Gurung Basic Grammar, part: I.

गुरुङ आधारभूत व्याकरण, भागः १    


नमस्कार, 
म स्वतन्त्र लेखक चोग डीबी गुरुङ हो । मैले संवत २०६९ सालमा ‘तमू क्योए दे प्यक्ष्या’ नामक पुस्तक प्रकाशन गरेको थिए । त्यसैको सामग्रीहरुलाइ केही संशोधन र परिमार्जन गरी, ‘गुरुङ आधारभूत व्याकरण, भागः १’ शिर्षकमा ब्लक मार्फत पाठकहरु समक्ष पुनः पस्कने प्रयास गरेको छु । गुरुङ भाषाको वर्तमान अवस्थालाइ नियालेर हेर्दा, बिभिन्न गाउँ र ठाउँ अनुसार स्थानीय भाषा, भाषी, भाषीका, लय, रानी, बानी र थेगोमा धेरथोर फरक हुनु स्वभाविकै हो । तर, मूल भावमा खासै अन्तर छैन । बिद्धान पाठकहरुलाइ प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको भन्ने कुरा मनमा लागेमा आफन्तहरुलाइ पनि शेगर गर्नु होला ।  

“तमू क्योए ल्वुन
तमू क्योए फ्ह्रिन
तमू क्योए पोँन
तमू क्योए म्योँन
तमू क्यो साँन”

भनाइको तात्पर्य, स्पष्ट छ । अब सबै गुरुङहरुले गुरुङ भाषा सिकौँ । गुरुङ भाषा लेखौँ । गुरुङ भाषा बोलौँ । गुरुङ भाषा समद्ध गराऔँ । गुरुङ भाषा संरक्षण गरोँ । यही साझा अभिव्यक्तिलाइ आत्मसाथ गर्दै गुरुङ भाषाको व्यकरण ब्लग मार्फत आरम्भ गर्न चहान्छु । 

(क) तमू क्योए खले पोँब ? 
टोडो: छ्याजलो, सबइ मु वा ङोलो ?
     नलुँ: सबइ मु ङोलो म्हिथेब ।
टोडो: आमा दे बाबु खन मु ?
     नलुँ: थमैम् तेल माज्यु नास याइ । 
टोडो: ए ... छाबिस्यँ, तोसो ङ याइ ओ ।
     नलुँ: अबुइ, तिस्यँ अलु वा म्हिथेब ? 
टोडो: तै तै, न्हाँगै रोङी धबइ खलइ । 
     नलुँ: छ्याजालो । 
टोडो: छ्याजलो । 

यसरी, गुरुङ भाषा व्यवहरिक रुपमै सजिलैसंग सम्वाद गर्न सकिन्छ । गुरुङ भाषा अत्यन्तै सरल, मिठो, गहकिलोे, समृद्ध र ओजपूर्ण छ । यो एउटा उदाहरण मात्र हो । दैनिक रुपमा बोलिने बोलिचालीको भाषा व्याकरणको भाग पछि राखिने छ । 

           

(ख) भाषा (क्योए)  Language:
कुनै पनि भाषा भनेको मानिसहरुले एक आपासमा सम्वाद गर्दा प्रयोग गरिने साङ्केतिक ध्वनिको माध्यम हो । मानिस विचारशील प्राणी भएकाले आफ्ना भावना र विचारहरु मौखिक वा लिखित रुपमा प्रकट गर्दछन् । मौखिक रुपमा प्रकट गरिएका विचारहरु क्षणिक हुन्छन् । तर, लिखित रुपमा प्रकट गरिएका कुराहरु अमिट हुन्छन् । 
   
मानिसका विचार र चिन्तन् मनन्का क्रियाकलापहरुलाइ ‘गद्य वा पद्यमा’ क्रमवद्ध तरिकाले लिखित रुपमा प्रस्तुत गर्दा, वक्ताले भन्न खोजेको भाव स्पष्ट, तर्कपूर्ण, समसामयिक, सरल एवं शुद्ध हुनु पर्दछ । भाषालाइ शुद्ध गरेर लेख्नका लागि व्याकरणको आवश्यक हुन्छ ।     

