राष्ट्रकवि माधव घिमिरेको संझनामा

 राष्ट्रकवि माधव घिमिरेको संझनामा,

Madhab P. Ghimire.
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ हुँ । ब्लग लेख्ने मेरो रुचि थियो । तर, कोरोनाको लगडाउनले गर्दा, दैनिकी जस्तै भैसक्यो । पाठकहरुले मन पराए पनि मन नपराए पनि केही न केही त लेख्नै मन लाग्छ । सामाजिक सञ्जालले गर्दा, प्रकाशनको लागि झन्जट पनि छैन । जे लेख्न मन लाग्यो, लेख्यो, पोष्ट गर्यो । सजिलो भएको छ । त्यसैले लेख्ने गरेको छु । मेरो लेख स्तरिय हुदैन । यदि स्तरिय हुने भए त कलमिस्ट भैहल्थे नि ? सत्य कुरा त यही हो नि हजुर !

नेपालको सत्तातर जिल्ला मध्ये लमजुङ जिल्ला पनि एक हो । यो जिल्ला शाह वंशिया राजाहरुको उद्गम स्थल हो । यही माटोमा डा. हर्क गुरुङ र राष्ट्रकवि माधव घिमिरेको जन्म भए थियो । अहिले कोरोनाको महामारीले गर्दा सामाजिक सञ्जालनै मेरो कर्म थलो बनेको छ । आज बिहान उठ्ने बित्तिकै सामाजिक सञ्जालमा बसेँ । राष्ट्रकवि माधव घिमिरेको निधनमा सामाजिक सञ्जालहरु, साहित्य प्रेमीहरु, कवि कवियत्रीहरु र पत्रपत्रिकाहरु सबै शोकाकुल भएको महशुस गरे । नेपाली आकासमा साहित्यको एउटा चम्किलो नक्षत्र सधैका लागि अस्तायो ! अब हामीसंग उनका उत्कृष्ट कृतिहरुमा उधाएका र उदायका बिचारहरु मात्र छन् । जसका शब्द शब्दहरुमा र पाना पानाहरुमा राष्ट्रकवि अमर रहने छन् । त्यसैले, राष्ट्रकविको संझनामा दुइ शब्द लेख्न मन लाग्यो ।     

राष्ट्रकविको जन्मभूमि लमजुङको नामाकरण कसरी भयो भनेर संक्षेपमा परिचय गराउन आवश्यक ठानेकाले पृष्ट भूमिलाई अलिकति कोट्याउदै छु । कथा अलि पुरानो, धमिलो र मलिनो छ । तर, सत्य छ । त्यो सत्य के हो भने, संवत १५५० को मध्यमा गुरुङको सम्यताको केन्द्र भनिने ‘ख्होला–सोँ–थर’को पतन भए पछि, एक जना थरी लम (लामा)को पूर्खले साबिको घनपोखरा गाउँदेखि अलि माथिको थुम्कोमा आएर बस्ति बसाले । गुरुङ भाषामा बस्ति बसाल्नेलाई ‘चुँब’ भनेर भन्दछ । अर्थात त्यो थुम्कोमा लमले पहिलो पटक बस्ति बसालेको हुनले ( लमइ चुँब लमचुँ) भन्न थाले । त्यही लमचुँबाट लमजुँ हुँदै वर्तमान लमजुङ जिल्लाको नामाकरण हुन गएको भन्ने स्रुति परम्परा रहेको छ । केही इतिहासकारहरुले लामो लामो जुंग पालेका मानिसहरु बस्ने ठाउँ भएकाले लमजुङ भएको भन्ने भनाइ पनि छन् । तर, यो कुरा सत्य होइन । किनभने लमजुङमा लामो जुंग पाल्ने चलन र शोक चाहि खासै दैखिदैन । 

