गुरुङ आधारभूत व्याकारण, भागः ६
A motto of Gurung language. |
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाइ ‘गुरुङ स्कुल’को ब्लगमा स्वागत गर्दछु । संवत २०६९ सालमा प्रकाशित ‘तमू क्योए दे प्यक्ष्या’ नामक पुस्तकको सामग्रीहरुलाइ केही संशोधन र परिमार्जन गरी, ‘गुरुङ आधारभूत व्याकरण, भागः ६’ शिर्षकमा ब्लग मार्फत पाठकहरु समक्ष पुनः पस्कने प्रयास गरेको छु । गुरुङ भाषाको वर्तमान अवस्थालाइ नियालेर हेर्दा, बिभिन्न गाउँ र ठाउँ अनुसार स्थानीय भाषा, भाषी, भाषीका, लय, रानी, बानी र थेगोमा धेरथोर फरक हुनु स्वभाविकै हो । तर, मूल भावमा खासै अन्तर छैन । बिद्धान पाठकहरुलाइ प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको भन्ने कुरा मनमा लागेमा आफन्तहरुलाइ पनि शेगर गर्नु होला ।
१५. क्रिया विशेषण (पार्क सारा) Adverb:
तमू भाषामा क्रिया विशेषणलाइ (पार्क सारा) भन्दछ । कुनै विशेषण वा अर्को विशेषणको अर्थमा खास विशेषता थप्न प्रयोग हुने शव्दलाइ क्रिया विशेषण भन्दछ । जस्तैः हामी ज्यादै खुसी छांै । बिस्तारै हिड, नत्र चोट लाग्छ । यहाँ, ज्यादैले खुसीको र बिस्तारैले हिँडेको विशेषतालाइ थपेको छ । त्यसैले (ज्यादै र बिस्तारै) क्रिया विशेषण हुन् ।
१. क्रिया विशेषणको वर्गीकरण (पार्क साराये प्रेँज):
(क) काल बोधक (पल तेँब)
(ख) स्थान बोधक (ख्लो तेँब)
(ग) परिमाण बोधक (लेँदे तेँब)
(ध) रीति बोधक (क्ष्या तेँब)
(ङ) निश्चय बोधक (ङिब तेँब)
(च) माध्यम बोधक (माध्यम तेँब)
(छ) निषेध बोधक (अतब तेँब)
(क) काल बोधक (पल तेँब):
काल बोधक क्रिया विशेषणले वाक्यमा कहिले (खैम) भनेर समयको सूचना दिने काम गर्दछ । जस्तैः
१. हिजो पानी परेको थियो । (तेल नाँ युलो)
२. आज पाहुनाहरु आउने छन् । (तिनी फ्ह्रेँमै खम्)
३. भोलि पोखरा जान्छु । (न्हाँगै पोखरा याम्)
उपरोक्त वाक्यहरुमा प्रयुक्त भएका कहिले (खैम) भन्ने शब्दले हिजो, आज र भोलि भनेर समयको संकेत गरेकोले (खैम) पल तेँब पार्क सारा हुन् । तमू भाषामा (तेब = निकाल्ने, तेँब = देखाउने र त्यैँब = स्वागत गर्ने) उस्तै उस्तो शब्दहरु छन् । यहाँ (तेँब)को प्रयोग गरिएको छ ।
(ख) स्थानबोधक (ख्लो तेँब):
स्थान बोधक क्रिया विशेषणले कहाँ (खन) भनेर स्थानको सूचना दिने काम गर्दछ । जस्तैः
१. घरमा आउ । (धीँर खो)
२. स्कूलमा जाउ । (खेधीँर याद्)
३. भैसी गोठमा छ । (मइ फ्ह्रोँर मु)