(ग) व्याकरण (फ्ह्रिक्ष्याख्हो) Gramar:
तमू भाषामा व्याकरणलाइ ‘ह्यारक्युइ वा ह्यारक्योए’ भन्दछ । व्याकरणको मूल उद्देश्य भनेको भाषालाइ निश्चित रुपमा सीमावद्ध गरेर व्यवस्थित गर्नु हो । लेख्नका लागि चाहिने अनुशासन वा क्रमिक रुपमा पालन गर्नु पर्ने लिखित नियम हो । अर्को अर्थमा भन्दा, व्याकरण भनेको भाषाको मूलतत्व शब्द र भाव अनुसार वाक्यहरुलाइ चिरफार गरेर सरल बनाउने प्रयोगशाला पनि हो । वास्तवमा शब्दहरुले भावलाइ प्रष्ट रुपमा प्रतिविम्वित गरेको हुनु पर्दछ । शब्द भित्र भावहरु सजिलोसंग सलल बग्नु पर्छ । तर, ‘ह्यार’ भन्ने शब्दको अर्थ के हुन्छ ? यो कुरा मलाइ स्पष्ट हुन सकेको छैन । धेरै साथीहरुसंग यस बारेमा छलफल गर्दा पनि निचोड निस्कन सकेन । आर्को कुरा, ‘क्युइ’ भनेको भाषा हो । ब्याकरण भनेको भाषाको बिधान हो । शब्दको भाव विश्लेषण अनुसार ‘ह्यार क्युइ’ले व्याकरणको सही प्रतिनिधित्व गर्न नसकिने अवस्था देखिएकोले नयाँ शब्द प्रस्ताव गरिएको छ । सबैलाइ जानकारी भएकै कुरो हो कि तमू भाषामा (फ्ह्रि = लिपि, क्ष्या = तरिका वा प्रणाली र ख्हो = आधार) भन्ने स्पष्ट छ । त्यसैले, यी तीन शब्दलाइ ‘फ्ह्रिक्ष्याख्हो’ भनि समास गरिएको छ । अर्थात् ‘फ्ह्रिक्ष्याख्हो’ले भाषा लेख्नका लागि चाहिने आधारभूत तरिका वा प्रणाली भन्ने स्पष्ट भावार्थ बुझाउँदछ । फेरि पनि दुबै शब्दको भाव र अर्थमा प्राज्ञ, विद्धान, भाषविद, पत्रकार, लेखक र पाठकहरुले मुल्याङ्कन गरी कुन शब्दमा कति आना छ ? कसी लगाउनु होला । 
   
त्यसैले, यस पुस्तकमा व्याकरणलाइ प्रस्तावको रुपमा ‘फ्ह्रिक्ष्याख्हो’ नामकरण गरिएको छ । यो पुस्तक तमू भाषा, साहित्य, संस्कृति, संस्कार, चाड पर्व, धर्म, कर्म र इतिहास अध्ययन गर्न चाहने जो कोहीलाइ पनि सजिलो र सहयोगी होस् भन्ने हेतुले विषयगत परिचयका साथै शब्दार्थको परिचयात्मक एवं विश्लेषनात्मक ढाचामा भाषा, साहित्य र संस्कृतिलाइ संक्षिप्त रुपमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ।

१. वर्णमाला (फ्ह्रि) Alphabet.        
२. ध्वनि (कए) Phonetic sound.
३. स्वर (माकए) Vowel.
४. व्यञ्जन (खेकए) Consonant. 
५. सहयोगी वर्ण (ल्होमा) Semi vowel.
६. मात्रा (प्रिमा) Symbol.  
७. तान (तान) Tong tone.
८. नाके स्वर (न कए) Nosel sound.
९. नाम (मिँ) Noun.
१०. सर्वनाम (चेमिँ) Pronoun.
११. लिङ्ग (ख्हो) Gender.
१२. वचन (सुँ) Number.
१३. काल (पल) Tense.            
१४. क्रिया (पार्क) Verb.   
१५. क्रियाविशेषण (पार्कसारा) Adverb.
१६. विशेषण (सारा) Adjective.
१७. कारक (थुलब) Case.                  
१८. भाव (मैँएब) Mood. 
१९. नामयोगी (तेस्युरु) Preposition.       
२०. संयोजक (ङेच्याब) Conjunction.
२१. अङ्क (तुँ) Counting.
२२. चिन्ह (मेदोँ) Punctuation.
२३. शब्दांश (ताँफुँ) Particle.
२४. समास (थो) Compound word
२५. सन्धि (तुँब) Coin word.
२६. विग्रह (प्रेँब) Separation.
२७. शब्द रचना (ताँफुँ स्युब) Word structure.
२८. शब्द भेद (ताँफुँ फेलब) Differences.
२९. शब्द समृद्धि (ताँफुँ म्योँब) Word store.
३०. वाक्य (कएताँ) Sentence.
३१. उत्कृष्ट रचना (बेछ्याँ फ्ह्रिक्ष्या) Creative writing.
३२. उखान तुक्का (तोताँ–लोताँ) Idioms.

