Gurung Basic Grammar, part: VIII.

गुरुङ आधारभूत व्याकरण, भागः ८          

A motto of Gurung language.
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाई ‘गुरुङ स्कुल’को ब्लगमा स्वागत गर्दछु । संवत २०६९ सालमा प्रकाशित ‘तमू क्योए दे प्यक्ष्या’ नामक पुस्तकको सामग्रीहरुलाई केही संशोधन र परिमार्जन गरी, ‘गुरुङ आधारभूत व्याकरण, भागः ८’ शिर्षकमा ब्लग मार्फत पाठकहरु समक्ष पुनः पस्कने प्रयास गरेको छु । गुरुङ भाषाको वर्तमान अवस्थालाई नियालेर हेर्दा, बिभिन्न गाउँ र ठाउँ अनुसार स्थानीय भाषा, भाषी, भाषीका, लय, रानी, बानी र थेगोमा धेरथोर फरक हुनु स्वभाविकै हो । तर, मूल भावमा खासै अन्तर छैन । बिद्धान पाठकहरुलाई प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको भन्ने कुरा मनमा लागेमा आफन्तहरुलाई पनि शेगर गर्नु होला ।

२६. विग्रह (प्रेँब) Separation:
शब्द रचनामा समास र सन्धि गरिएका शब्दहरुलाई टुत्र्mयार राख्ने क्रियालाई विग्रह भन्दछ । तमू भाषामा विग्रहलाई (प्रेँब) भन्दछ । समास र सन्धि शब्दहरुको मेल हो भने, विग्रह त्यसको खण्ड हो । समास र सन्धिमा शब्दको आकार छाँटिन्छ तर, विग्रहमा फुक्दछ । उदाहरणः

समास वा सन्धिबाट बिग्रह गरिएका शब्दहरुः
स्योँतुँब (दुइ नदीको संगम, दोभान)
नालङ्हि (दुइटा नाल भएको बन्दुक)
सुँसोँ (तीनवटा शूल भएको कुनै हतियार)
ङ्हिम्ले (एकैसाथ जन्मिएको जाम्ले बच्चा)   
लेङ्हि (दुइजिब्रो भएको वा कुरा फेरिरहने मानिस)
ङ्हिसाँध (दुइवटा साँध भएको दोसाँध) 
सैँएङ्हि (दुइ मनको मानिस वा दोमन)        
क्रोग्य (गहुँझै गोरो मानिस)
प्लिकुना (चौकुना भएको समूह वा वस्तु)
ह्रिँफ्ले (लामो खुट्टा भएको किरा, लामखुट्टे)
न्हह्रि (लामो कान भएको मानिस)
ङ्हिप्ले (दुइ कप्टेरा पारेको बाँस) 
फ्ह्रिक्ष्याख्हो (व्याकरण, भाषाको नियम)

२७. शब्द रचना (ताँफुँ स्युब) Word structure:
भाषाको मूल गाँठो भनेकै शब्द हो । शब्द रचना गर्दा आ–आफ्नै तरिका र नियमहरुले बाँधिएको हुन्छ । गुरुङ भाषामा पनि आफ्नै नियमहरु छन् । शब्द रचना गर्दा दुइवटा आधा व्यञ्जनहरु एकै ठाउँमा राख्न मिल्दैन । जस्तैः म्ल्ह, ङ्ह्य, फ्ल्ह, फ्ल्हेँ, ध्ल्हा, ख्ल्हे, म्ह्योँ, म्ह्या आदि । गुरुङ भाषामा धानलाइ (म्ल्ह) भन्द छ । तर, व्याकरणको नियम अनुसार एकै ठाउँमा खुट्टा काटेर दुइवटा आधा व्यञ्जनहरु एकैसाथ राख्न मिल्दैन । त्यसैले (म् + ल + ह) (म्लह) लेख्नु पर्छ ।

