Sermon to king Bimbisar at Magat.

राजा बिम्विसरलाई प्रथम धर्मोपदेश:

A first sermon to king Bimbisar.
नमस्कार, म चोग डीबी गुरुङ यहाँहरुलाई गुरुङ स्कुलको ब्लगमा हार्दिक स्वागत गर्दछु । वास्तवमा म बुद्ध धर्मको अध्यता, आचार्य, खेन्पो, लामा, उपासक केही पनि होइन । बुद्ध दर्शनको विद्यार्थी मात्र हुँ । यहाँनिर स्पष्ट हुनु पर्ने कुरा के छ भने, धर्मको अनुयायीहरुले शील र आचारणको पालनमा जोड गर्दछन् । तर, दर्शनको विद्यार्थीले उत्कृष्ट संभावनाहरुको निरन्तर अध्ययन गरिरहेको हुन्छ । यही अध्ययनको क्रममा मैले जाने बुझेको कुराहरु सबैलाई बाँटन मात्र खोजेको हुँ । आजको श्रृंखलामा राजा बिम्बिसरलाई प्रथम धर्मोपदेश गरेको बारेमा संक्षिप्त प्रकाशन गरिएको छ । बोधि मित्रहरुलाई कार्यक्रम चित्त बुझ्दो भएमा आफन्तहरुलाई पनि शेयर गर्नु होला । आजको श्रृंखला बिम्बिसरबाट उठान गरिनेछ । 

त्यस समय समृद्ध राजगृह नगर मगध राज्यको राजधानी थियो । श्रेणिक बिम्विसर मगध राज्यको राजा थिए । तथागत बुद्धले बुद्धत्व प्राप्त गरे पछि राजा बिम्विसरलाई धर्मोपदेश दिन राजगृह आउने वचन दिएकोले सोही वचन अनुसार राजगृहको बेनुबनमा आएर विश्राम गरे । 
   
तथागत बेनुबनमा १२६३ भिक्षु महासंघका साथमा विश्राम गरिरहेको कुरा मगध नरेशको कानमा पुगे । पूर्व तयारी बिनै लाखौँ मगधवासीहरुको साथमा बेनुबनमा पुगे । 
‘तथागतलाई अभिवादन गरी साथमा बसे ।’ 
‘महासंघमा मगधवासीले उरुवेल काश्यपलाई पनि देखे ।’ 
काश्यप त्यस समयका प्रख्यात अग्निहोत्रि गुरु थिए । यी दुइ मध्ये कुन चाहि कस्को अधिनता हो ? भन्ने कुरा मगधवासीमा दुविधा भैरहेको थियो ।  
तथागत त्रिकालदर्शी थिए । सबैको मनोभावना बुझ्न सक्दथे । मगधवासीका मनासय बुझे पछि त्यही अनुसार उपदेस गरे । 

‘हे उरवेलवासी !’ तिमीले के देख्यो र के पायो ? जसको कारण अग्निहोत्रि यज्ञको त्याग गर्यो ? बुद्धले भन्यो । 
महाकाश्यपले भने— “हे मगधवासी ! भगवान बुद्धको प्रथम उपदेशमै मेरो चेतना खुल्यो । वहाँले प्राप्त गर्नु भएको बुद्धत्वले मानव कल्याणमात्र होइन, सम्पूर्ण ब्रह्माण्डलाई कल्याण गर्ने छ । वहाँ सन्यसी होइन भगवत हो । दशपारमीको तथगत हो । शास्त्र होइन देवताको पनि शास्ता हो । सम्पूर्ण ब्रह्माण्डलाई प्रकाशित गर्ने बुद्ध हो ।” बुद्धम् शरणम् गच्छामी भनेर बुद्धको बन्दना गरे । यसबाट मगधवासीको सन्देह समाप्त भयो ।
   
त्यसपछि तथागतले मगध नरेश श्रेणिय बिम्विसरलाई सम्बोधन गर्दै भने— ‘हे मगधाधिपति,’ यो भव सागर अर्थात संसार दुःखले भरिएको छ । दुःखको कारण र समुदय छ । दुःखबाट अलग हुन सक्ने उपाए छ । दुःखबाट मुक्ति हुन सक्ने अवस्था छ अर्थात निर्वान प्राप्त गर्न सक्दछ । यसलाई ‘चार आर्य सत्य’ भन्दछ । ‘चार आर्य सत्य’को वास्तविकतालाई जान्नका लागि ‘अष्ट मार्ग’को सिद्धान्तलाई बुझ्नु आवश्यक हुन्छ । निर्वान प्राप्त गर्नका लागि ती मार्गहरु उत्तम मार्ग हुन । जस्तैः सम्याक दृष्टि, सम्याक संकल्प, सम्याक वाणी, सम्याक कर्म, सम्याक जिविका, सम्याक व्यायम, सम्याक स्मृति र सम्याक समाधि आदि । अष्टमार्गलाई अभ्यास गर्न पञ्च शीलको आधार चाहिन्छ ।   
   
