Ghantu, A lyric poet of Gurung.


गुरुङको मौलिक संस्कृति ‘गीति काव्य घाँटु’ 

नमस्कार,
Ghantu, A lyric poet of Gurung.
Ghantu dancer
म स्वतन्त्र लेखक चोग डीबी गुरुङ हो । यो लेखमा गुरुङ जातिको मौलिक संस्कृति ‘गीति काव्य  घाँटु’लाइ ब्लक मार्फत पाठकहरु समक्ष पुनः पस्केको छु । गाउँ र ठाउँ अनुसार घाँटुको अभ्यासमा धेरथोर फरक हुन सक्दछ । तै पनि मूल भावमा खासै अन्तर छैन । बिद्धान पाठकहरुलाइ लेखको मर्म र भावना घत लागेमा आफन्तहरुलाइ पनि शेगर गर्नु होला ।  
      
१. परिचयः
घाँटु भनेको अंग विन्यासद्धारा मन्द गतिमा प्रस्तुत गरिने एक किसिमको कलात्मक एवं अलौकिक नृत्य हो । लयबद्ध भाषामा रागद्धारा गाइने गुरुङहरुको मौलिक गीति काव्य हो । लमजुङको ‘ख्याल्बो रोजा’ उपनाम भएको पर्सैं ख्ले (क्ले) भन्ने परसुराम घले राजा र रानी यमावतीको वीरगाथा र अमरगाथा गीतकै लयमा गाएर संझना गरिन्छ । यो घाँटु माघ महिनाको श्रीपञ्चमीको दिनमा स्थापना गरेर तीन महिनसम्म औसी, पूर्णिमा र गाउँ बार्ने दिनहरुमा लगातार अभ्यास गरी, बैसाख पूर्णिमाको अघिल्लो दिनदेखि सजिएको मञ्मा प्रर्दशन गरिन्छ । पूर्णिमाको दिनभरि प्रर्दशन गरेर भोलि पल्ट सूर्यास्त नहुँदै देउराली डाँडामा लगेर समापन गरिन्छ । यसरी संस्कृतिक पर्वको रुपमा गुरुङको घले राजा र रानीलाइ राजकीया सम्मानका साथ श्रद्धान्जली सहित घले जयन्ति मनाइएको हो, भन्ने कुरा घाँटुको कथा वस्तुले प्रमाणित गर्दछ । 
   
   
२. घाँटुको शाब्दिक अर्थः
यो घाँटु दुइवटा शब्दहरुको संयोजनबाट बनेको छ । ‘घाँ+टु = घाँटु’ । ‘घाँ’ भनेको तमू भाषाको मूल शब्द ‘गह’ अर्थात घाउको वहुरुपी स्वरुप हो । कहिलै निको नहुने ऐतिहासिक घाउ हो । ‘टु’ भनेको तमू भाषाको मूल शब्द ‘टुब’ अर्थात् सिलाउनु हो । त्यसैले, इतिहासको कालखण्डमा गुरुङको लोकप्रिय घले राजालाइ शाह राजाले गेँडाइ दिएपछि गुरुङ समुदायमा पर्न गएको ऐतिहासिक घाउलाइ मन्द गतिको अलौकिक नृत्य र रागद्धारा गीत गाएर घाउलाइ सिलाएर मलम लगाउन प्रयत्न गरिएको यो मौलिक गीति काव्य हो । 
   
३. ऐतिहासिक पृष्टभुमिः
घाँटुको ऐतिहासिक पृष्टभुमिलाइ छोटकारीमा भन्नु पर्दा, हिजो ख्होल–सोँ–थरको राजा दबु ख्याल घलेको सन्तान थिएन । त्यसैले, दरबारमा विर्यदान महायज्ञ भयो । यज्ञबाट १६ वर्षे दिव्य कन्याको जन्म भयो । दिव्य कन्या अत्यन्तै सुन्दरी एवं बत्तीसै लक्षणले युक्त भएकीले ‘यम ह्याकुती’ नाम राखियोे । (गुरुङ भाषामा ह्याकुतीको अर्थ इन्द्रेणी हुन्छ) 

