1st Sermon by Buddha at Sarnatha.

पञ्च वर्गिय भिक्षुहरुलाई प्रथम धर्मोपदेशः

1st Sermon by Buddha.
नमस्कार, यो बुद्ध वचन बाचन कार्यक्रम हो । म कार्यक्रम प्रस्तोता चोग डीबी गुरुङ यहाँहरुलाई हार्दिक स्वागत गर्दछु । वास्तवमा म बुद्ध धर्मको अध्यता, आचार्य, खेन्पो, लामा, उपासक केही पनि होइन । बुद्ध दर्शनको विद्यार्थी मात्र हुँ । यहाँनिर स्पष्ट हुनु पर्ने कुरा के छ भने, धर्मको अनुयायीहरुले शील र आचारणको पालनमा जोड गर्दछन् । तर, दर्शनको विद्यार्थीले उत्कृष्ट संभावनाहरुको निरन्तर अध्ययन गरिरहेको हुन्छ । यही अध्ययनको क्रममा मैले जाने बुझेको कुराहरु सबैलाई बाँटन मात्र खोजेको हुँ । आजको सातौं श्रंखलामा सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरे पछि सारनाथमा पञ्च वर्गिय भिक्षुहरुलाई प्रथम धर्मोपदेश गर्नु भएको बारेमा संक्षिप्त बाचन गरिने छ । बोधि मित्रहरुलाई कार्यक्रम चित्त बुझ्दो भएमा आफन्तहरुलाई पनि शेयर गर्नु होला । आजको सातौं श्रृंखला प्रथम धर्मोपदेशको विषयबाट उठान गरिनेछ । यो बुद्ध वचन बाचन कार्यक्रम हो । 

बाटोमा उपक आजिवकसंग सम्वाद भए पछि पञ्च वर्गिय भिक्षुहरुको खोजि गर्दै गए । सारनाथतिर जाँदै गर्दा, बाटोमा पञ्च वर्गिय भिक्षुहरु रुखमुनि बसिरहेको देखेर उनी पनि त्यतैतिर गए । 
   
भिक्षुहरुले सिद्धार्थ गौतम आएको देखेर यो पथभ्रष्ट र पतित गौतमलाई नमस्कार गर्न हुदैन । यसलाई कुनै सेवा, सत्कार र आदार गर्नु आवश्यक छैन । यो सिद्धार्थ हाम्रो लागि उपगोगी छैन, भनेर देखे नदेखेको जस्तो गरी घोप्टो परेर बसिरहे ।
‘सिद्धार्थ गौतम उनीहरुको नजिकै गएर उभिए ।’
‘हे पञ्च वर्गिय भिक्षु हो,’ यतातिर फर्केर मलाई एकचोटी त हेर ? म त्यही गौतम होइन, जसलाई तिमीहरुले पथभ्रष्ट र पतित भनेर त्यागेर आएको थियो । आज कोही आएको छ । मेरो वाणीमा विश्वास गर, सिद्धार्थले भन्यो ।  
   
पञ्च वर्गिय भिक्षुहरु मध्ये पण्डित कौन्ड्य उमेरले मात्र होइन, अनुभाव, साधना र ज्ञानमा पनि पाको थियो । सिद्धार्थ गौतमको नामाकरणको समयमा आठ जना पण्डितहरु मध्येको उनी पनि एक थिए । उनले भने— ‘हे गौतम, हामीहरुलाई क्षमा गर ।’ हामीहरुले त सोँचेको थियोँ कि पथभ्रष्ट र पतित गौतम आएको छ । तर, अहिले म स्पष्ट देखिरहेको छु, कि तिमी प्रकाशित भैसकेका छौँ । तिम्रो मुख मण्डलको वरिपरी दिव्य प्रकाशको उज्यालो प्रकाशित भएको छ, कौन्ड्यले भन्यो । 
   