त्यसैले, धर्ममा बैराग्य श्रेष्ट, सत्यमा चार आर्य श्रेष्ट, मार्गमा अष्ट मार्ग श्रेष्ट, शीलमा पञ्चशील श्रेष्ट, भावनामा करुणा श्रेष्ट, प्राणीमा मनुष्य श्रेष्ट, मनुष्यमा चक्षु समान बुद्ध श्रेष्ट । राज्यमा राजा श्रेष्ट । यो अत्यन्तै उत्कृष्ट सुत्र छ । यसलाई सबैले मनन गर्न जरुरी छ । 
   
‘हे राजन,’ जसरी सेतो कपडाले मैलो छिटो समात्छ, त्यसरी नै पक्षपाती नीति र शासन प्रशासनको आयु पनि दीर्घकालिन हुन सक्दैन । त्यसैले, कुनै पनि राज्यमा राजा श्रेष्ट भएकाले उनको नीति ‘बहुजन हिताय बहुजन सुखाय’को आधारमा आधारित हुन पर्दछ । राज्यको सर्वोपरी बिकासका लागि राज्य भित्र रहेका विद्धान ब्राह्मन, पण्डित, साधु, सन्यासी, भिक्षु आदि सबैको सम्मान सत्कार सहित उचित परामर्श लिन आवश्यक छ । वीर योद्धहरुको योगयता र क्षमताको पहिचान गरी परिचालन गर्ने । उद्यमीहरुको संरक्षण गरी उत्पादन बढाउने । राज्यमा रहेका प्राकृतिक स्रोत साधनको पहिचान गरी समुचित परिचालन गर्ने । ब्राह्मन, क्षेत्री, वैश्य र सुद्रको बिभाजन जातीको आधारमा नभइ योग्यता र क्षमताको आधारमा गरिनु उचित हुन्छ । यसबाट शोसन रहित समाजको परिकल्पना गर्न सकिन्छ । 
   
तथागत बुद्धको उपदेश सुने पछि सबै सन्तुष्ट भए । मगध नरेशले आफ्नो स्थानबाट उठेर भने— ‘तथागतको उपदेश सुनेर म कृतार्थ भए । आज मैले अमृत सेवन गरे ।’ भगवान ! मेरो जीवनमा पाँचवटा अभिलाशा थियो । 
   
राज्याभिशेष, सम्याक सम्बुद्धको मेरो रान्ज्यमा पदार्पण, उनको सेवा गर्ने, उपदेश सुन्ने र उनको धर्मलाई धारणा गर्ने । आज यो पाँचैवटा अभिलाशा पूर्ण भयो । आजदेखि बुद्ध, धर्म र संघको शरणमा जान्छु । मगध नरेशको यो बेनुबन आजदेखि संघको सेवामा अर्पण गर्न चहान्छ । अब आउने पूर्णिमाको दिनमा भगवान सहित संघलाई भोजन दानमा निमन्त्रणा दिन चहान्छु, राजाले घोषणा गर्यो ।   
   
मगध नरेशको निमन्त्रणालाई भगवानले स्विकार गर्नु भयो । यस प्रकार मगध नरेश बुद्धको प्रथम उपासक र रानी उपासिका बनिन् । यस घट्नाबाट मगध राज्यमा बुद्ध धर्मको प्रथम जग बस्यो । मगध राज्यमा हजारौँ हजार उपासक उपासिकाहरुले बुद्ध धर्मको उपासना लिए । यस प्रकृयाबाट बुद्ध धर्मको जग बसाल्नमा ठूलो आधार बन्यो ।
   
पूर्व निर्धारित समय अनुसार पूर्णिमाको दिनमा राजा श्रेणिय बिम्विसरको दरवारको प्राङगन विवाहको मण्डप जस्तै सजिसजाउ थियो । निर्धारित समयमा भिक्षु महासंघ सहित तथगतको पदार्पण भयो । बिम्विसरले आफ्नो औकात अनुसार तथागतको भव्य स्वागत गर्यो । चार जना अर्हत ‘कौण्ड्य, महाकाश्यप, सारिपुत्र र मौदगलयान’ सहित तथायत विशेष आसानमा विराजमान हुनु भयो । भिक्षु महासंघले आ–आफ्नो आसान ग्रहण गरे । तथागतले भोजन दान स्विकार गरे पछि दानको महिमा र यसबाट प्राप्त हुने फलको बारेमा उपदेश दिनु भयो । उपदेशको क्रममा तथागतले भन्नु भयो— 
   