यम ह्याकुतीको दिव्य जन्मको पावन अवसरमा तीन दिनसम्म दीपावली गरी भव्यरुपमा जन्मोत्सव मनाइयो । ‘ख्होल–सों–थर’को जनजीवनको जिब्रोमा यम ह्याकुती भनेर पूर्णरुपमा स्पष्टसंग उच्चारण गर्न असजिलो भएको हुनाले यमाकुती, हेमावती, युमावती भन्दै कालन्तरमा ‘यमावती’ नाम प्रचलित हुन गयो । 
   
४. यमावतीको विवाहः
उनकोे विवाह ‘ख्होल–सों–थर’को महामन्त्री अरसु घलेको छोरा पर्सै ख्ह्ले (क्ले) भन्ने परसुराम घलेसंग राजपरिवारको परम्परानुसार सम्पन्न भयो । त्यस समय उनले घलेसंग एउटा वाचावन्धन गरेकी थिइन । त्यो के थियो भने ‘रानी पहिले मरे राजा जोगी भएर जंगल जाने र राजा पहिले मरे राजासंगै रानी पनि सती जाने’ थियो । 
   
५. नरसंहारः
हिजो राज्यमा विद्रोह हुँदा दबु क्याल घलेले विद्रोह दबाएर सत्तामा आएका थिए । तिनै विद्रोही समूहका भाइ छोराहरु राजासंग बदला लिने उद्देश्यले विवाहको अवसरमा जलपानले लठ्ठिएको उपयुक्त मौका छोपी हतियार सहित लुकिछिपी राजदरबार पसी सबै भारदारहरुलाइ नरसंहार गरे । राजा रानीको त्यही मृत्यु भयो । 
   
६. संकटकालः
ख्होल–सों–थरमा संकटकाल भएपछि परसुराम घले र यमावतीले केही भारदारहरु लिएर पूर्वदिशा तिर आए । पाँच गाउँ कोँम्रो गाउँदेखि माथि म्हिल्दोकोटमा केही समय बसे । त्यसपछि लमजुङ १० थर डाँडा पोँजुकोँमा आफ्नो राज्य स्थापना गरे । घले राजाले राज्यको नाम ‘लमचुँ’ र राजसभाको नाम ‘नालछोज’ नामकरण ग¥यो । मन्त्रीलाइ ‘ख्याल’ भन्ने पद दियो । पछि घले राजाको पतन भए पछि सो गाउँ घलेगाउँको नाउँबाट परिचित भयो । उनका शाखा सन्तानको रुपमा ख्होलसोँथर गाउँ पालिकाको प्रमुख प्रेम घले, पूर्वप्रधानाध्यापक गंग बहादुर घले, खरबपति शेष घले, जमदार लिल बहादुर घले, अश घले आदिले हालसम्म पनि विडो धानी राखेका छन् । हाल घले गाउँ नमुना पर्यटन केन्द्रको रुपमा विकास गरिएको छ ।         
    
७. घाँटुको जन्मः
घाँटुको जन्म कहाँ र कसरी भयो भनि भन्दा, हिजो लमजुङको घले राजाले सिकार खेल्ने निहुमा कालु शाहको हत्या ग¥यो । कालु शाहको हत्या घले राजाले गरेको हुनाले राजा यशोब्रम्ह शाहको घले राजासंग नराम्रो इबी थियो । त्यसो भएको हुनाले शाह राजाले घले राजालाइ जसरी पनि सिध्याउने कपट उद्देश्य लिएर शान्ति संझौता गरौं भनेर प्रस्ताव ग¥यो । सोझो मन भएको घले राजाले शान्ति संझौताको प्रस्ताव स्वीकार ग¥यो । 
   
