Buddha yugko mahaabhiyan.

बुद्ध युगको महाअभियानः 

Mahaabhiyan.
नमस्कार, म चोग डीबी गुरुङ यहाँहरुलाई गुरुङ स्कुलको ब्लगमा हार्दिक स्वागत गर्दछु । वास्तवमा म बुद्ध धर्मको अध्यता, आचार्य, खेन्पो, लामा, उपासक केही पनि होइन । बुद्ध दर्शनको विद्यार्थी मात्र हुँ । यहाँनिर स्पष्ट हुनु पर्ने कुरा के छ भने, धर्मको अनुयायीहरुले शील र आचारणको पालनमा जोड गर्दछन् । तर, दर्शनको विद्यार्थीले उत्कृष्ट संभावनाहरुको निरन्तर अध्ययन गरिरहेको हुन्छ । यही अध्ययनको क्रममा मैले जाने बुझेको कुराहरु ब्लग मार्फत सबैलाई बाँटन मात्र खोजेको हुँ । आजको श्रृंखलामा बुद्ध युगको महाअभियान कसरी किन र कहाँ भयो ? भन्ने बारेमा संक्षिप्त प्रकाशन गरिएको छ । बोधि मित्रहरुलाई कार्यक्रम चित्त बुझ्दो भएमा आफन्तहरुलाई पनि शेयर गर्नु होला । आजको श्रृंखला बुद्ध युगको महाअभियानबाट उठान गरिनेछ । 

तथागत बुद्धले त्यस समयको प्रचलित दर्शन र मतहरुको शुष्म अध्ययन गरे पछि संसारिक दुःखबाट मुक्त हुन सक्ने, चार आर्य सत्य, आर्य अष्ट मार्ग, पञ्च शील र शील मार्गको आधारमा ‘प्रतित्यसमुदपाद’को सिद्धान्तलाई स्थापना गरे ।  यो सिद्धान्त प्राकृतिक सन्तुलन, मानव कल्याण, समानता र शोसन रहित समाजको स्थापनाका लागि महाअभियान थियो । यहीबाट बुद्ध युगको आरम्भ हुन्छ । यस आरम्भलाई भिक्षु संघको महाअभियान पनि भन्दछन् । यस महाअभियानमा सर्वप्रथम सारनाथको ऋषि पतन मृग्दयबनमा पञ्च वर्गिय भिक्षुहरुलाई दीक्षा गराई भिक्षु संघको स्थापनाको उद्घोष गर्नु भयो । यहीबाट बुद्ध युगको आरम्भ हुन्छ । 
   
त्यस समय बनारसमा यश नाम गरेको समृद्ध गृहपति पुत्र थियो । उनको धेरै सेवकहरु र सम्पत्ति थिए । सुरा, सुन्दरी र मनोरञ्जनमा डुबिरहने उनको जीवन शैली थियो । विलासित जीवनबाट एक दिन विरक्त भए पछि उनले गृह त्याग गरे । यताउति भौतारिदै मृग्दयबनमा आइ पुगे । बुद्धको उपदेश सुने पछि जीवनको वास्तविक्ता बुझेर दीक्षा लिए । दीक्षान्तको क्रममा यश छैठोँ भिक्षु थियो । 
   
भोलि पल्ट यशलाई खोज्दै उनको पिता पनि त्यही आइ पुगे । भिक्षुहरुको समुह देखेर नजिकै आए । यहाँ तपाइँहरुले मेरो पुत्र यशलाई देख्नु भयो कि, भनेर बुद्धलाई सम्बोधन गर्दै भाबुक भएर सोधे । 
‘तपाइँको पुत्र यही कही हुन सक्दछ,’ बुद्धले भन्यो । 
सबै भिक्षुहरुलाई नियलेर हेरे पछि समुहमा उनको पुत्र यशलाई पनि देखे । पुत्र यशलाई घर फर्कन अनुरोध गरे । तर, संघमा दीक्षा लिइसकेकाले यशले घर फर्कन मानेन । अन्तत, भिक्षु संघलाई भोजन दानका लागि निमन्त्रणा दिइ उनको पिता घर फर्किए ।
   
भोलि पल्ट विहना बुद्ध सहित भिक्षु संघ यशको पिताको निमन्त्रणामा भोजन दानमा गए । भोजन दान पछि गृहपतिलाई उपदेश दिए । बुद्धको उपदेश सुनेर गृहपति सहित त्यहाँ उपस्थित सबै बुद्धको शरणमा आए । यस घट्नाबाट प्रभावित भएर यशका चार साथीहरु विमल, पूर्णजित, राम र गवाम्पतिले पनि दीक्षा लिएर भिक्षु बने । त्यस समय संघको संख्या दश जना पुग्यो ।
   
