मगधको राजसभामा शास्त्रार्थः

मगधको राजसभामा शास्त्रार्थः 

नमस्कार, म चोग डीबी गुरुङ यहाँहरुलाई गुरुङ स्कुलको ब्लगमा हार्दिक स्वागत गर्दछु । वास्तवमा म बुद्ध धर्मको अध्यता, आचार्य, खेन्पो, लामा, उपासक केही पनि होइन । बुद्ध दर्शनको विद्यार्थी मात्र हुँ । यहाँनिर स्पष्ट हुनु पर्ने कुरा के छ भने, धर्मको अनुयायीहरुले शील र आचारणको पालनमा जोड गर्दछन् । तर, दर्शनको विद्यार्थीले उत्कृष्ट संभावनाहरुको निरन्तर अध्ययन गरिरहेको हुन्छ । यही अध्ययनको क्रममा मैले जाने बुझेको कुराहरु सबैलाई बाँटन मात्र खोजेको हुँ । आजको श्रृंखलामा 'मगधको राजसभामा शास्त्रार्थ' कसरी भयो भन्ने बारेमा संक्षिप्त प्रकाशन गरिएको छ । बोधि मित्रहरुलाई कार्यक्रम चित्त बुझ्दो भएमा आफन्तहरुलाई पनि शेयर गर्नु होला । आजको श्रृंखला मगधको राजसभामा शास्त्रार्थबाट उठान गरिनेछ । 

तथागत बुद्धको प्रज्जवलित तर्कबाट प्रभावित भएर समकालिन दार्शनिकहरु सबै उनको संतसंगमा आएर अर्हत प्राप्त गरे । तर, केही अतीवादी सोँच भएका ब्राह्मणहरुको सानो समूहले आफ्नो अस्तित्वको रक्षा गर्नका लागि कुटिल चाल चाले । यस चालमा राजा अजात शत्रुलाई उचालेर हतियार बनाए ।    

 मगध राज्यको राजा अजात शत्रु, पितृ हत्य पछि राजसत्तामा आएका थिए । उनको कुलगुरु र आचार्य सोनदण्ड बुद्धको कटु अलोचक थिए । यो कुटिल चालमा उनको सुराकीको रुपमा भिक्षु देवदत्तको पनि सकृय सहभागिता थियो । देवदत्त बुद्धको फुपुको छोरो भए तापनि प्रत्येक पाइलामा बिरोधी थिए ।

 भिक्षु देवदत्त शाक्य संघको कुशल योद्ध भएकोले महत्वकाङ्क्षी स्वभावको थियो । भिक्षु भए पछि पनि उनको स्वभावमा परिवर्तन भएको थिएन । बुद्धको त्याग, मौलिक आचारण, मानवियता, करुणा र प्रज्जवलित तर्कले गर्दा, उनको ख्याति जम्बुद्धिपमा फैलिए । 

यसैको प्रतिशोधका लागि भिक्षु महासंघको नेतृत्व र नियममा देवदत्तले प्रश्न उठायो । यसमा असफल भए पछि भिक्षु संघ टुक्राउने प्रयास गर्यो । संघ टुक्राउन पनि असफल भए पछि कुलगुरुसंग साठगाँठ गरेर अजात शत्रुको राज दरबारमा आचार्य सोनदण्डसंग शास्त्रार्थ गराउने । यदि सोनदण्ड परास्त भए, गणिका जो लामो समयदेखि बुद्धको गन्ध कुटीमा आवत जावत गर्दै आएकी थिइन, उनलाई राज सभामा उपस्थित गराइ गर्भवती भएको नाटक गराइ, स्त्रीको दर्दनायक वेदना सुनाएर बुद्धलाई बदनाम गराउने दुष्प्रयासको षड्यान्त्र रचिएको थियो । यस प्रकारको कपोल कल्पित षड्यान्त्रबाट बुद्धको चरित्र हत्या गराएर मगधको राज्य सिमाबाट बाहिरा धपाउने उनीहरुको योजना रहेको थियो । यही योजना अनुसार बुद्धलाई निमन्त्रण पठाए । 

‘बुद्धले निमन्त्रणा स्विकार गर्यो ।’                                                                                                                