अन्तमा, बेसिशहरदेखि मस्र्यङदी नदीको तिरैतिर उत्तरतिर खुदी बजार जाने बीच बाटोमा लामा गाउँदेखि पूर्वतिर बग्दै आएको भलम खोला माले बगरमा मस्र्याङदी नदीमा मिसिन्छ । त्यही दोभानमा बैसाख पूर्णिमाको दिनमा शान्ति संझौताको मिति तोकियो । शान्ति संझौतामा निशस्त्र उपस्थित हुने शर्त पनि दुबै राजाबाट स्वीकार भयो । तोकिएको मिति र समयमा भलम खोलाको दोभानमा आ–आफ्ना सेना सहित उपस्थित भए । शान्ति संझौताको प्रस्तावमा छलफल भयो । छलफलबाट कुनै निर्णय हुन नसकेपछि छलकपटमा निपुण भएका शाह राजाका सेनापतिले राति नै बालुवा मुनि लुकाएर राखेका हतियारहरु झटपट निकालेर घले राजालाइ गेँडाइ दिए । रानी यमावतीले राजा गिँडिएको खबर पाएपछि थालमा दूध हाली आफ्नो दिव्य शक्तिद्धारा राजाको अवस्था हेरिन् । त्यसरी हेर्दा, रानीले दूधमा रगतै रगत जमेको देखेपछि राजाको मृत्यु भइसकेको विश्वास भयो । त्यसपछि आफ्नो दरबारमा भएका चलअचल धनसम्पत्तिहरु मन्त्रीलाइ र नाबालक बरसु घलेलाइ धाइ आमासंग सुम्पेर आफुले गरेको वाचाबन्धन अनुसार मालेबगर पुगी राजासंगै सती जान चित्तामा बसिन् । 
   
राजाको मृत शरीर आगोले भष्म ग¥यो । तर, रानीलाइ आगोले छोएन । नछोएपछि मेरो मृत्यु कहाँ छ भनेर नजिकैको मस्र्याङदी नदीमा पसिन् तर, नदी थपक्क जम्यो । किनभने, यमावती दिव्य जन्म भएकीले आगोले पोल्न नसक्ने, हुरी बतासले उडाउँन नसक्ने, पानीले बगाउँन नसक्ने र युग युगसम्म अमर हुने वरदान प्राप्त थिइन । त्यसैले, आफ्नो मृत्यु खोज्न जंगलमा पसिन् । जंगल पसेपछि कुसुण्डी भइन् । त्यहीबाट गुरुङ संस्कृतिमा घाँटुको जन्म हुन्छ । अर्थात् रानी यमावतीनै घाँटुको मूल विज हो । रानी यमावती सती गएकी स्थान, भलम दोभानलाइ ‘सतीघाट’ पनि भन्दछ । 
   
८. सती घाँटुको स्थापनाः
लमजुङका राजा परसुराम घलेको जन्म माघ महिनाको श्रीपंचमीको दिनमा भएकोले उनको अमर गाथाको स्मरण गर्नका लागि श्रीपञ्चमीकै दिनमा घाँटुको स्थापना गरिन्छ । अब, गाउँमा घाँटु सञ्चालन गर्ने निधो भएपछि माघ महिनाको श्रीपञ्चमीको दिनमा गाउँका पञ्च भलादमीहरु, घाँटुगुरुहरु, गुरुआमाहरु र रोघीँका युव युवतीहरु गाउँको प्रमुख भलादमीको घरमा जम्मा हुन्छन् । यस पटकको घाँटु कस्ले राख्ने भन्ने बारेमा अघिल्लो दिनमै निधो भइसकेको हुन्छ । त्यसैले, त्यो दिनमा एउटा औपचारिकता मात्र पुरा गर्न घाँटु राख्ने समूहले एउटा रक्सीको पुङमा तीनपट्टि नौनीध्यू लगाएर मुखमा केराको पातले बाँधेर प्रमुख भलादमीको अगाडि सगुनका रुपमा चढाउँछन् । त्यसरी चढाउँन आएपछि मुख्य भलादमीले पनि सगुन स्वीकार गरी, त्यो वर्षको घाँटु सञ्चालनमा आवश्यक पर्ने सम्पूर्ण जिम्मेवारी त्यो समूहलाइ सुम्पिन्छ । यसरी, जिम्मेवारी लिनेहरुमा रोधीँ परिवार नै बढी हुन्छन् । रोघीँ नभएका गाउँहरुमा आमा समूह र पञ्च भलादमीले पनि जिम्मेवारी लिने गर्दछन् । घाँटु व्यवस्थापनका लागि समूहबाट एक जना विश्वाशिलो व्यक्तिलाइ ‘डिठा’ भनेर चुनिन्छ । घाँटुको स्थापनादेखि समापनसम्मको सम्पूर्ण कार्यभार डिठाको निर्देशन अनुसार हुन्छ । 
   
