Buddha traveled to his motherland.

तथागत बुद्ध मातृभूमि प्रस्थानः

Buddha traveled to his motherland. Lumbini.
नमस्कार, म चोग डीबी गुरुङ यहाँहरुलाई गुरुङ स्कुलको ब्लगमा हार्दिक स्वागत गर्दछु । वास्तवमा म बुद्ध धर्मको अध्यता, आचार्य, खेन्पो, लामा, उपासक केही पनि होइन । बुद्ध दर्शनको विद्यार्थी मात्र हुँ । यहाँनिर स्पष्ट हुनु पर्ने कुरा के छ भने, धर्मको अनुयायीहरुले शील र आचारणको पालनमा जोड गर्दछन् । तर, दर्शनको विद्यार्थीले उत्कृष्ट संभावनाहरुको निरन्तर अध्ययन गरिरहेको हुन्छ । यही अध्ययनको क्रममा मैले जाने बुझेको कुराहरु सबैलाई बाँटन मात्र खोजेको हुँ । आजको श्रृंखलामा तथागत बुद्ध मातृभूमि प्रस्थान गरेको बारेमा संक्षिप्त प्रकाशन गरिएको छ । बोधि मित्रहरुलाई कार्यक्रम चित्त बुझ्दो भएमा आफन्तहरुलाई पनि शेयर गर्नु होला । आजको श्रृंखला मातृभूमिबाट उठान गरिनेछ । 

तथागत बुद्धको मान, सम्मान, प्रतिष्ठा, प्रज्ञा, शिल, समाधी र  करुणको जगमा मनाइएको दश दिने महोत्सबको प्रभावबाट उत्पन्न भएको करुणाको तरंग जम्बु दिपमा सुगन्धझै फैलिएको थियो । बुद्ध राजकुमार हुँदा सारथीको रुपमा रहेको छन्नको भाइ कालुदायि कपिलबस्तुबाट राजा शुद्धोधनको सन्देश लिएर राजगृहमा आइरहेको भिक्षु कौण्ड्यले टाढैबाट देखे ।
‘हाँ ? ..... यो त कालुदायि जस्तो देखिन्छ ?!’ 
‘भिक्षु कौण्ड्य नजिकै गएर आपासमा भलाकुसारी गरे ।’ त्यस पछि उनी बुद्धको सामुन्ने गएर भने— 
‘हे करुणामयि लोकाधिपति !’ म सारथी छन्नको भाइ कालुदायि हुँ । राजा शुद्धोधनको सन्देश लिएर आएको हुँ भनि एउटा सन्देश पत्र तथागतलाई दिए । 
'तथागतले सन्देश पत्र खोलेर बिस्तारै पढे ।' 
त्यसमा देखिएको थियो— ‘हे सिद्धार्थ, तिमी सर्वज्ञ बुद्ध भैसकेको खबर मैले सुनेको छु ।’ तर, मेरो स्वास्थ्य चिन्तजनक छ । जीवनको उत्तराद्र्धमा बुद्धबाट धर्म दीक्षाको इच्छा राखेको छु । सन्देश–पत्रमा लेखिएको थियो ।
   
कालुदायिले ल्याएको सन्देश–पत्र पढे पछि तथागत बुद्ध भिक्षु संघको सानो समुहका साथ मातृभुमि प्रस्थान गर्नु भयो । कालुदायि अगाडिनै गएर बुद्धको आगमान हुँदैछ भनी राजा शुद्धोधनलाई समाचार दिन गए । तथागत बुद्ध दशौं दिनमा लुम्बिनी शालाबाग पुगेर आफु जन्म भएको माटोलाई सादर प्रणाम गरी दिवंगत माता महामाया देवीको स्मरण गरे । त्यसपछि कपिलबस्तु नगरतिर गए । नगरमा प्रवेश गर्नु भन्दा पहिले, अतीतका बुद्धहरुले आफ्नो गृह नगरमा कसरी जिविका गरेका थिए भनि बुद्ध चक्षुबाट हेर्दा, साधारण अवस्थामै भिक्षाटन गरेका र बुद्ध वंश अनुसार उनी २८औँ बुद्ध भएको पनि पूर्वानुस्मृतिबाट जानकारी प्राप्त भयो ।

