बुद्धको सामाजिक महाअभियानः
![]() |
Social movement of Buddha era. |
नमस्कार, म चोग डीबी गुरुङ यहाँहरुलाई गुरुङ स्कुलको ब्लगमा हार्दिक स्वागत गर्दछु । वास्तवमा म बुद्ध धर्मको अध्यता, आचार्य, खेन्पो, लामा, उपासक केही पनि होइन । बुद्ध दर्शनको विद्यार्थी मात्र हुँ । यहाँनिर स्पष्ट हुनु पर्ने कुरा के छ भने, धर्मको अनुयायीहरुले शील र आचारणको पालनमा जोड गर्दछन् । तर, दर्शनको विद्यार्थीले उत्कृष्ट संभावनाहरुको निरन्तर अध्ययन गरिरहेको हुन्छ । यही अध्ययनको क्रममा मैले जाने बुझेको कुराहरु सबैलाई बाँटन मात्र खोजेको हुँ । आजको श्रृंखलामा बुद्धको सामाजिक महाअभियान महत्वको बारेमा संक्षिप्त प्रकाशन गरिने छ । बोधि मित्रहरुलाई कार्यक्रम चित्त बुझ्दो भएमा आफन्तहरुलाई पनि शेयर गर्नु होला । आजको श्रृंखला महाअभियानबाट उठान गरिनेछ ।
तथागत बुद्धको युग आज भन्दा २६०० वर्ष पहिले थियो । उनको प्रभाव आजको उत्तरी भारतको भूभागमा रहेको थियो । जसलाई जम्बुदिप भनिन्थ्यो । त्यस समयको राजनीतिक प्रणाली, सामाजिक अवस्था, न्यायिक व्यवस्था र सर्वसाधरण जनमानसको सामाजिक चेतनाको स्तर कस्तो थियो होला ? यो अवस्थाको मार्मिक्ता आजको २१औँ शताब्दिमा हामीले कसैले कल्पना समेत गर्न सक्दैनौँ । वास्तबमा यो अन्धकारको युग थियो ।
त्यस समयको सामाजिक व्यवस्था अतिवादीे चरित्र भएका ब्राह्मन समूहद्धारा सञ्चालित ब्राह्मनवादमा आधारित थियो । अर्थात वेदको आधारमा आधारित ब्राह्मन, क्षेत्री, वैश्य र शुद्र’ गरी चार वर्णमा बिभाजन थिए । यो बिभाजन कर्मको आधारमा नभएर जन्मको आधारमा थियो । ब्राह्मन कुलमा जन्मिएकाहरु जन्मैबाट ब्राह्मन हुन्थे । क्षेत्रीय कुलमा जन्मेकाहरु जन्मैबाट क्षेत्रीय हुन्थे । ब्राह्मन र क्षेत्रीसंग पानीसम्म चल्ने तर, भात नचल्ने, खेतिकिसान, पशुपालन र व्यापार व्यवसाय गरी खाने जातिहरुलाई वैश्य र पानी नचल्ने तल्लो जातका हरिजनहरुलाई शुद्र भनिन्थ्यो । त्यस समयका सामाजिक व्यवस्था यसरी नै चलिआएको थियो ।
मानिस सामाजिक प्राणि भएकाले समूहमा मिलेर बस्दछन् । समूहको व्यवस्थापनका लागि प्रधानता छानिन्छ वा मानिन्छ । त्यसपछि, योग्यता र क्षमताको आधारमा धनी र गरीब गरी दुइ वर्गमा विभाजन भएका हुन्छन् । यो वर्ग प्रणाली संसारको प्रत्येक समाज र समूहमा विद्यमान रहेको पाइन्छ । यो दुइ वर्गको समायोजनाबाट समाजको अर्थ र सामाजिक व्यवस्था चलेको हुन्छ । स्मरण गर्नुहोस्, यो दुइ वर्गको बीचको दूरीमा रहेको निश्चित सिमालाई ‘तरलता’ भनिन्छ । तरलता भनेको ‘अवसर र चुनौति’ दुबै अवस्था हो । कुनै पनि मानिसले अवसरको सही उपयोेग गर्न सकेमा गरीबबाट धनी पनि हुन सक्दछ । चुनौतिको सामना गर्न असफल हुनेहरु धनीबाट गरीब पनि हुन सक्दछ । तरलताको वास्तविक अवस्था र प्रकृति पनि यही नै हो ।
