गुरुङको मौलिक पर्व 'ठ्होत्हेँ' एक झलकः

गुरुङको मौलिक पर्व 'ठ्होत्हेँ' एक झलकः

Gurung Language & Culture.
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाई ‘गुरुङ स्कुल’को ब्लगमा स्वागत गर्दछु । संवत २०६९ सालमा प्रकाशित ‘तमू क्योए दे प्यक्ष्या’ नामक पुस्तकको सामग्रीहरुलाई केही संशोधन र परिमार्जन गरी, ‘गुरुङ ठ्होत्हेँ’ सामाजिक पूजा शिर्षकमा ब्लग मार्फत पाठकहरु समक्ष पुनः पस्कने प्रयास गरेको छु । गुरुङ समुदायमा यो ‘ठ्होत्हेँ’को पृष्ठभूमि र महत्व किन र कसरी रहेको छ भन्ने विषयमा यो लेख मार्फत जानकारी हुने छ । बिद्धान पाठकहरुलाई प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको भन्ने कुरा मनमा लागेमा आफन्तहरुलाई पनि शेगर गर्नु होला ।

गुरुङहरुको परम्परागत संस्कृतिमा ‘ठ्होत्हेँ’ पर्व अर्थात सामाजिक पूजाको महत्वपूर्ण स्थान रहेको छ । गुरुङ गाउँहरुमा यो पर्व उभौली र उधौली गरी दुइ पटक मनाउँने चलन छ । उभौलीको चैत्र शुक्लपक्षमा र उधौलीको सावन शुक्लपक्षमा गरिन्छ । यो ‘ठ्होत्हेँ’ पर्व मनाउँने सवालमा गुरुङहरुको आफ्नै मौलिक कारण र विशेषताहरु छन् । 
  
यो ‘ठ्होत्हेँ’ पर्व अर्थात सामाजिक पूजा पच्यु, ख्लेप्रेँे र लम जुनसुकै पुरोहितहरुले पनि गर्न सकिन्छ । यो पर्व शुक्लपक्षको मंगलबार पारेर आयोजना गरिन्छ । यो पूजा गर्ने दिनमा पुरोहितहरुले बिहान सामाजिक घरमा स्वस्ति शान्ति गर्दछन् । दिनमा गाउँलेहरु सबै मिलेर बाटो घाटो सरसफइ गर्ने र गाउँको सिरान र पुच्छारमा भक्योँलाको काठबाट गेट बनाएर त्यो गेटमा भाला, त्रिशुल, धनुष काँड, सिस्नु, घंगरीको काँडा, स्त्री पुरुषको लिङ्गको चिन्ह र दुइवटा भूतको पुतला बनाएर झुन्ड्याउँछन् । घंगरीको काँडा हलेर बाटो थुनेको हुन्छ । 

यसरी गाउँको शिरान र पुच्छारमा काँडा हलेर बाटो छेक्नुको अर्थ एक दिन गाउँ बारेको भन्ने हुन्छ । यसको अर्थ के हुन्छ भने कुनै पनि भूतप्रेतले गाउँलाई हानी नोक्सानी गर्न यो गेटबाट छिरेर आउन पाउँदैन वा सक्दैन भनेर आचाबाचा गरेको हुन्छ । गाउँ बार्नु भनेको त्यो दिनमा गाउँमा कुनै पनि पाहुँनाहरुलाई प्रवेश निषेध गर्नु र गाउँबाट पनि कुनै मानिसहरु घर छाडेर अन्यत्र पनि नजानु हो । गएमा पूजाबाट उपलब्धि प्राप्त हुदैन । 
     
यो ‘ठ्होत्हेँ’ पर्वको अवशेष तमू धीँ पोखराले जगेर्न गरेको छ । मौलिक विधिविधानमा केही फरक देखिए तापनि परिवर्तित समयको माँग र परिवेश अनुसार मौलिक झाँकी, भेषभूषा र संस्कारको झलक सहित गुरुङहरुको विशाल जनसहभागिता देख्न सकिन्छ । यसबाट मौलिक ‘ठ्होत्हेँ’ पर्व प्रति गुरुङहरुको चासो, चिन्तन, मनन् र सम्बन्धको बारेमा स्पष्ट बुझ्न सकिन्छ । 

           