बुद्ध बंशवली यस प्रकार रहेको छः--  
आदिबुद्ध तन्हकर, मेघन्कर बुद्ध, दिपंकर बुद्ध, वैरोचना बुद्ध, अशोभ्य बुद्ध, अमितभ बुद्ध, रत्नसंभव बुद्ध, अमोघसिद्धि बुद्ध, सुमन बुद्ध, रेवत बुद्ध, वेद, सुभित बुद्ध, अनोमदस्सि बुद्ध, पद्म बुद्ध, नारद बुद्ध, सुमेध बुद्ध, पियदस्सि बुद्ध, अतदस्सि बुद्ध,  धम्मदस्सि बुद्ध, सिद्धार्थ बुद्ध, तिस्स बुद्ध, फुस्स बुद्ध, विपस्सि बुद्ध, सिखि बुद्ध, भेषाभु बुद्ध, ककुसन्ध बुद्ध, कोनागमन बुद्ध, काश्याप बुद्ध, सिद्धार्थ गौतम बुद्ध र मैत्रि बुद्ध, मित्रताको रुपमा भविष्यमा आउने ।
   
बुद्ध धर्ममा आस्था राख्ने आस्थावानहरुले बुद्ध भनेको लुम्बिनी शालाबागमा जन्मिएको सिद्धार्थ गौतमलाई मात्र भन्ठान्द छन् । तर, बुद्ध भनेको कुनै नाम, जाति वा वस्तु नभएर त्यसबाट उत्पन्न हुने प्रकाश हुन् । वर्तमान हुन् । आँधेरो माथि विजय प्राप्त गर्ने प्रकाश हुन् । ज्ञानको ज्योति हुन् । सम्पूर्ण मनलाई नियन्त्रण गर्ने चेतना हुन् । यही चेतनाबाट ज्ञान मार्गको आरम्भ हुन्छ ।     
   
प्राय जसो उपासक र उपासिकाहरुले ‘बुद्ध, बौद्ध र बोधी’ शब्दको शाब्दिक भेद थाहा नहुन पनि सक्दछ । यहाँनिर बुझ्नु पर्ने महत्वपूर्ण कुरा के छ भने, बुद्ध भनेको तेलबाट बल्ने दियो भित्रको मूल दियोलाई बुझ्नु पर्दछ । बौद्ध भनेको त्यो दियोबाट प्रकाशित भएका ज्योति हुन् भन्ने कुराको हेक्का राख्नु पर्दछ । बोधी भनेको प्रकाशको उज्यालो हो भन्ने कुरा बुझ्नु पर्दछ ।    
   
बुद्ध वचन मूल पाली पिटकमा उल्लेख गरिएको बुद्ध बंशका क्रम अनुसार सिद्धार्थ गौतम २८औँ बुद्ध हुन् । उपरोक्त सबै बुद्धहरुले पनि बुद्धत्व प्राप्त गरे । तर, त्यस समयका लागि बौद्ध दर्शन अत्यन्तै दुर्लभ थिए । यस्ता दुर्लभ तथा जटिल दर्शन बुझ्न सक्ने अवस्थाका मानिसहरु नभएका कारण काश्यपसम्मका बुद्धहरुले प्राप्त गरेका ज्ञानबाट मानव समाजलाई कुनै लाभ हुन सकेन । सिद्धार्थ गौतम बुद्धले यिनै समस्याहरुको मध्ये नजर राख्दै आफुले प्राप्त गरेका बोधी ज्ञानलाई सरल ढंगबाट प्रतिपादन गरी सम्पूर्ण मानव कल्याणका लागि उपदेश दिनु भयो । यस प्रकृयाबाट सही अर्थमा धर्म स्थापना भएको अवस्थालाई बुझ्न पर्दछ । 
   