उपरोक्त वाक्यहरुमा प्रयुक्त भएका कहाँ (खन) भन्ने शब्दले घरमा, स्कूलमा र गोठमा भनेर स्थानको संकेत गरेकोले (खन) ख्लो तेँब पार्क सारा हुन् ।
(ग) परिमाण बोधक (लेंँदे तेँब):
परिमाण बोधक क्रिया विशेषणले वाक्यमा धेरै (लेँदे) भनेर परिमाणको सूचना दिने काम गर्दछ । जस्तैः
१. पाहुनाहरु आए । (फ्ह्रेँमै खइ)
२. भेडाको गोठ । (क्युउ फ्ह्रोँ)
३. सामान किन्यो । (सामान किँइ)
उपरोक्त वाक्यहरुमा प्रयुक्त भएका धेरै (लेँदे) भन्ने शब्दले पाहुनाहरु, गोठ र सामानले परिमाणको संकेत गरेकोले (लेँदे) लेँदे तेँब पार्क सारा हुन् ।
(घ) रीति बोधक (क्ष्या तेँब):
रीति बोधक क्रिया विशेषणले वाक्यमा प्रकृया कसरी (खले) भयो भन्ने कुराको सामान्य जानकारी गराउदछ । जस्तैः
१. यसरी गर्नु । (छले लद्)
२. कसरी गर्ने ? (खले लब)
३. त्यसरी हँुदैन । (छले अत)
उपरोक्त वाक्यहरुमा प्रयुक्त भएका प्रकृया कसरी (खले) भन्ने शब्दले यसरी, कसरी, त्यसरी कार्य भयो भनी सामान्य जानकारी गराएकाले प्रकृया (खले) क्ष्या तेँब पार्क सारा हुन् ।
(ङ) निश्चय बोधक (ङिब तेँब):
निश्चय बोधक क्रिया विशेषणले वाक्यमा कार्य कति पटक (कदे खे) भयो भनी पटक जाहेर गर्दछ । जस्तैः
१. कर्म एक पटक आयो । (कर्म तिखे खइ)
२. मैले दुइ पटक भात खाएँ । (ङइ ङ्हिखे कैँइ चइ)
३. म तीन पटक पोखरा गएँ । (ङ सोँ खे पोखरा याइ)
उपरोक्त वाक्यहरुमा प्रयुक्त भएका कति पटक (कदे खे)ले
एक पटक, दुइ पटक र तीन पटक भनी निश्चित समयको जानकारी गराएकाले (कदे खे) ङिब तेँब पार्क सारा हुन् ।
(च) माध्यम बोधक (माध्यम तेँब):
माध्यम बोधक क्रिया विशेषणले वाक्यमा ले (इ) बाट (दक्या) द्धारा (दक्या) भयो भनी माध्यम् जाहेर गर्दछ । जस्तैः
१. आँसीले काट्यो । (कोरेइ थोइ)
२. बसबाट आयो । (बसदक्या खइ)
३. रेडियोद्धारा समाचार सुनियो । (रेडियोदक्या ह्रेँताँ थेइ)
उपरोक्त वाक्यहरुमा प्रयुक्त भएका ले (इ) बाट (दक्या) द्धारा (दक्या) भन्ने शब्दले काट्यो, बाट र द्धारा भन्ने भाव बुझाएकाले यी शब्दहरु माध्यम तेँब’ पर्क सारा हुन् ।
(छ) निषेध बोधक (अतब तेँब):
निषेध बोधक क्रिया विशेषणले वाक्यमा निषेध वा अस्वीकार गरेको भाव जाहेर गर्दछ । जस्तैः
१. चुरोट नखानु । (चुरोट अथँुद्)
२. रक्सी नपिउँनु । (पा अथुँद्)
३. त्यहाँ नजानु । (चर अयाद्)
उपरोक्त वाक्यहरुमा प्रयुक्त भएका निषेध वा अस्वीकार गर्ने नखानु, नपिउँनु र नजानु भन्ने शब्दहरुमा तमू भाषाको मौलिक परम्परा अनुसार (अ) उपसर्ग थपेर निषेध बोधक क्रिया विशेषण बनाइन्छ । अतः अथँुद् र अयाद् (अतब तेँब) पार्क सारा हुन् ।