(क) मौलिक शब्दको चयनः
भाषा र साहित्यमा मौलिक शब्दहरुको बढी मात्रामा चयन गर्न सकेमा रचना उत्तम हुन्छ । यसबाट भाषामा मौलिकपन आउनुका साथै मिठास र ओजपूर्ण पनि हुन्छ ।  जस्तैः
काम्लोये लारा (गिठाको लहरा) । तिमिये ठ्हो (तरुलको गाँठो) ।
फुइदीये लाङग्र (उखुको लाँक्रो) । म्ल्हये ना (धानको बाला) ।
ननये सारा (तोरीको पूmल) । लबुये चाना (मुलाको चाना) ।
पिँठ्हाये खैडु (सागको गुन्द्रुक) । प्रुमुये छोब (टिमुरको अचार) ।
नङिये रेँग (उवाको भाङ्ग्रा) । लमैये चिचिला (काँक्रोको चिचिला) ।
तोँरये ह्रिना (काउनुको बाला) । नारेये कापु (कोदोको बाला) ।
मकैये घोगो (मकैको घोगा) । कैँइये तक्ला (भातको चोइलो) ।
पैगोँये नाला (ढिडोको नाला) । ठाये नाँ (तिहुनको चौटा)
ठाये खुगु (तिहुनको झोल) । धीँये मुखु (घरको धुरी) ।
फ्ह्रोँये च्योक्रे (गोठको भाटा) । ङ्ह्यये तर (दूधको तर) ।
क्ष्युगुये खार (ध्यूको खार) । क्युँ म्हहि (अमिलो मही) । 
भदलाये कुराउनी (भदलाको कुराउनी) । टये सारा (पूmल्न लागेको पूmल) ।
क्वैँएँये छारा (नयाँ कपडा) । थाँसब ट (सुगन्धित पूmल) आदि ।


२८. शब्द भेद (ताँफुँ फेलब) Word differences:
कुनै पनि भाषा भित्र रहेका भाषिक जटिलतालाई शब्द भेद भन्दछ । शब्द भेदलाई तमू भाषामा (ताँफुँ फेलब) भन्दछ । भाषालाई शुद्ध र तिक्खर बनाउँनका लागि शब्द भेदको जटिलता र उनको विशेषतालाई राम्रोसंग बुझ्न आवश्यक हुन्छ । यी शब्दहरु पर्यायवाची जस्तै देखिए तापनि हिज्जेमा फरक हुन सक्ने र अर्थ पनि अलग लाग्ने भएकोले ती शब्दहरुको अर्थ र कहाँ कसरी प्रयोग गर्ने भन्ने बारेमा सामान्य तरिकाले व्याख्या गरिएको छ । उदाहरणः 