‘तर, भिक्षु आनन्दले शंका गर्यो ।’                                                                                                               

‘भिक्षु आनन्दको शंकामा सारिपुत्र, मौदगल्यान, महाकाश्याप र कौण्ड्याले पनि समर्थन जनाए ।’              

‘आनन्द, यो निमन्त्रणामा तिमीले शंका गर्यो । चार जना अहर्तहरुले पनि तिम्रो पक्षमा सर्मथन दियो । 

यसको कारणमा तिम्रो दृष्टिकोण प्रष्ट गराउ,’ बुद्धले भन्यो । 

‘हे, तथागत,’ मलाई शंका हुनुको कारणहरुमा, सर्वप्रथम त देवदत्तको आचारण र उनको पछिल्लो गतिविधिले प्रष्ट गर्दछ । त्यसपछि, गणिकाको संकस्पद आवत जावत, राजा अजात शत्रुको व्यवहार र कुलगुरुको नीतिलाई ढाल बनाएर आचार्य सोनदण्ड मार्फत तीर चलाउने देवदत्तको योजना हुन सक्ने मेरो अनुमान छ, आनन्दले स्पष्ट भन्यो । 

आनन्द, आजको दिनमा हामीले अत्यन्तै महत्वपूर्ण विचार गर्नु पर्ने समय आएको छ । त्यसैले, सारिपुत्र, मौदगल्यान, महाकाश्याप र कौण्ड्यालाई एक साथ हुन सूचना दिएको हुँ । मलाई पूर्ण विश्वास छ, चार जना अर्हतहरु भिक्षु महासंघको चार खम्बा हो । जसमा सम्पूर्ण भिक्षु महासंघको अस्तित्व अडिएको छ । आनन्द मेरो छाया हो । तिमी पाँच अर्हतहरु पञ्च तत्वमा आधारित पञ्चशिल हो । जस्मा सम्पूर्ण बुद्ध वचन सञ्चारित हुन्छ ।

‘हे, अर्हतगण,’ विगत केही समय यतादेखि देवदत्तको प्रत्येक गतिविधिलाई मैले चक्षुद्धारा नियालि रहेको छु । मलाई सबै कुराहरु थाहा छ । तर पनि तपाइहरुको शंका समाधानका लागि यो छलफल आवश्यक महशुस गरेको हुँ । मेरा भिक्षुहरुलाई के जानकारी गराउन चहान्छु भने, शास्त्रार्थ भनेको तर्क युद्ध हो । भिक्षुहरुले तर्क गर्ने होइन, स्वयम तर्क बन्नु पर्छ । तर, आजको यो तर्क युद्ध, बुद्ध शासनको प्रथम र अन्तिम हुने छ । किनभने, अजात शत्रुको राजदरबार बाहेक सम्पूर्ण जम्बु दिपमा बुद्धको शाान्ति सन्देशले शितलता सञ्चार गरिसकेको छ । आजको यो शास्त्रार्थबाट दरबार भित्रको आँधेरो कोठामा बस्न वाध्य भएका भारदारहरुलाई पनि नविन विहानीको अनुभूति गराउनु पर्छ । त्यसैले, मैले यो निमन्त्रणा सरलताका साथ स्विकार गरेको हुँ, ता कि उनीहरुलाई कुनै संकोच नहोस । यो शास्त्रार्थमा देवदत्त सहित चार जना अर्हतहरु पनि सहभागी हुनेछन्, तथागतले भन्यो ।  

बुद्धको उपदेश सुनिसके पछि भिक्षुहरुको सबै संका उपशंकाहरुको समाधान भयो । निर्धारित समयमा सबै राजदरबार प्रवेश गरी तोकिएको स्थानमा आसन ग्रहण गरे । 

‘राजा अजात शत्रुको राजसभामा कुलगुरुले आचार्य सोनदण्ड र बुद्धको स्वागत गर्दै भन्यो ।’ आज मगध राज्यको राजसभामा महाराज अजात शत्रुको उपस्थितिमा बन्दनिय तथागत बुद्ध र प्रख्यात आचार्य सोनदण्डकोबीचमा ऐतिहासिक शास्त्रार्थ हुँदैछ । यो छलफलबाट मानव समाजलाई नविन चेतनाको दिशा बोध हुनेछ, कुलगुरुले मन्तव्य राख्दै भन्यो । त्यही समय कुलगुरुको मन भित्र मडारिरहेको कालो बादलको संकेत र शास्त्रार्थमा हुन सक्ने विषयमा पनि तथागतले चुक्षुद्धारा स्पष्ट नियालि रहेका थिए । तर, यो कुरा कुलगुरुलाई याद थिएन ।  

