![]() |
Dr. Kishor Serchand. |
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाई गुरुङ ब्लगमा हार्दिक स्वागत गर्दछु । आज महायान मार्गमा ४९ दिनको महत्व र त्सलाई कसरी अभ्यास गर्दछन् भन्ने बारेमा बौद्ध अध्यता डा. किशोर शेरचनको मौलिक उपहार लिएर पाठकहरु समक्ष उपस्थित भएको छु । महायानी मार्गको लागि यो लेख कोसे ढुंगा साबित हुने कुरामा दुइ मत छैन । बोधि मित्रहरुलाई कार्यक्रम चित्त बुझ्दो भएमा आफन्तहरुलाई पनि शेयर गर्नु होला । आजको विषय महायानी मार्गमा ४९ दिनको महत्वबाट उठान गरिनेछ ।
जब परिवारमा कसैको मृत्यु हुन्छ, मरण संस्कार सम्पन्न गर्ने अर्थात् चोख्याउने (Purification) परम्परा सबै समुदायमा सामान्य पाइन्छ l नेपाल लगायत सम्पूर्ण हिमाली भेग तथा अन्य बिशेष गरि महायान र वज्रयान बौद्ध सम्प्रदायी मुलुकहरु जस्तै China, Korea, Japan, Vietnam, Mongolia, Bhutan समुदायमा पनि यो परम्परा रही आएको विभिन्न स्रोत बाट पुस्टि भएको पाइन्छ l
जब परिवारमा कसैको मृत्यु हुन्छ, मरण संस्कार सम्पन्न गर्ने अर्थात् चोख्याउने (Purification) परम्परा सबै समुदायमा सामान्य पाइन्छ l नेपाल लगायत सम्पूर्ण हिमाली भेग तथा अन्य बिशेष गरि महायान र वज्रयान बौद्ध सम्प्रदायी मुलुकहरु जस्तै China, Korea, Japan, Vietnam, Mongolia, Bhutan समुदायमा पनि यो परम्परा रही आएको विभिन्न स्रोत बाट पुस्टि भएको पाइन्छ l
(https://www.joincake.com/blog/49-days-after-death-buddhism/; https://en.wikipedia.org/wiki/Bardo;https://en.wikipedia.org/wiki/49_Days; https://ethnomed.org/resource/death-rituals-in-vietnamese-society/; https://sacramentonichirenchurch.org/the-significance-of-the-49-day-journey-after-death/; https://sgibuddhism.net/forum/topics/buddhist-funeral-explanation).
कतिपय यी समुदायहरुमा सात सात उन्पचास दिन (Seven Seven Forty nine Days) को मान्न्यता बोकेको पनि पाइन्छ (http://www.ccfong.com/?page_id=1588) मेरो आमाको ९६ बर्ष उमेरमा यही चैत्र १ गते दिबंगत प्राप्त गर्नु भो, त्यस पछि म यस प्रति मेरो जिज्ञासा बढ्न थाल्यो l
![]() |
Liberation of 49 days in Mahayana path. |
यो परम्परा काठमाडौं बासी वज्रयान बौद्ध नेवार समुदायमा पाइन्छ वा पाइन्न सो प्रति म अनबिज्ञ छु। वज्रयान नेवार समुदायमा ४९औ दिने मरण संस्कार बारे उल्लेख गरिएको अभिलेख देखिदैन l त्यस्तै थेरबादी बौद्ध परम्परामा पनि त्यति महत्व देखिदैन l