१६. विशेषण (सारा) Adjective:
विशेषण भनेको कुनै पनि नाम, व्यक्ति वा वस्तुले कुनै खास गुण वा दोष जाहेर गर्नु हो । तमू भाषामा विशेषणलाइ (सारा) भन्दछ । तमू भाषामा (सारा) भनेको पूmल हो । जब कुनै पूmल फुले पछि मात्र त्यो पूmलले राम्रो, नराम्रो, रातो, कालो, सेतो, पहेलो, निलो वा हरियो विशेषता जाहेर गर्दछन् । पूmलबाट फल फले पछि मात्र त्यो फलले गुलियो, अमिलो, टर्रो, मीठो वा नमिठोे गुणको जाहेर गर्दछ । जस्तैः
१. यो पूmल रातो छ । (चु ट ओलग्य मु)
२. त्यो पूmल राम्रो छ । (च ट छ्याँब मु)
३. उ त्यो पूmल नराम्रो छ । (कि किच ट अछ्याँब मु)
४. यो सुन्तला मिठो छ । (चु सुन्तला सब मु)
५. त्यो सुन्तला नमिठो छ । (च सुन्तला असब मु)
६. यो कागती अमिलो छ । (चु क्युँपि क्युँब मु)
७. त्यो मान्छे मोटो छ । (च म्हि म्रैब मु)
८. उ त्यो मान्छे अग्लो छ । (कि किच म्हि नुब मु)
उपरोक्त वाक्यहरुमा रातो, राम्रोे र नराम्रोले पूmलको विशेषतालाइ, मिठो र नमिठोले सुन्तलाको गुणलाइ, अमिलोले कागतीको गुणलाइ, मोटो र अग्लोले व्यक्तिको विशेषतालाइ जाहेर गरेका छन् । त्यसैले रातो, राम्रो, नराम्रो, मिठो, नमिठो, अमिलो, मोटो र अग्लो (ओलग्य, छ्याँब, अछ्याँब, सब, असब, क्युँब, मै्रब दे नुब) विशेषण हुन् ।
१७. कारक (थुलब) Case:
तमू भाषामा कारकलाइ (थुलब) भन्दछ । वाक्यमा नाम वा सर्वनामले अरु शब्दसंग सम्बन्ध बनाउने लवजलाइ कारक भन्दछ । जस्तैः
१. कर्म मदेखि रिसाएको छ । (कर्मा ङदिप्रे सुखम्)
२. उ मबाट टाढा छ । (च ङदक्या ह्रैँगो मु)
३. छिरिङले किताब किन्यो । (छिरिङइ क्ष्योए किँइ)
४. डोल्मालाइ बोलाउ । (डोल्मादि उइद्)
५. निङमसंग जाउ । (निङमदिप्रे याद्)
६. जहाजद्धारा ल्यायो । (जहाजदक्या पोगोइ)
यहाँ कर्मले (देखि), उले (बाट), छिरिङले (ले), डोल्माले (लाइ), निङमले (संग) र जहाजले (द्धारा) भनी नाम वा सर्वनामसंग सम्बन्ध बनाएकोले देखि, बाट, ले, लाइ, संग र द्धारा’ (दिप्रे, दक्या, ङइ, दि, दिप्रे दे दक्या) आदि कारक (थुलब) हुन् ।
१८. भाव (मैँएब) Mood:
तमू भाषामा भावलाइ (मैँएब) भन्दछ । भाव भनेको कुनै विषय वस्तुको निश्चित भइनसकेको अवस्था तर, वक्ताको मनोभाव र मनोवृत्ति अथवा वक्ताले सम्प्रेषण गर्न खोजेको भावलाइ स्पष्टसंग बुझाउने शब्द वा वाक्यलाइ (मैँएब) भन्दछ । जस्तैः