तर त्यस समयका अतिवादी ब्राह्मनहरुले तरलतालाई ठोस वर्णमा परिवर्तन गरेर, शुद्रले वैस्यसंग प्रतिस्पर्ध गर्न नपाउने, वैस्यले क्षेत्रीयसंग प्रतिस्पर्ध गर्न नपाउने र क्षेत्रीयले ब्राह्मनसंग प्रतिस्पर्ध गर्न नपाउने ठोस व्यवस्था अर्थात वर्ण व्यवस्था लागु गरिदिए । शुद्रहरुले वेद पढ्न र श्रवन गर्नबाट निषेघ गरियो । महाभारत काण्डलाई हेर्ने हो भने, दानवीर कर्णको भाइलाई वेद श्रवन गरेको आरोपमा कानमा शिसा पगालेर हलिदियो ! कति कठोर, निर्दयी र अमानविय शासन ? एउटा मानवले धर्म ग्रन्थको श्रवन नै गर्न नपाउने ? यस घट्नाबाट प्रभावित भएर दानवीर कर्णले सामाजिक परिवर्तनको अभियान चाले । क्षेत्रीयसंग चुनौति दिन धनुष विद्या सिखे । हस्तिनपुरका राजकुमारहरुको दीक्षान्त समारोहमा राजकुमार अर्जुनलाई धनुष विद्यामा चुनौति दिन पुगे । तर, शुद्रले क्षेत्रीयलाई चुनौति दिन सक्दैन, आचार्य द्रोणाचार्याले सभामा ब्राह्मणको हुँकार गरे ।
राजकुमार दुर्योघन घमण्डि जरुर थियो । तर, योग्यता र क्षमताको सम्मान गर्दथ्यो । त्यसैले दीक्षान्त समारोहमा भने—‘राजकुमार अर्जुनलाई धनुष विद्यामा चुनौति दिन सक्ने यो युवक निश्चय पनि वीर योद्ध हुनु पर्दछ ।’ यदि क्षेत्रीयसंग चुनौति दिन क्षेत्रीय नै हुन आवश्यक छ भने, उनलाई मित्रको सम्मान दिइ आफ्नो विशेष अधिकारमा रहेको कण देशको राजाको स्थान दिन्छु भनि त्यही समय राज्याभिषेक गरे । दानको रुपमा प्राप्त गरेको राजाले अर्जुनसंग चुनौति दिन सक्दैन, द्रोणाचार्याले पुनः घोषणा गरे । यही प्रकरणबाट महाभारतको झिल्को आरम्भ हुन्छ । कुमार सकुनिले आवश्यक्ता अनुसार हावा दिँदै जान्छ । समयको उत्राव चढावसंगै लक्षगृहमा पुगरे महाभारतको आगो सल्किन्छ ।
यसरी नै क्षेत्रीय र ब्राह्मनको आर्को प्रकरण हो, राजर्षि विश्वमित्र र ब्रम्हार्षि गुरु वशिष्ट बीचको आपासी द्धान्द । राजर्षि विश्वमित्रले ब्रम्हार्षि गुरु वशिष्टको भन्दा उच्च कोटीको ज्ञान हासिल गरे तापनि ब्रह्मार्षिको उपाधी नपाए पछि नविन स्वर्गको निमार्ण गरे । यो एउटा ज्वालन्त उदाहरण मात्र हो । पुरान, वेद र उपनिषदको अध्ययन गर्ने हो भने, यस्ता कैयोन धट्नाहरुको बारेमा जानकारी पाइन्छ । त्यस युगमा क्षेत्रीयको जतिसुकै योग्यता क्षमता भए तापनि ब्राह्मन सरह हुन नपाउने वर्ण व्यवस्था थियो भने वैश्य र शुद्रको त गिन्ति नै हुने थिएन ।