‘हे राजन,’ दानमा भुमि दान श्रेष्ट छ । दान भनेको स्वर्थ रहित कल्याणकारी कार्यमा सहभागी हुनु हो । संसारका प्रत्येक जीव, जन्तु, पशु, पंक्षी, दानव र मानव सबैलाई सुरक्षित स्थान चाहिन्छ । सुरक्षित स्थान त्यसैलाई भन्दछ, जहाँ आफुलाई सुरक्षित महशुस गर्दछन् । जसरी बेनुबनमा अवस्थित राजबागलाई भिक्षु महासंघको सेवामा अर्पण गर्नु भएको छ । भिक्षुहरु त्यस क्षेत्रमा स्वतन्त्र रुपमा निवास गर्न सक्दछन् । प्राकृतिको उपहार, मौसम अनुसारको कन्दमूल र फलपूmलहरु प्राप्त गर्न सक्दछन् । यसबाट प्रमाणित हुन्छ कि भिक्षुहरुको लागि यो स्थान आश्रय स्थल हो । जहाँ स्वतन्त्र रुपमा आश्रम र विश्राम गर्न सकिन्छ । 
   
हाम्रो भिक्षुहरुले गृह त्याग गरिसकेकाले उनीहरु अनागरिक हुन् । उनीहरुका लागि आफ्नो र पराय कोही पनि हुँदैनन् । समुद्र जस्तै सबै समान हुन्छन् । सामान्य दृष्टिले हेर्दा, समुद्र समतल देखिए तापनि सतह भित्र पानीको धाराहरु तिब्र रुपमा गतिशील भैरहेका हुन्छन् । एउटा तेजिलो धार आर्को धारसंग ठोकीए पछि शान्त हुन्छन् । अन्तिम सतहमा पुगे पछि मात्र पानीको गति स्थिर हुन्छ । त्यसै अनुरुप भिक्षुहरु पनि साधारण जीवन शैलीमा ध्यान, भावना, चिन्तन, मनन, साधना, शील र आर्य अष्टाङ्गिक मार्गद्धारा प्रज्ञाको उच्चतम कोटीसम्म पुग्न सक्दछन् । यसबाट अर्हतत्व प्राप्त गर्दछन् । अर्हतत्वको जगमा समाधी र समधीको जगमा निर्वाण प्राप्त गर्न सक्दछन् । बुद्ध मार्गको अन्तिम उपलब्धि भनेकै निर्वाण हो । निर्वान भनेको शुन्यताको अवस्था हो । 
   
यो अवस्थाबाट उपासक र उपासिकाहरुले पनि स्रोतापति फल प्राप्त गर्न सक्दछन् । तर, आर्य अष्टाङगिक मार्गको विपरित कार्य गरेमा समुद्रमा उठ्ने तुफान जस्तै काम, वास्ना, राग, क्रोध, माया, मोहा र तृष्णामा जलेर आफै बिनास हुन सक्ने अवस्था पनि हुन सक्दछ । 
   
तथागत बुद्ध यिनै विषयमा केन्द्रित रहेर उपदेश गदै थिए । एक जना केश्री भन्ने राजगृहकी महिला काखीमा मृत बच्चा लिएर बुद्धतिर भाग्दै आए । बाटोमा सुरक्षा गार्डले उनलाई रोके । तर, तथागतले इशारा गरी छाडि दिनु भने । 
   
त्यस समय राजगृहको क्षेत्रमा ब्राह्मणहरुको बर्चस्व थियो । बुद्धको उपदेश सत्यमा आधारित भएकाले छोटो समयमै जंगलको आगोझै चारैतिर फैलिएको थियो । आफ्नो अस्तित्व शंकटमा पर्ने भएकोले, यो कुरा ब्राह्मणहरुलाई कत्ति पनि पचेको थिएन । त्यसैले, बुद्धको आगमानको अवसर छोपेर, षड्यन्त्र रचे । त्यही समय शारदा गाउँमा एउटा परिवारमा बालकको मृत्यु भएको थियो । ब्राह्मणहरुले त्यसैलाई हातियार बनाएर केश्रीको काँधमा बन्दुक राखेर बुद्धलाई हान्ने योजना बनाए । बुद्धले मृतकलाई पनि जीवन दान दिन सक्छ भन्ने भ्रम केश्रीको मनभरी छरिदिए । पुत्र शोकमा डुबेकी केश्रीलाई यस षड्यन्त्रको बारेमा केही जानकारी थिएन । मृतक बालकले जीवन दान पाउन सक्छ कि भन्ने झिनो आशा लिएर उनी भाग्दै राजदारबार आइन् ।        
   
