Gurung Basic Grammar, part: VII

गुरुङ आधारभूत व्याकरण, भागः ७          

A motto of Gurung language.
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाइ ‘गुरुङ स्कुल’को ब्लगमा स्वागत गर्दछु । संवत २०६९ सालमा प्रकाशित ‘तमू क्योए दे प्यक्ष्या’ नामक पुस्तकको सामग्रीहरुलाइ केही संशोधन र परिमार्जन गरी, ‘गुरुङ आधारभूत व्याकरण, भागः ७’ शिर्षकमा ब्लग मार्फत पाठकहरु समक्ष पुनः पस्कने प्रयास गरेको छु । गुरुङ भाषाको वर्तमान अवस्थालाइ नियालेर हेर्दा, बिभिन्न गाउँ र ठाउँ अनुसार स्थानीय भाषा, भाषी, भाषीका, लय, रानी, बानी र थेगोमा धेरथोर फरक हुनु स्वभाविकै हो । तर, मूल भावमा खासै अन्तर छैन । बिद्धान पाठकहरुलाइ प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको भन्ने कुरा मनमा लागेमा आफन्तहरुलाइ पनि शेगर गर्नु होला ।

२१. अङ्क (तुँ) Counting:
तमू भाषामा एक दुइ तीनको अङ्कलाइ (तुँ) भन्दछ । यसलाइ अन्य पुस्तकहरुमा विभिन्नै नाबाट नामकरण गरिएको पाइए तापनि अङ्क (तुँ)लाइ बैज्ञानिक आधारमा सरलीकरण गरिएको छ ।   

०   १   २    ३   ४   ५   ६   ७   ८  ९
ख्रा  क्रि  ङ्हि  सोँ  प्लि  ङ   टु   ङि  प्रे  कु
गुरुङ भाषामा अङ्कलाइ (तुँ) गणितलाइ (च्यौ), अङ्क गणितलाइ (च्यौतुँ), अङ्कशास्त्रलाइ (च्योतुँक्ष्या) र गन्तीलाइ (च्यौब) भन्दछ । 

२२. विराम चिन्ह (मेदोँ) Punctuation:
तमू भाषामा विराम चिन्हलाइ (मेदो) भन्दछ । भाषालाइ शुद्ध एवं सफासंग स्पष्ट बुझिने गरी दफा दफामा अलग अलग लेख्नका लागि शब्दहरुको भाव अनुसार विराम चिन्हहरुको प्रयोग गर्नु पर्ने हुन्छ । विराम चिन्हहरुको प्रयोगबाट मात्र शब्दहरुको भावलाइ आरोह अवरोह दिन सकिन्छ । उदाहरणः

१. पूर्ण विराम (टिब): (।।)
पूर्ण विराम चिन्ह वाक्य पूरा भएपछि अडानका निम्ति लाग्दछ । यस्ता वाक्य प्रश्नवाचक, विस्मयादिबोधक वा निर्देशक भए सम्बन्धित चिन्ह मात्र लाग्छ । यो चिन्हको प्रयोग फेरि त्यसमा हुनु हुदैन । यो चिन्ह तमू भाषामा दुइवटा लाग्छ । जस्तैः (।।)
१. बुद्ध लुम्बिनीमा जन्मिएको थियो । (ह्रिसारा लुम्बिनिर प्यँुलो) 
२. पोखरा तमुवानको राजधानी हो । (पोखरा तमुह्युलये मँ्रुह्युल अँ) 
३. काठमाडौं नेपालको राजधानी हो । (काठमाडौं नेपालये म्रुँह्युल अँ) 

२. अल्प विराम (क्हाँब): (,)
अल्प विराम चिन्ह वाक्यांश वा खण्ड वाक्य छुट्याउँदा र सम्बोधनमा 
छोटो अडानका निम्ति लाग्छ । जस्तैः (,)
१. कर्म, निङम, डोल्मा, क्हबो दे खदो चुँस याइ ।।
२. ओलग्य, पिङ्ग्य, ताग्र्य दे उग्र्य तइर ट सारइ ।।
३. अँ, थि चुर खमै, दिमा ङइ अथ्हो ।। 