अर्जुन— उत्कृष्ट धनुषधारी । भीमसेन— बलवान । दुर्योधन— घमण्डी । कुम्भकर्ण— सुताह । नोच्यन खोर्लोह्रिमोर्छे— तीन आँखे प्रतापी राजा । अजिमो फजिमो— मान्छे खाने अजंगको भूत । ख्याल्बो रोजा— घाँटुको नायक परसुराम घले । कर्मअपा— आत्मयात्री गुरु । नमु— घले राजाको जेठी छोरीको उपाधि । फिच्योँ— घले राजाको कान्छी छोरीको उपाधि आदि ।
१९. नामयोगी (तेस्युरु) Preposition:
तमू भाषामा नामयोगी वा विभक्तिलाइ (तेस्युरु) भन्दछ । कुुनै वाक्यमा एक व्यक्ति वा वस्तुुसंग अर्को व्यक्ति वा वस्तुुको सम्बन्ध देखाउन प्रयोग हुने तिर, पारि, माथि, मुनि र सित आदि लवजलाइ नामयोगी भन्दछ । जस्तैः
१. बच्चाहरु बजार तिर दगुरे । (कोल्मै चुँ सइ न्हेइ)
२. हाम्रो स्कूल डाँडा पारि छ । (ङ्यो खेधीँ कोँ क्याँज मु)
३. हाम्रो घर बाटो माथी छ । (ङ्यो धीँ क्याँ फिर मु)
४. उनको घर बाटो मुनि छ । (थिये धीँ क्याँ न्होर मु)
५. उनी मसित जन्छिन् । (थि ङदिप्रे याम्)
उपरोक्त वाक्यहरुमा (तिर)ले बच्चाहरु र बजारसंग, (पारि)ले स्क्ूल र डाँडासंग, (माथी) र (मुनि)ले घर र बाटोसंग, (सित)ले उनी र जान्छिनसंग सम्बन्ध जोडेकोले ‘तिर, पारि, माथि, मुनि र सित’ (इ, क्याँज, फिर, न्होर दे दिप्रे) नामयोगि वा विभक्ति (तेस्युरु) हुन् ।
२०. संयोजक (ङेच्याब) Conjunction:
तमू भाषामा संयोजकलाइ (ङेच्याब) भन्दछ । लेखाइको क्रममा शब्द समूह, वाक्य र उपवाक्यहरुलाइ जोडिदिने अव्ययलाइ संयोजक भन्दछ । जस्तैः
१. कर्म र रमा पसल गए । (कर्म दे रमा चुँधीं याइ)
२. चिया पिउँछु अनि पढछु । (चिया थुँम् चदक्या खेम्)
३. सुन्तला वा काँक्रो । (सुन्तला दे लमै)
४. दाजु एवं भाइ । (अगै दे अलि)
उपरोक्त वाक्यमा (र)ले कर्म र रमा, (अनि)ले पिउँछु र पढछु, (वा)ले सुन्तला र काँक्रो, (एवं)ले दाजु र भाइसंग सम्बन्ध जोडेकोले र, अनि, वा र एवं (दे, अनि, वा दे) संयोजक (ङेच्याब) हुुन् ।
गुरुङ आधारभूत व्याकरण, भागः ६मा प्रस्तुत गरिएको गुरुङ भाषाको सामाग्रीहरु तपाइँलाइ कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? यसलाइ कसरी परिमार्जन गर्न सकिन्छ ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेका कमि कमजोरीहरुलाइ बिद्धान पाठकहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । घन्यवाद ।
चोग डीबी गुरुङ ‘तमू क्योए दे प्यक्ष्या’को लेखक हुन ।
2/29/2020
Gurung language & Culture. |
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें
If you have any doubt, please let me know your message to help.