९. घाँटुनीहरुको चयनः
त्यो दिनमा दुइ जना नयाँ घाँटुनीहरुको चयन गरिन्छ । त्यसरी चयन गर्दा ११, १२ वर्ष पुगेको कुकुरले नटोकेको, सर्पले नटोकेको र ढिकी झाँतोले हात खुट्ट नबिगारेको कन्याहरुलाइ चयन गरिन्छ । चयन गरिसकेपछि ती कन्यहरुको हात खुट्टका नङहरु काटिदिने, नाक कानका गहनाहरु फुकाली पधेरामा लगि नुहाइ दिएपछि, गोबरले लिपेर वाला (बन केराको पात) ओछ्याएर त्यसमाथि घाँटुनीहरुलाइ बसाउँदछन् । घाँटुनीहरु अगाडि चोखो पानी, पूmलपाती र अक्षता राखी बत्ती बाल्छन् । त्यति काम भइसकेपछि घाँटुका गुरुहरु दाहिनेपट्टि र गुरु आमाहरु बायाँपट्टि बस्दछन् ।    
   
१०. प्रथम चरणः
त्यसपछि प्रमुख गुरुले पूmलपती हातमा लिएर घाँटुको इष्ट देवताहरुः हिमचुली, वरचुली, देवचुली, यमचुली र मनचुलीकासाथै सिल्दो, साक्षी, सिमे, भुमे, देवी, देउता, देउराली, भयारी, ल्ह, ल्हु, नाग, नागिनी आदि सबैलाइ पूजा गरी रागद्धारा एक चरण घाँटु गीत गाउँदछन् । यसरी गीत गाइसकेपछि घाँटुनीहरुको अंगमा घाँटु चढ्दछन् । घाँटु चढिसकेपछि भाले घाँटुनीले राजा र पोथीले रानीको स्वरुप धारण गर्दै मन्द गतिमा अलौकिक नृत्य प्रस्तुत गर्दछन् । प्रथम दिनमा यति कार्य सम्पन्न भइसकेपछि घाँटुको प्रथम साँगोपाँगो पूर्णरुपमा सफल भएको मानिन्छ । यसरी, श्रीपञ्चमीदेखि तीन महिनासम्म लगातार अभ्यास गरेर वैशाख पूर्णिमाको प्रथम प्रहरदेखि सिँगारिएको मञ्चमा प्रदर्शन गरी भोलि पल्ट बेलुकी पखा देउरालीको डाँडामा विधिवत पूजा गरी समापन गरिन्छ । 
   
११. घाँटुको भोजः
घाँटु पर्वको आमिदामीबाट जेष्ठ पूर्णिमाको आसपासमा गाउँका सम्पूर्ण मानिसहरु, भद्रभलादमीहरु, ज्वाइ चेलीहरु सहितलाइ निमन्त्रणा गरेर धुमधामका साथ (खुवइ) वनभोज खाने चलन रहेको छ । गीतकार एकेन्द्र गुरुङको प्रोफाइल पनि हेर्नुहोस् । 
   
घाँटुनीहरु गुन्यूचोली लगाएर गुरुङको भेषभूषामा सजिएकी हुन्छे । शिरमा धान भुटेर पूmलेको सेतो लयाँबाट मुकुट बनाएर लगाउँछिन् । जसलाइ राजा रानीको श्रीपेचको प्रतिक मानिन्छ । 

