A Sermon to mahadani Anathpindak.

अनाथपिण्डकलाई धर्मोपदेशः

Mahadani Anathpindak.
नमस्कार, म चोग डीबी गुरुङ यहाँहरुलाई गुरुङ स्कुलको ब्लगमा हार्दिक स्वागत गर्दछु । वास्तवमा म बुद्ध धर्मको अध्यता, आचार्य, खेन्पो, लामा, उपासक केही पनि होइन । बुद्ध दर्शनको विद्यार्थी मात्र हुँ । यहाँनिर स्पष्ट हुनु पर्ने कुरा के छ भने, धर्मको अनुयायीहरुले शील र आचारणको पालनमा जोड गर्दछन् । तर, दर्शनको विद्यार्थीले उत्कृष्ट संभावनाहरुको निरन्तर अध्ययन गरिरहेको हुन्छ । यही अध्ययनको क्रममा मैले जाने बुझेको कुराहरु ब्लग मार्फत सबैलाई बाँटन मात्र खोजेको हुँ । आजको श्रृंखलामा महादानी अनाथपिण्डकलाई धर्मोपदेशको बारेमा संक्षिप्त प्रकाशन गरिएको छ । बोधि मित्रहरुलाई कार्यक्रम चित्त बुझ्दो भएमा आफन्तहरुलाई पनि शेयर गर्नु होला । आजको श्रृंखला अनाथपिण्डकबाट उठान गरिनेछ । 
   
मगधको छिमेकी राज्य कोसल जनपदको राजधानी ‘श्रावस्ति’ थियो । त्यहाँ राजा प्रसेनजितको शासन थियो । अनाथपिण्डक राजा प्रसेनजितको प्रमुख ‘खचान्जि’ अर्थात अर्थप्रमुख  थियो । जसलाई अहिलेको भाषामा अर्थमन्त्री भनिन्छ । उनको पुरानो नाम ‘सुदत्त’ थियो । उनी दिन दुःखि र दरिद्रहरुलाई धेरै दान दिने गर्दथे । अनाथहरुलाई पिण्ड दान दिने भएकोले उनको नाम अनाथपिण्डक भनिएको हो । एक दिन उनी राजगृह गए । राजगृह उनको ससुराली थियो । त्यही उनको साला श्रेष्ठिकोमा बसे । श्रेष्ठि राजा बिम्विसरका प्रिय पात्र थिए । उनले राजदरवारको प्रांगनमा विवाह मण्डप जस्तै सजिएको देखे । 
   
‘के कारणका लागि तैयार गरिएको हो ?’ सुदत्तले सोधे । 
‘राजदरबारमा को आउदै छ थाहा छैन ?’ श्रेष्ठिले भने । 
‘आहा, थाहा छैन ?’ सुदत्तले भन्यो । 
राजगृहको बेनुबनमा तथागत बुद्धको भिक्षु महासंघ सहित पदार्पण भएको छ । अबको तेश्रो दिनमा हुने पूर्णिमाको दिनमा तथागत सहित संघलाई भोजन दानमा निमन्त्रणा गरिएको छ । यो तैयारी त्यसैको लागि गरिएको हो, श्रेष्ठिले भने ।
   
राजा बिम्विसरको दरवारमा यस्तो सिंगार पटार गरिएको भव्य मण्डपद्धारा स्वागतको तयारी देखेर तथागत बुद्धको दर्शन गर्ने उनको मनमा तिब्र अभिलाषा बढ्यो । तथागत बुद्धको दर्शन गर्न तत्कालै बेनुबनतिर प्रस्थान गरे । 
‘बेनुबनमा तथागत बुद्धको दर्शन गरेर भने—’ 
‘हे तथागत बुद्ध,’ म श्रावस्तिको अनाथपिण्डक राजा प्रसेजितको प्रमुख खचान्जि हुँ । मसंग नोकर चाकर र धेरै स्वर्ण मुद्रहरु छन् । तर, मैले सतमार्ग प्राप्त गर्न सकेको छैन । मलाई धर्मोपदेश दिनु, अनुरोध गरे ।
   