शब्द भेद (प्रयोग):
कए = स्वर (असब कए) ।। कैँइ = भात (कैँइ चद्) ।।
कुब = ओड्ने (बक्खु कुब) ।। कुँब = बस्ने (खाटर कुँब) ।।
कुबँ = ओड्ेको (बक्खु कुबँ) ।। क्यु = पानी (क्यु थुन) ।।
क्युउ = भेडा (क्युउ छने) ।। क्वैँए = कपडा (क्वौँए खेद्) ।।
क्वैँएँ = नाति (क्वैँएँ खइ) ।। क्लोद् = जोत्नु (क्ला क्लोद्) ।।
क्लोँद् = खेल्नु (गिन क्लोँद्) ।। क्वे = गीत (क्वे फ्रिँइद्) ।।
क्वै = मौरी (क्वै थोद्) ।। क्रोद् = डढ्नु (कैँइ क्रोद्) ।। 
क्रोवद् = रुनु (बेले अक्रोद्) ।। खिद् = भेर्नु (खोर्पेटो खिद्) ।।
खिइद् = सापट लिनु (मुइ खिइद्) ।। ख्होँएद् = नाप्नु (म्रोँ ख्होँएद्) ।।
ख्होएद् = छान्नु (पा ख्होएद्) ।। खेएद् = लाउँनु (क्वैँए खेएद्) ।।
खेद् = पढ्नु (बेले खेद्) ।। ङर = निर (ङ ङर खो) ।। 
ङार = नजिक (ङ ङार खो) ।। ङाब = चुस्ने (फुँइदी ङाद्) ।।
ङाँब = मन पर्ने (ङाब म्हि) ।। ङ्हाँब = लाग्ने (ङ्हाँब खुदु) ।।
चिद् = बिचार गर्नु (छ्याँने चिद्) ।।  चिँइद् = बाँध्नु (छ्याँने चिँइद्) ।। 
चिइबँ = छिप्पेको (बेले चियबँ) ।। चिब = भलादमी (ङ्योये (चिब) ।।
चुद् = बसाल्नु (कैँइ चुद्) ।। चुँद् = भुक्नु (नक्यु चुँइ) ।।
चुँउद् = बेच्नु (क्वैँए चुँउद्) ।। च्यु = दस (च्युसम्म च्योद्) ।।
च्युउ = भेटी (च्युउ पोगो) ।। चोद् = भाँच्नु (मकै चोद्) ।।
च्योद् = हेर्नु (चाले च्योद्) ।। च्योँब = सानो (च्योँब अलि) ।।
चौद् = खोप्नु (खोप चौद्) ।। च्यौद् = गन्नु (छ्याँने च्यौद्) ।।
छब = तातो (छब कैँइ) ।। छाब = तास्ने (तो छाब) ? 
छोब = अचार (सब छोब) ।। छोब = मोटो (छोब म्हि) ।।
छौब = साढु (छौब खइ) ।। छोँ = व्यापार (छोँर याद्) ।।
छौँ = गुड (निमीये छौँ) ।। टोब = न्यानो (टोब क्वैँए) ।।
टोवद् = फाट्नु (क्वैँए टोवद्) ।। ताद = फर्काउनु (क्वैए ताद) ।।
ताद = खन्नु (म्रोँ ताद) ।। ताँद् = हान्नु (बेले ताँद्) ।।
तिद् = फोर्नु (युम तिद्) ।। तिइद् = टिप्नु (कोया तिइद्) ।।
तेद् = खस्नु (मा तेद्) ।। तेँद् = निकाल्नु (माले तेँद्) ।।
तोद् = कमाउनु (कोरे तोद्) ।। तोँद् = रमाउनु (बेले तोँद्) ।।
थुद् = टिप्नु (नारे थुद्) ।। थुँद् = पिउनु (नारेपा थुँद्) ।।
थेद् = सुन्नु (छ्याँने थेद्) ।। थेँद् = राख्नु (चुर थेँद्) ।।
थोरद् = आगो पार्नु (मि थोरद्) ।। थ्होरद् = निखार्नु (क्वैँए थ्होरद्) ।।
ना = सिँगान (ना फ्योद्) ।। नाँ = पानी (नाँ युइ) ।।
नासा = गाउँ (नासा खइ) ।। नाँस = बिहान (नाँस तइ) ।।
न्हेद् = दगुर्नु (बेले न्हेद्) ।। न्हेँद् = बिसाउनु (चुर न्हेँद्) ।। 
नोद् = बोक्नु (तो नोद्) ।। नोँद् = नुगाउनु (माले नोँद्) ।।