३. अद्र्ध विराम (छिँब): (;)
अद्र्ध विराम चिन्ह वाक्यमा कमै प्रयोग हुन्छ । तैपनि कतकतै अद्र्ध विराम नलगाइ  हुदैन । खास गरी लामो र मिश्रित वाक्यलाइ छुट्याउन र वाक्यको सम्बन्ध अलि परको देखाउनु परेमा यो चिन्हको प्रयोग हुन्छ । जस्तैः
१. काम गरौं पढौं; समय त्यसै नफालौं । (केए लन खेएन; पल छलइ अवान)    
२. किताप राम्रो छ; मुल्य भने असध्यै चर्को । (क्ष्योए छ्याँब मु; सैए बिस्यँ बेले छब)  
३. तिमीले भनेको कुरा ठीक हो; मैले पनि त्यस्तै सोँचेको । (क्योँइ बिब ताँ ठिक अँ; ङजे छाँइ ङ्हाँलो)  
   
४. कोलोन (कोलोन) (:) 
कोलोन चिन्ह मूल विषयको शीर्षकको अन्तमा वा पुन, पुनश्च, नोट र प्रायः भन्ने शब्दसंग प्रयोग गरिन्छ । जस्तैः 
१. गुरुङ भाषाको भाग तीनः (तमू क्योएये कोँ सोँ)
२. पुनश्चः कुराको अर्थ पुरानोइ छ । (धबइः ताँफुँये ताँचो पुरानोइ मु)       
३. यो वस्तु पुनः प्रयोग गर्न हुन्छ । (चु माला धबइः चलेल तम्) 
४. नोटः कुराहरु छुटेमा दोहोराउनु । (नोटः ताँमो फेलास्यँ धबइ बिद्) 

५. योजक वा ड्यास (योजक): (–) 
लेख्ने क्रममा दुइ शब्दहरुलाइ जोड्नु पर्दा र हारको आखिरीमा शब्द नअटइ अर्को हारमा लेख्नु परेमा योजक चिन्हको प्रयोग गर्ने गरिन्छ । जस्तैः (–)
१. राम्रो–नराम्रो, मिठो–नमिठो, देख्ने–नदेख्ने, हुने–नहुने आदि । 
छ्याँब–अछ्याँब, सब–असब, म्रोँब–अम्रोँब, तब–अतब आदि ।। 

६. प्रश्नवाचक (ङ्योएब): (?) 
कसैसंग कुनै कुरा सोध्दा र आबेग, शंका, वा व्यङग प्रकट गरिँदा पनि प्रश्नवाचक चिन्हको प्रयोग हुन्छ । जस्तैः 
१. तिमी को हो ? यहाँ किन आएको ? (क्योँ सु च ? चुर तलि खलो ?)
२. सगरमाथा कति अग्लो छ ? (सगरमाथा कते नुब मु ?) 
३. आज उनी किन आएन ? (तिनी थि तले अख ?) 

७. उद्गार (प्लफैब): (!) 
उद्गार चिन्ह हर्ष, विस्मत, घृणा, आश्चर्य आदिको भाव प्रकट गर्दा र सम्बोधनमा पनि लाग्छ । जस्तैः 
१. ओहो ! आज बेलुकी कति रमाइलो ! (ओहो ! तिनी ङेस कते तोँब ?) 
२. कठ्ठै बिचरा ! लिस्नोबाट खसेछ ! (ओछे म्हैन ! लिदमा तेयामै !)
३. आमा ! छिटो आउन न ! (आमा ! यु खो से !)