अब लमजुङको खास नालिबेलीलाई पनि अलिकत्ति कोट्याउन मन लाग्यो । किनभने वर्तमानको जन्म अतीतको गर्भबाट भएर आउछ । लमजुङको पुरानो पुस्ताले भन्ने गर्छन कि, कुनै बेला लमजुङगे कांग्रेसको आमा भनेर चिनिने दुराडाँडाको श्रीकान्त आधिकारीको महत्वकांक्षी सप्नाको योजना पुरा हुन सकेको भए, सितले स्वारामा हवाइ अड्डा हुने थियो । दुराडाँडादेखि घले गाउँसम्म डाँडैडाँडा सिंगापुर र स्विचरलैण्ड जस्तै झिलिमिलि हुने थियो । प्रत्येक पाखा र पखेरीहरुमा फल्ने गिठा, भ्याकुर र कन्दमूलको ठाउँमा सुनैसुन र हरियो डलर फल्ने थिए । तर, ती कुराहरु एका देशका राजा रानीको कथा जस्तै पुरानो र बिरानो भए । यहाँसम्म कि, लमजुङ जिल्लाको छाति चिरेर उत्तरबाट मस्र्याङदी हिम नदी कलकल गर्दै बगरेर आए पनि जिल्लावासीहरुले धित मर्ने गरी पानिको प्यास मिटाउन पाएको छैन । लमजुङको छातिमा सानो ठुलो गरी, दर्जनौ उर्वरा उपत्यकाहरु हुँदाहुदै पनि बिरगंज र रक्शौलबाट ल्याइएको गुणस्तरहिन खाद्य र तरकारीसंग भान्सामा रमाउनु पर्ने गृहणीहरुको गुनासो कस्ले सुन्ने ? उर्वरा भूमिमा अस्त व्यस्तसंग बसेका शहरहरुमा रमाएका गाउँलेहरु आजको दिनसम्म कोरोना महामारीसंग लाडिरहेका छन् । सबैलाई थाहानै छ कि, बिदेसी रिमिटेन्सको मूल पनि अब बिस्तारै सुख्दै छ । मूलै सुके पछि भोकमारीसंग लड्नु पर्ने अवस्था त आउछ नै । आजको महामारी पछि भोकमारीको महायुद्ध हुदैछ । यही कुरा राष्ट्रकवि माधव घिमिरेको उत्कृष्ट कृतिहरुले घुमाउरो र अपत्यरिलो शब्द र छन्दमा बारम्बार दोहोराउनु भएको छ । म घिमिरेको शकुन्तला, मालतिमंगले र पारिजातको शिरिषको फूलसंग अत्यन्तै परिचित छु । नपत्याए, उनको पापिनी आमा, नयाँ नेपाल र राष्टनिर्माता जस्ता अब्बल दर्जाका दर्जनौ साहित्यहरु साक्षी छन् ।

उनको उत्कृष्ट कृतिहरुमा, घामपानी २०१२, नयाँ नेपाल २०१३, गौरी २०१५, शोककाव्य २०१५, पापिनी आमा २०१७, राजेश्वरी २०१७, शकुन्तला २०२८, राष्टनिर्माता २०३०, धर्तीमाता २०३०, किन्नर किन्नरी २०३३, मालती मंगले २०३९, बाल कुमारी २०४०, विषकन्या २०५०, अस्वत्थामा २०५१, सुनपङ्खी चरी २०५३, हिमालपारि हिमालवारि २०५४, देउकी २०५५, गौथली र गजधम्मे २०५७, इन्द्र कुमारी २०५७, बोराको परदा २०५७ र आफ्नै बाँसुरी आफ्नै गीत लगायतका कृतिहरु प्रकाशित छन् ।     