नोँद् = पर्मा लाउनु (तिगै नोँद्) ।। पाद् = पुर्नु (होँ पाद्) ।।
पाँद् = पस्काउनु (कैँइ पाँद्) ।। पाँद् = भिजाउनु (क्वैँए पाँद्) ।।
पिद् = बोक्रो छुट्याउनु (सुन्तला पिद्) ।। पिँद् = दिनु (चाले पिँद्) ।।
पिइद् = छोड्नु (चुरोट पिइद्) ।। प्रिद् = बार्नु (न्हाँगै प्रिद्) ।।
पिँ्रइद् = हान्नु (बेले प्रिँइद्) ।। पोब = सुहाउने (बेले छ्याँने पोब) ।।
पोँब = बोल्ने (तमू क्योए पोँब) ।। प्रद् = हिँड्नु (छ्याँने प्रद्) ।।
प्रद् = केलाउनु (पए प्रद्) ।। प्राद् = च्यात्नु (मकै प्राद्) ।।
प्रेद् = पिस्नु (छोब प्रेद्) ।। प्रेँद् = पर्खनु (क्याँर प्रेँद्) ।।
प्रो = पिठो (ताग्र्य प्रो) ।। प्रोँ = चोयाको भ¥याङ (प्रोँ थाद्) ।।
फ = लोग्ने (ङये फ) ।। फो = पेट (फो नइ) ।।
फारबँ = हुर्केको (फारब चमी) ।। फ्हारबँ = फुलेको (फ्हारबँ ट) ।। 
मि = आगो (मि त्हद्) ।। मिँ = नाम (मिँ फ्ह्रिद्) ।।
मिइ = आँखा (मिइ च्योद्) ।। मु = छ (चर होँ मु) ।।
मुँ = आकाश (मुँ ङ्हयइ) ।। मुइ = रौँ, भुत्ला (मुइ तिद्) ।।
मुँइ = पैसा, दब्य (मुँइ छोद्) ।। म्रोद् = घोच्नु (खुँर म्रोद्) ।।
म्रोँद् = देख्नु (छ्याँने म्रोँद्) ।। म्य = गाई (म्लाँेग्य म्य) ।। 
म्ये = तीर (म्ये त्हलेँ) ।। म्लेद् = भुल्नु (ताँ अम्लेद्) ।।
म्लैद् = छेँड्नु (खुँ म्लैद्) ।। योद् = चोर्नु (क्वैँए अयोद्) ।।
योँद् = पाउँनु (बेले योँद्) ।। रोद् = सुत्नु (छ्याँने रोद्) ।।
रोँद् = छाम्नु (छ्याँने रोँद्) ।। रोँवद् = धुवाउनु (मिखु रोँवद्) ।।
लि = भ¥याङ (लि छ्याँने क्रेद्) ।। लिइ = अनुहार (लिइ ख्रुद्) ।।
लोवद् = सिक्नु (खेब लोवद्) ।। लोँद् = तर्सनु (म्हि अलोँद्) ।। 
लौद् = मथ्नु (म्हही लौद्) ।। लुद् = ढाँट्नु (म्हि अलुद्) ।।
लुद् = बस्नु (चर लुद्) ।। लुँद् = बल्नु (मि लुँद्) ।।
लुँद् = गेँड्नु (मुँडा लुँद्) ।। स = माटो (स ताद्) ।।
स्ह = दाँत (स्ह म्याद्) ।। सि = चामल (मार्सी सि) ।।
सिँ = दाउरा (सिँ थुद्) ।। सुउ = रिस (सुउ अखद्) ।।
सुँ = मुख (सुँ फैद्) ।। सु = को (च सु चा) ?
सएद् = केलाउनु (कोया सएद्) ।। सैएद् = कोर्नु (क्र सैएद्) ।।
सैद् = मार्नु (नक सैद्) ।। सोब = पिरो (सोब ट्हा) ।।
सोँब = सुकाउने (क्वैँए सोँब) ।। सौब = थप्नु (क्वैँए सोब) ।।
स्येद् = नाच्नु (नाच स्येद्) ।। स्यद् = चिन्नु (कखर स्यद्) ।। 
होँद् = पस्नु (धीँर होँद्) ।। होँवद् = बफाउनु (कोया होँवद्) ।।
ह्रिद् = माग्नु ( म्हही ह्रिद्) ।। ह्रिँद् = लामो हुनु (आयु ह्रिँद्) ।।
क्ष्याद् = फाँड्नु (खोरिया क्ष्याद्) ।। क्ष्ह्याद् = मार हान्नु (मार क्ष्ह्याद्) ।।
क्ष्याँद् = घुलमिल हुनु (प्रेडीदि क्ष्याँद्) ।।

