A Sermon of Panchasila.

पञ्चशील कसरी पालन गर्ने ?

Panchasila.
नमस्कार, म चोग डीबी गुरुङ यहाँहरुलाई गुरुङ स्कुलको ब्लगमा हार्दिक स्वागत गर्दछु । वास्तवमा म बुद्ध धर्मको अध्यता, आचार्य, खेन्पो, लामा, उपासक केही पनि होइन । बुद्ध दर्शनको विद्यार्थी मात्र हुँ । यहाँनिर स्पष्ट हुनु पर्ने कुरा के छ भने, धर्मको अनुयायीहरुले शील र आचारणको पालनमा जोड गर्दछन् । तर, दर्शनको विद्यार्थीले उत्कृष्ट संभावनाहरुको निरन्तर अध्ययन गरिरहेको हुन्छ । यही अध्ययनको क्रममा मैले जाने बुझेको कुराहरु सबैलाई बाँटन मात्र खोजेको हुँ । आजको नवौं श्रृंखलामा पञ्चशीलको पालन कसरी गर्ने भन्ने बारेमा संक्षिप्त प्रकाशन गरिएको छ । बोधि मित्रहरुलाई कार्यक्रम चित्त बुझ्दो भएमा आफन्तहरुलाई पनि शेयर गर्नु होला । आजको नवौं श्रृंखला पञ्चशीलको विषयबाट उठान गरिनेछ । 

बुद्ध दर्शनको विद्यार्थीहरुले सर्वप्रथम चार आर्य सत्य, अष्टमार्ग र प्रतित्यसमुत्पादको कार्यकारी सिद्धान्त जस्मा कारण र परिणाम प्रमुख रुपमा रहेका हुन्छन् । त्यसको चक्र र प्रणाली बुझिसके पछि पञ्चशीलको पालन गर्नु पर्ने शुन्छ । यही पञ्चशील के हो र यसको पालन कसरी गर्नु पर्ने हुन्छ ? २१औं सताब्दीमा यसको महत्व, विशेषता र आवश्यकता के छ ? यस बारेमा हामी बिस्तारमा चर्चा गर्ने छौं ।             

१. प्राणी हिंसा नगर्नु— हिंसा भनेको बिना कारण कसैको हत्या, वध, पिडा दिने, अपमान गर्ने वा हानी नोक्सानी पुराउने काम हो । तर, आत्मा सम्मानको सवालमा गरिने प्रतिरक्षात्मक द्धान्दबाट भएका गम्भीर घट्नहरुलाई दुःखत संयोग मात्र भन्न सकिन्छ । यस वाहेक पनि समाजमा अन्य थुप्रै प्रकारका हिंसाहरु हुन्छन् । जस्तैः नेत्र, वचन, भावना, कर्म र स्पर्शबाट पनि हिंसाहरु भएका हुन्छन् । उदाहरणको लागिः कुनै पुरुषले एउटा युवतीलाई एकोहोरो हेर्दै, यसको यो अंग यस्तो होला, त्यस्तो होला, कस्तो होला ? कोमल अंगहरुमा स्पर्श गर्न पाए आनन्द हुन्थ्यो भन्दै मनमा कुराहरु खेलायो भने, सचेत अवस्थामा पनि भावनात्मक हिंसा भएको मानिन्छ । अत्यन्तै तुच्छ र अश्लिल शब्दको प्रयोग गर्दा, सवभन्दा पहिले आफुले आफ्नै मुखबाट शब्दहरु निकाल्नु पर्ने हुन्छ । त्यसैले, वचन हिंसाको प्रभाव सर्वप्रथम कर्तालाई हुन्छ । त्यसपछि लक्षित व्यक्तिलाई हुने भएकाले, वचनको प्रयोगमा सावधान रहन आवश्यक हुन्छ । अज्ञानबस आवेगमा वा संयोगमा कुनै हिंसा हुन गएमा, पश्चताप गर्नु राम्रो अवस्था हो । पश्चतापबाट हिंसाको कर्म त्यगी आत्मा शुद्धि गर्ने मार्ग अवलम्बन गर्न सकिन्छ । 

२. झुट नबोल्नु— झुट नबोल्नु भनेको सत्य बोल्नु हो । सत्य त तबै बोल्न सकिन्छ, जब उसलाई सत्यको ज्ञान हुन्छ । सत्यको ज्ञान तब मात्र हुन्छ, जब उसले सत्यको सतसंग गरेको हुन्छ । त्यसैले, सत्य बोल्न गाह्रो हुन्छ । उदाहरणका लागिः सधै सत्य बोलिरहने मानिसलाई कहिले कही झुट बोल्न पर्यो भने, बडो असहज परिस्थिति श्रृजना हुन्छ । त्यसैगरी, सधै झुट बोलिरहने मानिसलाई कहिले कही सत्य बोल्न पर्यो भने पनि असहज परिस्थिति श्रृजना हुन्छ । बडो उकुस मुकुस भएर के गरौँ ? कसो गरौँको अवस्था हुन्छ । यस्तो परिस्थितिमा झुटमाथि झुट बोल्दै जाने अवस्था हुन सक्दछ । एक दिन यो भेद एक पछि आर्को खुल्दै गए पछि सामाजिक सम्बन्ध, मान, मर्यादा र प्रतिष्ठमा गहिरो चोट लाग्न सक्दछ । यसले प्रतिशोधको भावना सिर्जन गरी बिनास निम्त्याउन सक्दछ । त्यसैले, जे जानेको छ, त्यति मात्र बोल्नु उचित हुन्छ । छोटो र मिठोमा अर्थपुर्ण हुने गरी बोल्नु सबैको लागि हितकार हुनेछ । 
   