‘शास्त्रार्थ छलफल गर्न राजाबाट आदेश भयो ।’                                                                                      

‘शास्त्रार्थ छलफल आरम्भ भयो ।’ 

‘तपाइँ उमेरमा म भन्दा सानो हुनुहुन्छ । त्यसैले, प्रश्न गर्ने अधिकार पनि तपाइँलाईनै दिन्छु । भन्नु होस, कुन विषयमा चर्चा गर्ने हो ?’ आचार्य सोनदण्डले भन्यो । 

‘नमस्कार सोनदण्डजी,’ के तपाइँ भन्न सक्नु हुन्छ कि एउटा असल ब्राह्मनमा केके गुण हुन आवश्यक छ ? तपाइँ चहानु हुन्छ भने, वेद र उपनिषदको पनि उदाहरण दिन सक्नु हुन्छ, तथागतले  आचार्यको सम्मान गर्दै भन्यो । 

‘भिक्षु गौतम,’ पूर्ण रुपमा ब्राह्मन बन्नका लागि पाँच लक्षणहरु चाहिन्छ । सुन्दर रुप, मन्त्रोचरण एवं अनुष्ठानमा प्रविणता, सात पुस्तादेखि रगतको शुद्धता, राम्रो ज्ञान र राम्रो कर्म हुन आवश्यक हुन्छ, सोनदण्डको उत्तर थियो । 

‘अति उत्तम,’ महाराजले पनि समर्थन दियो ।                                                                                                   यो पाँच वटा गुणहरुमा सर्वाधिक रुपमा कुनकुन गुण हुन आवश्यक छ ? यो गुणहरु मध्येमा कुनै पनि गुणको आभावमा के उनी असल ब्राह्मन हुन सक्दछ ? बुद्धले पुनः सोध्यो ।

अन्तको दुइ गुणहरुमा राम्रो ज्ञान र राम्रो कर्म महत्वपूर्ण हुन्छ । सुन्दर रुप, मन्त्रोचरण एवं अनुष्ठानमा प्रविणता र सात पुस्तादेखि रगतमा शुद्धता त्यति आवश्यक छैन, सोनदण्डले भन्यो ।

तर, बुद्धको प्रश्नले सोनदण्डलाई दुविधामा पारि दियो, सभामा उपस्थित अन्य ब्राह्मनहरुले असन्तुष्टि जनाए ।

‘सभाका आदरणीय सभागणहरु,’ यदि तपाइँहरु सोनदण्डमा आस्था राख्नु हुन्छ भने, कृपय शान्त रहनुहोस् । यदि तपाइँहरुको उनमा आस्था छ भने, उनलाई आफ्नो विचार प्रकट गर्न दिनुहोस् । यदि छैन भने, तपाइँहरु मध्ये जो कोहि पनि यो विषयलाई अगाडि बढाउन सक्नु हुन्छ । म तपाइँहरु सबैको प्रश्नको उत्तर दिने छु, तथागतले निवेदन गर्यो । 

‘आदरणीय मित्रहरु,’ हामी सबैको सामुन्ने मेरो सौतेला भाइ अंगत बसेको छ । अंगत रुपवान छ । उसको आचारण कुलिन र उत्कृष्ट छ । उनको बाहिरी सुन्दरता केवल भिक्षु गौतमसंग मात्र तुलना गर्न सकिन्छ । यो दुइ परिवारको रगतको शुद्धता उनको शरीरमा बगिरहेको छ । वेदपाठको ज्ञानी छन् । यो तीन गुण त उनमा छदैछ । तर, यदि विचारको रुपमा हेर्ने हो भने, अंगत मदिरा सेवन गर्दछ । हत्या गर्दछ । बलत्कार गर्दछ । जुवातास खेल्दछ । झुट बोल्दछ । चोरी पनि गर्दछ भने, उनको बाँकी गुणको मुल्य के रह्यो त ? त्यसैले, मित्रहरु, पूर्ण ब्राह्मन बन्नका लागि सतकर्म र ज्ञाननै सर्वोपरि हो, सोनदण्डले भन्यो । 