२९. शब्द समृद्धि (ताँफुँ म्योँब) Word store:
शब्द समृद्धि भनेको सम्पन्न, उन्नत, उन्नतशील, सम्पन्नता हो । यसलाई गुरुङ भाषामा (ताँफुँ म्योँब) भन्दछ । साहित्यको फाँटमा मौलिक शब्दले मात्र शब्द भण्डार पूर्ति हुन सक्दैन । त्यसैले, शब्द समृद्धिका लागि आगन्तुक, प्रभावित र आयातित शब्दहरुलाई पनि आवश्यकता र लोकप्रियताको आधारमा प्रयोग गर्न सकेमा उपयुक्त हुन्छ । कतिपय अवस्थामा शब्दहरुलाई आयात नै गर्नु पर्ने अवस्था पनि श्रृजना हुन सक्दछ । 
   
गुरुङको ऐतिहासिक पृष्ठभूमिलाई सरसरती हेर्दा विज्ञान, विकास तथा औद्योगिक क्रान्तिका झलकहरु देखिदैनन् । अब, तितो सत्य के छ भने, गुरुङ भाषामा एयरपोर्टलाई के भन्ने ? किनभने गुरुङ भाषामा एयरपोर्ट भन्ने शब्दको सायद विकास नै भएन होला ! त्यसैले, आधुनिक विकास र प्रविधिसंग सम्बन्ध राख्ने शब्दहरुलाई हुबहु आयात नै गरी पूर्ति गर्नु पर्ने हुन्छ । त्यसो भएन भने गुरुङ भाषा समृद्धि हुन सक्दैन । समृद्धि नभएको साहित्य तिक्खर हँुदैन । साहित्यको विशेषता भनेकै यही हो । 

३०. वाक्य रचना (कएताँ स्युब) Sentence structure:
भाषालाइ शुुद्ध एवंं सरल बनाउन आवश्यकता अनुसारका शब्दहरु मिलाएर राख्ने क्रमलाइ (कएताँ स्युब) वाक्य रचना भन्दछ । यसबाट शब्दहरुको आपासी सम्बन्ध र कर्ताले भन्न खोजेको अभिप्राय स्पष्ट हुुन्छ । तमू भाषामा शब्द रचना गर्दा कर्ता + कर्म + क्रिया (भारे + क्र + पार्क) हुन्छन् । जस्तैः
   
भारे (कर्ता)   क्र (कर्म)   पार्क (क्रिया)
म           भात       खान्छु ।
ङ           कैँइ        चम् ।।

उपरोक्त वाक्यमा (म)ले कर्ताको, (भात)ले कर्मको र (खान्छु)ले क्रियाको संकेत गरेको छ । म भात खान्छु । (ङ कैँइ चम्) ।। भन्नाले यहाँ एउटा साधारण वाक्यको रचना भएको छ । यसै अनुरुप आवश्यकता अनुसार भाव, समय, उद्देश्य र अवस्थाहरुको संयोजन गरी वाक्यहरुको रचना गर्न सकिन्छ । शब्दहरुको सही तरिकाले चयन गर्न सकेमा रचनामा मिठास आउनुका साथै सरल एवंं उत्कृष्टता पनि झल्किन्छ ।

३१. उत्कृष्ट रचना (बेछ्याँ फ्ह्रिक्ष्या) Creative writing:
उत्कृष्ट रचनालाई तमू भाषामा (बेछ्याँ फ्ह्रिक्ष्या) भन्दछ । उत्कृष्ट रचनाका लागि भाषा र शब्द भेदको पूर्ण जानकारी हुन आवश्यक छ । साथै शब्दहरुको प्रयोग राम्रो तरिकाले हुनु पर्छ । शब्दको छनोट गर्दा पनि छोटो, मिठो, सजिलो, र जनजीवनमा बढी प्रयोग हुने खालको हुनु पर्दछ । यसबाट वाक्यमा शब्दहरुको मेल बेजोड हुनका साथै कर्ताले भन्न खोजेको कुरा पनि प्रष्ट हुन्छ । 
   
यसैगरी विषय वस्तु, अवस्था, सन्दर्भको माग अनुसार चिन्हको प्रयोग र उपमाहरुका साथै उखान–तुक्का पनि दिन सकेमा रचनाको स्तर उत्कृष्ट हुनुकासाथै लेखन कुशलताको पनि विकास हुन्छ । रचनामा शब्दहरुको प्रयोग गर्दा एउटा वाक्यमा एकै किसिमका वा पर्यायवाची शब्दहरुको एक पटक भन्दा बढी प्रयोग गर्न हँुदैन । प्रसंग, सन्दर्भ र भनाइ पनि दोहोरिन दिन हुँदैन । यसरी लेखिएका रचनाहरु सलल बग्ने भएकाले पाठकहरुले पढ्दा उत्कृष्ट स्वादको अनुभूति हुन्छ । यिनै विधिहरु उत्कृष्ट रचनाका मौलिक कला हुन् । 