अनाथपिण्डको निर्मल भावनाको भाव बुझ्दै ‘हे सुदत्त,’ यो संसारमा को छ ? जसले हाम्रो निर्माण गर्दछ ? को छ यस्तो सर्वशक्तिमान जसले हामीलाई चलाउदछ ? के यहाँ कोही ईश्वर छ ? कोही सृष्टि कर्ता छ ? यदि ईश्वर वा निर्माणकर्ता छ भने सबै प्राणिहरुले उनले निर्धारण गरेको मार्गमा चुपचाप चल्नु पर्छ । जसरी कुमालले उनको इच्छानुसार माटोको भाँडोहरु तयार गर्दछन् । यदि यो संसार ईश्वरद्धारा निर्मित हो भने, त्यहाँ दुःख, पाप र अप्ठेरो परिस्थितिहरु किन ? किनभने पवित्र र अपवित्र दुबैको रचना त उनैको देन हो ? यदि दुःख, पाप र अप्ठेरो परिस्थितिहरुको मूल स्रोत ईश्वरलाई न मान्ने हो भने त, त्यो भन्दा अलग र स्वतन्त्र रुपमा अर्को कारण पनि मान्नु पर्ला ? यो दृष्टिकोणबाट हेर्दा, ईश्वर त सर्वशक्तिमान देखिदैन ? अर्थात यो पनि भन्न सकिन्छ कि, ब्रह्माबाट सृष्टि उत्पन्न भयो ? ब्रह्मा पनि सृष्टिको कारण हुन सक्दैन । आत्मा पनि हुन सक्दैन ? उपरोक्त कारणहरुबाट हेर्दा, ईश्वरको अस्तित्व भए पनि रचनामा उनको खासै महत्वपूर्ण कारण रहेको देखिदैन ।
   
उदाहरणका लागि जसरी बिउबाट बिरुवाको उत्पति हुन्छ । त्यसरी नै सबै बस्तुहरुको विभिन्न अवस्थामा उत्पन्न हुन्छ । कुनै पनि बस्तुको उत्पतिमा ‘हेतु वा कारण’ हुन्छ । हामीले गरेको हाम्रो आफ्नै कर्मलेनै राम्रो वा नराम्रो परिणामको जन्म दिन्छ । यो प्राकतिको मौलिक सिद्धान्त हो ।  
   
यो संसार ’प्रतित्यसमुदपाद’ अर्थात प्राकृतिको नियममा बाँधिएको हुन्छ । जस्तैः सुनबाट निर्मित गहना आनन्त कालसम्म सुनकै हुन्छ । सुनलाई माटोमा गाडेर राखे पनि हजार वर्षसम्म गल्दैन । 
तथागतको धर्मबाट अमोद प्रमोद हुनका लागि भिक्षुत्व नै ग्रहण गर्नु पर्ने बाध्यता छैन । गृहस्थमा बसेर पनि आर्य अष्टाङगिक मार्ग र पञ्चशीलको नियमलाई उपासन गर्न सके सुख, शान्ति र समृद्धि प्राप्त गरेर श्रेष्टतम् जीवनबाट निर्माण मार्ग प्राप्त गर्न सकिन्छ ।
   
अनाथपिण्डकले तथागतको वचन सुने पछि प्राण रहुन्जेल उपासक हुने बचन दिए । साथै श्रावस्तिमा उनको लागि उपयुक्त बासस्थानको व्यवस्था गरेर भोजन दानका लागि निमन्त्रणा दिन आउने वचन दिदै बिदा भए । 
   