राजकुमार सिद्धार्थ गौतम बुद्धत्व प्राप्त गरेर कपिलबस्तु फर्किदै छ भन्ने कुरा जनपथमा फैलियो । नगरवासीहरु सबै काम छाडेर उनको भव्य स्वागतका लागि बाटोको दुबै किनारमा पूmलमाला र अविर लिएर हर्ष उल्लासमय वातावरणमा प्रतिक्षामा थिए । 
   
‘भिक्षुहरु सहित बुद्ध नगरमा प्रवेश गरे ।’ 
‘नगरवासीहरुले उनको स्वागतमा जय ! जयकार गरे !’ 
बुद्धले पूmलमाला, अविर उत्सव अस्विकार गर्दै, जय ! जयकार पनि नगर्न संकेत गरे । अतीतका बुद्धहरुको अनुसरण गर्दै गृह नगरमा भिक्षाटन गरे । बुद्धको यो असाधारण आचारण देखेर कपिलबस्तु जनपथका सर्वसाधरणका साथै शाक्य कुलका राजकुमारहरु, मन्त्रीगण र राजा शुदोधन पनि आश्चर्यमा परे । जनपथमा भैरहेको गतिविधिहरुलाई राजा शुद्धोधन, रानी प्रजापति र यशोधराले पनि दरवारको खुला बरन्डाबाट प्रत्यक्ष देखे । यस्तो नचिताएको घट्ना देखे पछि यशोधरा देवी मन थाम्न नसकेर आफ्नो कक्षातिर गइन । 
   
‘तथागत बुद्धले दरवारमा प्रवेश गरे ।’ 
राजा शुद्धोधनको अगाडि गएर, ‘हे राजन ! म तिम्रो छोरा थिएँ तर, अब बुद्ध भए ।’ शाक्यबाट बुद्धवंशमा रुपान्तरित भइसकेँ । तपाइँको मनमा भएका इच्छा आकांक्ष र भौतिक विलासितका वस्तुहरुको मेरो निम्ति केही पनि आवश्यक छैन । भिक्षाटनबाट एक पेट भोजन गरीसकेँ । अब यशोधरा र राहुललाई हेर्न चहान्छु, यशोधराको कक्षातिर गए ।
‘यशोधरा आफ्नो कक्षामा रोइरहेकी थिइन ।’ 
‘हे यशो !’ म प्रकाशित भैसकेको छु । 
‘यो शुभ घडिमा शोक न गर । के तिमिले ६ वर्ष अगाडि गरेको वचन बिर्सिसक्यो ?’ बुद्धले भन्यो । 
‘हे नाथ ! मैले केही पनि बिर्सिएकी छैन !’ म एक स्त्री हुँ र माता पनि । प्राकृतिको नियम अनुसार पुरुष बिन स्त्रिको जीवन मरुस्थल जस्तै सुक्खा हुन्छ । राहुल, तिम्रो पितासंग अर्शिवाद लिउ र आफ्नो अधिकार पनि माँग, यशोले भनिन् । 
   
अज्ञापालक बालकले आफ्नो पिताको चरणमा ढोगेर भने— ‘पिताजी ! मलाई अर्शिवादका साथै मेरो अधिकार पनि दिनुहोस्,’ कुमार राहुलले भन्यो ।
‘विद्धान पण्डित होस् ।’ तिमीलाई विद्धानको अर्शिवाद अहिले नै दिइ हाले । अधिकार भोलि दिन्छु । अरु केही भन्नु छ यशो, तथागत बुद्धले सोधे । किनभने यो उनको कत्र्तव्य थियो ।  
   