यसरी, जम्बुदिपको सामाजिक पदति र अवस्थाको शुष्म अध्ययन गरे पछि, यसबाट छुटकारा पाउनका लागि बुद्धले सामाजिक परिवर्तन आवश्यक ठाने । तर, परिवर्तनका लागि चेतनाको बिकास अनिवार्य थियो । त्यसैले, बुद्धले बिभिन्न समयमा बिभिन्न प्रसंग र अर्थमा उपदेश दिदै महाअभियान आरम्भ गर्नु भयो । यो महाअभियानको तरंगबाट अतिबादी ब्राह्मणहरुले आफ्नो अस्तित्वमा संकट आउन सक्ने भएका कारण बुद्धलाई क्रान्तिकारी भन्न थाल्यो । यस अर्थमा विश्लेषण गरी हेर्दा, आतंकवादीहरुले जस्तै हतियार उठाएर मात्र क्रान्ति सम्पन्न हुन्छ भन्ने मान्यता हुदैन । समाजिक परिवर्तनका लागि वैचारिक क्रान्ति सर्वोपरि हो । वैचारिक क्रान्ति भनेको, अज्ञानता माथि ज्ञानकोे विजय हो । आँधेरोमा उज्यालो दिनु हो । मनोवैज्ञानिक उपचार हो । समाजिक परिवर्तनका लागि आधारशिला तयार गर्नु हो । हजारौँ वर्षदेखि चलिआएको असमान व्यवस्थामा बाँधिएको सामाजिक मुल्य र मान्यतालाई ‘वर्णबाट वर्ग’मा परिवर्तन गर्नु हो । यसका लागि समाजमा अछुत भनिने शुद्रहरुलाई भिक्षु संघमा प्रवर्जित गराएर वर्ण व्यस्थाको जरा उखाल्ने अभियान चाल्नु भयो । । जस्मा सर्वप्रथम सोपाक, सुप्पिय, सुमंगल, सुप्रबुद्ध र उपाली आदिको नाम बोधी साहित्यमा अग्रस्थानमा लिइन्छ । यस बाहेक बुद्ध शासन कालमा सयौँको संख्यामा शुद्रहरु प्रवर्जित भएका थिए ।
यस वाहेक महिलाहरुलाई पनि संघमा प्रवज्य दिनु भयो । सर्वप्रथम उनकी सानी आमा रानी प्रजापती र यशोधरा देवीका साथमा अन्य शाक्य महिलाहरुलाई पनि प्रवज्य दिएर महिला र पुरुषकोबीचमा समानताको अधिकार दिनु भयो । यस अभियानबाट वर्ण व्यस्वथामा आधारित अतिवादी ब्राह्मनहरुद्धारा सञ्चालित एकाधिकार धर्मको जग हल्लियो ।
तथागत गौतम बुद्धलाई उपासकहरु र उपासिकाहरुले अत्यन्तै श्रद्धाकासाथ पूजा गर्दछन् । त्यसैले, प्रत्येक आस्थावानहरुले उनको प्राज्ञिक विशेषताको बारेमा पनि जानकारी हुन आवश्यक छ । उनको प्राज्ञिक विशेषताको बारेमा भन्नु पर्दा, उनको प्राज्ञिक स्तर आफ्नै अनुभवबाट प्राप्त मोलिक एवं उच्च कोटीको थियो । उनले प्राप्त गरेको ज्ञान सत्यको आधारमा आधारित थियो । वेद, उपनिषद र मनुष्मृतिको जस्तो परम्पारिक थिएन । उनको उपदेश पूर्णरुपमा अनुभवमा आधारित थियो । प्रत्यक्ष रुपमा परिक्षण गर्न सक्ने अवस्थामा थियो । अर्थात बैज्ञानिक आधारमा स्थापित थियो ।