अनाथपिण्डकको जन्मको नाम ‘सुद्धत’ थियो । उनी श्रावस्तिको राजा प्रसेजितको खचान्जि अर्थात अर्थ प्रमुख थिए । उनको ठुलो व्यापार व्यवसाय थियो । व्यवसाय चलाउनका लागि धेरै नोकर चाकर र कारिन्दहरु थिए । उनले व्यवसायबाट धेरै स्वर्ण मुद्र अर्जन गर्न सफल भएका थिए । उनी दिन दुःखि र दरिद्रहरुलाई धेरै दान दिने गर्दथे । त्यसैले, श्रावस्ति र आसपासका राज्यहरुमा उनको नाम धनिमानीमा गनिन्थ्यो । उनले राजगृह नगरको छेउमा रहेको बेनुबनमा तथागत बुद्धसंग प्रथम पटक धर्म दीक्षा लिएको समयमा श्रावस्तिमा उपयुक्त बासस्थानको व्यवस्था गरेर भोजन दानका लागि निमन्त्रणा दिन आउने वचन दिदै बिदा भएकोले आफ्नो बचन निभाउनका लागि उनी अत्यन्तै व्यस्त थिए । 
   
तथागत बुद्ध सहित भिक्षु संघलाई उपयुक्त विहार निमार्ण गर्नका लागि राजा प्रसेनजितसंग श्रावस्तिमा अवस्थित आपको बगैच मागे । राजा प्रसेनजित बडा अहंकारी थियो । त्यसैले, तिम्रो स्वर्ण मुद्रले जति बगैच ढाक्न सक्छौ त्यति नै लिन सक्छ, राजा प्रसेनजितले अहंकारतिता प्रकट गर्याे । दानी अनाथपिण्डकसंग अकूत संपत्ति थियो । त्यसैले, राजसंग भएको संझौता अनुसार विशाल बगैचलाई स्वर्ण मुद्रले ढाकिसके पछि, राजा प्रसेनजितलाई सूचित गरे । 
   
‘राजा प्रसेनजित स्वर्ण मुद्र हेर्न घमण्डसाथ रथमा आए ।’  
उनको मनमा लागेको थियो कि अनाथपिण्डकसंग यति ठूलो बगैचा ढाक्न सक्ने स्वर्ण मुद्र कहाँबाट आउन सक्छ ? तर, जब उनी बगैचामा पुगे, उनको सम्पूर्ण आपको बगैच स्वर्ण मुद्रले ढाकेको देखे । दानी अनाथपिण्डकको अथाह सम्पति र बुद्ध प्रतिको समर्पण भाव देखेर उनको खोक्रो अहंकार चक्नाचुर भयो । 
   
तिमीसंग यति धेरै स्वर्ण मुद्र होला भनेर मैले कल्पना पनि गरेको थिएन ! मेरो राज्यको ढिकुटीमा पनि यति धेरै स्वर्ण मुद्र सञ्चित छैन । दानी अनाथपिण्डकले मेरो खोक्रो अडम्बरीमा चेतनाको दियो बालिदियो । यसबाट म एक मुद्रबाट पनि लिन्न । भगवान बुद्ध र भिक्षु संघलाई उपयुक्त हुने महाविहार निर्माणमा खर्च गर्नु । आवश्यक परेमा राज्यकोषबाट पनि सहयोग लिनु सक्नु हुन्छ, राजा प्रसेनजिले भन्यो । बुद्धको बारेमा अनेक तर्क बितर्कहरु मनमा खेलाउदै श्रावस्ति फर्कियो । 
   
श्रावस्तिको सम्पूर्ण आप बगैच ढाक्न सक्ने स्वर्ण मुद्रबाट भगवान बुद्ध र भिक्षु महासंघलाई अनुकुल हुने किसिमले रात दिन खटेर विहार निर्माण गर्न थाले । जसमा धर्मसभाका लागि विशाल सभा भवन, विपासना कक्षा, व्यायम कक्षा, आवास भवन, अतिथि गृह, जलपान गृह, प्रतिक्षालय, वाचनलय, भगवान बुद्धका लागि गन्धकुटी, सहयोगीहरुको आवास भवन, पानीको कुवा, शौचालय र आवश्यक सबै प्रकारका कार्य सम्पन्न भए पछि, ‘सप्तह व्यापि भोजन दान महोत्सव’का लागि निमन्त्रणा दिन स्वयं गए । 
   
