्थको दृड निश्चय देखे पछि, आफ्नो उद्देश्य प्राप्त भए पछि उपदेश दिन राजगृह आउने वचन माँगे । सिद्धार्थले सहमति जनाए पछि राजा बिम्विसर दरवार फर्किए । बाटोमा फर्किदै गर्दा, राजा श्रेणिय बिम्बिसरको मनमा अनेकौ तर्क बितर्कहरु खेल्न थाले । शाक्य कुलमा जन्मिएको, नामाकरणको समय चक्रवर्ती राजा हुने वा सन्यास लिए सर्वज्ञ बुद्ध हुने, दरबारमा हुर्किएको, सुख शैलमा रमाएको राजकुमार, संघको मतदानमा अल्पमत, प्रवज्य लिएर सन्यासी भेषमा, खालि खुट्टा, भिक्षामा जिविका आदि आदि दृष्यहरु उनको दिमागमा फनफन्ति धुमिरहेको थियो । एक्कासी रथ रोकिए पछि मनको तरंग टुट्यो । त्यस समय उनको रथ दरबारको ढोकाको सामुन्ने खडा थियो । गह्रुंगो मन लिएर रथबाट ओर्लिए पछि बिचित्रको संसारमा के–के देख्न र सुन्नु पर्ने हो ? टाउको हल्लाउदै द्धारतिर लम्किए ।       

समयको हरेक काल खण्डमा एकएक विषयको प्रतिष्ठा चर्चाको चुलिमा पुग्दछ । त्यस समय सन्यास लिने प्रतिष्ठाको विषय थियो । त्यसैले, सिद्धार्थ गौतमको नामाकरणको समय आठ जना पण्डितहरुको समुहमा कौण्ड्या पनि थिए । उनी कान्छो पण्डित भए तापनि सिद्धार्थले सन्यास ग्रहण गरेर बुद्धत्व प्राप्त गर्ने छन् भनि ठोकुवा गरेका थिए । त्यसै विश्वासमा सन्यास लिएर उनलाई खोजि गर्दै आए । उनीसंग अश्वजित, बाष्प, महानाम र भद्रिक पनि थिए । पाण्डव धाँटीमा उनीहरुको भेट भयो । 
   
भेटभए पछि आपासमा भलाकुसारी भयो । सिद्धार्थले गृह त्याग गरे पछि राज्यमा शान्तिको पक्षमा नागरिक आन्दोलन भयो । त्यसको परिणाम, शाक्य र कोलियाबीच शान्ति संझौता भएको सुखद समाचार सुनाए । समाचारले सिद्धार्थलाई शान्ति दियो । 
   
‘मित्र हो, यो मेरो जीत हो,’ सिद्धार्थले भने ।
‘हामीलाई मित्र भन्नको अर्थ बुझेन,’ कौण्डयले सोध्यो ।
हे मित्र कौण्ड्य, केही समय अधि म राजकुमार थिए । तपाइँहरु विद्धान पण्डित । अब मैले पनि प्रवज्य ग्रहण गरी सन्यास धारण गरिसके । जहासम्म मैले बुझे अनुसार मित्र भनेको स्वार्थ रहित अवस्थामा एउटाले आर्काको मर्म र भावना बुझेर आपासी सहयोगको आदान प्रदान गर्नुनै मित्रको परिभाषा हो । सत्य कुरो, भन्नु पर्दा, अब तपाइँ र मेरोमा के अन्तर छ र ? यसमा संकोच मान्नु पर्ने कुरा के छ ? यदि केही अन्तर छ भने, त्यो हो, शारीरिक आकार, आचारण र बैचारिक दृडतामा । आखिर हामी सबैको लक्ष्य त एउटै हो नि, सिद्धार्थ गौतमले सरल भाषामा स्पष्ट भने । 
   
‘सिद्धार्थको कुरामा सबैले हाँमा हाँ मिलाए ।’ तर, मलाई त मित्र भन्न अप्ठेरो लाग्यो, कौण्ड्याले भन्यो । 
‘उप्रान्त के भन्न रुचाउनु हुन्छ त,’ सिद्धार्थले सोध्यो । 
‘आयुस्मान भन्न चहान्छु,’ कौण्ड्याले भन्यो ।      
पण्डित कौन्ड्य उनको गुरुकुलको गुरु पनि थिए । त्यसैले, उनको कुरा सिद्धार्थले नकार्न सकेन । त्यस पछि उनीहरुबीच मित्र र आयुस्मानको नातामा संगसंगै ज्ञानको खोजि गर्न थाले । 