१. वर्गामाला (फ्ह्रि) Alphabet: 
कुनै पनि भाषा लेख्नका लागि प्रयोग गरिने चिन्हलाइ वर्णमाला, अक्षर वा लिपि भन्दछ । तमू भाषामा वर्णमालालाइ (फ्ह्रि) र लिपिको नाम खेमा भन्दछ । यो खेमा लिपि भोट–बर्मेली परिवार अन्र्तगतको एउटा मौलिक लिपि हो । यो लिपि अत्यन्तै मौलिक र सजिलो छ । यसबाट तमू भाषाको हुबहु उच्चारण गर्न सकिन्छ । हाल खेमा लिपि युनिकोड फोरमेटमा तैयार नभैसकेको हुनाले लिपिको परिचयको लागि भिडियोमा हेर्नु होला ।



२. ध्वनि (कए) Phonetic sound:
तमू भाषामा ध्वनिलाइ ‘कए’ भन्दछ । अरु भाषामा जस्तो गरी एउटा अक्षर लेख्ने र अर्को उच्चारण गर्ने तमू भाषामा छैन । उदाहरणका लागि नेपाली भाषामा ‘भाषा’ लेखेर ‘भासा’को उच्चारण गरिन्छ । तर, तमू भाषा चित्र ध्वनिमा आधारित भएकोले चित्रकै हुबहु उच्चारण गरिन्छ । यसका साथै चबँ, लबँ, तबँ, खबँ, याबँ, थिलँ, ङलँ, सुलँ भनेर बँ बँ गर्ने नाके स्वर बढी मात्रामा प्रयोग हुने गर्दछ । यो नाके स्वरको प्रयोग हुनु तमू भाषाको मौलिक विशेषता हो ।

३. स्वर (माकए) Vowel:
तमू भाषामा स्वरलाइ ‘माकए’ भन्दछ । स्वर भनेको अरु वर्णमालाको सहयोग नलिइकन आफैमा पूर्ण ध्वनि प्राप्त हुन सक्ने अक्षरलाइ भन्दछ । तमू भाषामा ८ वटा स्वरहरु प्रयोग गरिएका छन् । पछि संशोधन गरी ४ वटा स्वर थपिएको छ । 

(क) स्वरका प्रकारहरुः
१. गोलित स्वरः  २. अगोलित स्वरः ३. मध्य स्वरः  ४. छोटो स्वरः ५. लामो स्वरः 

४. व्यञ्जन (खेकए) Consonant:
तमू भाषामा व्यञ्जनलाइ ‘खेकए’ भन्दछ । स्वर वर्णको सहयोगबाट मात्र पूर्णरुपमा उच्चारण हुन सक्ने वर्णमालाहरुलाइ व्यञ्जन भन्दछ । तमू भाषामा २९ वटा व्यञ्जनहरु छन् । खेमा लिपिमा देबनागरीको जस्तो ‘अं अः ष श क्ष त्र ज्ञ’ जस्ता अक्षरहरु छैनन् ।

५. सहयोगी वर्ण (ल्होमा) Semi vowel:
भाषाको लेखन बिधानमा शब्दहरुको रचना र प्रयोग गर्दा, आधा अक्षर लेख्नु पर्ने हुन्छ । जसलाइ सहयोगी वर्ण भन्दछ । यसलाइ तमू भाषामा ‘ल्होमा’ भन्दछ । ल्होमा ६ प्रकारका छन् ।