८. उद्धरण (उद्धरण): (‘ ’  “ ”) 
शब्दको विशेष जोडमा वा तिनलाइ महत्व दिँदा कुनै कुराको उद्धरणमा एकोहोरो भए एकल र दोहोरो भए डबल उद्धरण चिन्हको प्रयोग गर्नु उचित हुन्छ । जस्तैः (‘ ’) (“ ”)
१. रातोरातो देखिने ‘लालिगुराँस’ । (अलाओले भ्योँब ‘पोडे’) 
२. “पढेर भन्दा परेर जानिन्छ” । “खेइर भन्दा लइर स्यम्” 

९. निर्देशक (ताँथोँब): (—)
कुनै कुरालाइ व्याख्या वा उद्धधृत गर्दा, अथ्र्याउँदा र बातचितमा बोल्नेका पछाडि निर्देशक चिन्ह दिइन्छ । जस्तैः
१. कर्म कहाँ पुग्यो— आमाले थाहा छैन । (कर्म खन फेइ— आमाइ थाहा अरे) 
२. मेरो छोरी— आठ वर्ष भयो । (ङ चमी— प्रेदी तइ)
३. त्यहाँ नजानु— सर्प छ । (चर अयाद्— फ्हुरी मु)
  
१०. कोष्ट (च्युब): ( ) { } [ ]
कोष्ठ चिन्हहरु शब्द र मूल वाक्यसित असम्बन्धित कुरामा क्रम वा विषय छुट्याउँदा कोष्ठ ( ) कुनै विशेष स्थिति र कुरामा र ढाक्नु पर्र्दा  ै लगाइन्छ । यी चिन्हहरु हिसाबमा विशेष प्रयोग गरिन्छ । 

११. गणित चिन्ह (च्योग): 
गणित चिन्हहरुलाइ निम्न अनुसार प्रयोग गरिएका छन् ।  
१. जोड (खुब) (+) २. घटाउ (पिब) (—) २. गुणन (प्लब) (ह) ४. भाग (चुब)    (÷) ५. बराबर (च्हका) (=) ।। 

  
२३. शब्दांश (ताँफुँ) Particle:
तमू भाषामा शब्दांशलाइ (ताँफुँ) भन्दछ । कुनै सानो अंश जो आफैमा पूर्ण नहुने तर, त्यो अंश नभएमा शब्दले भन्न खोजेको भनाइ पूर्ण नहुने शब्द, शब्द समूह वा वाक्यको भनाइलाइ पूर्णता दिन वा स्पष्ट गर्नका लागि प्रयोग गरिने प्रत्ययलाइ शब्दांश भन्दछ । ती शब्दहरुलाइ कोष्ट भित्र समूहमा राखिएका छन् । जस्तैः  

(ले) हामी(ले) खाइ सक्यौँ । ङि(इ) चल खाँइ ।।
(लाइ (सबै(लाइ) नमस्कार । ताँ(दिइ) छ्याजलो ।।
(संग) सबै(संग) भेट्छु । ताँदि(प्रे) थ्होम् ।। 
(संगसंगै) (संगसंगै) जानु । (प्रेप्रे) याद् ।।
(को) झ्योला उनीहरु(को) हो । झ्योला चमैँ(लँ) ।।
(को) काम भए(को) छ । केए त(बँ) ।।
(को) व्याकरण(को) आधार । फ्ह्रिक्ष्याख्हो(ये) ख्होस ।। 
(छ) यो राम्रो (छ) । चु छ्याँब (मु) ।।
(छैन) यो राम्रो (छैन) । चु छ्याँब (अरे) ।। 
(छन्) उनीहरु त्यहाँ (छन्) । चमै चर (मो) ।।
(हो) यसको नाम कर्म (हो) । चुये मिँ कर्म (अँ) ।।          
(हो) घर कहाँ (हो) ? धीँ खन (रि) ? 
(हुन्) उनीहरु पाहुना (हुन्) ।  चमै फ्ह्रैँमै (ग) ।। 
(मा) स्कूल(मा) पढ्छु । खेधीँ(र) खेम् ।।       
(मै) (घरमै) पढ्छु । धीँ(रिइ) खेम् ।।
(त) यत आउ (त) ? चाले खो (दि) ।। 
(नि) तरुनी भएछ (नि) ! छमी तयामै (न्हँ) ! 
(नि) दिदी के खाने (नि) ? अना तो चब (दि) ? 

