A Sermon to nagarbadhu Amrapali.

अम्रपालीलाई धर्मोपदेशः

नमस्कार, म चोग डीबी गुरुङ यहाँहरुलाई गुरुङ स्कुलको ब्लगमा हार्दिक स्वागत गर्दछु । वास्तवमा म बुद्ध धर्मको अध्यता, आचार्य, खेन्पो, लामा, उपासक केही पनि होइन । बुद्ध दर्शनको विद्यार्थी मात्र हुँ । यहाँनिर स्पष्ट हुनु पर्ने कुरा के छ भने, धर्मको अनुयायीहरुले शील र आचारणको पालनमा जोड गर्दछन् । तर, दर्शनको विद्यार्थीले उत्कृष्ट संभावनाहरुको निरन्तर अध्ययन गरिरहेको हुन्छ । यही अध्ययनको क्रममा मैले जाने बुझेको कुराहरु सबैलाई बाँटन मात्र खोजेको हुँ । आजको श्रृंखलामा बेश्य अम्रपालीलाई धर्मदेशन कसरी भयो भन्ने बारेमा संक्षिप्त प्रकाशन गरिएको छ । कल्याण मित्रहरुलाई कार्यक्रम चित्त बुझ्दो भएमा आफन्तहरुलाई पनि शेयर गर्नु होला । आजको श्रृंखला अम्रपालीबाट उठान गरिनेछ । 

बैसाली राज्यको चर्चित सौन्दर्यकी रानी नगर बधु अम्रपालीको बारेमा विद्धानहरुको आ–आफ्नै तर्क बितर्क छन् । अम्रपालीको जन्म कहाँ र कसरी भयो ? यो रहस्या अझै गर्वमै छ । तर, बैशाली गण राज्यको मेहत नामक माली अम्रबाग (पाली भाषामा आमको बगैचलाई अम्रबाग भन्दछ)बाट आउदै गर्दा, आमको रुख मुनि एउटी कन्या रोइरहेकी अवस्थामा देखे । उनको सन्तान नभएको हुनाले, घरमा ल्याएर पालन पोशन गरे । अम्रबागमा पाएको र मालीले पालित गरेको हुनाले उनको नाम अम्रपाली राखे । 
   
अम्रपाली रुपकी रानी थिइन । किशोरी अवस्थमै नृत्यकलामा चर्चित भइन । उनको नृत्य र सौन्दर्य देखेर बैशाली गण राज्यको ठूलाबडा, धनपति, व्यापरी, राजा महाराज सबै मन्त्र मुग्ध भएकाले उनलाई विवाह गर्न तछाड मछाड भए । यसबाट गणराज्यको सर्वभौम र अखण्डतानै खलल हुन सक्ने अवस्था देखिएकोले राज सभा बस्यो । राज सभामा सर्वसम्मतबाट उनलाई बैशाली राज्यको राज नर्तकी र जनपदका नगर वधु घोषण गरे । नगर वधुको सुविधाका लागि अलिसान भवन, स्वर्ण मुद्र, बगैचा, नौकर, चाकर, सुरक्षा र सुविधा सम्पन्न दुइ घोडे बग्गि पनि प्रदान गरियो । यस प्रकार अम्रपाली प्रसिद्धि र समृद्धिको चरम् शिखरमा पुगिन् । छोटो समयमै उनको प्रसिद्धिले आसपासका छिमेकी राज्यहरुमा पनि धाक जमाउन सफल भइन । त्यस समयको नगर बधुलाई सकारात्मक दृष्टिमा भन्ने हो भने, २१औं सताब्दिको विकसित भाषामा ख्याति, प्रसिद्धि वा सेलेब्रेटी आदि पर्यावाचीको रुपमा लिन सकिन्छ ।   
   
यो खबर श्रावस्तिको राजा बिम्बिसरको कानमा पनि पुग्यो । राजा बिम्बिसरले उनको प्रसिद्धि हेर्नका लागि उज्जेनका विनवादक आमोदको रुपमा भेष बदलेर गएका थिए । तर, उनको अकल्पनिय सौन्दर्य, नृत्य, गीत, संगित र सेवाले बिम्बिसरलाई एक हप्तासम्म कैद बनाएर राखे । यसरी, कैयौं राजा, महाराजा र धनपतिहरु समय समयमा उनको कैदी हुन रुचाउदथे । राजा, महाराजा र धनपतिहरुसंगको सुखद संगत, सुख, सयल, एैश्वर्य, भोग, बिलास, गीत, संगित, नृत्य र विलासित जीवनको उनले प्रत्यक्ष अनुभव गरेकी थिइन् । 
   