नेपाली गीत, कविता र साहित्यको माध्यामबाट करोडौं नेपालीहरुको मन मस्तिष्कलाई छुन सफल हुनु भएका घिमिरेलाई समालोचकहरु परिस्कारवदी धारका एक मात्र कवि मान्दछन् । उनको अश्वत्थामा (अंग्रेजी) कृतिलाई नोवेल पुरस्कारको मनोनयनको लागि पठाइएको थियो । यस बाहेक कविता, गीत, नाटक, खण्डकाव्यको लेखनमा विशेष गरी प्राकृतिलाई नजिकबाट नियाल्ने गर्नु भएको उनको रचनाहरुबाट बुझिन्छ । २०१५ सालमा प्रकाशित शोककाव्य र चैतबैसाख त्यस समयको चर्चित खण्ड काव्य थियो । त्यस बाहेक, फूलको थुँगा, लाग्दछ मलाई रमाइलो, आजै र राति, नेपाली हामी, गाउँछ गीत नेपाली, लगायत थुप्रै मन छुने, राष्ट्रभावका गीतहरुको रचना गर्नु भएको छ । उनको बाल साहित्यमा मुनुमुनु म्याँ म्याँ ब्रुक ब्रुक अत्यन्तै लोकप्रिय मानिन्छ । 

माधव घिमिरेलाई तत्कालिन राजा ज्ञानेन्द्रबाट २०६० सालमा राष्ट्रकविको उपाधि सहित गोरखा दक्षिणबाहु प्रथम, त्रिभुवन प्रज्ञा पुरस्कार, बसुन्धराश्री पुरस्कार, आदिकवि भानुभक्त पुरस्कार, सीताराम प्रज्ञा पुरस्कार, सुप्रसिद्ध प्रबल गोरखा दक्षिणबाहु, पद्मश्री सम्मान लगायतका पुरस्कारहरु र मान सम्मानहरुबाट सम्मानित हुनु भएको थियो ।  

उनले १९९२ मा प्रथम पटक गोरखा–पत्रमा ‘ज्ञान पुष्प’ कविता छपाएर लेखन यात्रा आरम्भ गर्नु भएको थियो । उनले २००१ सालमा गोरखा–पत्र दैनिकमा मासिक रु ४० चालिस रुपिया तलबमा सहायक सम्पादक पदमा रही जागिर खानु भएको थियो । २००८ सालमा लमजुङ फर्किएर शिक्षा क्षेत्रमा प्रत्यक्ष संलग्न हुन भयो ।  

राष्ट्रकवि माधव घिमिरेको जन्म संवत १९७६ साल असोज ७ गते, पुस्तुन गाउँ हाल मस्र्याङदी गाउँपालिका वडा नं ६, लमजुङमा भएको थियो । ११ वर्षको उमेरमा घर छाडेर लमजुङ दुराडाँडामा स्थापित संस्कृत पाठशाला पढदै राजधानी स्थित रानी पोखरीको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा, उनले प्रथमा उतिर्ण गर्नु भएको थियो । त्यस पछि बनारस पुगेर क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गर्नु भयो । 

राष्ट्रकवि माधव प्रसाद घिमिरे विगत केही महिना यतादेखि श्वासप्रश्वासको समस्यामा देखिए पछि अक्सिजन दिएर उनकै घरमा उपचार गरिएको थियो । उनको निधन भन्दा अगाडि मुटु र नाडिको धड्कनमा समस्या देखिएको थियो । यही समस्याको कारण २०७७ साल भदौ २ गते मंगलबार १०१ वर्षको उमेरमा साँझ ५ः५५ बजे आफ्नै निवास लैनचौरमा उनको निधन भयो । यस्तो अब्बल दर्जाको स्रष्टा हर युगमा जन्मिन कठिन छ । राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई हार्दिक श्रद्धान्जली ! उनका उत्कृष्ट कृतिहरु चन्द्र सूर्यझै सधै अमर रहुन ! उनको संझनामा श्रद्धा सुमन सहित पुष्पाञ्जली !  

चोग डीबी गुरुङ भाषा र साहित्यको विद्यार्थी हुन् ।

8/18/2020

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.