यो ‘ठ्होत्हेँ’ पर्वको ऐतिहासिक पुष्टभूमिको बारेमा संक्षिंप्त कुरा गर्दा, आदिम कालमा साविकको मुस्ताङ जिल्लाको ठिनी गाउँमा माउरो जातिहरुको विशाल ठिनी ख्ह्याल्स थियो । त्यहाँ खदो भन्ने राजाले शासन गर्दथे । असोज महिनाको शुक्लपक्षको अष्टमीको राति राजा रानीको हत्या भयो । दरबार खाली भयो ।
   
राजदरबार खाली राख्न हँुदैन भन्ने मान्यता रहेकोले मन्त्री ननख्ह्रोँलाई राजा बनाइ गद्दी चढायो । गद्दी चढाएको एक महिना भित्र नयाँ राजाको पनि हत्या भयो । यसरी ठिनी ख्ह्याल्समा राजा र रानीको हत्या भएपछि हाहाकार मच्चियो । शान्ति सुरक्षा कमजोर भएकोले जनताहरु आतंकित भए । दुबै राजा र रानीको एकै तरिकाले हत्या भएको देखेर सेनापतिको तजबिजमा एउटा आयोग गठन गरेर हत्याको बारेमा अनुसन्धान थाल्यो । 
   
त्यस समय ठिनी ख्ह्याल्समा त्रिकालदर्शी कर्मअप नमगुरु नौ वर्ष, नौ महिना र नौ दिनसम्म गुफा बसेका थिए । नमगुरु गुफाबाट निस्कने दिनमा अनुसन्धानमा खटेको टोली गुफामा पुगेर नमलाई ढोगभेट गरी ख्ह्याल्समा तत्काल भइरहेका घटना र आतंकको बारेमा अवगत गराए । 
   
नमगुरुले समय चक्रको अध्ययन गरी, यी राजा र रानीहरु हेरि हेरिनसक्ने, बुझि बुझिनसक्ने अजंगको ‘अजिमो फजिमो’ भन्ने मायवी वीर मसानले मारेको हो । यो वीर मसान आफै आएका होइनन् । कुनै गुरुले साधना गरेर पठाएको हो । त्यसैले, यो वीर मसानलाई तीन आखा भएको महाप्रतापी राजाले मात्र दमन गर्न सक्दछ, गुढ रहस्या बताए ।     
     
त्यहाँ राजा नभएको हुनाले जेठो राजसभासद्को अध्यक्षतामा राजसभा बस्यो । अनुसन्धानको टोली प्रमुखलाई राजा र रानीको हत्याको बारेमा के कति प्रगति भयो भनेर सोधेपछि सेनापतिले यी राजा र रानीहरु हेरि हेरिनसक्ने, बुझि बुझिनसक्ने अजंगको ‘अजिमो फजिमो’ भन्ने वीर मसानले मारेका हुन भनि नमगुरुको गुढ रहस्या हुबहु दोहो¥याए । उनको कुरा सुनेर सबै अचम्म भए ।     
     
ख्ह्याल्सको संस्कार अनुसार ६, ६ महिनमा उभौली र उद्यौली ‘ठ्होत्हेँ’ गर्दा राजा र रानीको उपस्थिति हुन अनिवार्य थियो । किनभने ‘ठ्होत्हेँ’ समापन भएपछि राजाले उपस्थित जनसमूहलाई सम्वोधन गर्दै अशिमलँ दिने परम्परा रहेको थियो । आज भोलि, पर्सि गर्दै फेरी ‘ठ्होत्हेँ’ गर्ने समय आइपुग्यो । राजाको चयन गर्न राजसभा बस्यो तर, कोही पनि राजा हुन चाहेनन् । किनभने राजा हुने बित्तिकै एक महिना भित्र उनको मृत्यु निश्चित थियो । त्यसैले, सोझो, सादा र निमुखालाई फकाइ फुलाइ राजा रानी चयन गरी ‘ठ्होत्हेँ’ गरिन्थ्यो । शुक्लपक्षको अष्टमीको राती राजा रानीको हत्या हुन्थ्यो । यसरी राजा रानी सबैको एकै किसिमले हत्या हुदै रह्यो । त्यसकारण, राज्य व्यवस्था लथालिंग भएर हाहाकार मच्चियो ।
     
एक दिन बिहान सबेरै ठिनी ख्ह्याल्सका गोठालाहरु भेडा बाख्रा चराउँन निस्किए । चराउँदै जाँदा बाटो माथिको जौ बारीमा पुगे । जौ बारीमा भूत जस्तो अजंगको मानिस सुतिरहेको देखे । लौ, राज्यमा आतंकित गर्ने भूत त यही पो सुतिरहेछ भन्ठानेर गोठालोहरुले घट्नाको जानकारी गराए । गाउँको भलाद्मीहरुले सबै मानिसलाई भेला गराइ हतियार सहित जौ बारीमा पुगे ।    
     