महायाना बौद्ध परम्परामा मृतक् को आत्मा ४९दिन सम्म भोउतारि रहन्छ भन्ने मान्यत्ता बोकेको पाइन्छ जस्लाई बज्र्यान बौद्ध ग्रन्थ अनुसार् मृतक्को अन्तरिम् यात्रा (Bardo-Thodol or Liberation in the Intermittent) को चीरशान्ती को प्रार्थना गरेको मानिन्छ (https://en.wikipedia.org/wiki/Bardo_Thodol) मृत्यु को ४९दिन पछि सो आत्माले आआफ्नो कर्म अनुसार् अर्को जुनिमा पुनर्जन्म पाएको हुन्छ। यी तृकाल् जन्म, जीवन र मरण निर्बाण प्राप्त नभइन्जेलसम्म एक निरन्तर् अबस्था हो भन्ने मान्न्यत्ता बोकेको पाइन्छ l जुनसुकै बिधी द्वारा मरण संस्कार सम्पन्न गरेतापनि यस्को उद्देश्य नीज मृतक ब्यक्तिको आत्मा रुपी चेतनाले नीजको पूनर्जन्म सहज बनोस् भनी प्रार्थना गरीन्छ (https://www.britannica.com/topic/Bardo-Thodol)
ई.सं. ९० को दशकमा म जापानमा ६ हप्ता को लागि Sinshu University मा मेरा Prof Akio Ujihara को साथ Visiting Scientist को हैसियतले कार्यरत थिएँ l म वहाँ कै परिवार साथ बस्ने गर्दथे l त्यसबेला जापानी समुदायमा पनि मरण पछि पहिलो ७ दिन र अन्तिम ४९औ दिनमा मरण बिधि सम्पन्न गरिन्छ भन्ने ज्ञान मलाई Sensei Ujihara कै परिवार सदस्यबाट अपगत् हुन आयो l तत्पष्चात् मलाई हामी थकाली समुदाय लगायत सम्पूर्ण हिमाली भेकका बौद्धमार्गीहरु ४९औ दिन लाई पनि महत्वपूर्ण मानिन्छ भन्ने ज्ञान भयो l
![]() |
Prayer of liberation. |
उहिले थकाली समुदायमा मरण संस्कार पहिलो हप्ता प्रत्यक दिन र त्यस पछि सात सात दिन को दरले अन्तिम ४९औ दिनमा सम्पन्न गर्ने बलियो परम्परा थियो l प्रत्यक सात दिन ढुन्दा बिधि द्वारा पुजा गरिन्थ्यो गरिब वर्गले ४९औ दिनको सट्टा आफ्नो गच्छ वा आर्थिक अवस्था अनुसार ७, २१ वा ३५औ दिनमा सम्पन्न गर्न सकिने परम्परा थियो l यसरी उपरोक्त ४९औ दिने परम्परा २००६ सम्म रहन पुग्यो l त्यसपछि बि सं २००६ मा ४९ दिने परम्परा तोडी मरण संस्कार १३औ दिनमा सम्पन्न गर्ने गरि सामाजिक निर्णय भयो l र सो निर्णयले करिब ५० बर्ष अर्थात् २०५५ र ५६ सम्म निरन्तरता दियो l त्यसपछि यस मरण संस्कारको दिन छोट्याउनु पर्छ भन्ने म लगायत अन्य सदस्यहरुमा क्रमस मानसिकता बन्दै गयो l नेपालको पर्यटकीय सहर पोखरामा सम्पन्न थकाली समाजको अधिवेसनमा मरण संस्कार १३औ दिन बाट ७औ दिनमा झार्नु पर्छ भन्ने प्रस्ताब पेस गरियो l यस प्रस्ताब लाई अग्रसरता दिन म स्वयमले महत्वपूर्ण भूमिका खेल्ने अवसर प्राप्त गरे र सो अधिवेसनले बिधि पुर्बक एतिहासिक निर्णय गर्यो l सुरुका करिब २, ३ बर्ष बाहेक ७औ दिनमा मरण सम्पन्न गर्ने संस्कार (Purification) सम्पूर्ण थकाली समुदायको लागि स्वीकारयोग्य बन्न पुग्यो l अहिले बिशेष परिस्थितिमा बाहेक ९९% ले ७औ दिनमा सम्पन्न गर्ने बलियो परम्परा बस्न पुगेको छ र त्यस पछि ४९औ दिनमा पनि आफ्ना नजिकका नातेदारहरु लाइ बोलाई बौद्ध गुम्बामा गएर पुजा गर्ने चलन यथा बिधी नै छ l