त्यस समय आलार कालाम नामक सांख्य दार्शनमा प्रख्यात थिए । उनैको आश्रम खोज्दै गए । यसरी, जादै गर्दा बाटोमा भुगु ऋषिको आश्रममा पसे । त्यहाँ उनले प्रथम पटक सन्यासीहरुको योग, तपस्य, यज्ञ र समाधीको अभ्यासको बारेमा जानकारी पाए । त्यसपछि आलार कालामको आश्रम खोज्दै बैशाली पुगे । त्यहाँ उनले आलार कालाम र उद्दक रामपुत्तसंग संख्या दर्शन, ध्यान र समाधी मार्गको अध्ययन गरे । त्यसपछि राजर्षि नेँगरीको आश्रम खोज्दै गया पुग्यो । उनको आश्रम उरुवेलको नेरन्जना नदीको किनारमा भएकोले शान्त वातावरण थियो । त्यही बसेर ध्यान, तपस्य र साधना गर्न थाल्यो । उनको साथमा ती पाँच जना मित्रहरु पनि थिए । उनीहरुलाई पञ्च वर्गिय भिक्षु भन्दथे । 

सिद्धार्थले गृहत्याग गरे पछि बुद्धत्व प्राप्त गर्नु भन्दा पहिले ६ वर्षसम्म महातपस्य गर्योे । धेरै गुरुहरुको आश्रममा गएर उनको सेवा गरे । जुन जुन गुरुहरुले जे जे जस्तो जस्तो प्रकारको ध्यान, तपस्य र साधना गर्नु भन्यो, एकदमै निष्ठा पूर्वक र विधिविधान अनुसार गर्यो । एक पछि आर्को साधना गर्दै गयो । तर, अहंकारको तृप्त भएन । अर्थात दुःखको संसार समाप्त भएन ।
   
तपाइँले जे जे गर्नु भन्यो, मैले निष्ठा पूर्वक सबै साधना गर्यो । तर, अहंकार तृप्त भएन । उनले गरेको साधना एकदमै अपूर्व थियो । कुनै पनि गुरुहरुले तिमीले ठिक ठिकसंग साधना गरेन । त्यसैले तृप्त हुन सकेन भनेर भन्न सक्ने अवस्था थिएन । आलोकाँचो गुरुहरु त सबै गौतमको निष्ठा पूर्वक साधना देखेर परपर भाग्न थाल्दथे । अन्तमा, गुरुले क्षमा माग्यो र भन्यो, अब तपाइँ आर्को कुनै नयाँ गुरुलाई खोज्नु भनेर भन्यो । यही क्रम प्रायः जसो सबै आश्रममा भयो । 
   
यसरी गुरुको आश्रम खोज्दै जाने क्रममा एउटा नयाँ आश्रममा पुगे । त्यहाँ गुरुले भन्यो, हेर गौतम, ध्यान गर्ने र मन्त्र पढने समयमा बाँदरको स्मरण गर्न हुँदैन । अब समस्या के थियो भने, ध्यानको समयमा जति उपाय गर्यो त्यतिनै बाँदरको स्मरण बढदै जान्छ । बाँदरको स्मरण बढदै गए पछि ध्यान स्थिर हुदैन । स्थिर नभए पछि चित्त शान्त हुदैन । शान्त नभए पछि केको लागि ध्यानमा बसेको हो ? त्यो कुरा स्पष्टसंग प्रतिविम्ब हुन सक्दैन । प्रतिविम्बित नभए पछि सही र गलत मार्गको वास्तविक अवस्थाको जानकारी हुन सक्दैन । 

त्यस बेलाका गुरुहरुको आश्रममा नयाँ श्रमनेरहरुको लागि यस प्रकारको अस्वभाविक शर्तहरु बाँधिएको हुन्थ्यो । जुन शर्तहरुको पालना केवल महासंकल्पवान व्यक्तिले बाहेक सर्वसाधरणको लागि सम्भाव थिएन । सिद्धार्थ गौतम महासंकल्पवान व्यक्ति थियो । सब दाउमा लगाउन जान्दथ्यो, क्षेत्रिय थियो । उनी कुनै व्यापारी थिएन । धेरथोर नाफा नोक्सानको धन्दा गरेर, मन्दीरमा घन्टी बजाएर वा रामराम हरिकिर्तन गरेर सत्यको ज्ञान पाइहाले ठिकै छ, नपाए केही छैन भन्ने अवस्थामा थिएन । उनले सबै खोज्यो । तर, चिताए अनुसारको ज्ञान प्राप्त हुन सकेको थिएन । उनी यही चिन्तामा भौतारिएको थियो ।                
   