बुद्धले भन्यो, त्यसैले त तिमीहरुलाई नै प्रथम पटक धर्मोपदेश गर्नका लागि यति टाढाबाट खोज्दै आएको हुँ । जब तिमीहरुले मलाई त्यागेर आयोँ, तब मैले यो अद्भूत ‘बुद्धत्व’ प्राप्त गरेको हुँ । मैले पाउनु पर्ने र जान्नु पर्ने सबै ज्ञान प्राप्त गरिसकेको छु । मैले प्राप्त गरेको ज्ञानको सार न त कुनै शास्त्रमा, न शब्दमा, न त सिद्धान्तमा आधारित छ । यो त तिम्रो चेतनामा बसेको छ । तिमी मन्दिर हो । त्यही भित्र परमात्मले बास गरेको छ । त्यसैलाई जगाउनु पर्छ । त्यहीबाट ज्ञानको ज्योती प्रकाशित हुन्छ । प्रत्येक मानिसमा बुद्धत्व प्राप्त गर्न सक्ने क्षमता छ । यो देशना सारनाथको ऋषि पतन मृग्दयबनमा भएको थियो ।  
   
‘हे भिक्षुगण,’ यो भव सागर अर्थात संसार दुःखले भरिएको छ । दुःखको कारण र समुदाय छन् । दुःखबाट अलग हुन सक्ने उपाए छ । दुःखबाट मुक्ति हुन सक्ने अवस्था र मार्ग छ अर्थात निर्वान प्राप्त गर्न सक्दछ । यसलाई ‘चार आर्य सत्य’ भन्दछन् । ‘चार आर्य सत्य’को वास्तविक चुरीलाई जान्नका लागि ‘अष्ट मार्ग’को सिद्धान्तलाई बुझ्नु आवश्यक हुन्छ । निर्वान प्राप्त गर्नका लागि ती मार्गहरु उत्तम मार्ग हुन । जस्तैः सम्याक दृष्टि, सम्याक संकल्प, सम्याक वाणी, सम्याक कर्म, सम्याक जिविका, सम्याक व्यायम, सम्याक स्मृति र सम्याक समाधि हुन् । त्यसैले, धर्ममा बैराग्य श्रेष्ट, सत्यमा चार आर्य श्रेष्ट, मार्गमा अष्ट मार्ग श्रेष्ट, शीलमा पञ्चशील श्रेष्ट, भावनामा करुणा श्रेष्ट, प्राणीमा मनुष्य श्रेष्ट र मनुष्यमा चक्षु समान बुद्ध श्रेष्ट । यो अत्यन्तै उत्कृष्ट सूत्र छ । यसलाई मनन गर्न जरुरी छ । बुद्धको प्रथम धर्मोपदेश सुन्ने बित्तिकै पण्डित कौण्ड्यले सर्वप्रथम अर्हत प्राप्त गरे । 

१. सम्याक दृष्टि— सम्याक दृष्टि भनेको पक्षपात र भेदभाव रहितको चक्षु समानको दृष्टि हो । दृष्टिमा हिन्दुवाद, मुस्लिमवाद, इसाइवाद, पुरतनवाद, समाजवाद, जिन्दावाद, मुर्दावाद र कुनै जात, जाती, समुह वा सम्प्रदायको रंग र प्रभाव रहनु हुँदैन । बिल्कुल निश्चल, सफा, स्पष्ट र नांगो हुनु पर्छ । जस्तैः ऐनामा हेर्दा, यदि ऐना सफा छ भने, हाम्रो प्रतिविम्ब स्पष्ट रुपमा देखिन्छ । यदि ऐनामा कुनै दाग लागेको छ, धुलो लागेको छ वा कुनै रंग लागेको छ भने, हाम्रो प्रतिविम्ब स्पष्ट हुँदैन । अर्थात दृष्टिमा कुनै खोट छ भने, त्यो दृष्टिले बास्तविक्तालाई देख्न सक्दैन । उदाहरणको लागि तपाइँले हरियो चश्म लगाएको छ भने, सम्पूर्ण बस्तुलाई हरियो देख्नु हुन्छ । एवं प्रकार व्यक्तिको दृष्टि कास्तो छ ? उसले त्यही अनुसारको रंग र ढंग प्रत्येक बस्तुमा देख्दछ । त्यसैले, बुद्धले भन्नु भएको छ, सम्याक दृष्टिले मात्र सत्यलाई देख्न सक्दछ ।
   