नगर वधुकै सवालमा बैशाली र श्रावस्तिकोबीचमा मनमुटाव भयो । यस घट्नाको बारेमा बैशाली गण राज्यको राजालाई जानकारी प्राप्त भए पछि, आफ्ना विरोधीलाई आश्रय दिएर गोप्य सूचनाको जानकारी दिएको आरोपमा उनलाई राज सभामा बोलाए । राज सभामा उनलाई कठोर सजाय दिने प्रस्ताव भयो तर राजाले उनलाई सफाइ दिने अवसर दियो । 
   
महाराज, यो बैशालीको सम्मानित राज सभामा उपस्थित रहनु भएका अधिकांश भारदारहरुलाई मैले कुनै न कुनै समय र अवस्थामा मनोरञ्जन गराएकी छु । किनभने, यसैको लागि मलाई वाध्यात्मक अवस्थामा नगर वधु बनाइएको थियो । यही कारणमा मेरा माता पिताले आत्म हत्या गर्यो । म पनि तपाइँहरु जस्तै सामाजिक प्राणी हुँ । व्यक्तिगत परिवारको चहाना थियो । त्यसैले, राजकुमार बिम्बिसरसंग प्रेम गर्न पुगे । प्रेम गर्नु भन्दा पहिले मलाई उनको परिचय थाहा थिएन । तैपनि मैले उनलाई बैशालीको कुनै पनि गोप्य सूचना दिएर राजद्रोहीको काम गरेको छैन । आर्को कुरा तथागत बुद्धले भन्नु भएको छ, भय र हिंसालाई त्यागे पछि, सत्यको उजागार हुन्छ । त्यसैले, मैले सत्य बोलेको हुँ । तैपनि भारदारहरुको सिफारिस अनुसार सजाय दिन चहानु हुन्छ भने पनि मलाई मन्जुरी छ । यदि तपाइँले कुनै सजय दिनु भएन भने अब म बुद्धको शरणमा जान्छु, आफ्नो सफाइमा अम्रपालीले दृडतासाथ भन्यो ।      
 यस दौरान उनको एक पुत्र जन्मिए । तर, पुत्रको पिता बन्ने प्रस्ताव कसैले स्विकार गरेनन् । यस घट्नाले उनको अन्तरात्ममा गहिरो चोट लायो । संसारबाट विरक्त भइन र एक्लो महशुस पनि गरिन । तै पनि उनीसंग समृद्ध र सहनशिलता दुबै थिए । त्यसैले, जीवन जिउन सक्ने कला सिक्नका लागि उनको नाम जीवक राखे र आठ वर्षको उमेरमा काशीको प्रख्यात वैद्य गुरुकुलमा पठाए ।        
   
श्रावस्ति क्षेत्रमा बुद्धको प्रभाव बढदै गए पछि उनी बुद्धको संगतमा पुगे । बुद्धको विद्धताको बारेमा सुने पछि बुद्ध सहित भिक्षु महासंघलाई भोजन दानका लागि निमन्त्रणा दिन आउनु भयो ।    
‘तथागत बुद्धले पनि मौन सहमति दियो’ 
‘तर, भिक्षुहरुले असन्तोष प्रकट गरे ।’ 
‘असन्तोष हुनका कारण,’ बुद्धले सोधे ?  
‘अम्रपाली नामुद वेश्य हो,’ एक जना भिक्षुले भन्यो । 
   
अम्रपाली वेश्य हो भन्ने कुरा मलाई पनि जानकारी छ । त्यति मात्र होइन, अम्रपालीको पूर्व जुनीको कथा पनि थाहा छ । उनी किन वेश्य बन्यो ? कसले वेश्य बनायो ? कस्का लागि वेश्य बन्यो ? वेश्य हुनमा के रहस्या छ ? यो श्राप हो कि वरदान हो ? उनको इच्छा थियो वा थिएन ? बुद्धले प्रश्नै प्रश्नको पोका भिक्षुहरु समक्ष राखि दियो । तर, भिक्षुहरु सबै मौन बसेको बुद्धले देखे । 
   