त्यस समय वनारसमा काश्यप नामको एक प्रसिद्ध परिवार थियो । उनको परिवारमा पूर्ण काश्यप, नदी काश्यप र गया काश्यप गरी तीन दाजुभाइ थिए । उनीहरु शिक्षित र धार्मिक प्रबृतिका थिए । पूर्ण काश्यपले सन्यास लिएर गया स्थित फाल्गु नदीको किनारमा आश्रम बनाए । उनले लामो लामो जटा पालेका हुनाले उनलाई जटिल पनि भन्दथे । उनी अग्नि पूजाद्धारा यज्ञ, होम, हवन आदि गर्ने भएकाले उनको मतलाई ‘अग्निहोत्रि’ मत भन्दथे । उनको प्रख्याति चारैतिर फैलियो । त्यही प्रख्यातिका कारण पूर्णबाट उरुवेल काश्यपको नामबाट परिचित भए । उनको पाँचसय जटिल शिष्यहरु थिए । दजुको प्रख्याति सुनेर नदी काश्यप र गया काश्यप पनि सन्यास लिएर फाल्गु नदीको तल्लो किनारमा दुबैले अलग अलग आश्रम बनाए । नदी काश्यपको तीनसय र गया काश्यपको दुइसय जटिल शिष्यहरु थिए । दुबैले दाजुकै मत अनुसार यज्ञ हवन गर्दथे । 
   
बुद्धले पनि उरुवेल काश्यपको प्रख्याति सुनेको थिए । त्यसैले, उनलाई उपदेश दिन फाल्गु नदीतिर गए । आश्रममा उनलाई भेटे पछि एक रात ‘अग्निशाला’मा बस्नका लागि अनुमति मागे । 
   
यो ‘अग्निशाला’मा केहि दिनदेखि ‘मुचलिंन्द’ नाम गरेको एउटा जंगली नाग राजाले निवास गरेको छ । यो नाग अग्निहोत्रिको विरोधी हो । यस्ले यहाँ धेरै विनास गरेको छ । यहाँ बस्ने अनुमति दिन सकिदैन, काश्यपले भने । 

बुद्ध त्रिकालदर्शी थिए । कुनै पनि नयाँ ठाउँमा उपदेश दिन जानु भन्दा पहिले त्यहाँका बस्तु स्थिति र वास्तविक्तालाई ‘चक्षु’द्धारा राम्ररी निरीक्षण गर्दथे । उनी उपयुक्त समय मिलाएर काश्यपलाई उपदेश दिन चहान्थे । यो गुड रहस्य काश्यपलाई थाहा थिएन । त्यसैले, तपाइँ चिन्त न गर्नु होस् । ‘मुचलिंन्द’ नाग राजा मेरो असल मित्र हुन् । उनले मेरो अहित गर्दैन, बुद्धले मनमनै भन्यो ।    
   
‘तपाइँलाई जे इच्छा छ,’ त्यही गर्नु भनि असन्तोष प्रकट गर्दै काश्यप आफ्नो कुटीतिर गए । उरुवेल काश्यप त्यस समयका चर्चित जटाधारी सन्यसी थिए । उनले पनि बुद्धको बारेमा छोटो समयमा धेरै कुराहरु सुनेका थिए । बुद्धको बारेमा सुनेर उनी अश्चर्य मान्दथे । तैपनि बुद्धलाई एउटा चमत्कारी बाहेक अरु केही पनि हैन भनि सोच्दथे । आजको घट्नाले झनै दुविधामा पारी दिए । के गरौँ ? कसो गरौँ ? बडो जटिल परिस्थितिको आभास भयो । विषक्त नाग राजाले बुद्धलाई डस्न किन बाँकी राखे होलन र ? मेरो आश्रममा अतिथिको हत्या ? यसले मेरो चरित्रमा दाग पनि लाग्न सक्दछ ? आदि इत्यदि हुने नहुने कुराहरु मनमा खेलाउदै थिए एक जना शिष्यले प्रवचनको समय भयो गुरु भन्दै सूचना दिन आए । बुद्धको बारेमा सोँचिरहदा, रात बितेको उनलाई यादै भएन । 
   