दानी अनाथपिण्डकको निमन्त्रणा अनुसार असाड पूर्णिमाका दिन, तथागत बुद्ध भिक्षु महासंघ सहित श्रावस्तिको महाविहारमा पदार्पण गर्नु भयो । भिक्षु महासंघ सहित भगवान बुद्धलाई भव्य स्वागत गर्याे । महोत्सव हेर्नका लागि आसपासका नगरहरुबाट पनि मानिसहरुहरु आएका थिए । हजारौं आस्थवान जनसमुदायको उपस्थितिमा भोजन दान स्विकार गरी दानको नियम र यसबाट प्राप्त हुने पुण्यको बारेमा उपदेश दिन मण्डपमा उग्लिनु भयो । तथागत बुद्ध सहित ६ जना अर्हतहरुले विशेष आसान ग्रहण गरे । तथागतले उपदेशमा यसो भन्यो— 
   
‘हे महादानी अनाथपिण्डक !’ बुद्ध, धर्म र संघप्रतिको तिम्रो समर्पण भाव देखेर तुषिता भूवनका बोधीसत्वहरु पनि प्रसन्न छन् । हामीहरुले सपष्टसंग बुझ्नु पर्ने कुरा के छ भने, धर्ममा वैराग्य श्रेष्ट । सत्यमा चार आर्य श्रेष्ट । मार्गमा अष्टाङगिक मार्ग श्रेष्ट । शीलमा पञ्चशिल श्रेष्ट । भिक्षुमा अर्हत श्रेष्ट । स्रद्धमा उपासना श्रेष्ट । पुण्यमा दान श्रेष्ट । घातुमा स्वर्ण श्रेष्ट छन् । जसरी माटो भित्र रहेका स्वर्ण धातुलाई शुद्ध बनाउनका लागि निश्चित प्रविधिको प्रयोग गरिन्छ । पूर्णरुपमा सुद्ध भएका सुन हजार वर्षसम्म माटोमा लुकेर बसे पनि, त्यसको गुणमा कुनै परिवर्तन हुदैन । त्यसरी नै दानको सवालमा पनि निश्चित नियमहरु बाँधिएका हुन्छन् । जस्तैः भोजन दान, चिवर दान, भिक्षा दान, बगैच दान आदि । तर, भिक्षु संघका लागि दानहरुमा विहार दान सर्वश्रेष्ट मानिन्छ । यसबाट भिक्षुहरुले ध्यान, साधना, उपासना र प्रज्ञाको विकास गरी अर्हत मार्ग अबलम्वन गर्न सक्ने छन् । यो विहार दानबाट बुद्ध धर्मको स्थापनाका लागि महत्वपूर्ण जग बसेको छ । 
   
पूर्व जुनिमा अनाथपिण्डक कुवेरको खचान्जि थियो । त्यस बखत उनको नाम ‘दरान’ थियो । त्यस समय उनले सत्य कर्म गरेको प्रभावले यस पटक, मानव कल्याणका लागि उत्कृष्ट हुने बुद्ध धर्मको स्थापनाका लागि श्रावस्तिका ब्राह्मन योनिमा जन्म लिएका हुन् । यो पूर्व जुनिको कथाले उनको चेतना खुल्नेछ । किनभने, अर्हतत्व प्राप्त गर्ने वित्तिकै कुन समय कस्तो योनिमा जन्म हुने हो ? स्वयम् जानकारी हुने छ । उनको यो दोस्रो पारमिता हो । दश पारमिता पार गर्न सकेमा बोधी लाभ गर्ने छन् भनि पारमिताको देशना गर्नु भयो । यो सप्ताह व्यापि महोत्सव बोधि साहित्यको पानामा स्वर्ण अक्षरमा लेखिने छ ।
   