टिप्पनीः
१. तमू भाषामा कुनै वस्तुलाइ सोधानी गर्दा (ल) बाट सोधियो भने (ल)मै अन्त हुुुन्छ । साथै अत्यन्तै व्यक्तिगत एवं पारिवारिक भए पनि (ल)को प्रयोग हुन्छ । तर यो (ल) चाहिँ विषय वस्तु, समय र अवस्थामा भर पर्दछ । 
२. यो (ये) शब्दान्तमा नलेखि छुट्टै लेखिएमा (पनि) को अर्थ लाग्छ । 

२४. समास (थो) Compound word:
शब्दमा दुइ वा दुइभन्दा धेरै शब्दहरु मिलेर बन्ने शब्द समूहलाइ समास भन्दछन् । तमू भाषामा समासलाइ (थो) भन्दछ । जस्तैः 
उपनगरप्रमुख, सहउपाध्यक्ष, सहकोषाध्यक्ष, उपप्रधानमन्त्री, उपराष्ट्रपति आदि ।   

१. समासका प्रकारः
(क) उपसर्ग समास (च्योँ थो) Prefix:  
(ख) प्रत्यय समास (स्यो थो) Suffix:
(ग) विशेषण समास (सारा थो) Adjective compound word:

(क) उपसर्ग समास (च्योँ थो): 
उपसर्ग समास (च्योँ थो) भनेको कुनै पनि शब्द वा शब्द समूहको अगाडि मान पदवीका रुपमा प्रयोग हुने शब्द हो । जस्तैः उपनगरप्रमुख,  सहउपाध्यक्ष, सहकोषाध्यक्ष, उपप्रधानमन्त्री, उपराष्ट्रपति आदि । यहाँ, नगर प्रमुख, उपाध्यक्ष, कोषाध्यक्ष, प्रधान मन्त्री, राष्ट्रपतिको अगाडि (उप) भन्ने उपसर्ग थपिएको छ । त्यसैले (उप) भन्ने शब्द उपसर्ग समास हो । 

(ख) प्रत्यय समास (स्यो थो):
प्रत्यय समास (स्यो थो) भनेको कुनै पनि शब्द वा शब्द समूहको पछाडि कुनै खास विशेषता थप्न बनाइने शब्द हो । जस्तैः बाठ्याइँ, चतु¥याइँ, अगुवाइँ, होच्याइँ आदि । यहाँ, बाठोमा ठ्याइँ, चतुरमा ¥याइँ, अगुवामा वाइँ र होचोमा च्याइँ थपिएको हुनले (ठ्याइँ, ¥याइँ र वाइँ) आदि (स्योथो) प्रत्यय समास हुन् । गुरुङ भाषामा पुलिङ्गबाट स्त्रिलिङ्ग बनाउँदा पनि प्रत्यय (स्यो) थपेर स्त्रिलिङ्ग बनाइन्छ । जस्तैः जिमालबाट जिमाल(स्यो) । सुबेदारबाट सुबेदार(स्यो) । जर्नेलबाट जर्नेल(स्यो) आदि । 