‘हे भिक्षुगण,’ अम्रपाली किन नगर वधु भए ? उनको पूर्व जुनी, विगत र वर्तमानलाई राम्रोसंग सुन । अनि मात्र भोजन दानमा जाने वा नजाने आफै निर्णय गर्नु । भोजन दानमा सबै भिक्षुहरु अनिवार्य जानै पर्छ भन्ने वाध्यात्मक अवस्था छैन । तै पनि कुनै विषय वा वस्तुलाई अस्विकार गर्नु भन्दा पहिला, त्यसको गुण र दोषलाई राम्रोसंग केलाएर हेर्न सक्नु पर्छ । विद्यमान अवस्था पनि यस्तै घट्नासंग सम्वन्धित छ, बुद्धले उपदेश गरे ।
   
विद्यमान अवस्थमा चर्चित अम्रपालीको कथा अनुसार, पूर्व जुनीमा सुन्दी नामक अप्सरा श्रवन भन्ने ऋषिको तपस्य भङ्ग गर्न आएकी थिइन् । तपस्य भङ्ग भए पछि, उनीहरुमा प्रेम बस्यो । अन्तत, सुन्दीले एउटी कन्यको जन्म दिइन् । मेरो लक्ष्य पुरा भयो । अब मलाई जाने आज्ञ दिनुहोस् भनेर ऋषिलाई नमन गरी स्वर्ग प्रस्थान गरिन् । अब ऋषिलाई बडो झन्जड आइ लाग्यो ! कन्यालाई साथमा लिएर भिक्षाटनमा कसरी जाने भनेर, कन्यालाई आमको रुखको फेदमा छाडेर भिक्षाटनमा गए । फर्केर आउदा कन्या नदेखे पछि, श्रवन ऋषि बौलाए । 
   
मेरो कन्या जो कोहिले लगे पनि उनको भलो होस् । मेरी सुन्दी जस्तै चर्चित नर्तकी र रुपवती होस् । उनको सौन्दर्यको प्रभावबाट सबै प्रभावित हुन् । यो वरदानबाट श्राप बनोस् । श्रापबाट विनास होस् । विनासबाट वैराग्य प्राप्त भएर सुगति प्राप्त होस्, ऋषिले वरदान र श्राप एकैसाथ दिए ।
   
वर्तमानमा मानिसहरुको जो अवस्था छ । जस्तैः कीर्ति, प्रभाव, ऐश्वर्य, धन, निर्धन, ज्ञानी, अज्ञानी, रुप, कुरुप, नृत्य, संगित, तर्क, चेतना र विवेक जे जास्तो प्रभाव देखिएको छ, त्यो उनको पूर्व जुनीको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावको सवरुप हो । यसलाई मैले व्युत्पतिको बिउ भने हुँ । जस्तो बिउ छ, त्यसैको लक्षण लिएर उम्रिन्छ र त्यही स्वभावको फल पनि लाग्दछ । यही सिद्धान्तमा प्रतित्यसमुत्पाद आधारित छ । यही नियम प्रकृतिको प्राकृति हो । 
   
अंगुलिमाला जस्तो हत्यारा अहिंसक हुन सक्छ भने, अम्रपालीमा पनि परिवर्तन हुन सक्ने प्रशस्त संभावनाहरु देखिन्छ । उनमा नृत्य र संगितको उत्कृष्ट चेतना छ । नृत्य र संगितको चेतनामा साधनाको शक्ति हुन्छ । यही शक्तिबाट उनले चेतनाको दियो बाल्न सक्दछ । त्यही दियोको जगमा बसेर अर्हतत्व प्राप्त गर्न सक्दछ ।                      
 तथागतको उपदेश सुने पछि सबै भिक्षुहरु भोजन दानमा गए । भोजन दान ग्रहण गरेर अम्रपालीलाई उपदेश दिए । अम्रपालीले आफ्नो वहुबलमा अर्जन गरेको विशाल अम्रपाली महल भिक्षुसंघलाई दान दियो । सातौ दिनमा जीवक सहित भिक्षुनी भएर संघमा प्रवेश गरे । 
   
यसरी, चर्चित नगर वधु भिक्षुनी भएर संघको सेवा गरी, छोटो समयमै अहर्तत्व प्राप्त गरे । त्यसैले, बौद्ध साहित्यमा अम्रपालीको उपमा उत्कृष्ट स्थानमा रहेको पाइन्छ ।   

आजको श्रृंखला यही समाप्त हुन्छ । अगामी श्रृंखलामा मगधको राजसभामा शास्त्रार्थ किन र कसरी भयो भन्ने विषय लिएर फेरी भेटघाट हुनेनै छ । तबसम्मलाई बिदा दिनुहोस् । बुद्धम शरणम् गच्छामी ।

चोग डीबी गुरुङ बुद्ध दर्शनको विद्यार्थी हुन् । 
8/1/2020
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.