बौद्ध परम्परा अनुसार पहिलो सात दिनको साथ साथै ४९औ दिन पनि किन महत्व पूर्ण छ भन्ने बिषयमा शाक्यमुनी बुद्धको जीवन काल, उनका धर्म देशना संग कति सम्बन्ध छ जान्न मेरो जिज्ञासा रह्यो l Boston मा रहनु हुने मेरा निकटतम मित्र डीबी गुरुङ, Bayarea को आनी चेन घ्लान र नेपालमा खेन्पो कमल भन्डारी संग सम्पर्कमा बसे l
मीत्र डीबी गुरुङका अनुसार शाक्यमुनी बुद्धले ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गर्नु लगत्तै Tushita Heaven अर्थात् देवलोक बाट अवतरित मुचलिन्द नांगको संरक्षणमा सात सात दिन को दरले जंगलमा सात ठाउँमा मौन ध्यान तपस्या गर्नु भयो र ५०औ दिनमा सारनाथमा आफ्ना पाँच भिक्छु अनुयाईहरु लाई पहिलो धर्म देशना (Sermon) दिनु भयो बुद्धको यस ४९ दिने मौनब्रत बारे थेरबादी मौलिक ग्रन्थ ट्रीपिटीका (Tripitika) मा वर्णन गरिएको पाइन्छ l मुचलिन्द नांग बारे धर्म ग्रन्थ डोबाङ् (Dobang) मा पनि वर्णन गरिएको पाइन्छ l बिद्वान् मीत्र DB Gurung को धारनालाई स्विकार्दै बरिष्ट समाजसेवी अग्रज दाजु श्री बसन्त भट्टचनले पनि आफ्नो मनसाय ब्यक्त गर्नु भयो l बौद्ध मरण संस्कारमा सम्भबत ४९औ दिन को महत्व यसरि जोडिएको हुन सक्ने अनुमान गर्न सकीन्छ l Ani Yanchen ले Sikkim मा बस्नु हुने धर्म गुरु खेन्पो Jampa Lama लाई ४९औ दिन र बुद्धको जीवनकाल संग जोडीएको मौनब्रत र पहिलो धर्म देशना बारे प्रस्न गर्नु हुँदा नीज लामाले मरण संस्कार को ४९औ दिन र बुद्धले बोधी ज्ञान प्राप्त गरि सके पछि सात सात दिन को दरले सात ठाउँ मा मौन ध्यान गरि पहिलो धर्म देशना दिनु भएको घटनाक्रम संग कुनै सम्बन्ध छैन भनि उत्तर दिनु भयो l खेन्पो कमल भन्डारीले Bardo Thodal or Liberation in the intermittent बिषय बारे परिचय दिनु भयो l
त्यस्तै, बौद्ध मरण संस्कारमा ७औ दिन किन महत्वपूर्ण छ भन्ने सन्दर्भमा आमा मायादेवी बुद्ध जन्मेको ७औ दिनमा यस संसार बाट परिनिर्वाण हुनु भएको र साथै बालक सिधार्थ गौतम ७औ दिनमा हिड्न थालेको भन्ने अलौकिक मान्यता (Mystic Belief) बोकेको देखिन्छ l हुन सक्छ, मरण संस्कारसंग यसरि जोडीएको हुन सक्ने छ l यो मेरो अनुमान मात्र हो l आशा राख्दछु, यी सबै प्रश्नको उत्तर मैले पाउने छु l
डा. किशोर शेरचन्द पश्चिमी बौद्ध दर्शनको अध्यता हन ।
6/6/2020
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें
If you have any doubt, please let me know your message to help.