ए, तिमी को हौँ, ढगले सोध्यो ? ढगको आवाज सुनेपछि त्यो मान्छे उठ्यो र तपाइँहरु को हो ? प्रतिप्रश्न ग¥यो । तिमी को हो ? भनेर ढगले दोस्रो पटक सोध्दा म सपुmँती ख्ह्याल्सको युवराज नोच्यन हुँ । एक हप्ता अगाडि सिकार खेल्ने दलबल लिएर ख्ह्याल्सबाट निस्किएको थिए । राति अचानक ऋतु विपरीत मौसम भएर हिमपहिरो आइ सिकारी दलबल सबै बगाएर लग्यो । शौभाग्यले म मात्र भाग्न सफल भए । जौ बारी देखेपछि यही आराम गर्न बसे, भुसुक्कै निदाए छु । अहिले तपाइँहरुको चर्को हल्लाले गर्दा बिउँझिए, नोच्यनले भन्यो । 
   
जेठो सभासदले वास्तवमा यो मान्छे युवराज हो होइन भनेर उनको अध्ययन गर्दा, नमगुरुको गुड रहस्या स्मरण भयो । नोच्यनले भूत प्रेत र वीर मसानलाई दमन गर्न सक्यो भने हाम्रो ठिनी ख्याल्स फेरि पनि समृद्ध हुन सक्दछ । तपाइँको विचार के छ ? सेनापतिसंग सोध्यो । नमगुरुको कुरा र आजको घटनाको संयोग मिल्दो जुल्दो छ, सेनापतिले पनि सहमति जनायो ।  
     
हे ठिनीबासी हो, हाम्रो ख्ह्याल्समा महाप्रतापी राजा नभएकाले शासन व्यवस्था लथालिङ्ग भएको छ । यो युवराज बडो सुरवीर र महाप्रतापी देखिन्छ । उनी राजा भएर भूत प्रेत र वीर मसानलाई दमन गर्न सक्यो भने, हाम्रो ख्याल्स फेरि पनि समृद्ध हुन सक्दछ । यसमा तपाइँहरुको राय के छ भनेर सोध्दा, तपाइँको विचार राम्रो छ भनेर समर्थन जनाए । ढगले नोच्यनलाई राजा हुन अनुरोध ग¥यो । 
     
नोच्यन राजा भएपछि, त्रिकालदर्शी कर्मअप नमलाई ठिनी ख्याल्सको राजसभामा भव्य स्वागत गरी कुलगुरुको सम्मानित स्थान ग्रहण गर्न अनुरोध गरे । नमले राजाको अनुरोध स्वीकार गरे । सभामा राजनीति, अर्थनीति र विदेशनीति सम्बन्धी विषयहरुमा छलफल भए । राजसभा उठेपछि राजा र कुलगुरु एकान्त बसेर छलफल गरे । छलफलमा तिम्रो ख्ह्याल्समा के समस्य छ, कुलगुरुले सोध्यो । 
     
तत्कालको समस्य भनेको ख्ह्याल्समा आतंक मचाउने हेरि हेरिनसक्ने, बुझि बुझिनसक्ने ‘अजिमो फजिमो’ भन्ने अजंगको मान्छे खाने मसानलाई कसरी दमन गर्न सकिन्छ उपाय बताइ दिनु होस्, राजाले भन्यो ।  
   
यो ‘अजिमो फजिमो’ भन्ने अजंगको वीर मसान त्यसै उठेको होइनन् । कुनै समय ठिनी ख्ह्याल्समा नाम कमाएका झाँक्रीगुरुले वीर मसानको साधना गरेर पठाएको हो । त्यसैले, ती मसानहरुले गुरुको निर्देशन बमोजिम काम गर्दछन, कुलगुरुले भन्यो । 

यति ठुलो झाँक्रीगुरुले मसान जगाएर राजा र रानीको हत्या गर्नुको पछाडि के कारण छ ? राजाले सोधे ।   
   