Ghantu a lyric poet of Gurung cluture l Gurung culture Ghantu
Ghantu dance, a lyric poet of Gurung culture.
१३. घाँटुको प्रकारः
घाँटुको प्रकारमा कुसुन्डी, सती र ब्राह्रमासे गरी तीन प्रकारका हुन्छन् ।  बाह्रमासे घाँटु विधिविधान पुराएर नाच्नु पर्दैन । विशेष गरेर रमाइलो चाड पर्व र अतिथिहरुको अनुरोधमा पनि प्रस्तुत गरिन्छ । यो घाँटुको गीत झ्याउरे भाषामा गाइन्छ । तर, वैशाख पूर्णिमादेखि पौष सुक्लपक्षसम्म सती धाँटुको नृत्य गर्न निषेध गरिएको हुन्छ । 
   
१४. घाँटुको मूल बिजः
कुसुन्डी घाँटुको मूल विज हो । कुसुन्डी घाँटु स्थापना गरेपछि घाँटुनीहरु गीतकै रागबाट बेहोसी अवस्थामा पुग्दछन् । बेहोसी अवस्थामै नृत्य प्रदर्शन गर्दछन् । सम्पूर्ण प्रदर्शन सम्पन्न भएपछि गीतकै रागबाट व्युउँझाउने कार्य हुन्छ । त्यसैले, यो घाँटु खतरनाक हुन्छ । परिपक्क गुरुहरु छैनन् भने यो घाँटु प्रर्दशन गर्न सकिदैन ।   
     
१५. कुसुन्डी घाँटुको कथाः
हिजो लमजुङ १० थर डाँडामा कुसुन्डी घाँटुको स्थापना भयो । गुरुले गीतकै रागबाट घाँटुनीहरुलाइ बेहोस बनाइ घाँटु प्रदर्शन ग¥यो । प्रदर्शन समाप्त भएपछि घाँटुनीहरुलाइ जगाउँनका लागि गुरुले गीतैबाट राग फर्कायो तर, घाँटुनीहरुलाइ जगाउँन सकेनन् । नसकेपछि मृत्यु भयो भनेर चिहान डाँडामा लगेर गाडियो । 
   
घाँटुनीहरुलाइ जिउदै गाडेको घटनाले यमावतीलाइ औधी पीडा भयो । त्यसैले, रानी यमावती जो सतीकाण्ड पछि कुसुण्डीको भेषमा जीवित थिइन, एक जना गोठाल्नीको भेषमा कुसुण्डी घाँटुको गीत गाउँदै चिहान नजिकै आइ पुगिन् । त्योे गीतले घाँटुनीहरु पुनः बोहोरिएर चिहान उठाउँदै निस्कियो । तिमीहरु को हौ भनेर गोठाल्नीले सोध्द हामीहरु कुसुण्डी घाँटुनीहरु हांै । तीन दिन अगाडि गुरुले रागबाट जगाउँन नसकेपछि हामीलाइ मृत्यु भयो भनेर यहाँ गाडिएको हो । तर, अहिले तपाइको गीतले हामीहरु बोहोरियौं भने । गोठाल्नी र घाँटुनीहरुबीच यति सम्वाद भएपछि गोठाल्नीले घाँटुनीहरुलाइ गाउँमा पु¥याइ दिए । घाँटुनीहरु बोहोरिएर आएको देखेर गाउँलेहरु सबै खुसी भए ।    
   
गोठाल्नीलाइ सम्मान गर्ने भनी गाउँलेहरु भेला भए । तर, गोठाल्नी जंगलतिर फर्किसकेकी थिइन् । उनी फर्किएको दुइ जना घाँटुनीहरुले बाहेक अरु कसैले पनि देखेनन् । प्रमुख घाँटु गुरुले उनी को थिइन भनीे ध्यान दृष्टिबाट हेर्दा, कुसुण्डी बनेकी रानी यमावतीनै गोठाल्नीको भेषमा आएर घाँटुनीहरुलाइ जगाएको विश्वास भयो । कुसुण्डी गीतको पूर्णपाठ सिक्न कुसुण्डीलाइ खोज्दै गुरु पनि जंगलै पसे । तर, गुरु कहिलै फर्किएन । त्यसैले, कुसुण्डीको पूर्णपाठको गीत कसैले पनि सिक्न सकेन । त्यहाँबाट गुरुङहरुले कुसुण्डी घाँटुको नाउँमा केही अंशमात्र प्रदर्शन गर्न थाले । त्यसैले, कुसुण्डी घाँटु नाउँमा मात्र जीवित रहन पुगेको छ । सती घाँटुको गीत सम्पादन हुदैछ । प्रतिक्ष गर्नु होला । 