यसरी महादानी अनाथपिण्डकले श्रावस्तिमा अषाड पूर्णिमाका दिन लगातार तीन वर्षसम्म सप्ताह व्यापि महोत्सव मनाए । असाड पुर्णिमादेखि भदौ पूर्णिमासम्मको तीन महिना भिक्षुहरुले वर्ष वास बस्नु पर्ने नियम हुन्छ । भिक्षु महासंघ सहित तथागतले प्रथम वर्ष बास त्यही बिताए ।    
   
तथागत बुद्ध जेतवनको महोत्सवमा आएको खबर पाए पछि, महाराजा प्रसेनजित रथमा सवार भएर बुद्ध भएको स्थानमा पुगे । आदार साथ हात जोडेर— ‘यो मेरो राज्यको सौभाग्य हो !’ तपाइँ जस्तो परम् भगवतले यहाँ पदार्पण गर्नु भयो, राजाले भन्यो ।
   
संसारिक सम्पत्ति अनित्य र नाशवान छ । तर, धर्मरुपी धन आनन्त छ । नाशवान हुँदैन । राजा हुँदा पनि संसारिक मानिस दुःखि रहन्छ । तर, साधारण मानिस पनि यदि धर्मको मार्गमा छ भने सधै सुखि रहन्छ । 
   
‘हे महाराज, म संक्षेपमा धर्मोपदेश गर्छु ।’ त्यसलाई ध्यान पुर्वक सुन । हाम्रो राम्रो र नराम्रो कर्महरु छाँया जस्तै हाम्रै पछि लागिरहेको हुन्छ । जीवनको सवभन्दा महत्वपूर्ण विषय भनेको मैत्रि भाव हो । आफ्नो प्रजालाई आफ्नै सन्तान जस्तो सम्झनु पर्छ । बिना कारण उनीहरुलाई कष्ट दिनु उचित हैन । अरुलाई तुच्छ र आफुलाई महान सम्झने यो हाम्रो अभिमान हो । यस्ले बिनास निम्त्याउछ । त्यसलाई त्याग्न सक्नु पर्छ । राजकीय अभिमान भन्दा जनभावनालाई उचित स्थान दिन सक्नु पर्छ । मिठो कुरा गर्ने, चाप्लुसी गर्ने, प्रत्येक कुरामा हाँमा हाँ मिलाएर समर्थन गर्ने तिम्रा प्रियजन र मन्त्रीहरुसंग सावधान ! यसबाट क्षणिक सुख प्राप्त भए तापनि दीर्घकालिन लाभ हुन सक्दैन । 
   
प्रत्येक मानिस आफ्नो कर्मको भोग अनुसार प्रकाशदेखि आँधेरोतिर, आँधेरोदेखि प्रकाशतिर आउन र जान सक्दछ । आँधेरोदेखि झनै आँधेरोतिर जाने मार्ग पनि छ । तर, बुद्धिमान मानिस प्रकाशदेखि प्रज्ञातिर अग्रसर हुने मानिसले यसै जीवनमा उत्कृष्ट यश प्राप्त गर्न सक्दछ । यो यश, सत्कार्य र सदाचारबाट तिम्रो इतिहास स्वर्ण अक्षरमा लेखिने छ । स्वर्ण अक्षर सधै अमर रहने छ, बुद्धले उपदेश गर्नु भयो ।  
   
तथागतको उपदेश सुने पछि आफुलाई धन्य भएको महशुस गरे । आजीवन उपासक बन्ने इच्छा प्रकट गर्दै बुद्ध, धर्म र संघको शरण स्विकार गरी राजा प्रसेनजित उठ्यो ।  

आजको श्रृंखला यही समाप्त हुन्छ । अगामी श्रृंखलामा तथागत मातृभूमि प्रस्थान भएको मूल विषय लिएर फेरी भेटघाट हुनेनै छ । तबसम्मलाई बिदा दिनुहोस् । बुद्धम शरणम् गच्छामी ।

चोग डीबी गुरुङ बुद्ध दर्शनको विद्यार्थी हुन् ।
7/5/2020  
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.