२. सम्याक संकल्प— सम्याक संकल्प भनेको सही निर्णय वा प्रतिज्ञा हो । यदि तपाइँले कुनै संकल्प गर्नु हुन्छ भने, त्यो संकल्प कुनै हठ, जिद्धि वा लहडको कारण वा विषय वस्तुको कारण हुनु हुँदैन । कसैले पनि कुनै संकल्प गर्दछ भने, त्यो संकल्पको बारेमा राम्रोसंग बोध हुनु अत्यन्तै आवश्यक छ । उदाहरणको लागि एउटा मानिसले जटिल परिस्थितिको कारण प्रवज्य लिने संकल्प गर्यो । प्रवज्य लिएर पहेलो, रातो वा मैरुन रंगको चिवर पनि धारणा गर्यो । तर, चिवर अनुसारको आचारण गर्न सफल भएन भने प्रवज्यको संकल्प पूर्ण हुँदैन । उनले राग, द्धेष, माया, मोह, तृष्णा काम, वास्ना र अहंकारको भावनालाई त्याग्न सकेन भने भिक्षुको जीवन पथभ्रष्ट र पतित हुन्छ । त्यसैले, बुद्धले भन्नु भएको छ, सम्याक संकल्पले मात्र सही मार्ग दर्शन हुन सक्दछ ।
   
३. सम्याक वाणी— सम्याक वाणी भेनेको सत्य वचन हो । सत्य वचन भनेको उपयुक्त समयमा सही कामका लागि अर्थपूर्ण कुरा भन्नु हो । कुनै पनि मानिसको वचन सही भएन वा आवश्यक भन्दा ज्यादा बोल्ने बानी भयो भने, त्यो अवस्थाले धेरै किसिमको समस्याहरुलाई निम्त्याउन सक्दछ । किनभने वचनमा शब्दको प्रयोग हुन्छ र शब्दमा प्राण हुन्छ । आवेगको अवस्थामा प्राण वायुद्धारा अनुचित वा कटु शब्दको प्रयोग हुन गयो भने, त्यसबाट आपासमा मनमुटाव र द्धन्दात्मक अवस्था सिर्जना हुन सक्दछ । यो अवस्थाले सिमा नाँघे पछि सम्बन्धमा फाटो आउनुका साथै बिच्छेद समेत हुन सक्दछ । त्यसैले, बुद्धले भन्नु भएको छ, सम्याक वाणीबाट वचनको समस्याबाट मुक्त हुन सक्दछ ।
   
४. सम्याक कर्म— सम्याक कर्म भनेको उचित कर्म हो । सही समयमा उचित कर्म गर्न वा हुन सकेन भने त्यसबाट मनग्या लाभ प्राप्त हुन सक्दैन । उदाहरणको लागि कृषकहरुले ऋतु अनुकुल खेती गरेन भने, उत्पाद कम हुन्छ । उपासक, उपासिकाहरुले पनि शिल विपरित कर्म गर्यो भने, साधनाबाट कुनै उपलब्धि प्राप्त हुन सक्दै । मानव जीवनमा गरिने वा गर्नु पर्ने प्रत्येक कर्मको एउटा निश्चित परिधि तोकिएको हुन्छ । त्यही अनुसार कर्म गर्न वा हुन सकेमा मात्र उपलब्धि प्राप्त हुन सक्दछ । त्यसैले, बुद्धले भन्नु भएको छ, सम्याक कर्मबाट आत्म सन्तुष्टि प्राप्त हुन्छ । सन्तुष्टिबाट स्थिरता हुन्छ । स्थिरताबाट बृत्तिविकास हुँदै समृद्ध प्राप्त हुन्छ । सम्याक कर्मको उत्कृष्ट फलनै समृद्ध जीवन हो । 

५. सम्याक जिविका— सम्याक जिविका भनेको आदर्श जीवनको आधार हो, जसबाट समाजलाई मार्ग दर्शन हुन्छ । भवसागरमा जीउने कला धेरै प्रकारका छन् । प्रत्येक योनीको अलग अलग रंग, स्वभाव र सामर्थ हुन्छन् । त्यही सामर्थ अनुसार उनको जीवन पद्धती बन्छ । उदाहरणको लागि बाघ र मौरीको जीवन पद्धतीलाई तुलना गरेर हेर्नुहोस् । मौरीको तुलनामा बाघ धेरै शक्तिसाली हुन्छ । तर, उपयोगिताको दृष्टिकोणबाट मौरी धेरै उत्कृष्ट र शान्तसंग जिविका चलाउने हुन्छन् । यसले उत्पादन गरेको महमा हजार प्रकारका जटिबुटीहरको मिश्रण रहेकाले गुणकारी औषधीको रुपमा लिइन्छ । त्यसैले, बुद्धले भन्नु भएको छ, मौरीको जिविका र जीवन पद्धती सम्याक जिविकाको प्रेरणा हो ।
   