गौतम बुद्धको विशेषताको बारेमा राम्रोसंग बुझ्नु पर्ने कुरा के छ भने, उनी दार्शनिक होइन, दृष्टा थिए । दार्शनिक त्यो हो, जसले सोच विचार गर्दछ । दृष्टा त्यो हो, जसले स्वयं देख्छ । सोच विचार गर्नले मात्र दृष्टि प्राप्त हुँदैन । सोच विचार गर्ने काम अज्ञातको काम पनि होइन । तर, जसको बारेमा जानकारी नै छैन, त्यसको बारेमा सोच्ने पनि कसरी ? सोच विचार गर्ने काम त, ज्ञानको परिभ्रमण र संभावनाहरुलाई हेर्ने एउटा पाटा मात्र हो ।
यो विषयमा स्पष्ट हुन जरुरी छ कि, सत्य अज्ञात छ । यस्तै अज्ञात छ, जस्तैः अन्धोलाई प्रकाशको बारेमा अज्ञात छ । अन्धो मानिसले हजार चोटी सोचे पनि प्रकाशको बारेमा जान्न सक्दैन ? आँखाको चिकित्सा हुनु पर्छ । आँखा खुल्नु पर्छ । अन्धा, जबतक दृष्टा बन्दैन तबतक उनलाई सार हातमा लाग्दैन ।
पहिलो कुरा, बुद्धको बारेमा स्मरण राख्नु कि, उनको जोड दृष्टा बन्नेमा थियो । वहाँ स्वयं दृष्ट थिए । यो पनि चहानु हुन्न कि मानिसहरु दर्शनको सागरमा चुर्लुम्म डुबोस् । किनभने, दर्शनमा डुबेको कारणनै मानिसहरुले दृष्टि उपलब्ध गर्न सकेनन् ।
यो कुरा मान्नोस वा नमान्नोस, यदि मानिसलाई प्रकाशको धारणा सजिलैसंग प्राप्त भयो भने, आँखाको महंगो उपचार कस्ले गर्ने ? सस्तो र सजिलोसंग सिद्धान्त प्राप्त भयो भने, सत्यलाई कसले खोज्ने ? किनभने चिकित्स कठिन र पिडादायक पनि छ । बुद्धले बारबार भन्नु भएको छ, म चिकित्सक हुँ । उनको सुत्रलाई सम्झनका लागि याद राख्नु होस, बुद्ध कुनै सिद्धान्त र दर्शनको प्रतिपाद गरिरहनु भएको थिएन । वहाँ त उनीहरुलाई बोलाइरहनु भएको छ, जो अन्धो छन् । तर, भित्रको प्रकाशलाई हेर्नका लागि इच्छुक छन् । जो मानिसहरु बुद्धको सतसगंमा आए, उनीहरुलाई ध्यानतिर इंगित गरे । किनभने, ध्यानबाट मात्र भित्रको आँखा खुल्छ । बिचारमा परिपूर्ण भएका मानिसहरु दृष्टि विहिन हुन्छन् । जब मानिसमा बिचार गहन हुँदै जान्छ, तब देख्नु असंभाव हुदै जान्छ । मानिस फेरी त्यही देख्छ, जो उनको दृष्टिमा हुन्छ । जो वास्तविकता छ, त्यसलाई देख्न सक्दैन । जो वास्तविक रुपमा विद्यामान छ, त्यसलाई सही अवस्थामा हेर्ने हो भने, सबै दृष्टिहरुबाट मुक्त हुनु पर्दछ । यो विरोधाभाषलाई ध्यानमा राख्नु आवश्यक छ । दृष्टि पाउनका लागि सबै दृष्टिहरुबाट मुक्त हुनु पर्छ । जसको कुनै दृष्टि छैन, दर्शनशास्त्र पनि छैन भने, उनैले मात्र विद्यामान अवस्थमा रहेका वास्तविकतालाई स्पष्टसंग देख्न सक्दछ ।
दोस्रो कुरा, गौतम बुद्ध पारम्परिक होइन, मौलिक थिए । गौतम बुद्ध कुनै परम्पराको चर्चा परिर्चा गर्दैनथे । उनी यसो भन्नु हुन्न कि, अतीतको ऋषिहरुले यसो भन्नु भएको थियो, त्यसैले मान्नु पर्छ । वेदमा यस्तो लेखिएको छ, त्यसैले मान्नु पर्छ । यो पनि भन्नु हुन्न कि म भन्छु, त्यसैले मान्नु पर्छ । उनी भन्दथे कि, जबतक तिमी स्वयैले जान्दैन, बुझ्दैन र अनुभव हुदैन तबतक मान्नु आवश्यक छैन । उधारो श्रद्धबाट कुनै लाभ हुँदैन ।