गुरुङ आधारभूत व्याकरण, भागः ८मा प्रस्तुत गरिएको गुरुङ भाषाको सामाग्रीहरु तपाइँलाई कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? यसलाई कसरी परिमार्जन गर्न सकिन्छ ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेका कमि कमजोरीहरुलाई बिद्धान पाठकहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । घन्यवाद ।      

चोग डीबी गुरुङ ‘तमू क्योए दे प्यक्ष्या’को लेखक हुन । 
3/21.2020.
Gurung Language & Culture.

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

2 टिप्पणियाँ:

  1. डीवी म्हिथेवामा थपौं सम्मानका दुई शव्दः-
    वहाँ त हामी तमू गुरुङ्ग जातिको भाषा लिपी धर्म संस्कार संस्कृति रितिथिती रोस रोवास सिल सुवास परम्परा जस्ता प्रत्येक हाँगा डाँडी तथा आख्ला आँख्लाका विश्लेषक हुनु हुन्छ । अर्थात तमू नासा गुरुङ्ग गाउँमा जन्मि भेडी गोठमा हर्केका शहरमा पढेर वढेका मस्र्याङ्गदी नदीको माछा झैं सयौं हुण्डरी खाएर जोदा वन्नु भएका खाँटी सपुत हुनु हुन्छ । आफै लामा कुलमा जन्मि ज्ञान गुण लिनु भएका पर्से घले राजा यम्फावति रानी वारेको ईतिवृक्ति कुसुण्डि चरित्रका ज्ञाता हुनु हुन्छ । तमू समाजमा विद्यमान रोधीं सोह्रठी घाँटु चरित्रका जानाकार तथा मूुखिया जिम्मुवाल द्धारे चौतारे अमली सुव्वा समेतको अख्तियारी वारे राम्रो अनुभूति छ । वहाँले हामी तमू गुरुङ्गहरुलाई तमू लिपीको परिमार्जन भाषा संवन्धमा शव्दकोष र व्याकरण समेत तैयार पारेर पस्कनु भएको छ । हाम्रो धर्म संस्कार संस्कृति तथा सामाजिक परम्परा एवं तमूको वेद क्यार्लों क्ल्हे सोंदी प्ह्रेसोंदी पूर्खा आजी खे आजीमाँ आदी वारेमा हाम्रा भावी पिंडीहरुलाई सिकाउँदै जस्ताको तस्तै पुश्ता हस्तान्तरण गर्ने अथक प्रयत्न गरी रहनु भएको छ ।
    भगवान वुद्धका दर्शन वारेको गहिरो अध्ययन तथा ज्ञान प्राप्तिको फलस्वरुप वुद्ध वचन वाचन गरी रहनु भएको छ । त्रीरत्न, चार आर्य सत्य, अष्टाङ्गीक मार्गका प्रखर वक्ता तथा सक्षमता राख्नु हुने म्हिथेवा त हाम्रा साक्षत शास्ता (सिकाउँने सफल गुरु) हुनु हुन्छ । हामीलाई यसरी गौरवको अनुभूति दिलाई रहनु भएको छ । यति मात्र कहाँ हो र ? लेखेर प्रतिभा र क्षमता प्रदर्शन गरी अभियन्ता वन्न चहाने हामी सवैलाई पहिला “गुरुङ राईटर्स डट कम” र अहिले अनलाईन व्लग जस्तो मञ्च तैयार पारी दिई रहनु भएको छ । यि सव कुरामा पारङ्गत तथ्य मनन गरेर वहाँलाई हामी सवैले सादर सम्मान गरौं । साधु ! साधु ! जय वुद्ध !
    -अरुण कुमार गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका

    जवाब देंहटाएं

If you have any doubt, please let me know your message to help.