‘भोलिको भोजनका लागि निमन्त्रणा छ,’ यशोले भनिन् । 
‘भोजन दान स्विकार छ,’ बुद्धले भने र बिदा भए । 
आफ्नो कुलको धरोहर फर्किए आए पछि गृहस्था भएर बस्ने छ । राजपाठ धान्ने छ, भन्ने कुरा राजा शुद्धोधनको मनोकांक्षा थियो । जनपथवासीको चाहना पनि यही थियो । तर, परिस्थिति विल्कुलै विपरित भयो । के सोँचेको थिए ? के भयो ? परिस्थिति काबु भन्दा बाहिरा भए पछि राजा शुद्धोधन एक्लै बडबडायो । यो पुत्र मोह पनि कस्तो अचम्मको हुँदो रहेछ ? मेरो चेतना कहाँ गयो ? किन मैले सहि ढंगले सोच्न सकिरहेको छैन ? यो श्रीपेच, श्रीसम्पत्ति, नोकर, चाकर, राजकीय ऐश आराम मलाई केही चाहिदैन । मलाई मेरो पुत्र सिद्धार्थ देउ ! बुद्ध देउ, बुद्ध भन्दै अचेत भए । साथमा भएका रानी प्रजापतीको पनि बिहाल थियो । सेवक र सेविकाहरु पनि रोए । राजमहलका सबै वस्तुहरु चुपचाप मौन बसेका थिए ।अबको परिस्थिति के हुन्छ ? सबै सशंकित थिए ।  
   
भोलि पल्ट बिहान भिक्षुहरु सहित बुद्ध भोजन दानमा आउनु भयो । भोजन दान पछि राजा शुद्धोधनलाई सम्बोधन गर्दै भने— ‘हे राजन ,’ तपाई शाक्य वंशको राजा हुनुहुन्छ । तपाइँसंग शासनका लागि श्रीपेज, श्रीसम्पत्ति, अलिशान राजमहल, खेत, बारी, बगैचा, मन्त्री, भारदार, नोकर, चाकर, जनपथ सबै थोक हुँदाहुदै पनि किन दुःखि हुनुहुन्छ ? के कारणले दुःखि हुनुहुन्छ ? दुःखि हुनु पर्ने कारण के छ ? यही कारणको खोजि गर्न मैले सन्यास लिएको हुँ । यो भव सागरमा जब मानिसले जन्म लिन्छ, जन्मको साथसाथमा पूर्व जुनिको भोग अनुसार कर्म पनि लिएर आएको हुन्छ । कुन योनिमा कहिले, कहाँ र कुन समयमा जन्म लिने भन्ने कुरा मानिसको इच्छा र अधिकारको कुरा हुँदैन । तर, कस्तो मार्गबाट के कर्म गर्ने भन्ने कुरा उनको इच्छा शक्तिमा निर्भर रहन्छ । इच्छा शक्तिको सन्तुलन मिलाउनका लागि योग्यता, क्षमता, प्रज्ञा, शील, भावना, आचारणको शुद्धता र नैतिक बिकास परम् आवश्यक हुन्छ । आर्को कुरो, सबै मानव जातिले बुझ्नु पर्ने कुरा के छ भने, पूर्व जुनि भनेको बीज हो । बीजको कारणबाट मात्र कुनै पनि वस्तुले ऋतु अनुसार अस्तित्व लिन सक्ने अवस्था हुन्छ । अस्तित्वको समुचित बिकास हुनका लागि सन्तुलित वातावरणको आवश्यक हुन्छ । जस्तैः माटो, मल, हावा, पानी, प्रकाश, आवश्यक श्रोत साधन र बीजको प्रकृति अनुसारको ऋतु आदि । यो सबै वस्तुहरुको सन्तुलनबाट मात्र बीजको अस्तित्व र अवस्थाको बिकास संभाव रहन्छ । 
   
आजको यो अवस्थामा तपाइँसंग जे जस्तो चल अचल उपभोग्य वस्तुहरु र सामाजिक सन्तुलनको अवस्थाहरु सबै ‘कारण र परिणाम’मा आधारित छन् । अर्थात एउटा वस्तु आर्कोमा आश्रित रहेका हुन्छन् । एउटा वस्तुको कारणमा आर्को वस्तुको उत्पति हुन्छ । अर्थात प्रजाको आधारमा राजाको अस्तित्व रहन्छ । यस अर्थमा हेर्दा, कुनै पनि वस्तुहरु स्वतन्त्र छैनन् । सबै परतन्त्र छन् । यो सृष्टिको नियमलाई प्राकृतिको प्रकृतिले बाँधिएको हुन्छ । यसलाई ‘प्रतित्यसमुदपाद’को सिद्धान्त भन्दछ । अहिलेसम्मको खोज र मेरो धर्मको सिद्धान्त यही हो, बद्धले भन्यो ।  
   