यो वीर मसानको प्रसंगमा नमिठो राजनीतिक पृष्ठभूमि लुकेको छ । पाँच वर्ष अगाडिको मात्र कुरा हो । ठिनी ख्ह्याल्समा खदो भन्ने राजा थियो । उनले कुटज्ञानमा पारंगत भएका मिक्रेँ भन्ने झाँक्रीगुरुलाई कुलगुरु पदमा नियुक्त गरेका थिए । शासन पद्धतीको सिलसिलामा कुलगुरु र राजाकोबीचमा वैचारिक मतभेद भयो । अन्तमा, राजाले शक्तिको दुरुपयोग गरेर कुलगुरुलाई पदच्युत गरिदिए । पदच्युत गरेकोमा कुलगुरुले आफ्नो अपमान भएको ठानेर तिम्रो राजवंश र ख्ह्याल्सको सर्वनास होस भनी श्राप दिएर हिमालय पर्वततिर गए । यो ‘अजिमो फजिमो’ भन्ने वीर मसान मिक्रेँ झाँक्रीगुरुको सेना हो । हिजो उनलाई शुक्लपक्षको अष्टमीको दिनमा पदच्युत गरेको हुनाले सोही दिनको प्रथम प्रहरमै आएर राजा र रानीको हत्या गरेर ख्ह्याल्समा आतंक मच्चाएको बृतान्त घटना बतायो ।
   
हिजो खदो राजा थियो । आज म छु । अब मेरो जिम्मेवारी भनेको शासन व्यवस्था व्यवस्थित गर्ने । ख्ह्याल्सको सीमाना सुरक्षित गर्ने । न्याय निसाफ राम्रोसंग केलाउने र जनधनको सुरक्षा गरेर ख्ह्याल्सलाई उन्नतिको पथमा अग्रसर गराउँनु हो । तर, यो वीर मसानलाई दमन नगरेसम्म कुनै पनि कामको सम्भावना छैन । त्यसैले, यसलाई दमन गर्ने उपाय बताइदिनु होस, राजाले निवेदन ग¥यो । वीर मसानलाई दमन गर्ने गुढ मन्त्र र विधिविधानको उपाए बताएर कुलगुरु फर्किए । 
     
कुलगुरुको सुझाव अनुसार व्यवस्था मिलाएर वीर मसानलाई बसमा पारिसकेपछि तिमी मिक्रेँ भन्ने झाँक्रीगुरुले व्यक्तिगत स्वार्थमा ख्ह्याल्सलाई तहस नहस गरी आतंक मच्चाएको हुनाले अब तिम्रो विनाश निश्चित छ भनी अग्निवाण हान्यो । अग्निवाणको तेजले वीर मसानको स्वरुपमा रहेको मिक्रेँ झाँक्रीगुरुको असली रुप प्रकट भएर मृत्यु भयो । झाँक्रीको मृत्यु भएपछि दोबाटोमा लगेर दफन गरियो । 
     
यो परम्परा ठिनी ख्ह्याल्समा वर्षेणी दोहोरिदै आयो । कालन्तरमा यसले संस्कारको रुप लियो । गुरुङहरु जहाँ जहाँ बसाइ सर्दै गए पनि ‘ठ्होत्हेँ’को अवशेष जिवितै रहेको छ । यो पर्वको अवशेष तमूधीँ पोखराले विशाल जनसमुहको सहभागितामा आयोजना गर्ने ‘ठ्होत्हेँ’ पर्वले प्रमाणित गर्दछ । यो ‘ठ्होत्हेँ’ भन्ने शब्द अपभ्रंश भएर ‘ठोँडे वा ठोँढे’ जे भनिए तापनि मुल भावमा अन्तर छैन । तमू धीँ पोखराको कार्यक्रमले निरन्तरता पाउन । 
     
गुरुङ ‘ठ्होँत्हेँ’ पर्वको वारेमा प्रस्तुत गरिएको गुरुङ भाषाको सामाग्रीहरु तपाइँलाई कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? कहाँ के परिमार्जन गर्न आवश्यक छ ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेको कमि कमजोरीहरुलाई बिद्धान पाठकहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । लेखक । 

चोग डीबी गुरुङ भाषा, साहित्य, संस्कृति र बुद्ध दर्शनको विद्यार्थी हुन् ।
3/28/2020
Gurung Language & Culture

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

1 टिप्पणियाँ:

  1. ज्यादै खुशी लाग्यो यो ट्होत्हेँ बारे धेरै बुझ्न पाएँ यहाँ हरु सम्पुर्णलाई धन्यवाद।

    जवाब देंहटाएं

If you have any doubt, please let me know your message to help.