एक दिन एउटा गुरुले भन्यो, दिन प्रतिदिन भोजन कम गर्दै जानु । जुन दिन भोजनमा एउटा मात्र चलमको दाना रहन्छ, त्यो दिन ज्ञान प्राप्त हुन्छ । सिद्धार्थले त्यही अनुसार भोजन कम गर्दै गयो । छ महिनमा एउटा चामलको दाना मात्र भोजन भयो । ज्ञान त प्राप्त भएन । तर, शरीर पूर्णतय बिनास भयो । शरीरमा हाड्डी र छाला मात्र बाँकी रह्यो । उरुवेलको नेरन्जना नदी तरेर भिक्षाटनमा जानु पर्ने थियो । त्यो दिन सानो नदी पनि तर्न सकेन, बाटोमै ढल्यो । एउटा घाँसको जरालाई समात्यो । त्यो पनि समात्ने क्षमता रहेन । हात खुट्टा फतक्क गल्यो । तब सिद्धार्थको चेतना खुल्यो । मलाई यो के भयो ? म के गर्दै छु ? भवसागर तर्ने इरादाले सन्यास लिएको हुँ । तर, आज सानो नदी पनि तर्न सकेन ?
   
यो घट्ना उरुवेलको नेरन्जना नदीको किनारमा भएको थियो । यस घट्ना पछि सिद्धार्थ गौतमको पूर्ण रुपमा चेतना खुल्यो । आफुले चिताए अनुसारको ज्ञान प्राप्त गर्नका लागि सर्वप्रथम शरीर विज्ञानको नियमित प्रकृयालाई पालन गर्न आवश्यक महशुस भयो । मेरो भौतिक शरीर नै छैन भने ज्ञान प्राप्त कसरी गर्ने ? परम् ज्ञान प्राप्त गर्नका लागि सन्तुलित भोजन आवश्यक महशुस भएकोले, त्यस दिनदेखि नियमित भोजन गर्न थाले । सिद्धार्थले नियमित भोजन गर्न थाले पछि लामो समयदेखि उनको सतसंगमा रहेका पञ्च वर्गिय भिक्षुहरुले मनमा सोँच्यो कि अव, यो सिद्धार्थले उपवासको महासंकल्प ब्रतलाई तोड्यो । उपवास तोडे पछि पथभ्रष्ट र पतित भयो । अब यो नरक बास हुन्छ । यसले परम् ज्ञान प्राप्त गर्न सक्दैन । यसको सतसंगमा बसेर कुनै ज्ञानको लाभ हुँदैन भनि उनलाई त्यागेर गए ।

उरुवेलको पूर्व क्षेत्रमा अवस्थित एउटा बस्तिमा सेनानी नामक सम्पन्न गृहस्थि थिए । उनको सुजाता नाम गरेकी छोरी थिइन । उनले पुत्र लाभका लागि पिपलको भाकल गरेकी थिइन । उनी प्रत्येक दिन प्रातकाल एउटा विशाल पिपल बृक्षको फेदमा पूजा गर्न जाने थिइन । पूर्णिमाको चर्तुदशीको प्रात पूजा गर्न जाँदा, त्यही पूजा स्थलमा साक्षत भगवानको रुपमा सान्त मुद्रमा एउटा भिक्षु ध्यानमा बसिरहेको देखे । 
   
‘ओहो ! मेरो कस्तो अहो भाग्य !’ 
मेरो पूजा स्थलमा साक्षत भगवान पो ध्यानमा बस्नु भएको रहेछ । अब मेरो मनोकामना पूर्ण हुन्छ भन्ठानेर भिक्षुलाई पूजा अर्चना गरी स्वर्ण पात्रमा खीर दान गरे ।
   
‘सिद्धार्थले पनि सुजाताबाट खीर ग्रहण गरे ।’ 
अपरान्ह पछि नेरन्जना नदीमा गएर स्नान गरे पछि, सुजाताले दान गरेकी खीर भोजन गरे । यदि मैले सत्य मार्ग अवलम्वन गरेको छु र बुद्धत्व प्राप्त गर्न सक्ने अवस्था छ भने, यो स्वर्णपात्र नदीको बिपरित धारमा बग्नु भनी फाले । 
   
‘पात्र बिपरित धारमा बग्यो ।’ 
‘ओहो ! आश्चर्य ! साधु ! साधु !’ 
मेरो मार्ग र संकल्पमा कुनै संदेह छैन, भनी जल देवीलाई नमन गरी फर्किए । आउदा आउदै बाटोमा एक जना घाँसीले घाँस दान गरे । त्यही घाँसको मुठा ओछ्याएर पिपलको रुख मुनि पद्मासन लगाएर बसे र प्रतिज्ञा गरे ।  
   