आफ्नो जीवनलाई खोजमा लगाउनु । जबसम्म तिमी स्वयैले जान्दैन र बुझ्दैन मान्ने कुरामा कत्ति पनि भरोसा नगर्नु । अन्यथा मान्दा मान्दै जीवनको सम्पूर्ण उर्जा समाप्त हुन्छ । मान्दा मान्दै लाखौं मानिसहरु अस्तायो । उनले कहिल्यै भनेन कि, म जो भन्छु, त्योनै सबै ठिक हो । त्यही अनुसार हुनुपर्छ । उनले यति मात्र भन्नु भयो कि, मैले यस्तो देखेँ ।
यसलाई परिकल्पनाको रुपमा लियो भने पनि पर्यप्त हुन्छ । परिकल्पनाको अर्थ हुन्छ हाइपोथेसिस् । जस्तो कि मैले भन्यो, भित्र आउनु होस् । भवनमा दियो बलिरहेको छ । मान्नै पर्ने कुरा छैन कि, भवनमा दियो बलिरहेको छ । यसमा कुनै विश्वास र श्रद्धा गर्नु पर्ने कुरा पनि छैन । भित्र आउनुहोस, दियो बलिरहेको छ, आफै हेर्नु । तिमी मान्दै आउ वा नमान्दै आउ, दियो बलिरहेको छ । तिमीले नमानेर दियो बुझिहाल्ने र मानेर बलि हाल्ने होइन । त्यसकारण, बुद्ध भन्नु हुन्थ्यो कि तिमी मेरो निमन्त्रणा मात्र स्विकार गर । यो भवनमा दियो बलिरहेको छ, भित्र आउ । यो तिम्रो आफ्नै अन्तरात्मको भवन हो । जहाँ तिमी आफैले भाव सागरको वास्तबिकता स्पष्ट देख्न सक्दछ ।
यो भौतिक जगतमा भएका वस्तुहरुलाई जो हामीहरु सधै देख्छौं, त्यसलाई त मान्ने कुरै भएन । जस्तैः मानिस, घर, रुख, जमिन, पहाड, नदी, नाला, चन्द्र, सुर्य तारा र नक्षत्र आदि । हामीहरु त त्यो वस्तुलाई मान्छौं मात्र, जो देख्न सक्दैनौं । जस्तैः स्वर्ग, नर्ग र मोक्ष आदि । बुद्धले भन्नु भयो, मेरो कुरामा भरोसा गर्नु पर्ने आवश्यक छैन । तर, मेरो निमन्त्रणा स्विकार गर्नु ।
एउटा बैज्ञानिक भन्नु हुन्छ, १०० डिग्रिको तापक्रममा पानी तताउनु । पानि बाफ भएर आफै उठछ । यो परिकल्पनालाई मान्नु वा नमान्नु केही फरक पर्दैन । आफै प्रयोग गरेर हेर । प्रयोग गरेर हेर्ने तरिकानै परिकल्पना हो । यस अर्थमा बुद्ध परम्पारिक होइन मौलिक थिए । किनभने, विचारको परम्परा हुन्छ, दृष्टिको मौलिकता हुन्छ । विचार अतीतको हुन्छ । दृष्टि वर्तमामा हुन्छ । विचार अरुको हुन्छ । दृष्टि आफ्नो हुन्छ । यो कुरा बुद्धले बारम्बार दोहोराए ।