‘यो दुइ मध्येमा कुन चाहि सर्बोत्तम गुण हो ? बुद्धले सोध्यो ।’

सतकर्म र ज्ञान दुइ भाग हुन सक्दैन । जस्तैः एउटा हातले आर्को हातलाई र एउटा खुट्टाले आर्को खुट्टालाई साथमा साथ दिदै जान्छ । त्यसै अनुरुप सतकर्म र ज्ञान एक दुसराको पुरक हुन्छ । सतकर्मले हाम्रो विवेकलाई प्रकाशमान गर्दछ । विवेकबाट गरिएको कर्मले धार्मिक बनाउदछ । यही नै जीवनको वास्तविक गुड मन्त्र हो, सोनदण्डले भन्यो । 

‘उत्तम ! अति उत्तम !’ तपाइँको भरोसामा हामी उभिएको छ । बुद्ध, तपाइँ भन्नुहोस्, अब हाम्रो परम् विद्धानसंग के सोध्न चहानु हुन्छ ? राजाले सोनदण्डको कण्ठ मुखले प्रशंस गर्याे । राजाको प्रशंसमा सभागणहरुले पनि हाँमा हाँ मिलाए नुन पानीको सोझो गरे । 

‘सत्य भन्यो सोनदण्डजी तपाइँले !’ सतकर्म र ज्ञान जीवनको सवभन्दा मुल्यमान गुण हो । के तपाइँ बताउन सक्नु हुन्छ ? ज्ञान र सतकर्मलाई उच्चतम कोटीम्म कसरी विकसित गर्न सकिन्छ ? तथागतले पुनः प्रश्न गर्यो । 

‘हे, करुणा निदान !’ यस विषयमा तपाइँ नै हाम्रो मार्ग दर्शन गर्नुहोस् । हामी त केवल सिद्धान्त जान्दछौं । तर, तपाइँ त बुद्ध बनेर परम् सत्यलाई प्राप्त गर्नु भएको छ । 

‘हे, परम् पुरुष ! तपाइँनै भन्नु होस,’ सतकर्म र ज्ञानलाई उच्चतम् कोटीसम्म कसरी विकास गर्न सकिन्छ ? आचार्य सोनदण्डले सोध्यो । 

आत्म मुक्तिको तीन चरणहरु छन् । शीलाचार, ध्यान र ज्ञान । यदि हामी शीलको आचारण गर्छौं भने, ध्यान साधनामा बृद्धि हुन्छ । ध्यान साधनाबाट ज्ञानको उदय हुन्छ । यसबाट शीलको गहन आचारण गर्न सम्भाव हुन्छ । यसको माध्यामद्धारा काम, विषय, वास्ना, क्रोध, मोह, माया, र तृष्णाबाट टाढा भयो भने, आत्म मुक्ति, शान्ति र आनन्द प्राप्त गर्न सक्दछ । यही परम् सत्य हो, तथागतले देशन गर्नु भयो ।  

‘हे, करुणानिधि !’ मलाई आँधेरोबाट उज्यालोतिर ल्याउनु भयो । मलाई धर्म दीक्षा दिनुहोस् । बुद्धम् शरणम् गच्छामी भन्दै बुद्धको शरणमा आए । त्यो दिनदेखि आचार्य सोनदण्ड पनि तथागतको अनुयायी बने । सभाका सभागणहरु जो बुद्धको अनुयायीहरु थिए, सबैले जय ! जयकार गरे । बिरोधिहरुले असन्तुष्ट प्रकट गरे । त्यसै समय बुद्धको गन्ध कुटीमा बेलाबखत आवत जावत गरिरहने गणिका गर्भवति अवस्थामा राजसभामा आयो । 