‘उनी बुद्धको शरणमा आएर बिलाप गर्न थालिन् ।’  
‘हे बुद्ध,’ एक साल अगाडि मेरो पतिको मृत्यु भयो । आज राति मेरो छोराको पनि मृत्यु भयो । अब म अनाथ भए । यदि तपाइँ साच्चै बुद्ध हो भने, मेरो छोरालाई जिवित गरिदिनु, केश्रीले अलाप विलाप गर्दै भनिन् ।
   
संसारिक नियम अनुसार जन्म र मृत्युको नियमित श्रृंखलामा भैरहने र हुन सक्ने अवस्थाहरुको बिचार गरी केश्रीको दर्दनायक मनोभावनालाई बुझेर भन्नु भयो— ‘हे केश्री, म तिम्रो मृत बच्चालाई जिवित बनाइ दिन सक्छु । यसका लागि गाउँमा गएर एक मुट्ठि तील माँगेर ल्याउ । तर, स्मरण राख्नु, त्यो तील ल्याउने घरमा कहिलै कसैको मृत्यु भएको हुनु हुँदैन, बुद्धले भन्यो ।  
   
पुत्र शोकमा चुर्लुम्म डुबेकी केश्रीले ठिक बेठिकको बिचरै नगरी आवेगमा दौडिन्दै गाउँमा पुगिन् । घरघरमा गएर एक मुट्ठि तील माँगिन । एक मुट्ठि तील दिन सबै तयार भए । तर, तील लिने समयमा, यो घरमा कहिलै कसैको मृत्यु भएको छ छैन भनि सोधे । सबैको घरमा कसै न कसैको कुनै समयमा मृत्यु भएको खबर पाए । सबैको एउटै प्रश्न थियो, मृत्युले कसलाई बाँकी राख्छन र ? आखिर कालको गतिलाई कस्ले पो रोक्न सक्छ र ? उनले पुरै गाउँ घुमेँ तर, कसैको घरबाट पनि उनले चाहे जस्तो तील प्राप्त हुन सकेन । अन्तत, उनी दुःखि मन लिएर तथागत बुद्धको शरणमा आएर घुक्क घुक्क गरी रुन थालिन । 
   
‘मैले भने जस्तो तील लिएर आयौँ त ? बुद्धले सोधे ।’    
भगवान, मैले पुरै गाउँ घुमेँ तर, तपाइँले भने जस्तो तील पाउन सकिन ! यो संभाव रहेनछ ? म अज्ञानीले यो सत्यको वास्तविक्ता बुझ्न सकिन । मलाई धर्म दीक्षा होस्, केश्रीले भनिन् र बुद्धको शरणमा गइन् ।  
   
‘हे केश्री,’ यो कुरा मैले पहिलेनै भनेको भए तिमीले पत्याउने थिएन । तर, अब तिमी स्वयम्लाई यो सत्यको अनुभूति भयो । मानिसको जन्म भए पछि उनको मृत्यु अन्तिम सत्य हो । फरक यति मात्र हो कि कसैको अल्पायु, कसैको मध्यायु र कसैको दीर्घायु हुन्छन् । तर, मृत्यु त सत्य हो । पुत्र शोकको कारण तिमी विच्छिप्त अवस्थमा पुगेको थियो । आँखा चिम्लेर शान्त भावबाट हेर त ? तिम्रो स्मृतिमा छोरा जीवितै छ । तिमीले उनको प्रत्येक कृयकलापहरुलाई अनुभवद्धारा प्राप्त गर्न सक्ने छौ । यो संसारमा कुनै पनि मानिस अजय छैन । विजय र पराजय पनि छैन । सानो र ठूलो पनि छैन । अजय र विजय त अहंकारको तृप्ति मात्र हो । सबै अनित्य हो, बुद्धले भन्नु भयो ।
   
तथागत बुद्धको धर्मोपदेश सुने पछि, केश्रीले आजिवन उपसिका बन्ने प्रतिज्ञा लिइन् । भोजन दानको समारोह समापन भए पछि भिक्षु महासंघ सहित तथागत बेनुबनतिर प्रस्थान गरे । 

आजको श्रृंखला यही समाप्त हुन्छ । अगामी श्रृंखलामा अनाथपिण्डकलाई धर्मोपदेश विषय लिएर फेरी भेटघाट हुनेनै छ । तबसम्मलाई बिदा दिनुहोस् । बुद्धम शरणम् गच्छामी ।

चोग डीबी गुरुङ बुद्ध दर्शनको विद्यार्थी हुन् ।
6/30/2020 
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.