३. चोरी नगर्नु— चोरी नगर्नु भनेको अर्काको स्वाभित्वमा रहेको कुनै पनि वस्तुलाई उनको स्विकृति नलिइ प्राप्त नगर्नु भनेको हो । कुनै पनि समाजमा बिकृति र बिसंगतीहरु तिब्र गतिमा मौलाइरहेका हुन्छन् । अधिकांश अवस्थामा अशिक्षा र गरीविका कारण निम्न स्तरमा जिविका चलाउन वाध्य हुन्छन् । पर्याप्त स्रोत नभए पछि जिविकाको लागि सानो तिनो वस्तुको चोरी गर्न आरम्भ हुन्छ । यो अवस्था क्रमैसंग बृद्धि भएर सामुहिक चोरी, लुटपाट, डकैती, फिरौती आदि हुन थाले पछि एक दिन कानुनी परिधीले पछ्याउन सक्दछ । त्यस समय या त मुडभेड होला वा हात कडी लाग्ला । यदि कुनै कारणवस कानुनी परिधीबाट उम्कन सफल भए पनि देखावटी शुखसयलमा मनमा शान्ति हुदैन । शान्ति नभए पछि आनन्द प्राप्त हुदैन । आनन्द नभए पछि जीवन नरक बन्दछ । त्यसैले, नरकिय जीवन जिउनु भन्दा, चोरी नगर्ने उत्तम मार्ग हो ।
   
४. मादक पदार्थ सेवन नगर्नु— मादक पदार्थ भनेको मद लाग्ने कुनै पनि पेया पदार्थ हो । साधारण भाषामा मादक पदार्थलाई रक्सी भन्दछ । सबैले बुझ्ने भाषामा भन्नु पर्दा, मद खाए पछि मातिन्छ । माते पछि तातिन्छ । ताते पछि तरलतामा पुग्दछ । तरलताले चेतनाको अवस्थालाई एकोहोरो बनाउछ । एकोहोरो चेतनाले रुप, रंग, जाति, वर्ण, भेद, भातृत्व र मैतृत्वको पहिचान गर्न सक्दैन । कुन बेला कस्तो क्रिया गर्ने हो, यो कल्पना पनि गर्न सकिदैन । त्यसैले, प्रत्येक धर्मले मादक पदार्थलाई प्रतिवन्ध गरेको छ । प्रतिवन्धको अर्थ यो होइन कि मद खाने वित्तिकै मानिसको मृत्यु भैहाल्छ ? तर, यसको परिणाम भयंकार डरलाग्दो हुन्छ । त्यसैले, सचेत मानिसले एक दुइ पेगसम्म सेवन गर्दा, उपयुक्त भए तापनि अत्याधिक सेवनले आफ्नो स्वास्थ्य, मान, प्रतिष्ठा, परिवार र समाजलाई समेत हानिकारक ठहर हुन्छ ।       
   
५. परस्त्री गमन नगर्नु—  परस्त्री गमन नगर्नु भनेको, धेरै स्त्रीसंग शारीरिक सम्बन्ध नगर्नु भन्ने हो । हुन त परम्परागत हिमाली समाजमा ‘वहुपति’ प्रथा र नेपाली समाजमा ‘वहुविवाह’ प्रथा नभएको होइन । यद्यपि, विद्यमान अवस्थामा महिलाहरुको सामाजिक अधिकारको सवालमा नेपालको कानुनले पनि यो प्रथालाई खारेज गरेको छ । परस्त्री गमनको सवालमा विभिन्न व्यक्ति र अवस्थाको आ–आफ्नै अनुभव भए तापनि प्रायः जसो घट्नाको सवालमा जब घट्नाहरुको क्रमिक रुपमा भेद खुल्दै जान्छ, आपासमा मतभेद र असन्तुष्टिका श्रंखलाहरु पनि उत्पन्न हुँदै जान्छ । सम्बन्धमा चिसोपन हुनका साथै बिच्छेद पनि हुन सक्ने अवस्था हुन सक्दछ । परस्त्री गमनको मूल परिणाम यही हो । 
   