यो सांस्कृतिक लेख तपाइँलाइ कस्तो लाग्यो ? कमि कमजोरी भएमा बिद्धान पाठकहरुले मन खोलेर प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । घन्यवाद ।      

चोग डीबी गुरुङ भाषा, साहित्य र संस्कृतिको विद्यार्थी हुन् । 
1/26/2020
   
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

1 टिप्पणियाँ:

  1. डीवी म्हिथेवामा थपौं सम्मानका दुई शव्दः-
    वहाँ त हामी तमू गुरुङ्ग जातिको भाषा लिपी धर्म संस्कार संस्कृति रितिथिती रोस रोवास सिल सुवास परम्परा जस्ता प्रत्येक हाँगा डाँडी तथा आख्ला आँख्लाका विश्लेषक हुनु हुन्छ । अर्थात तमू नासा गुरुङ्ग गाउँमा जन्मि भेडी गोठमा हर्केका शहरमा पढेर वढेका मस्र्याङ्गदी नदीको माछा झैं सयौं हुण्डरी खाएर जोदा वन्नु भएका खाँटी सपुत हुनु हुन्छ । आफै लामा कुलमा जन्मि ज्ञान गुण लिनु भएका पर्से घले राजा यम्फावति रानी वारेको ईतिवृक्ति कुसुण्डि चरित्रका ज्ञाता हुनु हुन्छ । तमू समाजमा विद्यमान रोधीं सोह्रठी घाँटु चरित्रका जानाकार तथा मूुखिया जिम्मुवाल द्धारे चौतारे अमली सुव्वा समेतको अख्तियारी वारे राम्रो अनुभूति छ । वहाँले हामी तमू गुरुङ्गहरुलाई तमू लिपीको परिमार्जन भाषा संवन्धमा शव्दकोष र व्याकरण समेत तैयार पारेर पस्कनु भएको छ । हाम्रो धर्म संस्कार संस्कृति तथा सामाजिक परम्परा एवं तमूको वेद क्यार्लों क्ल्हे सोंदी प्ह्रेसोंदी पूर्खा आजी खे आजीमाँ आदी वारेमा हाम्रा भावी पिंडीहरुलाई सिकाउँदै जस्ताको तस्तै पुश्ता हस्तान्तरण गर्ने अथक प्रयत्न गरी रहनु भएको छ ।
    भगवान वुद्धका दर्शन वारेको गहिरो अध्ययन तथा ज्ञान प्राप्तिको फलस्वरुप वुद्ध वचन वाचन गरी रहनु भएको छ । त्रीरत्न, चार आर्य सत्य, अष्टाङ्गीक मार्गका प्रखर वक्ता तथा सक्षमता राख्नु हुने म्हिथेवा त हाम्रा साक्षत शास्ता (सिकाउँने सफल गुरु) हुनु हुन्छ । हामीलाई यसरी गौरवको अनुभूति दिलाई रहनु भएको छ । यति मात्र कहाँ हो र ? लेखेर प्रतिभा र क्षमता प्रदर्शन गरी अभियन्ता वन्न चहाने हामी सवैलाई पहिला “गुरुङ राईटर्स डट कम” र अहिले अनलाईन व्लग जस्तो मञ्च तैयार पारी दिई रहनु भएको छ । यि सव कुरामा पारङ्गत तथ्य मनन गरेर वहाँलाई हामी सवैले सादर सम्मान गरौं । साधु ! साधु ! जय वुद्ध !
    -अरुण कुमार गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका

    जवाब देंहटाएं

If you have any doubt, please let me know your message to help.