काश्यपले त्यो विहनाको प्रवचनमा ‘बुद्ध र मुचलिंन्द’ नाग राजाकै घट्नाको आधारमा गरे । प्रवचन सकिए पछि उरुवेल काश्यप केही शिष्यहरुका साथमा बुद्धको अवस्था हेर्नका लागि ‘अग्निशाला’मा गए । त्यहाँका वास्तविक घट्ना देखेर काश्यप अश्चर्यमा परे ।
   
मुचलिंन्द भन्ने नाग राजा तुषिता भुवनमा श्वेत केतुको रक्षक थिए । त्यसैले, लुम्बिनी शालाबागमा श्वेत केतु बोधिसत्वले जन्म लिए पछि उनकै सुरक्षमा खटिएका थिए । नाग राजाको विशाल शरीर माथि बुद्धले पद्मासन जमाए ध्यानमा बसेका थिए । बुद्धको शिरमण्डलमा दिव्य प्रकाशको ज्योति चारैतिर फैलिएको थियो । यो दिव्य दृश्य देख्ने वित्तिकै उरुवेल काश्यपको चेतना खुल्यो । 
   
बुद्धको शरणमा गएर यसो भने— ‘हे बुद्ध ! करुणामय सागर,’ मेरो अज्ञानताका कारण मैले तपाइँको वास्तविक स्वरुपलाई चिन्न सकेन । बुद्ध एउटा चमत्कारी बाहेक अरु केही पनि हैन भन्ने मेरो जुन भ्रमजाल थियो । त्यो अबदेखि पूर्ण रुपमा टुट्यो । मेरो शुष्म चेतना खुल्यो । तपाइँले प्राप्त गर्नु भएको बुद्धत्वले मानव कल्याणमात्र होइन, सम्पूर्ण ब्रहमाण्डलाई कल्याण गर्ने छ । तपाइँ सन्यसी होइन भगवत हो । दशपारमीको तथगत हो । शास्त्र होइन देवताको पनि शास्ता हो । सम्पूर्ण ब्रह्माण्डलाई प्रकाशित गर्ने बुद्ध हो । मलाई यसै क्षण दीक्षा दिनु, काश्यपले भने । 
   
तदानुसार काश्यपलाई दीक्षा दिए । त्यसै बखत उनले अहर्तत्व प्राप्त गरे । उनका पाँचसय शिष्यहरुले पनि काश्यपसंग दीक्षा लिए । यस घट्नाबाट प्रभावित भएर नदी काश्यप र गया काश्यपले पनि आफ्ना शिष्यहरु सहित भिक्षु संघमा दीक्षा लिए । काश्यप दाजुभाइको दीक्षाबाट भिक्षु संघले बिशाल रुप धारणा गर्यो । त्यसैले, बौद्ध साहित्यमा उरुवेल काश्यपलाई ‘महाकाश्यप’ भिक्षु संघको मेरुदण्ड भनिन्छ । बुद्ध शासनमा कौण्ड्य पछिको उनी दोस्रो अर्हत हुन् । 
   
त्यस समय राजगृहमा सञ्जय नामक उएटा परिब्रजक थियो । उनको दुइसय पचास शिष्यहरु थिए । शिष्यहरुमा अत्यन्तै तिक्ष्ण बुद्धि भएका ‘सारिपुत्र र मौदगल्यान’ नाम गरेका दुइ युवकहरु थिए । सञ्जयबाट पूर्ण शिक्षा प्राप्त गरे पनि उनीहरु सन्तुष्ट थिएन । दुबैले थप ज्ञानको खोजि गरिरहेका थिए । उनीहरु अत्यन्तै मिल्ने साथी थिए । त्यसैले, जसले पहिला सत्यको ज्ञान पाउछ, अर्कोलाई तत्कालै सुनाउनु पर्ने बाचा गरेका थिए । 
   
एक दिन पञ्च वर्गिय भिक्षुहरु मध्येको अश्वजित भन्ने भिक्षु राजगृहमा भिक्षाटन गर्दै थिए, सारिपुत्रले देख्यो । 
‘ओहो, कस्तो शान्त भिक्षु ! निर्मल र अनुशासित !’ 
‘हे साथी, तपाइँ कुन धर्ममा आस्था राख्नु हुन्छ ?’ 
तपाइँको शास्ता को हुनुहुन्छ ? कृपय मलाई पनि बताइ दिनु हुन्छ कि ? किनभने म पनि खोजिरहेछु । तर, भने जस्तो मार्ग देखिरहेको छैन, सारिपुत्रले भन्यो । 
   