‘उनलाई मर्याद पालक सैनिकहरुले रोक्यो ।’                                                                                              ‘तिमी को हो ? किन यहाँ आएकी,’ कुलगुरुले सोध्यो ।                                                                            ‘महाराज ! म यहाँ आउनलाई विवस छु । यो राजसभामा म बुद्धसंग केही प्रश्न सोध्न चाहन्छु,’ गणिकाले भनिन् । ‘बुद्धलाई केही आपत्ति छैन भने सोध्न सक्छ,’ राजा अजात शत्रुले भन्यो र जुंगा मुसारे ।                             ‘तथागतले मौन समर्थन दियो ।’  

‘हे, गौतम, तपाइँ धर्मको धेरै कुरा गर्नुहुन्छ ।’ तपाइँको मानसम्मान पनि छ । तर, अब केही समयमै म आमा बन्नेवाली छु । बुद्धलाई यसको कुनै चिन्त छैन । मैले बारम्बार निवेदन गर्दा पनि उनले कुनै सुनुवाइ गरेन । महाराज ! मलाई न्याया दिलइ दिनु, गणिकाले अनुरोध गरिन् । 

‘ऐ, निर्लज स्त्री, यस प्रकारको लान्छाना लगाउन तिम्रो यत्रो ठूलो शाहस !’ बुद्ध काम वासनाबाट धेरै टाढा छ, देवदत्तले गुहीको आँसु झारेर सफाइ पेश गर्न खोजे ।  

पुत्री, केवल दुइ जनाले मात्र यो सत्य हो वा होइन भन्ने कुराको पुष्टि गर्न सक्दछ, त्यो हो तिमी र म, बुद्धले भन्यो ।

यतिकैमा एक जना सभासद जो बुद्धको अनुयायी थिए । उनले यो गणिकालाई समात्नु । यसको पेटको गर्भ कस्को हो ? थाहा छैन ! चरित्र हत्या गर्ने मनसायले बुद्धको टाउकोमा यो पाप थोपार्न चहान्छ जस्तो देखिन्छ भने पछि गणिका भयभित भइन । 

मर्याद पालकहरुले उनलाई समाते । तानातान गर्दा, उनको पेटमा गर्भको रुपमा देखिने कपडाको पोको भुइमा खस्यो । बुद्धलाई झुटो अभियोग लगाई चरित्र हत्या गर्न रचिएको कुटिल षड्यान्त्रको राजसभामै पर्दाफास भयो । 

राजसभाका अतिथि एवं बन्दनिय तथागतलाई अपमान गरेको अभियोगमा गणिकालाई जेल पठाउने राजाबाट आदेश भयो । यसरी, दुखद घट्नाको दृष्टान्तमा शास्त्रार्थ समाप्त भयो ।

यस घट्नाको केही समय पछि श्रावस्तिको विहार नजिकै गणिकाको लास भेटियो । सार्वजनिक सूचना पछि भिक्षुहरुले उनको दाह संस्कार गरे । त्यसको पाँच दिनमा गिद्धकुट पवर्तबाट आउदै गर्दा, बाटोमै देवदत्तले बुद्धलाई रुखको छलबाट तरवार प्रहार गरे तर, लागेन । एक छिन पछि भीरको डिलबाट विशाल ढुंगा लडाए । तर, ढुंगासंगै आफै पनि लड्दै आएर त्यही विशाल ढुंगाले च्यापेर गहिरो चोट लाग्यो ।  

यसरी, बुद्धको जीवन लिला समाप्त गर्ने कार्यमा सम्पूर्ण प्रयास विफल भयो । त्यसैले, बौद्ध साहित्यमा देवदत्त जस्तो भिक्षुको चरित्र निन्दनिय रहेको छ । अन्तमा, बुद्धकै समिपमा प्राण त्यागेकाले उनको करुणाको प्रभावले निर्वाण प्राप्त गरे ।

आजको श्रृंखला यही समाप्त हुन्छ । अगामी श्रृंखलामा ईश्वरको अस्तित्व कहाँ छ ? भन्ने विषय लिएर फेरी भेटघाट हुनेनै छ । तबसम्मलाई बिदा दिनुहोस् । बुद्धम शरणम् गच्छामी ।

चोग डीबी गुरुङ बुद्ध दर्शनको विद्यार्थी हुन् ।                                                                                      8/10/2020

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.