तेस्रो कुरा, गौतम बुद्ध शास्त्रिय होइन, पण्डित होइन, बैज्ञानिक थिए । बुद्धले धर्मलाई प्रथम पटक बैज्ञानिक प्रतिष्ठ दिएर विज्ञानको सिँहसनमा राख्नु भयो । यस भन्दा पहिले धर्म अन्धविश्वास थियो । बुद्धले यसलाई महत्वपूर्ण गरिमा दियो । धर्म त जीवनको सत्य हो । धर्म त साश्वात र सनतन हो । जब आँखा खुल्छ, तब यसलाई देख्न सकिन्छ । किनभने, यो धर्म त तिम्रो स्वभाव हो । तिमी भित्रै अविराल बगिरहेको छ । यसलाई खोज्नका लागि आकासतिर आँखा उठाउनु पर्ने आश्यक छैन । आफै भित्र खोज्नु पर्छ । यो तिमी हो, तिम्रो नियति हो, स्वभाव हो । एकक्षण पनि यसबाट अलग भएको छैन । मात्र विस्मरण भएको छ । बुद्धले त सिर्फ चेतनाको सिँडि कसरी निर्माण गर्न सकिन्छ ? त्यसैको बारेमा चर्चा गर्नु भएको छ । त्यसैले, ज जसले बुद्धको संगत गर्नु भर्यो, उनीहरु सबैले उनको कुरा निर्वाद स्विकार गर्यो । यो अपूर्व क्रान्ति थियो । त्यसैले, प्रत्येक काल खण्डका आचार्यहरुले यही कुरा दोहोराउनु भयो ।
गौतम बुद्ध मनुष्य जातिको इतिहासमा नीलको पत्थर थियो । नीलको पत्थरको अर्थ हुन्छ, मनुष्य जाति त्यो अवस्थामा रहदैन, जहाँ थियो । सबै बदलिन्छ, परिवर्तन हुन्छ, रुपान्तरित हुन्छ । बुद्धले मनुष्य जातिको लागि एउटा नविन दृष्टि, सरल मार्ग, मौलिक विचार र नयाँ आकास खोलि दिनु भयो । बुद्धको साथ धर्ममा अन्धविश्वास रहेन । यो कदमले धर्मको क्षेत्रमा ठूलो फड्को मार्यो । यही कुरा परिवर्तनका लागि सामाजिक क्रान्ति थियो ।
नास्तिकहरु भन्ने गर्दछन् कि शंका उपशंकहरु छन् । तर, बुद्ध भन्नु हुन्छ, शंका र उपशंकहरुबाटै त खोज र अनुसन्धान शुरु हुन्छ । त्यसैले, शंकालाई न त्याग्नु । मानिसको साथमा जति विशाल दृष्टि हुन्छ, सबैको अनुभाव गर्न चहान्छ । सिर्फ छुद्र दृष्टिको मानिसले मात्र काट्न खोज्दछ । छुद्र दृष्टिको मानिसहरुले भन्छन् कि, शंका होइन श्रद्धा चाहिन्छ । शंकालाई काट्नु पर्छ भन्छन् । तर शंका पनि त जीवनकै अभिन्न अंग हो । यसलाई काट्यो भने अपांग हुन सक्दछ । त्यसैले शंकाको रपान्तरण गर्नु पर्छ, खण्डन होइन । शंकालाई श्रद्धामा रुपान्तरण गर्न सक्ने नविन प्रकृयालाई खोज्न सक्नु पर्दछ । यस्तो हुन पर्यो कि, हामीहरुसंग भएको नराम्रो वस्तुहरु पनि अमुल्य हिरा मोतीमा परिवर्तन हुन सकोस । यसबाट जीवनमा कमल फुल्न सक्ने छ ।
उपरोक्त भनाइबाट नास्तिकहरुलाई पनि ढोका खुल्यो । किनभने नास्तिकहरु भन्छन्, यो सास्वात छैन । बुद्धले भन्नु भयो, यो सास्वातको कुरा छोड्नु होस । तपाइँको साथमा जे जति छ, त्यसैबाट सास्वातको दर्शन भयो भने, फेरी मान्ने वा नमान्नेको कुरै हुँदैन । तिमी स्वयैले अनुभव गर्ने छौ । बुद्धले नास्तिकहरुलाई पनि धार्मिक बनाउने महत्वकांक्षी कार्य पुरा गर्नु भयो । अर्थात बुद्ध दर्शनको गहिराइलाई राम्रोसंग बुझ्न सक्ने सबै आचार्यहरु नास्तिक हुन् । किनभने नास्तिकहरुको केन्द्र भनेको सुन्यवाद हो । त्यही सुन्यताबाट नविन मार्ग आरम्भ हुन्छ ।