(ग) विशेषण समास (सारा थो):
विशेषण समास (सारा थो) भनेको दुइ वा दुइ भन्दा धेरै विशेषणहरु मिलेर बन्ने शब्द समूह हो । विशेषण समास गुरुङ भाषामा बढी प्रचलन हुन्छ । शब्दको भाव अनुसार वाक्यमा प्रयोग गरिएको छ । जस्तैः 
अनामुनी— ठाउँ नचिनेर के गरौं, कसो गरौं भनेर (अनामुनि) भयो । 
अलाओले— सुन्तला पाक्न लागेकाले (अलाओले) देखिएको छ ।  
अराउरु — काँक्रो (अराउरु) भएर छिप्पिन लागेको छ । 
अयाओथो— रोगले च्यापेरा (अयाओथो) भनेर चिच्याएको छ । 
ककाँक्युक्युँ— खाँन लाउन नपाएर (ककाँक्युक्युँ) हुने अवस्था भयो । 
कसाकोसो— भर्खर ब्याएको पाठी (कसाकोसो) भएर चलेको छ ।  
कथाँकुथीँ— घंघरीको लौरो (कथाँकुथी) हुन्छ ।  
क्यराक्युरु— छिप्पेको काफलको स्वाद (क्यराक्युरु) हुन्छ ।  
क्यराकेरे— चञ्चले बच्चाको स्वभाव (क्यराकेरे) हुन्छ ।  
खखाँखुखुँ— मुसाहरु (खखाँखुखुँ)बाट आउने जाने गर्दछन् । 
खयाखुयु— बाबा आमा (खयाखुयु) अवस्थामा छन् ।  
खरांखुरु— शिरदेखि पाउसम्म (खरांखुरु) यति नै हो ।   
खसाखुसु— समुहमा (खसाखुसु) कुरा गर्दै छन् । 
खोखोँसिसीँ— रुवा खोकीले गर्दा (खोखोँसिसीँ) लागेको छ ।  
गलागुलु— उतपट्टि (गलागुलु) कुराकानी गर्दै छन् । 
घचाघुचु— आपासमा (घचाघुचु) मिलेर बस्नु होला ।  
घघाँघुघुँ— समुहमा बसेर (घघाँघुघुँ) नगर्नु होला ।   
ङ्हङ्हाँत्हुत्हुँ— खान लाउन नपाएर (ङ्हङ्हाँत्हुत्हुँ) भयो ।  
चचाचुची— यो नानीको बानी (चचाचुची) गर्ने छ ।  
छमाछुमु— बेलुकी (छमाछुमु)को समय भैसक्यो ।  
छ्यपाक्ष्योपो— तरकारीमा (छ्यपाक्ष्योपो) गरी झोल हाल्नु । 
छ्यलक्ष्युलु— कोदो (छ्यलक्ष्युलु) भएर पाक्न लागेको छ । 
टटाटोटो— लाटोले (टटाटोटो) भनेर बोल्दछ । 
टलाँटुली— काँक्रो (टलाँटुली) भएर फल्न थालेछ ।  
ठठाठुठे— बाल्नका लागि काठको (ठठाठुठे) जम्मा गर्नु ।   
ठठाठोठो— दाजुभाइको बीचमा (ठठाठोठो) भएर नमिठो भयो ।   
ढढाँढुडु— काम गर्दा (ढढाँढुडु) नगर्नु होला । 
ततातोतो— उमेर ढल्के पछि (ततातोतो) हुन्छ ।  
थथाथुथु— जताततै (थथाथुथु) गरेर फोहर नगर्नु ।         
थलाथुलु— खेतमा (थलाथुलु) गरेर मल नछर्नु ।  
परापोरो— भरखरै निस्केको जाँड (परापोरो) भएछ । 
पपाँसिसीँ— आज (पपाँसिँसी) गरेर मेला सक्यो । 
पलापुली— रोग निको भए पछि (पलापुली) भएछ । 
प्यप्याँपिपीँ— गहिरो ताल (प्यप्याँपिपीँ) रंगको देखिन्छ ।  
फलाँफुलुँ— झाडीमा (फलाँफुलुँ)को बास हुन्छ ।    
फ्यराफिरी— (फ्यराफिरी) अवस्थामा उत्तौलो हुन्छ । 
ममामोमो— जाँड खाएर अलि (ममामोमो) भयो । 
मलामुलु— जुम्राले (मलामुलु) गर्यो । 
मसामुसु— दालभात (मसामुसु) मुछेर खानु ।  
मलामुली— चैतको (मलामुली) झै निस्कियो ।  
म्यरामिरी— बिहानीको (म्यरामिरी) उज्यालो भयो ।   
म्होमोसुसुँ— कुनै पनि कार्य (म्होमोसुसुँ)मा नगर्नु ।  
रराचैचैँ— काम गर्दा (रराचैचैँ) नहुनु । 
रोरोपिपीँ— रोगको महामारीले गर्दा (रोरोपिपीँ) भयो । 
ससामेमे— उनको (ससामेमे) भएर मृत्यु भयो । 
हहाहोहो— जिवतहरु आएकाले (हहाहोहो) गर्नु ।               