राजा शुद्धोधन र रानी प्रजापतीले उपदेश सुने पछि पुत्र मोह प्रतिको भ्रमजाल हट्यो । दुबैले सन्तोष प्रकट गरी ‘बुद्धम् शरणम् गच्छामी’ भन्दै वन्दना गरे ।
उपदेश सकिए पछि बिदा हुनका लागि बुद्ध आसानबाट उठ्नु भयो । नाबालक राहुल बुद्धकै साथमा थियो । ‘पुज्यणीय पिताजी, मलाई मेरो अधिकार दिनु,’ राहुलले भन्यो । 
राहुललाई मेरो सम्पूर्ण अधिकार सहित प्रवर्जित गराउनु भनि सारिपुत्रलाई अह्राउनु भयो । 
   
सारिपुत्रले राहुललाई साथमा लिए । बुद्धले भोजन दानको समरोहबाट विदा लिए । राजा शुद्धोधनका लागि यो अन्तिम क्षण थियो । मनमनै बुद्धम शरणम् गच्छामी भने .....। 
   
तथागतको असाधारण आचरण देखेर शाक्य कुलको सदस्यहरु उकुस मुकुस भैरहेका थिए । उनको उपदेश सुन्नाका लागि शाक्य संघले ‘संस्थागार’मा व्यवस्था मिलाएका थिए । जहाँ उनले ६ वर्ष अगाडि देश त्याग गर्ने अन्तिम निर्णय गरेको थियो । शाक्य कुलका कुलगुरु, सेनापति, पण्डितहरु, विद्धान ब्राह्मणहरु, राजकुमारहरु, मन्त्रीहरु, सेना नायकहरु, भारदारहरु, धनपतिहरु र जनपथका सम्पूर्ण अधिकारीहरुको ‘संस्थागार’मा खचाखच उपस्थिति थियो । निर्धारित समयमा भिक्षु संघ सहित भगवान बुद्धले आसान ग्रहण गर्नु भयो । संघमा नाबालक राहुल पनि सामेल थिए । 
   
‘हे शाक्य कुलका कुलगुरु, सेनापति, पण्डितहरु, विद्धान ब्राह्मणहरु, राजकुमारहरु, मन्त्रीहरु, सेनापति, सेना नायकहरु, भारदारहरु, धनपतिहरु र जनपथका सम्पूर्ण अधिकारीहरु !’ शाक्य संघको यो ‘संस्थागार’ त्यही स्थान हो, जहाँ मैले ६ वर्ष अगाडि देश त्याग गर्ने अन्तिम निर्णय गरेको थिए । आज शाक्य संघलाई धर्म दीक्षा दिन पाउदा मलाई सन्तोष प्राप्त भएको छ । 
   