परस्त्री गमनको चर्चा परिर्चचा अल्पविकसित मुलुकहरुमा अधिक मात्रमा गरिन्छ । तर, विकसित राष्ट्रका सभ्य समाजमा परस्त्री र परपुरुषकोबीचमा समान रुपमा अवगमन हुने अवस्था रहेको पाइन्छ । हुन त शरीर विज्ञानको नियम अनुसार स्त्री र पुरुषकोबीचमा शारीरिक सम्बन्ध हुनु अनौठो होइन ? यद्यपि, यही सम्बन्धका कारणबाट समाजमा विभिन्न खालका समस्याहरु उत्पन्न हुने गर्दछन् । पशुपंक्षिमा पनि सन्तानका लागि सम्भोग आवश्यक हुन्छन् । उनीहरु ऋतु अनुसार चल्दछन् । तर, मानव समाजमा रतिक्रिडाको अवस्थामा विकास भएको अनुभव हुन्छ । काम र वासनाबाट कहिल्यै तृप्त हुँदैन । यो त हामीहरु सबैले जाने बुझेकै कुरा हो । तर, किन तृप्त हुन सकेन ? विद्धानहरुले यो प्रश्नको उत्तरमा बिभिन्न तर्क सहित विश्लेषण गरेका छन् । तर, जतिजति विश्लेषण हुँदै गयो, यसको प्रभाव क्षेत्र र माँग पनि द्रुत गतिमा बढेको देखिन्छ । २१औँ सताब्दिको ‘एकल आमा र एकल पिता’ यसैका परिणाम हुन् । आजका सभ्य र समृद्ध समाज यही पिडाबाट ग्रसित छन् । सुखि छन् तर खुशि छैनन् । खुशि छन् तर सुखि छैनन् । यो कस्तो विडम्वना छ ? सभ्य र समृद्ध समाजको परिभाषा यही हो त ? तर, सुखि र खुशि रहनाका लागि दीर्घकालिन सम्बन्ध महत्वपूर्ण हुन्छ । तर, यो तबै सम्भाव हुन्छ, जब एकले अर्कोलाई अन्तरात्मासम्म चिन्न र बुझ्न सक्दछ ।

बिकशित मुलुकको सभ्य समाजको चरित्रलाई राम्रोसंग नियलेर हेर्ने हो भने, बाजारमा सामान्य किनमेल गरेझै आपासी समझदारीमा प्रस्ताव र सम्झौता हुँदोरहेछ । सडकखेखि महलसम्मको प्रत्येक मानिसले आ–अफ्नो औकात र स्तर अनुसारको सम्झौता र साझेदारी गरेको पाइन्छ । जसले जे भने पनि जे लेखे पनि एसको एउटै निचोड हुन्छ कि सम्भोगमा ‘परम् आनन्द’ छ ! परम् आनन्द नहुने भए किन मरिहत्य गर्छन त ? सर्वसाधरण मानिसहरुको त कुरै छाडौं । संसरको ठुलठूलो राजा महाराजाहरुले पनि स्त्रीको रुपरंग र वास्नाको कारणमा गद्धी त्याग्ने, आपासमा भिडन्त र महायुद्धहरु निम्त्याएका छन् । योगीहरुले तपस्य भंग गरेका अनेकौं उद्धारणहरु छन् । त्यसैले, परम् आनन्द सम्भोग वा समाधिमा मात्र छ । यही सत्यलाई ज्ञान र बिज्ञान दुबैले स्विकारेका छन् ।   

संसारको सबै जसो धार्मिक सम्प्रदायले पनि काम शास्त्रको विषयमा खुलेर छलफल गर्न चाहादैनन् । किन चाहादैनन् ? यसलाई किन पर्दा पछाडिको रहस्यमा राख्न खोजेका हुन् ? के समाजलाई काम शास्त्रको आवश्यकता छैन ? वा जानकारीनै छैन ? यो बडो पेचिलो प्रश्न छ । नेपालको प्राचिन मठ मन्दिरहरुको बाहिरी भागामा नियालेर हेर्नुहोस् त ? प्रचिन नेपाली बस्तु कला र तिब्बतियन थान्काको सुन्दर चित्रले पनि काम शास्त्रको राम्रो व्याख्या गर्न खोजेको छ । यसको अर्थ वस्तुकलाले पनि काम शास्त्रको उत्तेजनामा उर्जा थप्न चाहान्छ ? के यो सत्य हो ? वा होइन ? बस, मेरो भनाइ यति मात्र हो । यहाँ भन्दा, अगाडिको यात्रा तपाइँको सोँचमा निर्भर रहन्छ ।

आजको नवौं श्रृंखला यही समाप्त हुन्छ । दशौं श्रृंखलामा प्रतित्यसमुत्पादको कार्यकारी सिद्धान्त के हो भन्ने विषय लिएर फेरी भेटघाट हुनेनै छ । तबसम्मलाई बिदा दिनुहोस् । बुद्धम शरणम् गच्छामी ।

चोग डीबी गुरुङ बुद्ध दर्शनको विद्यार्थी हुन् । 
6/11/2020
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.