‘सारिपुत्रको हावभाव,’ अश्वजितले नियाल्यो ।
‘हे साथी,’ म भगवान बुद्धको संघमा दीक्षा लिएको छु । म नयाँ श्रमनेर भएकोले उनको धर्मको बारेमा विस्तारसंग बताउन सक्दिन । तर, मेले बुझे अनुसार सारमा यस्तो हो भनेर बुद्ध वचनको सार सुनाए । 
बुद्ध वचनको सार सुन्ने वित्तिकै तिक्ष्ण बुद्धि भएका सारिपुत्रलाई ‘अमृतपान’ गरे जस्तै अनुभूति भयो । अश्वजितलाई बुद्धको शरणमा आउने वचन दिदै विदा भए । 
   
‘आश्रमतिर जाँदै गर्दा बाटैमा मौदगल्यानसंग भेट भयो ।’ 
‘साथी, साथी, आज मैले सत्यको अनुभव गरेँ !’
‘के अनुभव गर्यो ?’ मौदगल्यानले सोध्यो । 
तथागत बुद्धको श्रमनेर अश्वजितसंग भएको कुराकानीको सार सुनाए । उनको सार सुने पछि ‘मौदगल्यान’लाई पनि ‘अमृतपान’ गरे जस्तै अनुभव भयो । 
   
‘साथी, यो कस्तो सार हो ?’ जस्को सार श्रवन गर्नले पनि अमृतपानको अनुभव दिएको छ । तथागतको उपदेश सुने पछि त अर्हत नै प्राप्त हुन्छ होला ! अब ढिला नगरौँ । आश्रमबाट बिदा लिनका लागि गुरु र गुरुभाइहरुसंग पनि भेटन आवश्यक छ भन्दै, आश्रममा पुगे । गुरुभाइहरुसंग यो घट्नाको बारेमा संक्षिप्त जानकारी गराए पछि, सबै उनका पछि लागे । 
   
आश्रमबाट बिदा हुनका लागि गुरुको सेवामा गए । गुरुले सारिपुत्र र मौदगल्यानलाई आश्रम सुम्पे । तर, सारिपुत्रले बुद्धको शरणमा जाने निर्णय गरे पछि उनीसंग सबैले सहमति जनाए । दुइसय पचास शिष्य भएका आश्रम सुनसान भए । यस घट्नाबाट सञ्जय अत्यन्तै दुःखि भए । तर, उनको हत्केलाले सुर्यको प्रकाश छेक्न सकेन । उनको मतमा यो संभाव पनि थिएन । 
   
तथागत बुद्ध उरुवेलबाट भिक्षु महासंघका साथमा राजगृहतिर आउदै गर्दा, बाटोमा पर्ने आम्रबागमा आराम गरी बसिरहदा, ‘सारिपुत्र र मौदगल्यान’ दुइसय पचास परिब्रजकहरु सहित बुद्धको शरणमा आए । 
   
बुद्धले सारिपुत्र र मौदगल्यानलाई दीक्षा दिए । उनीहरुले साथमा आएका परिब्रजकहरुलाई दीक्षा दिए । दीक्षा दिए पछि धर्मोपदेश दिए । प्रथम उपदेशमै ‘सारिपुत्र र मौदगल्यान’ले अर्हत प्राप्त गरे । यसरी, भिक्षु महासंघमा अर्हत प्राप्त गर्नेहरुमा ‘सारिपुत्र तेस्रो र मौदगलयान’ चौथो स्थानमा रहे । त्यस समय भिक्षु महासंघको संख्या १,२६३ जना भयो । यो संख्या एक महिना भित्रको थियो । त्यो दिन देखि अर्हत ‘कौण्ड्य, अर्हत महाकाश्यप, अहर्त सारिपुत्र र अर्हत मौदगल्यान’लाई दीक्षा दिनसक्ने शील पनि दिए ।

आजको श्रृंखला यही समाप्त हुन्छ । अगामी श्रृंखलामा राजा श्रेणिय बिम्बिसरलाई बेनुबनमा धर्मोपदेश गरेको विषय लिएर फेरी भेटघाट हुनेनै छ । तबसम्मलाई बिदा दिनुहोस् । बुद्धम शरणम् गच्छामी ।

चोग डीबी गुरुङ बुद्ध दर्शनको विद्यार्थी हुन् ।  
6/23/2020

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.