मैले देश त्याग गरे पछि शाक्य र कोलियाबीच शन्ति संझौता गरेर युद्धको बिनासबाट उम्कन सक्नु दुबै पक्षका लागि फलदायि साबित भएका छन् । यदि युद्ध भएको भए, दुबै पक्षले भयंकरै डरलाग्दो, सोँच्नै नसक्ने अवस्थाको हानि नुक्सानि व्योहर्नु पर्ने हुन्थ्यो । कैयोँ सेनापतिहरु, सैनिकहरु, घोडा र हात्तिहरु मारिनुका साथै घायल हुन्थे । उनमा आश्रित परिवारहरुको अवस्था कस्तो हुन्थ्यो ? नागरिकहरु आतंकित र त्रासित वातावरणमा बाँच्न वाध्य हुन्थे ! जे होस्, युद्ध रोकियो ! यो उदारणीय कार्यका लागि शाक्य संघ र नागरिक समाज दुबैलाई धन्यवाद दिन चहान्छु । युद्धको परिणाम कस्तो हुन्छ भन्ने कुरा हामीले अतितको घट्नाक्रमहरुबाट पाठ लिन आवश्यक हुन्छ । उदाहरणका लागिः रामायण काण्डमा रावणको अहंकारको कारण भिषण युद्ध भयो । महाभारत प्रकरणमा पाँच पाण्डव र सय कौरबहरुकोबीचमा युद्ध भयो । दुबै पक्षमा हजारौँ सैनिक मारिए । भारत वर्षको इतिहासमा समृद्धिको रुपमा स्थापित भएका हस्तिनपुरका सामाजिक, आर्थिक र भौतिक संरचनाहरुका बिनास भए । अन्तत, काृष्णको आडमा पाँच पाण्डवले विजय प्राप्त गरे । सत्यवादी युधिष्ठिर हस्तिनपुरका महाराज भए । महाराजलाई कुनै कुराको भौतिक सुख सुविधाको कमि थिएन । तर, उनलाई युद्धमा वीरगति प्राप्त गरेका रथी, महारथी, सैनिक जवान र उनमा आश्रित परिवारजनका दुःखित आत्मको चित्कारले छाया जस्तै सधै पछ्याइ रह्यो । यस परिणामबाट उनले वास्तविक रपमा आत्मिय सुख, शान्ति र अमन चयन प्राप्त गर्न सकेन । त्यसैले, आफ्ना उत्तराधिकारीलाई राजपाठ सुम्पेर चारै भाइहरुका साथमा द्रौपती सहित कुकुरलाई साथमा लिएर स्वर्ग प्रस्थान गरेको कथन छ । यस प्रकार शाक्य संघलाई धर्म दीक्षा प्रदान गरी तथागत आश्रमतिर फर्किए । 
   
तेश्रो दिन प्रात सवेरै जनपथमा भिक्षाटनका लागि गए । नियमित भिक्षाटन सकिए पछि आश्रम फर्किए । आश्रममा शाक्य कुलका राजकुमारहरु अनुरुद्ध, महानाम, भद्धिय, आनन्द, भृगु, किम्बिल र उपाली नाइ पनि उपस्थित थिए । उनीहरु सबैले प्रवर्जित भएर संघमा सामेल हुने इच्छा प्रकट गरे । भगवान बुद्धले सर्वप्रथम उपाली नाइलाई र त्यसपछि सबै राजकुमारहरुलाई पनि क्रमैसंग प्रवज्य दिए । यस प्रकार राहुल सहित ६ जना शाक्य राजकुमारहरुले प्रवज्य लिए । 
   
चौथो दिन पनि तथागत जनपथमा भिक्षाटनका लागि गए । बाटोमा जाँदै गर्दा राजा शुद्धोधनको अवस्था चिन्तजनक भएको खबर प्राप्त भए पछि उनी सिधै दरवारमा गए । 
‘शुद्धोधनले शयन कक्षबाटै बुद्धलाई प्रणाम गरे ।’ 
तथास्तु ! आत्मले चीरशान्ति पावस्, बुद्धले हात उठाएर अर्शिवाद दिए । तत्क्षण मै शुद्धोधनले देह त्याग गरे । तथागत बुद्धले शाक्य कुलको बंश परम्परा अनुसार राजपिता शुद्धोधनको दाह संस्कार गरे पश्चात सातौँ दिनमा भिक्षुहरु सहित राजगृहतिर प्रस्थान गर्नु भयो । 

आजको श्रृंखला यही समाप्त हुन्छ । अगामी श्रृंखलामा बुद्ध युगको सामाजिक अभियान किन र कसरी भयो भन्ने विषय लिएर फेरी भेटघाट हुनेनै छ । तबसम्मलाई बिदा दिनुहोस् । बुद्धम शरणम् गच्छामी ।

चोग डीबी गुरुङ बुद्ध दर्शनको विद्यार्थी हुन् । 
7/12/2020
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.