२५. सन्धि (तुँब) Coin word:
दुइवटा अलग अलग शब्दहरुलाइ गाभेर सानो आकारमा अर्थपूर्ण हुने गरी एउटै शब्द बनाउने प्रकृयालाइ सन्धि भनिन्छ । तमू भाषामा सन्धिलाइ (तुँब) भन्दछ । तमू भाषा अलिखित अवस्थामा रहेकाले सन्धिबाट व्युत्पत गरिएका नयाँ शब्दहरु पनि प्रशस्तै छन् । त्यसैले, यी शब्दहरु सन्धि, उपसर्ग, प्रत्यय, नाम वा विशेषण आदि केबाट कसरी व्युत्पत गरिएका हुन भन्ने कुरा राम्रोसंग बुझ्ने प्रयास गर्नु पर्छ । उदाहरणः

भिन्न शब्दहरुः       सन्धि शब्दः
सताँ+मुताँ = सताँमुताँ (इतिहास)
ङे+च्याब = ङेच्याब (योजन वा कुटुम्ब लाउने)
ताँ+फुँ = ताँफुँ (शब्दको अंश वा स–साना शब्द)
फ्ह्रैँ+फुलम् = फ्ह्रैँफुलम् (अतिथि सम्मान)
छ्याँब+केए = छ्याँकेए (प्रशंसनीय काम)
अशिक+मलँ = अशिमलँ (आर्शीवाद, आशिक दिनु)
म्रोँब+थ्होब = म्रोँथ्होब (भेटधाट गर्नु वा हुनु)
छ्याँब+त्यैँब = छ्याँत्यैँब (स्वागत्)
छ्याँब+त्यैँम् = छ्याँत्यैँम् (स्वागतम्)
ङ्योएब+लोब = ङ्योएलु (सोधपुछ गर्नु)
खेब+धीँ = खेधीँ (स्कूल, पढने घर)   
खेब+म्हि = खेम्हि (विद्यार्थी)
लोब+म्हि = लोम्हि (शिक्षक) 
खोँब+ताँ = खोँताँ (शिक्षा)  
खेब+ताँ = खेताँ (पत्रिका) 
सुँ+ताँ = सुँताँ (मुख–पत्र) 
खोँर+चोब = र्खोचोँब (मुखाकर, कण्ठस्थ)  
सैँब+ताँ = सैँएताँ (कथा) 
मैँब+ताँ = मैँएताँ (उपन्यास)  
फ्ह्रिब+ताँ = फ्ह्रिताँ (साहित्य)
ख्हो+ताँ = ख्होताँ (निबन्ध) 
क्वेब+ताँ = क्वेताँ (कविता) 
म्हि+ताँ = म्हिताँ (जीवनी)
फ्ल्ह+तेब = फ्ल्हते (फोटो)
ङेँएब+सै = ङेँसै (रेडियो)
ङ्ह्युब+सै = ङ्ह्युसै (टेलीभिजन)
च्योब+सै = च्योसै (चलचित्र)
फ्ल्ह+सै = फ्ल्हसै (वृत्तचित्र) 

गुरुङ आधारभूत व्याकरण, भागः ७मा प्रस्तुत गरिएको गुरुङ भाषाको सामाग्रीहरु तपाइँलाइ कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? यसलाइ कसरी परिमार्जन गर्न सकिन्छ ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेका कमि कमजोरीहरुलाइ बिद्धान पाठकहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । घन्यवाद ।      

चोग डीबी गुरुङ ‘तमू क्योए दे प्यक्ष्या’को लेखक हुन ।
3/8/2020
Gurung language & Culture.
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.