६. सम्याक व्यायम— सम्याक व्यायम भनेको सन्तुलित अभ्यास हो । कुनै पनि कामको अभ्यास गर्दा, न त छिटो न त ढिलो । विल्कुल मध्यमा हुन आवश्यक छ । छिटोछिटो गरिने कुनै पनि कामको अभ्यासले शारीरिक शक्तिको नाश गर्दछ । एकदमै ढिलोसंग गरेको कामबाट पनि भने जस्तोरी उपलब्धि प्राप्त हुन सक्दैन । मध्यम व्यायम गरेर शेष हुन आएको उर्जालाई सकारात्मक दिशामा प्रयोग गरी थप उपलब्धि प्राप्त गर्न सकिन्छ । त्यसैले, बुद्धले भन्नु भएको छ, सम्याक व्यायमबाट सञ्चित उर्जाबाट नयाँ उपलब्धिहरु प्राप्त गर्न सकिन्छ । 
   
७. सम्याक स्मृति— सम्याक स्मृति भनेको पूर्णरुपमा होसमा रहनु वा कुनै पनि काम पूर्ण स्मरणका साथमा गर्नु हो । अर्थात स्मृति भनेको चेतनाको शुष्म दियो हो । कुनै पनि काम गर्ने समयमा सचेत भएर काम गर्नु हो । यसरी प्रत्येक अवस्थामा सचेत भएर उठ्ने, बस्ने, खाने, पिउने, बोल्ने, पढ्ने, हिँड्ने, हाँस्ने र काम गर्ने बानी बसिसके पछि निन्द्रको अवस्थामा पनि एउटा शुष्मा जागरणको धारा अटुट रुपमा सचेत भैरहेको हुन्छ । किनभने, निन्द्र शरीरमा हुन्छ । तर, चैतन्य भित्रको ज्योती अटुट बलीरहेको हुन्छ । त्यसैले, बुद्धले भन्नु भएको छ, सम्याक स्मृतिबाट जीवनमा सार्थक्ता प्राप्त हुन सक्दछ ।           
   
८. सम्याक समाधि— सम्याक समाधि भनेको पूर्ण रुपमा ध्यानमा लिन हुनु हो । विज्ञानको सिद्धान्त अनुसार शरीरमा भौतिक र अध्यात्मिक गरी दुइवटा मार्गहरु हुन्छन् । भौतिक शरीरको जगमा बसेर गरेका ध्यान र साधनाद्धारा नै चेतनाको विकास हुन्छ । सम्याक स्मृतिमा भने झै उठ्ने, बस्ने, खाने, पिउने, बोल्ने, पढ्ने, हिँड्ने, हाँस्ने र काम गर्ने बानी बसिसके पछि निन्द्रको अवस्थामा पनि एउटा शुष्मा जागरणको धारा अटुट रुपमा सचेत भैरहेको हुन्छ । त्यही चैतन्यको ज्योतिमा मनको भावलाई सम्पूर्ण रुपमा लिन गराइ शरीरबाट विश्राम लिनु हो । जीवनमा पूर्ण विराम दिनु हो । यहीबाट नविन मार्गको प्रभात आरम्भ हुन्छ । यो क्रियालाई बुद्धले सम्याक समाधि अर्थात निर्वानको अवस्था भन्नु भएको छ ।                            
   
उपरोक्त अष्ट मार्गलाई सही तरिकाले अभ्यास गर्नका लागि न्यूनतम अवस्थामा पञ्चशीलको आधारलाई पालन गर्न आवश्यक हुन्छ । जस्तैः हिंस नगर्नु, झुट नबोल्नु, चोरी नगर्नु, मादक पदार्थ सेवन नगर्नु र परस्त्री गमन नगर्नु आदि । आजको सातौं श्रृंखला यही समाप्त हुन्छ । आठौं श्रृंखलामा पञ्च शीलको विषय लिएर फेरी भेटघाट हुनेनै छ । तबसम्मलाई बिदा दिनुहोस् । बुद्धम शरणम् गच्छामी ।

चोग डीबी गुरुङ बुद्ध दर्शनको विद्यार्थी हुन् ।
6//1/2020 
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.