(क) ल्होमाको प्रयोगः
सहयोगी वर्ण ल्होमाको प्रयोग गर्दा ‘यकार र वकार’ ल्होमा बायातिर प्रयोग हुने भएकाले अपवादको रुपमा रहेका छन् । ‘ह’ ल्होमा दाहिनेतिर राखिन्छ । नेपालीमा ‘ख्हो’ लेख्दा पहिला ‘ख’को आधा अक्षर लेखेर ‘ह’को पूर्ण अक्षर लेखी ‘ओ’को मात्रा दिइन्छ । तर, तमू भाषामा ‘ख’को पूर्ण अक्षर लेखी ‘ह’ ल्होमा लेखेर ‘ओ’को मात्रा दिइन्छ । बाँकी चन्द्र बिन्दु, अक्षर काट्ने र खुट्ट काटेर हलन्तर दिने ल्होमाहरुलाइ साधारण रुपमै प्रयोग गरिएका छन् । यो गुरुङ भाषाको मौलिकपन भन्न सकिन्छ ।  

६. मात्रा (प्रिमा) Symbol:
तमू भाषामा मात्रालाइ ‘प्रिमा’ भन्दछ । कुनै पनि व्यञ्जन वर्णहरु मूल वर्णसंग जोडिएर स्वर वर्णको उच्चारण हुने संकेतहरुलाइ मात्रा भन्दछ । यो मात्राले संकेत अनुसारको घ्वनि प्रकट गरेर आरोह अवरोहको काम गर्दछ । यसबाट शब्दमा गीति तरङ्ग उत्पन्न हुन्छ । यही गीति तरङ्गले भाषामा मिठास दिन्छ । 

७. तान (तान) Tong tone:
तमू भाषा चित्र घ्वनिमा आधारित भएकोले यकार, वकार र ह ल्होमा बाहेक अपवादहरु खासै छैनन् । तर, भाषालाइ सरल र आवश्यक्ता अनुसार सांगीतिक सुरको तालमेल मिलाउनु पर्दा उपरोक्त ल्होमा र प्रिमाहरु पर्याप्त भएको पाइदैन । त्यसैले, भाषालाइ गतिशील एवं सुरको आभावलाइ पनि पूर्ति गर्न समय अनुकुल आवश्यक तानहरु थपिदै लानु पर्ने देखिन्छ । 

८. नाके स्वर (न कए) Nosel sound:
तमू भाषामा नाके स्वरलाइ ‘न कए’ भन्दछ । तमू भाषामा आपासी बोलचाल गर्दा ङलँ, ङिलँ, क्योँलँ, चलँ, सुलँ, थिलँ, केमेलँ, चमैलँ, अरुलँ, थिमैलँ, चबँ, थुँबँ, खबँ, याबँ, टिबँ, रोबँ आदि भन्ने नाके स्वरको प्रयोग अधिक मात्रामा भएको पाइन्छ । यो नाके स्वरको प्रयोग हुनु तमू भाषाको मौलिक विशेषता हो । क्रमश .....

गुरुङ आधारभूत व्याकरण, भागः १मा प्रस्तुत गरिएको गुरुङ भाषाको सामाग्रीहरु तपाइँलाइ कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? यसलाइ कसरी परिमार्जन गर्न सकिन्छ ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेका कमि कमजोरीहरुलाइ बिद्धान पाठकहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । घन्यवाद ।      

चोग डीबी गुरुङ ‘तमू क्योए दे प्यक्ष्या’को लेखक हुन । 
01/ 05/2020


नोटः ‘गुरुङ स्कुल’ सबै गुरुङहरुको साझा मन्च हो । तपाइँको पनि भाषा र साहित्य सम्बन्धि कुनै लेख र रचनाहरु छन भने ‘गुरुङ स्कुल’को ब्लग मार्फत प्रकाशन गर्न सक्नु हुन्छ । तपाइँको लेख एक हजार शब्द भन्दा माथी लेखिएको हुनु पर्छ । धन्यवाद । चोग डीबी गुरुङ ।  

Preeti Font

Khema Font   
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

1 टिप्पणियाँ:

If you have any doubt, please let me know your message to help.