साधारणतय साधु सन्यासीहरुको संगतमा जड, हठी, अल्पज्ञानी र अहंकारीहरुनै बढि आकर्षण हुने गर्दछन् । तर, बुद्धको संगतमा जो मानिसहरु आकर्षित भए, उनीहरु बडो बुद्धिमानी थिए । उनले मनुष्य जातिको उत्कृष्ट र श्रेष्टतम् सम्भावनहरुको आकर्षण गर्यो । त्यसैले, बुद्धको संगतमा चैतन्यका नामी विद्धानहरुको जमघट भयो । यस्तो मानिसहरु थिए, जो धर्मलाई अन्य कुनै तरिकाले मान्नै सक्दैनथ्यो । उनको साथमा प्रज्जवलित तर्क थियो । वास्तवमा बुद्ध दार्शनिक थिएन । तर, सब भन्दा ज्यादा दार्शनिकहरु उनको सतसंगमा सहभागि भए । बुद्धको पछि यति धेरै दर्शनशास्त्रको सुत्रपात भयो कि, इतिहासमा कुनै पनि मानिसको पछि हुन सकेन । न त भविष्यमा हुन सक्ने संभावना छ । किनभने बुद्ध बैज्ञानिक थिए । त्यसैले यो सबै सम्भावना हुन सक्यो ।
चौथो कुरा, बुद्ध अतीवादी होइन, अत्यन्तै व्यवहारिक थिए । उनले सबभन्दा बढि उचाइ लियो । तर, यथार्तको जमिनलाई कहिल्यै छोडेन । जरा जमिनमै जमाएर राख्यो । बुद्धले एउटा चैत्य बनायो । जसमा जग पनि छ शिखर पनि छ । चैत्यमा यर्थातको स्वर्ण गजुर पनि छ । किनभने जसको खुट्टा जमिनमा राम्रासंग टेकेको हुन्छ, उसले सजिलैसंग उचाइलाई छुन सक्दछ । जस्तैः रुखको जरा जमिनमा राम्रोसंग फैलिएको छ भने, त्यो रुखले राम्रो उचाइ लिन सक्दछ । उचाइ लिइसके पछि ऋतु पनि आउछ, पूmल पनि फुल्दछ । पूmल फुले पछि स्वभाव अनुसार फल पनि फल्दछ । यो उनको प्राकृतिक प्रकृति हो ।
पाँचौ कुरा, बुद्ध रुढिवादी होइन, मानववादी थिए । जस्तैः सिद्धान्त मानिसको लागि हो, मानिस सिद्धान्तका लागि होइन । सिद्धान्तको अर्थ हो, मानिसको सेवामा समर्पित हुनु । मौलिक रुपले उनको ध्यान मानिसको कल्याणको लागि थियो । मानिस परम् थियो । मानिस चरम् थियो । मानिस मापदण्ड थियो । सबै कुरा मानिसका लागि उपयोग गरेर हेर्नु हुन्थ्यो । बुद्ध दार्शनिक होइन, बैज्ञानिक थिए । त्यसैले, उनले भनेका सबै सुत्रहरु बैज्ञानिक मान्यतामा आधारित रहेका छन ।
आजको श्रृंखला यही समाप्त हुन्छ । अगामी श्रृंखलामा डाकु अंगुलिमालालाई धर्मोपदेश कसरी भयो भन्ने विषय लिएर फेरी भेटघाट हुनेनै छ । तबसम्मलाई बिदा दिनुहोस् । बुद्धम शरणम् गच्छामी ।
चोग डीबी गुरुङ बुद्ध दर्शनको विद्यार्थी हुन् ।
7/15/2020
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें
If you have any doubt, please let me know your message to help.