प्राकृतिको नियम अनुसार प्रकृतिको अवस्था उत्पति हुन्छ । अर्थात नियमित वा असाधारण कुनै पनि अवस्थाको घट्ना वा परिघट्नाहरु घटित हुन भन्दा पूर्व, घट्नाको प्रकृति अनुसार लक्षण वा विलक्षण अवस्थाका संकेतहरु देखा पर्दछन् । उदाहरणको लागि भुकम्पको कम्पन, आँधीको कालो बादल, मेघको गर्जन, प्रलयको भूमारी, धनुषको टंकार, युद्धको घोषणा, प्रशावको पिडा, ऋतुको परिवर्तन, परिक्षाको अध्ययन, शान्तिको प्रस्ताव, सम्बन्धको प्रेम वचन, प्रकाशको तेज र ज्ञानको उदय आदि । उपरोक्त अवस्थामा घट्ना र प्रकृति अनुसारको संकेत प्रत्यक्ष रुपमा अनुभाव हुन्छ ।    
   
सिद्धार्थ गौतम पिपलको रुख मुनि घास ओछ्याएर पद्मासनमा बसे पछि प्रतिज्ञा लियो कि यो मेरो शरीरको हाड र छाला मात्र बाँकी रहे पनि ‘बुद्धत्व’ प्राप्त नगरी यो आसनबाट उठ्ने छैन भनि ध्यानमा बसे । उनको मूल उद्देश्य सत्यको खोजीमा थियो । तर, उनलाई अचानक उकुस मुकुस भएर असहय पिडा भयो । 
   
शारीरिक पिडाको कारण उनलाई ‘न त ध्यान, न पद, न परमात्म ।’ चित्त एकदमै विलुप्त भयो । किनभने चित्तको मूल उद्देश्य नै, यो पाए हुन्थ्यो । त्यो पाए हुन्थ्यो भन्ने हुन्छ । महत्वकांक्ष नै चित्तको आत्म हो । तर, त्यस समय पिडाको कारण उनको मनमा कुनै महत्वकांक्ष थिएन । सत्यको वासना पनि छुट्यो । सम्पूर्ण भावले सबै वासनालाई त्याग दियो । बिल्कुलै शुन्य अवस्थामा पुग्यो । प्राकृतिको नियम अनुसार पनि एउटा अवस्थाबाट आर्को अवस्थामा पुग्नका लागि शुन्य अवस्थामा पुग्न अनिवार्य हुन्छ । त्यही शुन्यबाट नविन अस्तित्वको उदय हुन्छ । सिद्धार्थलाई पनि त्यही भयो । 
   
सिद्धार्थको जब आँखा खुल्यो, तब आकासमा अन्तिम तारा डुब्ने वाला थियो । अन्तिम तारा डुब्दा डुब्दै उनको अन्तरात्मबाट ज्ञानको ज्योती उदए भएर आयो । संसारलाई प्रकाशित गर्न सक्ने ‘पूर्वानुस्मृति, व्युत्पति र प्रतित्यसमुत्पाद’ सहितको (भूत, वर्तमान र भविष्य)लाई देख्न सक्ने त्रिकालदर्शी ‘बुद्धचक्षु’ सहितको ‘बुद्धत्व’ प्राप्त भयो । तर, यो स्वयं भयो ! यो अद्भूत घट्ना हुने बेलामा त्यहाँ न कुनै गुरुहरु नै थिए । न त आचार्य, उपाध्याय र पञ्च वर्गिय भिक्षुहरु नै थिए । त्यसैले, ‘मारा’ अर्थात काल स्वयं त्यहाँ आएर— ‘हे सिद्धार्थ गौतम,’ तिमीले बुद्धत्व प्राप्त गर्ने समयमा त्यहाँ कोही पनि मानिस उपस्थित थिएन ? यसको साक्षि को छ ? भनेर प्रश्न गर्दा, ‘स्वयं काल, बोधी बृक्ष, तारा मण्डल र यो पवित्र बुद्ध भुमी साक्षि छ,’ भन्यो । 
   
उनको उत्तर सुने पछि ‘बुद्धम शरणम् गच्छामी’ भन्दै बुद्धलाई नमन गरी काल पनि त्यहाँबाट फर्किए । सिद्धार्थले बैसाख पूर्णिमाको रात प्रथम प्रहरमा पिपलको रुख मुनी ‘बुद्धत्व’ प्राप्त गरेको हुनाले पिपलको रुख ‘बोधी बृक्ष’को नामबाट परिचित भए ।
   
आजको चौथो श्रृंखला यही समाप्त हुन्छ । पाचौ श्रृंखलामा प्रथम धर्मोपदेसको विषय लिएर फेरी भेटघाट हुनेनै छ । तबसम्मलाई बिदा दिनुहोस् । बुद्धम शरणम् गच्छामी ।

चोग डीबी गुरुङ बुद्ध दर्शनको विद्यार्थी हुन् ।
5/22/2020  
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.